४ असार, काठमाडौं ।
काठमाडौँ उपत्यकामा भूकम्पपछिको लगत सङ्कलन सुरु गर्न अझै एक हप्ता लाग्ने भएको छ ।

यही असार १ गतेदेखि लगत सङ्कलन सुरु गर्ने भनिए पनि बजेटको अभावमा सुरु गर्न नसकिएको केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिनुभयो ।

भूकम्पबाट घर पूर्ण रुपमा क्षति भएका घरधनीले विभागको लगत सङ्कलनपछि मात्र दुई लाख रु अनुदान किस्ताबन्दीमा पाउने व्यवस्था छ ।

काठमाडौँमा एक महानगरपालिका, १० नगरपालिका, भक्तपुरमा छ नगरपालिका, ललितपुरमा एक उपमहानगरपालिका, चार नगरपालिका र १९ गाविस छन् ।

उपत्यकामा लगत सङ्कलन सुरु भएको एक महिनामा काम सम्पन्न हुने विभागले जनाएको छ ।

४ असार, बुटवल ।
श्रम तथा रोजगार मन्त्री दीपक बोहोराले वैदेशिक रोजगारमा हुने ठगीलाई नियन्त्रण गर्न सरकार क्रियाशील रहेको बताउनुभएको छ ।

सरकारले गतवर्ष असारदेखि नै वैदेशिक रोजगारमा जाने कामदारलाई ‘फ्रि भिसा र फ्रि’ टिकटको व्यवस्था लागू गरे पनि त्यसको व्यवहारमा कार्यान्वयन हुन नसकेको भन्दै उहाँले त्यस्ता ठगी गर्ने मेनपावर सरकारको निगरानीमा रहेको बताउनुभयो ।

रोजगार मन्त्रालय आप्रवासन 'सामी' परियोजनाले बुटवलमा आज गरेको गोष्ठीको उद्घाटन गर्दै मन्त्री बोहोराले वैदशिक रोजगारमा जाने कामदारको फारम र १० हजार रु भुक्तानी अनलाइन प्रणालीमा हुने जानकारी दिनुभयो ।

उहाँले मेनपावर सञ्चालकबाट सर्वसाधारणलाई ठगी नियन्त्रण गर्न सरकारले ऐन संशोधन गर्न लागेको बताउनुभयो ।

४ असार, काठमाडौं ।
नेपाली काँग्रेसका नेता केन्द्रीय सदस्य डा.रामशरण महतले कांग्रेस र मधेसीकेन्द्रित दलसंग सल्लाह नगरी सरकारले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका हल्ला मात्र भएको बताउनुभएको छ ।

नेपाली काँग्रेस समर्थक पत्रकारहरुको संस्था नेपाल प्रेस यूनियनले काठमाडौंमा गरेको महिला भेलाको आज समापन गर्नुहुदै उहाँले निर्वाचन आवश्यक भएपनि दलीय सहमति विना संभव नहुने बताउनुभयो ।

२ दिनसम्म चलेको भेलाले ९ बुँदे घोषणापत्र जारी गर्दै पत्रकारितामा विकृति मौलाउँदै गएकाले शुद्धिकरण्को आवश्यकतामा जोड दिएको छ ।

भेलाले संविधानले व्यवस्था गरेअनुसार हरेक सञ्चारगृहमा ३३ प्रतिशत महिलाको सुनिश्चितता, स्वस्थ्य उपचारमा विनियोजित ५० प्रतिशत छुट व्यवस्था, न्यूनतम पारिश्रमिक तत्काल लागू गर्नुपर्ने र सुत्केरी र किरिया बिदा,सञ्चारगृहमा शिशु स्याहार केन्द्रको व्यवस्था लगायतको माग गरेको छ ।

५ असार, टोकियो ।
हवाल लामाको छाडि जाने मायालु बोलको लोक पप गित भिडियो सहित बजारमा आएको छ ।

