थिएटर मलमा आजदेखि ‘उपियाँको निवन्ध’

काठमाडौं । सुनधारास्थित काठमाडौं मलस्थित नाटकघर थिएटर मलमा शुक्रबारदेखि नयाँ नाटक मञ्चन हुँदैछ । केदार श्रेष्ठको लेखन, परिकल्पना तथा निर्देशनमा असार १० गतेदेखि नाटक ‘उपिया“को निबन्ध’ मञ्चन हुँदैछ ।  थिएटर सेन्टर फर चिल्ड्रेन (टिसीसी नेपाल) र थिएटर मलले निर्माण गरेको सो नाटकको तयारी पूरा भएको थिएटरले जनाएको छ । स्कुलको परिवेशमा बालबालिका र शिक्षकबीचको सम्बन्धको कथा हो नाटक ‘उपियाँको निबन्ध’ ।

परम्परागत शिक्षकको दवाव, आक्रोश र त्रासकाबीच एक बालकले अवोध रुपमा गरेको चतु¥याईंलाई बालमनोविज्ञानको ऐनामार्फत देख्ने प्रयत्न नाटकमा हेर्न सकिन्छ । यस नाटकको मूल समस्या र समाधान भनेकै बालकको निर्दोष चतु¥याईपछि शिक्षकको प्रतिक्रिया हो ।

कुनै एक निश्चित स्कुल र परिवेश, निश्चित पात्रमाथि नभई समग्रताको प्रतिनिधित्व गर्दै नाटकले समग्रताको कथा बोलेको छ ।  गम्भीर र जटिल विषयवस्तुमाथि सहज प्रस्त्तिमा ढाल्दै नाटकले हसाउँछ तर हसाउँदा हसाउँदै र हाँस्दाहाँस्दै विषयको गम्भीरतामा सोच्न ढकढकाउँछ ।

यसपटक विद्यार्थीको भूमिकामा वयस्क कलाकारहरु उत्रेपनि उनीहरुले आफ्नो स्कुले जीवन जिउने प्रयत्न भने गरेका छन् । नाटक बुधबार बाहेक हरेक दिन ५:३० बजे र शनिबार दिउसो १:०० बजे पनि मञ्चन हुनेछ ।

अभिनेता अभय बराल नाटकमा

फिल्म र रंगमञ्चलाई समानान्तर रुपमा अगाडि बढाइरहेका अभिनेता अभय बराल नाटक ‘उपियाँको निबन्ध’मा मुख्य पात्रको भूमिका देखिदैछन् । अध्याय, होस्टेल रिटन्र्सजस्ता फिल्मबाट अभिनयमा चर्चा बटुलेका अभय बरालको रंगमञ्चमा यो सातौं नाटक हो । शैली थिएटरबाट अभिनय यात्रा सुरु गरेका उनी थिएटर मल नाटकघरका संस्थापक सदस्य समेत हुन् । उनले यसअघि थिएटर मलमा केदार श्रेष्ठ निर्देशित नाटकहरु ‘बदरंग’, ‘मान भर्सेज मती’मा पनि मुख्य भूमिका निर्वाह गरेका थिए ।

अहिले नाटक ‘उपिया“को निवन्ध’मा जुटिरहेका अभय बरालको फिल्म ‘गाँठो’ प्रदर्शनको तयारीमा छ । नाटकमा अभयसंगै सञ्जिता सञ्जी, जीवन भट्टराई, बिनिता गुरुङ, लक्ष्मी वर्देवा, विजय ताम्राकार, शंकर भण्डारी, प्रकु पाण्डे, राजेन्द्र भट्ट, रोशन सुवेदी, ममता लामिछाने र दिपक चन्दले अभिनय गरेका छन् ।

