४ असार, बुटवल ।
श्रम तथा रोजगार मन्त्री दीपक बोहोराले वैदेशिक रोजगारमा हुने ठगीलाई नियन्त्रण गर्न सरकार क्रियाशील रहेको बताउनुभएको छ ।

सरकारले गतवर्ष असारदेखि नै वैदेशिक रोजगारमा जाने कामदारलाई ‘फ्रि भिसा र फ्रि’ टिकटको व्यवस्था लागू गरे पनि त्यसको व्यवहारमा कार्यान्वयन हुन नसकेको भन्दै उहाँले त्यस्ता ठगी गर्ने मेनपावर सरकारको निगरानीमा रहेको बताउनुभयो ।

रोजगार मन्त्रालय आप्रवासन 'सामी' परियोजनाले बुटवलमा आज गरेको गोष्ठीको उद्घाटन गर्दै मन्त्री बोहोराले वैदशिक रोजगारमा जाने कामदारको फारम र १० हजार रु भुक्तानी अनलाइन प्रणालीमा हुने जानकारी दिनुभयो ।

उहाँले मेनपावर सञ्चालकबाट सर्वसाधारणलाई ठगी नियन्त्रण गर्न सरकारले ऐन संशोधन गर्न लागेको बताउनुभयो ।

19.12¡ÆC