५ दिनपछि सबै ग्यास उद्योग बन्द हुने !

असार ३, २०७३ मा प्रकाशित | 898 views

काठमाडौ,असार ३ । सरकारले एचपी ग्यासको खरिद ढुवानीमा आदेश (पीडिओ) रोक्का गर्ने निर्णय गरेपछि व्यवसायी आन्दोलित भएका छन् । उनीहरुले निर्णय नसच्याए ५ दिनपछि सम्पूर्ण उद्योग बन्द गर्ने चेतावनी दिएका छन् ।  नेपाल एलपी ग्यास उद्योग संघले बिहीबार एचपी ग्यासको पीडिओ रोक्का गर्ने निर्णय फिर्ता लिन सरकारलाई ५ दिने अल्टिमेटम दिएको हो ।

संघले आपूर्तिमन्त्री गणेशमान पुनलाई अल्टिमेटम सहितको ज्ञापनपत्र बुझाएको छ । संघ अध्यक्ष शिवप्रसाद घिमिरेले उद्योगको कुनै पनि गल्ती नभई एचपी ग्यासको पिडिओ रोक्का गरिएकाले निर्णय नसच्याए ५ दिनपछि सबै उद्योगले पिडिओ सुविधा नलिई उद्योग बन्द गर्ने चेतावनीको आजको कारोबार दैनिकले जनाएको छ । राष्ट्रिय उपभोक्ता हित परिषदको बुधवारको बैठकले एचपी ग्यास सिलिन्डर विस्फोटनबाट मानवीय क्षति भएको भन्दै पिडिओ रोक्का गनै नेपाल आयल निगमलाई निर्देशन दिने निर्णय गरेको थियो। सो निर्णय फिर्ता  गर्न उद्योगीहरु लागिपरेका छन् ।

कालिमाटी सुगम ग्यास र ललितपुरमा एचपी ग्यास विस्फोट हुनु भवितव्य हुने भएकाले उद्योगको कुनै गल्ती नरहेको संघको दाबी छ । सरकाले तोकिएको मापदण्डको अधिनमा रही आफ्नो व्यापार व्यवसाय सञ्चालन गर्दै आएको जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web