काठमाडौंमा अझै हप्तादिन पछि भूकम्पपछिको लगत सङ्कलन

असार ४, २०७३ मा प्रकाशित | 874 views

४ असार, काठमाडौं ।
काठमाडौँ उपत्यकामा भूकम्पपछिको लगत सङ्कलन सुरु गर्न अझै एक हप्ता लाग्ने भएको छ ।

यही असार १ गतेदेखि लगत सङ्कलन सुरु गर्ने भनिए पनि बजेटको अभावमा सुरु गर्न नसकिएको केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिनुभयो ।

भूकम्पबाट घर पूर्ण रुपमा क्षति भएका घरधनीले विभागको लगत सङ्कलनपछि मात्र दुई लाख रु अनुदान किस्ताबन्दीमा पाउने व्यवस्था छ ।

काठमाडौँमा एक महानगरपालिका, १० नगरपालिका, भक्तपुरमा छ नगरपालिका, ललितपुरमा एक उपमहानगरपालिका, चार नगरपालिका र १९ गाविस छन् ।

उपत्यकामा लगत सङ्कलन सुरु भएको एक महिनामा काम सम्पन्न हुने विभागले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web