ओली सरकार भुकम्प पिडितका नाममा कार्यकर्ता पोषण गर्नतिर ब्यस्त भयो: डा. महत

भक्तपुर, असार १० । नेपाली काँग्रेसका नेता डा. प्रकाश शरण महतले वर्तमान सरकारले भुकम्प पिडितका नाममा राहत उपलब्ध गराउने भन्दा पनि कार्यकता पोषण गरेको आरोप लगाउनु भएको छ । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा उहाँले प्राधिकरणले कुनै काम नगरेको र सरकारले आफ्ना कार्यकर्ता भरण पोषणमा लागेको आरोप लगाउँदै भुकम्प पिडितका सवालमा प्रधानमन्त्रीले जेष्ठसम्म छानो उपलब्ध गराउने भनाई उखान टुक्का र मनोरञ्जनमै सिमित बनेको बताउनु भयो ।

उहाँले सरकारले भुकम्प पिडितका हकमा जति सक्दो छिटो बासको बन्दोबस्ती गर्ने प्रतिबद्धता संसदमा पेश गर्दैन तवसम्म नेपाली काँग्रेसले संसद अबरुद्ध गर्दै पिडितका पक्षमा उभिने बताउनु भयो ।  महतले प्राधिकरणको बिधानमै अध्यक्ष प्रधानमन्त्री र उपाध्यक्षमा प्रमुख प्रतिपक्ष रहने भएता पनि हाल सम्म कुनै बैठकको आह्रवान नगरेको भन्दै काँग्रेसको बिरोध पश्चात पहिलो बैठकको आह्रवान गरेको बताउनु भयो । प्रचन्डले नेपाली काँग्रेसलाई समर्थन गर्ने जनाएता पनि पछि आएर परिवर्तन भएकै कारण तत्काल सरकार परिवर्तन नभएको भन्दै हाल सम्म नेपाली काँग्रेसँग बहुमत नभएकै कारण वर्तमान सरकार टिकेको बताउनु भयो । सरकार कुटनीतिक पक्षमा पूर्णरुपमा असफल रहेको वर्तमान सरकारको काम र ब्यवहार हेरे पुग्ने भन्दै उहाँले वर्तमान सरकारको नेतृत्वले काम भन्दा पनि नेपालीलाई मनोरञ्जन प्रदान गरेको आरोप लगाउनु भयो ।

नेपाली काँग्रेसमा पछिल्लो समय गट उप गुटको राजनीति मौलाएको बिषय हल्ला मात्र भएको उहाँको भनाई छ । राजनीतिक पार्टीमा हुने छलफललाई जसरी सञ्चार माध्यमले सम्प्रेषण गरेका छन् त्यो भन्दा पनि पहिलो प्राथामिकता को बिषय पुर्ननिमाणको काम भएकाले काँग्रेस त्यस तर्फ केन्द्रित बनेको उहाँले बताउनु भयो ।

फ्राईडे रिलिज: ‘लुकामारी’ भर्सेज ‘रिलेशन’ दर्शक जाने कता ?

काठमाडौं । नायक सौगात मल्लले खाली सिलिन्डर बोकेको फस्टलुक रिलिज गरेपछि चर्तामा आएको नेपाली चलचित्र 'लुकामारी' आजदेखि प्रदर्शनमा आएको छ ।   दुई दिन पहिले पोखरामा प्रिमियर सम्पन्न भएको 'लुकामारी'लाई सस्पेन्स क्राईम कमेडी थ्रिलर जनरामा राखिएको छ । श्रीराम दाहालद्वारा निर्देशित चलचित्र ‘लुकामारी’ हास्य तथा अपराध मिश्रित कथामा आधारित चलचित्र रहेको बताइएको छ ।

यसमा मुख्य पात्र मधेसी मूलका छन् । जुन पात्रमा सौगात मल्लले अभिनय गर्नुभएको छ । सुरजमानसिंह भण्डारीले निर्माण गरेको चलचित्रमा कर्म ९महेश शाक्य०, सुरविना कार्की रिस्ता बस्नेत, कृष्णभक्त महर्जनले अभिनय गरेका छन् ।

