टेन्डी शेर्पाद्धारा जुडो प्रतियोगिताको उद्घाटन, सरीता र मनीतालाई स्वर्ण

असार ३, २०७३ मा प्रकाशित | 727 views

काठमाडौं,असार ३ ।  अल नेपाल सिनियर जुडो प्रतियोगितामा नेपाल प्रहरी क्लबकी सरीता चौधरी र बन्दी सहायता गृह (पाम) की मनीता श्रेष्ठ प्रधानले शुक्रबार स्वर्ण जितेका छन् । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको महिला ४८ केजीमुनि फाइनलमा सरीताले सीडब्लुसीएनकी मनीषा महर्जनलाई पराजित गरिन् । महिला ५७ केजीमुनि उपाधि भिडन्तमा १२ औं दक्षिण एसियाली खेलकुदकी रजत विजेता मनीताले सशस्त्र प्रहरी बलको एपीएफ क्लबकी देवीका खड्कालाई हराइन् ।

ओलम्पिक डेको उपलक्ष्यमा नेपाल जुडो संघ र स्पोर्ट्स फर अल कमिसनद्वारा संयुक्त आयोजित प्रतियोगिताको पुरुष ६० केजीमुनि उमेश मगर, ८१ केजीमुनि सन्तोष सुनुवार तथा ९० केजीमुनि श्रीराम मकाजुले पहिलो स्थान हात पारे । फाइनलमा उमेशले पामका सुदेश दोङ, सन्तोषले प्रहरीका राजबहादुर चन्द तथा श्रीरामले नेपाल आर्मी क्लबका रमेशबहादुर चन्दको चुनौती समाप्त पारे । विजेतात्रय प्रहरीका हुन् ।

विजेतालाई आयोजक कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठ, नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यलगायतले पुरस्कृत गरे । यसअघि प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेन्डी शेर्पाले उद्घाटन गरेका थिए ।

दुईदिने प्रतियोगितामा ५४ पुरुषले ५ तथा ३८ महिलाले ४ स्वर्णका लागि प्रतिस्पर्धा गरिरहेको जुडो संघका महासचिव धर्मकुमार श्रेष्ठले जनाएका छन् । अन्तिम दिन शनिबार ४ स्वर्णका लागि प्रतिस्पर्धा हुने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web