गितमा जापानका सुन्दर दृश्यहरु समेटिएको छ भने गितमा प्रिति र पवन केसीको सशक्त अभिनय रहेको छ ।

सञ्जय हमालको एरेन्ज रहेको गितलाई प्रविन हिराचनले भिडियो खिच्नुका साथै इडिट गर्नुभएको हो ।

जापानमा मात्रै सुटिगं गरिएको गितको भिडियोमा जापानको समुद्री किनार देखी रेल तथा सुन्दर दृश्यहरुलाई सशक्त ढंगमा मिलाएर प्रस्तुत गरिएको छ ।

भिडियोलाई विक्रम तामांले निर्देशन गरेका हुन् भने एस के मिडिको प्रस्तुतीमा गित बजारमा आएको छ ।

गितलाई युट्युव मार्फत संग्स नेपालले प्रस्तुत गरेको छ ।

भिडियो हेर्नुहोस्

एजेन्सी,असार ४ । आयरल्याण्डलाई हराँउदै वेल्जियमले नकआउट चरण प्रवेशको सम्भावना बलियो बनाएको छ । युरो कप फुटबलमा शनिबार भएको खेलमा बेल्जियमले रिपब्लिक अफ आयरल्याण्डलाई ३-० गोल अन्तरले हराएको हो । वेल्जियमको युरो कपमा पहिलो जित हो । वेल्जियम समूह चरणको पहिलो खेलमा इटालीसँग २–० गोल अन्तरले पराजित भएको थियो । बोर्डोमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । लुकाकुले खेलको ४८ औँ मिनेटमा गोल गरेर अग्रता दिलाए । विसेलले ६१ औँ मिनेटमा गोल गर्दै वेल्जियमको अग्रता दोब्बर पारे ।

खेल तथ्य

बेल्जियम

गोलः लुकाकु ४८, ७० विट्सल ६१

बल पोजिशनः ५७

सट्सः १७

सट्स अन टार्गेटः ७

कर्नरः ५

रिपब्लिक अफ आयरल्याण्ड

बल पोजिशनः ४३

सट्सः १०

सट्स अन टार्गेटः ०

कर्नरः ४

लुकाकुले नै ७० औँ मिनेटमा अर्को गोल गर्दै वेल्जियमलाई ३९० को जित दिलाए। शनिबार भएको खेलमा विजयी भएसँगै वेल्जियमले महत्वपूर्ण तीन अंक जोडेको छ । अंक तालिकामा ६ अंकसहित इटाली पहिलो स्थानमा र ३ अंकसहित वेल्जियम दोस्रो स्थानमा छ । स्वीडेन र आयरल्याण्डको १-१ अंक मात्र छ ।

The locals affected by the Upper Karnali Hydro Power Project have drawn the attention of the Indian investor company, Grandhi Mallikarjuna Rao (GMR), to address their concerns.

The locals' grievances were noted during the onsite inspection and interaction programe held by parliamentary Agriculture and Water Resource Committee and Investment Board Nepal (IBN).

The GMR was set to launch the project with necessary financial management last Friday prompting speculations from the locals that it should be in the interest of the country and the people.

Nepal will receive 12 per cent cost-free energy and maintain a 27 per cent share with the Upper Karnali Hydro Power Project. The Project is required to manage 239 households in three each VDCs in Surkhet and Achham, and six VDCs of Dailekh district.

Minister for Labour and Employment Deepak Bohara has said the government is effortful to curb unfair activities propping up in the overseas employment sector.

Though the government has enforced 'free visa and free ticket' focusing on perspective overseas workers since last week it has not been in practice, Minister said, adding the government however has kept vigilance on such fraudulent manpower agencies.

Inaugurating a workshop organized by Safer Migration Project and Ministry of Labour and Employment in Butwal today, Minister Bohara informed that the online system will be put in place soon so that workers abound to overseas employment can submit their forms along with payment of Rs 10,000 through the system.