त्यस्तै ‘रिलेसन’ तेक्वान्दो खेलसँग सम्बन्धित चलचित्र हो । तेक्वान्दोका ‘फस्ट सेभेन डान’ दिवाकर महर्जनले निर्माण गरेको यो चलचित्रले नेपाल र अमेरिकाको तेक्वान्दो खेलको सम्बन्धलाई देखाउन खोजिएको छ ।

दिपेन्द्र दाहालले निर्देशन गरेको यो चलचित्रमा महर्जनका अलावा अमेरिकी खेलाडी क्रिटिना नुनाजले मुख्य भूमिका निभाएका छन् । साथै चलचित्रमा उपेन्द्र तिमिल्सिना, लक्ष्मणविक्रम बस्नेत, सुशील पोखरेल, महिमा सिलवाल आदि कलाकारको अभिनय छ । फिल्ममा तेक्वान्दोका फस्ट सेभेन डन दिवाकर महर्जन र अमेरिकी व्ल्याक बेष्ट कृटिना नुनास तथा उपेन्द्र तिमल्सिना,महिमा सिलवाल ,लक्ष्मण बिक्रम बस्नेत ,शुशिल पोख्रेल लगायत तेक्वान्दोका अन्र्तराष्ट्रिय खेलाडीहरुको पनि अभिनय समेटिएको छ ।

बेलायतले युरोपियन लिग छाड्ने भयो

एजेन्सी,असार १० । ब्रिटेनको युरोपेली संघमा आवद्धताबारेको जनमतसंग्रहमा कडा प्रतिस्पर्धा भइरहेको छ तर इयुमा नै रहनुपर्ने पक्षले लण्डन बाहिर पर्याप्त समर्थन जुटाउन नसकिरहेको देखिएको छ। स्थानीय समय अनुसार ३:४५ बिएसटीसम्मको नतिजा अनुसार इग्लिंस सर र वेल्सको दह्रो समर्थनसहित इयुबाट बाहिरिनुपर्ने पक्ष ५ लाख मतले अघि रहेको छ ।

स्कटलण्ड र नर्दन आयरलण्ड ब्रिटेन इयुमा नै आवद्ध हुनुपर्ने पक्षमा उभिएको जस्तो देखिएको छ र लण्डनले स्पष्ट रुपमा इयुमा रहनुपर्ने अभिमत दिएको छ। मतदान सकिए लगत्तै ह्वात्तै बढेको पाउन्ड सटर्लिङको मूल्य बाहिरिने पक्षको अग्रता सँगै नाटकीय रुपमा घटेको थियो। जनमत संग्रहमा आमचुनावमा भन्दा बढी मतदाता सहभागी भएको बताइएको बिबिसीडट सिओडट युकेमा समाचार छ ।

तर यसपटक चुनावी क्षेत्रका आधारमा नभई सम्पूर्ण खसेको मत अनुसार परिणाम घोषणा हुनेछ।मतदानसम्बन्धी विज्ञ जन कुर्टिशले प्रारम्भिक चरणमा इयु छाड्नुपर्ने पक्ष जनमत संग्रहमा विजयी हुने देखिएको टिप्पणी गरेका छन्। उनले १ करोड ६८ लाख १३ हजार मत ल्याउने विजयी हुने अनुमान गरेका छन्।

सबै ३ सय ८२ मतगणना केन्द्रका नतिजा प्रमाणित भइ घोषणा भएपछि म्यानचेष्टरको सिटी हलमा प्रमुख मतगणना अधिकारीले चुनावी परिणाम घोषणा गर्ने कार्यक्रम छ। हालसम्म वेल्समा गणना भएको मध्ये ५४.७ प्रतिशतले इयुबाट अलग हुनुपर्ने पक्षमा मत हालेका छन्। उत्तरी आयरलण्ड इयुमै आवद्ध हुनुपर्ने पक्षमा उभिएको देखिएको छ ।

