४ असार, काठमाडौं ।
आधिकारिक ट्रेड युनियनको नेतृत्व कसले लिने भन्ने विवादका कारण एमाले निकट निजामती कर्मचारी संगठनको बैठकमा कुटाकुट भएको छ। अन्नपूर्ण पोस्टमा समाचार छ।

संगठनको कार्यालयमा शुक्रबार बसेको बैठकमा केही नेताले संगठनका अध्यक्ष पुण्य ढकालमाथि हातपात गरेपछि बैठक स्थगित गरिएको थियो।

एक साताअघि सम्पन्न आधिकारिक ट्रृेड युनियनको निर्वाचनमा एमाले निकट कर्मचारी संगठन पहिलो हुँदै अत्यधिक स्थानमा विजयी भएको थियो। आधिकारिक ट्रेड युनियनमा जान गुटगत र धेरै आकंक्षी देखिएका कारण बैठकमा कुटाकुट भएको संगठनका एक नेताले बताए।

एमाले निकट संगठनले आधिकारिक ट्रेड युनियनमा अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्षसहित ११ पैतिनिधि पाएको छ। अध्यक्षमा को जाने भन्ने गुटबन्दीका कारण एमाले कर्मचारी संगठनमा विवाद उत्पन्न भएका थियो।

अध्यक्षका लागि पुण्य ढकाल, गणेश बस्याल, लक्ष्मण खड्का र भोला पोखरेलले दाबी गरेपनि ढकाल र पोखरेल नै अग्रस्थानमा देखिएका छन्। ढकाल एमाले अध्यक्ष ओली निकटछ छन् भने पोखरेल बरिष्ठ नेता माधव नेवाल पक्षधर हुन्। गुटगत राजनीतिक हाबी भएपछि कुटाकुटको स्थिति आएको हो ।

18.12¡ÆC