घुससहित वन अधिकृत पक्राउ, घुस्याहा गाविस सचिव बिरुद्ध मुद्दा

असार ३, २०७३ मा प्रकाशित | 1031 views

घुससहित वन अधिकृत पक्राउ, घुस्याहा गाविस सचिव बिरुद्ध मुद्दा

४ असार, काठमाडौं ।
मकवानपुरका  सहायक वन अधिकृत रामकृष्ण कुस्लेलाई १ लाख ८० हजार रुपैँया घुस लिँदै  गरेको अवस्थामा अख्तियारले शुक्रबार पक्राउ गरेको छ ।

अपरान्ह  हेटौँडाको एक लजबाट सहायक वन अधिकृत कुस्लेलाई पक्राउ गरेको हो ।

दोलखा भीमेश्वर नगरपालिका–१ घर भएका कुस्लेले भार्ता बिलौने सामुदायिक वन उपभोक्ता समितिको लिलामी काठ उठाउने क्रममा ठेकेदारसंग एकलाख ८० हजार रुपैँया घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान मध्यमाञ्चल क्षत्रीय कार्यालय हेटौँडाका प्रहरी नायब उपरीक्षक यादव ढकालले जानकारी दिनुभयो ।

घुस लिएको अभियोगमा गाविस सचिवविरुद्ध मु्द्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिँदै गर्दा पक्राउ परेका भनिएका धनुषाको कठपुल्ला गाविसका सचिव निरसन साहविरुद्ध आरोपपत्र दायर गरेको छ ।

आयोगले सचिव साहलाई सेवाग्राहीसँग जग्गा नामसारीको सिफारिस दिनका लागि पाँच हजार रपैंया घुस लिएकोे पुष्टि भएकाले आज विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web