The Minister said that the government will grant Rs 1 million each to the family of those killed and Rs 500,000 each to those mutilated during foreign employment. The victims can get the amount from their respective districts, he added.

Australian Ambassador to Nepal Glenn White has said that reconstruction is not only about nuts and bolts of building houses but an opportunity to re-calibrate a society which has gender equity and actively encourages women to contribute to the decisions affecting their lives.

Speaking at a workshop on “Building Back Better and Safer for Gender Equality” organized by the Australian Embassy, in partnership with the United Nations Entity for Gender Equality and the Empowerment of Women, (UN Women) and Sancharika Samuha Nepal in the capital on Friday, Ambassador White said women in urban and rural communities of Nepal have already shown courage and inspiration in rebuilding their communities futures following the tragic events of 2015, and their contribution to society needs to be better recognised.

Nepali Congress leader, Prakash Man Singh, today asserted that the election is not possible through an election calendar developed without prior discussions.

Speaking at a programme organized by NC Working Committee of Nagarjun – 3 here, leader Singh assured that the government's unilateral fixation of election date does not mean that election will become possible.

"The government has stipulated the election date without consulting the parliament's main opposition, so we do not accept it," Singh confided.

He slammed the government of becoming a hurdle to political consensus by spreading the slogan of election just to retain the government. He urged the government to fix the date after holding agreement.

काठमाडौ, असार ४ । नेपाल विद्यार्थी संघको आसन्न महाधिवेशनमा अध्यक्ष पदको लागि उम्मेदवारी घोषणा गरेका उम्मेदवारहरुले भागबण्डा मिलाएर अधिवेशन गर्न खोजे ठूलो दुर्घटना हुने चेतावनी दिएका छन ।

नेपाल विद्यार्थी संघले आयोजना गरेको अन्र्तक्रियामा अध्यक्षका प्रत्यासी कुन्दन काफ्लेले अहिलेसम्म पार्टीको लविङको नेतृत्व मात्रै भएको नेविसंघको उम्मेदवार कोही पनि हुन नसकेको भन्दै फेरि पनि भागबण्डा गरेर अधिवेशन गर्न खोजे ठूलो दुर्घटना हुने चेतावनी दिए ।

उनले ११ जिल्लामा अझै पनि संगठनको अधिवेशन हुन नसकेको र अन्य तयारी नभएको अवस्थामा साउन २३ गतेकोलागि तय भएको संघको अधिवेशन तोकिएकै समयमा हुनेमा आशंका ब्यक्त गरे ।

उनले अबको संघको एजेण्डा राजनीतिक नभई शैक्षिक आन्दोलन हुनु पर्नेमा जोड दिदै संघकै दवावको कारण काग्रेस गणतन्त्रमा गएकोले अब पनि त्यस्तै नेतृत्वको आवश्यकता रहेकोमा जोड दिए ।

काफ्लेले मुलुकको शिक्षा नीतिमा परिवर्तन र शिक्षामा प्रत्येक विषयकालागि रिर्सच सेन्टर स्थापना गरेर शिक्षालाई आधुनिकिकरण गर्नु पर्नेमा जोड दिए ।

अर्का प्रत्यासी दिपक भट्टराईले नेविसंघका प्रतिनिधिहरुबाटै नेतृत्व छानेर गुट प्रबृत्तिको अन्त्य गरिनु पर्नेमा जोड दिदै अब विद्यार्थीबाट विद्यार्थीको नेतृत्व चयन हुनु पर्ने बताए ।

उनले गुटकै कारण नेविसंघ ईतिहासको सबैभन्दा कमजोर अवस्थामा पुगेको भन्दै अब अंकल पुस्ताबाट दाई पुस्तामा नेतृत्व ल्याउनु पर्ने धारणा राखे ।

भट्टराईले अब योग्यता र क्षमताको आधारमा नेतृत्व आउनु पर्ने भन्दै अबको विद्यार्थी आन्दोलनलाई तोडफोड र अराजकताबाट बाहिर निकाल्नु पर्नेमा जोड दिए ।

