४ असार, काठमाडौं ।
प्रहरीले १५ जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले नक्कली प्रमाणपत्र भएको अभियोगमा शुक्रबार विरगञ्ज विराटनगर र चितवनबाट १५ जना चिकत्सकलाई पक्राउ गरको हो ।

प्रहरी नायब उपरीक्षक फिरोज बस्नेतको नेतृत्वको टोलीले वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट तीन, वीरगन्जकै नेसनल मेडिकल कलेजबाट चार र निजी क्लिनिकबाट दुई चिकित्सकलाई नियन्त्रणमा लिएको हो ।

नारायणी उपक्षेत्रीय अस्पतलामा कार्यरत डा कुशराज गिरी, डा सरोजकुमार सिंह, डा पन्नालाल पटेल तथा नेसनल मेडिकल कलेजबाट डा इरसादुल हक, डा महम्मद राहुल्ला, डा निमेष पाल रमन र डा रामकुमार प्रधान तथा वीरगन्जका विभिन्न स्थानका निजी क्लिनिकबाट डा दिनेश साह र डा अरुणकुमार गुप्तालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

चिकित्सक पक्राउ परेको विरोध गर्दै नेसनल मेडिकल कलेज र नारायणी उपक्षेत्रीय अस्पतालमा कार्यरत चिकित्सक तथा मेडिकल स्टाफ जिल्ला प्रहरी कार्यालयमा जम्मा भएपछि अस्पतालमा भर्नामा रहेका बिरामी उपचार सेवाबाट वञ्चित छन् ।

शुक्रबारनै विराटनगरमा पनि तीन जना चिकित्सक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा विराटनगर–६ स्थित लाइफ गार्ड अस्पतालका वरिष्ठ चिकित्सकको रुपमा काम गर्ने डा जावेदअख्तर अन्सारी, कोसी अञ्चल अस्पतालमा कार्यरत डा सञ्जय दास र ट्रमा सेन्टर विराटनगरमा कार्यरत डा अब्दुल कलाम हक रहेका छन् ।

सिआइभीको विशेष टोलीले शुक्रबार उनीहरुलाई अस्पतालबाटै पक्राउ गरेका मोरङका प्रहरी प्रमुख सन्दीप भण्डारीले बताउनु भयो ।

त्यसैगरी चितवनमा पनि तीन जना चिकित्सकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शैक्षिक प्रमाणपत्र नक्कली बनाई चिकित्सकको काम गर्दै आएका डा रजनी अग्रवाल, डा सुनिल आचार्य र डा राजन पुरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

केन्द्रीय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालयको संयुक्त अनुगमन टोलीले अग्रवाल र आचार्यलाई भरतपुर–१० मा रहेको प्रगति पोलिक्लिनिकबाट र पुरीलाई गोर्खाको पालुङ्टारमा सञ्चालित शिविरबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।

19.12¡ÆC