अप्रत्याशित बाढीका कारण मतदान प्रभावित भएका मिडलण्डस, योर्कसर, हम्बर, र दक्षिण पूर्वी ब्रिटेनका क्षेत्रहरुबाट नतिजाहरु आउन थालेका छन्। अलग हुनुपर्ने पक्षका नेता युकेआइपीका नेता नाइजल फराजले स्वतन्त्र ब्रिटेन सहितको बिहानी शुरु हुन लागेको प्रतिक्रिया दिएका छन्। इयुमा नै रहनुपर्ने अडान राखेको लेबर पार्टिका पूर्व नेता एड मिलिब्यान्डले प्रधानमन्त्रीको काँधमा ठूलो जिम्वेवारी रहेको र यदि इयुमा नै रहनुपर्ने पक्षले जिते छाड्नुपर्ने पक्षका जनताको भवनालाई समेत बुझिनुपर्नेमा जोड दिएका छन् ।

मतदानको दिन गरिएको एउटा अनलाइन सर्वेक्षणमा भाग लिएका ५ हजारमध्ये ५२ प्रतिशतले इयुमा नै रहनुपर्ने र ४८ प्रतिशतले इयु छाड्नुपर्ने धारणा राखेका थिए। अर्को एउटा सर्वेक्षणले ५४ प्रतिशतले इयुमा रहनुपर्ने र ४६ प्रतिशतले छाड्नुपर्ने विचार व्यक्त गरेको उल्लेख गरेको छ। निर्वाचन आयोगका अनुसार मतदानका लागि ४ करोड ६४ लाखभन्दा बढी मानिसहरु दर्ता भएका थिए।

काबुल आक्रमण: नुवाकोटका च्याङ्बाको शव ल्याइयो,आजै परिवारको जिम्मा लगाउने

काठमाडौं,असार १० ।  काबुल आक्रमणमा परि ज्यान गुमाएका च्याङ्बा तामाङको शव काठमाडौं ल्याइएको छ । सोमबार अफगानिस्तानको राजधानी काबुलमा तालिबानले गरेको आत्मघाती आक्रमणमा घाइते भएका नुवाकोटका च्याङवाको काबुलमा उपचारको क्रममा निधन भएको थियो । तामाङको शव बिहान सवा ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइसकिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । तामाङको शव शुक्रबारनै परिवारको जिम्मा लगाउने गृह मन्त्रालयले तयारी गरेको छ ।

गएको सोमबार अफगानिस्तानको राजधानी काबुलमा तालिबानले गरेको आत्मघाती आक्रमणमा परि तामाङसहित १३ नेपालीको ज्यान गएको थियो । ७ जना घाइते भएका थिए । अन्य मृतकको शव बुधबारनै  काठमाडौं ल्याइएको छ । घाइते पाँच जनालाई उप उपचारका लागि भारत लगिएको छ । ज्यान गुमाएकाको परिवारलाई १०–१० लाख रुपैंयाँ सहयोग गर्ने सरकारले निर्णय गरिसकेको छ ।