अर्का प्रत्यासी शुभराम बस्नेतले विद्यार्थी आन्दोलन अहिले ईतिहासकै कमजोर अवस्थामा रहेको दावी गर्दै आफूले यसलाई माथि उठाउन आफ्नो क्षमता र योग्यता प्रर्दशन गर्ने विश्वास ब्यक्त गरे ।

उनले मुलुकका सरकारी क्याम्पसहरुमध्ये आफू स्ववीयू सभापति रहेको शंकरदेव क्याम्पस अहिले पनि मुलुककै उत्कृष्ट रहेको दावी गर्दै आफूले ब्यवहारिक शिक्षमा जोड दिएर शिक्षामा आमुल सुधार ल्याउने दिशामा काम गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

धनि र गरिब विचको खाडल अन्त्य गरेर शिक्षामा परिवर्तन ल्याउन सक्ने विश्वास ब्यक्त गर्दै अब मुलुकको राजनीतिक विद्यार्थीबाटै उठाउने गरी अघि बढ्नु पर्नेमा बस्नेतले जोड दिए ।

बस्नेतले विद्यार्थी विचमा नरहेकाहरुसँग प्रतिष्पर्घा गर्नु पर्ने अवस्था विद्यमान रहेको भन्दै यो प्रथाको अन्त्य गरेर पुराना पुस्तालाई विदा गर्नु पर्ने बताए ।

क्षितिज भण्डारीले सबै पक्षलाई समेट्ने गरी आफूले उम्मेदवारी दिएको भन्दै संगठनलाई एकताबद्ध बनाउन भागबण्डा रहित ढंगले अघि बढ्ने प्रतिबद्धता ब्यक्त गरे ।

उनले नेपाल विद्यार्थी संघ ईतिहासकै सबैभन्दा कमजोर घडिमा रहेकोले मित्रवत प्रतिष्पर्घा गरेर नेतृत्व चयन गर्नु पर्ने भन्दै आफ्नो एजेण्डा शिक्षाको मार्फतबाट नैतिकबान दक्ष जनशक्ति उत्पादन गर्नु रहेको बताए ।

अर्का प्रत्यासी नैनसिंह महरले समयमै महाधिवेशन नगर्दा संगठन स्खलित अवस्थामा पुगेको भन्दै अब हरेक दुईं दुई वर्षमा महाधिवेशन गरेर नेतृत्व विकासमा जोड दिनु पर्ने बताए ।

उनले नेविसंघलाई काग्रेसकोलागि नेता र कार्यकता उत्पादन गर्ने फ्याक्ट्रीको रुपमा विकास गर्नु पर्ने धारणा राख्दै नेविसंघको संगठनलाई विद्यालय विद्यालय सम्म पुर्याउनु पर्ने आवश्यकता औल्याए ।

यद्यपि उनले माध्यमिक तहसम्म भने राजनीतिकरण नगरी शिक्षालाई प्राविधिक र जीवनउपयोगी बनाउने तर्फ ध्यान दिनु पर्ने सुझाव दिए ।

काठमाडौँ,असार ४ । मदन भण्डारी स्मृति प्रथम नगरकप फुटबल प्रतियोगितामा चन्द्रागीरी नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको छ । जननेता मदन भण्डारीको ६४औँ जन्म जयन्तीको अवसरमा बुढानिलकण्ठ स्कुलको खेल मैदानमा भएको खेलमा चन्द्रागीरी नगरपालिकाले बुढानिलकण्ठ नगरपालिकालाई ३–० ले हरायो । चन्द्रागीरीको जितमा पले खड्का,राजन श्रेष्ठ र समिर कार्कीले गोल गरे ।

