स्थानिय चुनावको कुरा ओली सरकारको हल्ला मात्र-रामशरण महत

असार ४, २०७३ मा प्रकाशित | 887 views

४ असार, काठमाडौं ।
नेपाली काँग्रेसका नेता केन्द्रीय सदस्य डा.रामशरण महतले कांग्रेस र मधेसीकेन्द्रित दलसंग सल्लाह नगरी सरकारले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका हल्ला मात्र भएको बताउनुभएको छ ।

नेपाली काँग्रेस समर्थक पत्रकारहरुको संस्था नेपाल प्रेस यूनियनले काठमाडौंमा गरेको महिला भेलाको आज समापन गर्नुहुदै  उहाँले निर्वाचन आवश्यक भएपनि  दलीय सहमति विना संभव नहुने बताउनुभयो ।

२ दिनसम्म चलेको भेलाले  ९ बुँदे घोषणापत्र जारी गर्दै पत्रकारितामा विकृति मौलाउँदै गएकाले शुद्धिकरण्को आवश्यकतामा जोड दिएको छ ।

भेलाले संविधानले व्यवस्था गरेअनुसार हरेक सञ्चारगृहमा ३३ प्रतिशत महिलाको सुनिश्चितता, स्वस्थ्य उपचारमा विनियोजित ५० प्रतिशत छुट व्यवस्था, न्यूनतम पारिश्रमिक  तत्काल लागू गर्नुपर्ने र सुत्केरी र किरिया बिदा,सञ्चारगृहमा शिशु स्याहार केन्द्रको व्यवस्था लगायतको माग गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web