खेलको पहिलो हाफमा गोल रहित बराबरीमा टुंगीएको थियो । तर दोस्रो हाफमा भने चन्द्रागीरीले आक्रमक खेल प्रस्तुत गर्दै गोल गर्न सफल भयो । खेल ५७औँ मिनेटमा पले खड्काले गोल गर्दै टोलीलाई अग्रता दिलाए । खेलको ७७औँ मिनेटमा चन्द्रागीरीले अर्को गोल थप्यो । उसका लागि राजन श्रेष्ठले गोल गर्दै चन्द्रागीरीको अग्रता दोब्बर पारे । त्यसको एक मिनेटमै चन्द्रागीरीले तेस्रो गोल ग¥यो । समिर कार्कीले गोल गरेपछि चन्द्रागीरी खेलमा ३–० ले अगाडी रह्यो । उक्त गोलसँगै चन्द्रागीरीले जित लगभग सुनिश्चत गरेको थियो । त्यसपछिको बाकी समयमा थप गोल हुन नसकेपछि चन्द्रागीरी अन्तीम चारमा पुग्न सफल भयो ।

मदन भण्डारी स्पोट्र्स एकेडेमीको तत्ववाधन र बुढानिलकण्ठ नगर कमिटीको आयोजनामा भएको प्रथम मदन भण्डारी अन्तर नगर कप फुटबल प्रतियोगिताको उद्घाटन प्रमुख अतिथी एवम् मदन भण्डारी फाउण्डेशनका अध्यक्ष उषा किरण भण्डारी,एकेडेमीका अध्यक्ष सभासद विनोद श्रेष्ठ र बुढानिलकण्ठ नगर कमिटीका अध्यक्ष विकास तामाङले गरे । शनिबारदेखि शुरु प्रतियोगिता आगामी १२ असार सम्म सञ्चालन हुनेछन् । कुल आठ टिमको सहभागीता रहेको प्रतियोगितामा नगरपालिकका दुई टिमले सहभागीता जनाउन पाउन प्रावधान छ । दुई समुहमा विभाजन गरीएको प्रतियोगीताको एक समुहमा चार टिम छन् ।

प्रतियोगिताको विजेताले १ लाख तथा उपविजेताले ५० हजार नगद शहित ट्रफि प्राप्त गर्नेछन् । त्यस्तै विधागत उत्कृष्टलाई पनि पुरस्कृत गरीने आयोजकले जनाएको छ । बेस्ट प्लेयर,आई स्कोरर,बेस्ट गोलरक्षक र बेस्ट डिफेन्डर नगद पाँच हजार र ट्रफिद्धारा पुरस्कृत गरीनेछ । प्रतियोगिताका लागि बुढानिलकण्ठ नगरपालिको पनि सहयोग रहेको छ । नेपाली खेलकुदको विकासका लागि स्पोट्र्स एकेडेमिले प्रत्येक महिना देशका विभिन्न क्षेत्रमा प्रतियोगिता आयोजना गर्दै आइरहेको जनाए ।

काठमाडौं, असार ४ । ओलम्पिक डेको अवसरमा आयोजित दौड प्रतियोगिताको ब्वाइजमा एम्सका किरिश श्रेष्ठ तथा गल्र्समा स्प्रिङ्डेलकी त्रिपना तामाङ शनिबार पहिलो भएका छन् । स्पोर्ट्स फर अल कमिसन तथा नेपाल एथलेटिक्स संघद्वारा संयुक्त आयोजित प्रतियोगिताको ब्वाइजमा अनमोल ज्योतिका सविन मगर दोश्रो तथा एम्सका चूडा मगर तेश्रो भए ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगिताको गल्र्समा सिङगेरीकी उपहार राई दोश्रो तथा अरुणिमाकी समिका रन्जितकार तेश्रो भए । विजेतालाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले एक कार्यक्रमबीच पुरस्कृत गरे । प्रतियोगितामा १ सय २ ब्वाइजले १ हजार ६ सय मिटर दूरीमा प्रतिस्पर्धा गरेका थिए । त्यस्तै ७२ गल्र्सले ८ सय मिटर दूरीमा भाग लिएका थिए ।