भारतिय प्रहरी हतियार सहित कुतियाकवरमा, मदिरा पसल बन्द नगरे तोडफोड गर्ने धम्की

पप्पु गुरुङ्, १० साउन, कञ्चनपुर । भारतिय प्रहरी हतियार सहित नेपाली भुमीमा आएर मदिरा पसल बन्द गर्न धम्की दिएका छन् । गए राती करिब ८ बजे कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नं. १०, कुतियाकवर क्षेत्रमा गाँउमा भारतिय प्रहरी गाँउ पसेर मदिरा उत्पादन तथा पसलमा बन्द गर्न धम्की दिनुको साथै तत्काल बन्द नगरे तोडफोड गर्ने चेतावनी समेत दिएको स्थानियहरुले बताएका छन् । राती आधुनिक हतियार संग आएको ७ जनाको टोलीले हतियार ताक्दै पसलमा सर्च समेत गरेको बताईएको छ् । कुतियाकबर क्षेत्रको नेपाल–भारत सिमा स्तम्भ नं. २७ नजिक नेपाली भुमिमा भारतिय नागरिकद्धारा अबैध घरेलु मदिरा उत्पादन तथा पक्की मदिरा बिक्रि बितरण भईरहेको बताईएको छ् । उक्त मदिरा पसलमा भारतिय नागरिकहरुले मदिरा खरिद गर्ने भएको कारण भारतिय प्रहरीले बन्द गर्न धम्की दिएको भारतिय प्रहरीको भनाई रहेको बताईएको छ् । एक साता अघि भारतिय प्रहरीले नेपाली मदिरा पसलमा छापा मारेर मदिरा तथा मदिरा जन्य पदार्थ नियन्त्रणमा लिएर गएको स्थानियहरुले बताएका छन् ।

पेट्रोलियम पाइपलाइन अघि बढाउन भारतीय टोली नेपालमा

काठमाडौं,असार १० । दुई देशबीच चर्चामा रहेको पेट्रोलियम पाइपलाइन विस्तारको काम अगाडि बढाउन भारतीय प्रतिनिधि नेपालमा आएका छन् । लामो समयदेखि रोकिएको पाइपलाइन निर्माणको कामलाई सुचारु गर्नका लागि भारतीय प्रतिनिधि नेपालमा आएका हुन् । पाइपलाइन विस्तारको कामलाई तत्काल अगाडिबढाउनका लागि इन्डियन आयल कर्पोरेसनका प्रतिनिधिहरु नेपाल आएर सम्बन्धित निकायबीच छलफल गरेका छन् ।

आईओसी प्रतिनिधिले पाइपलाइन निर्माणको काम विस्तारमा सहयोग गर्न नेपाली प्रतिनिधिलाई आग्रह गरेको आजको राजधानी दैनिकमा समाचार छ । पेट्रोलियम पदार्थको आफूर्ति व्यवस्था सहज बनाउन भारतले रक्सौलदेखि अमलेखगञ्जसम्म पाइपलाइन विस्तार गर्ने भनेपछि सो कार्य अगाडि बढाउन लागिएको हो ।

आईओसी र नेपाली प्रतिनिधिबीच बिहीबार भएको छलफलका क्रममा पाइपलाइन विस्तारको काम अगाडि बढाउन भारत तयार भएको आईओसी प्रतिनिधिले बताएका छन् ।

भागबन्डा नमिलेपछि देउवा र पौडेलबीच भनाभन

काठमाडौं,असार १० । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी संरचनामा आफ्नो पक्षको ४५ प्रतिशत हिस्सा दाबी गर्न थालेपछि सभापति शेरबहादुर देउवा अप्ठ्यारामा पर्न थालेका छन् । संसदीय दलको कार्यसमितिका सदस्य र दल अन्तर्गत रहने संसदीय समितिका संयोजक प्रस्ताव गर्दा पौडेलले ४५ प्रतिशत हिस्सा मागेका हुन् । भागबन्डाका विषयमा कुरा नमिल्दा दुई नेताबीच भनाभन समेत भएको थियो । स्रोतअनुसार बिहीबार गठन भएको दल अन्तर्गतको १२ संसदीय समितिमा पौडेलले न्यूनतम ५ संयोजक माग गरेपछि दुई नेताबीच विवाद भएको हो । संसदीय दलको कार्यसमिति सदस्यमा समेत पौडेलले ४५ प्रतिशतको हिस्सा पाउनुपर्ने लिखित नै माग गरेका थिए ।

देउवाले १२ समितिका संयोजकमध्ये पौडेल पक्षका तीन जनाको नाम मात्रै प्रस्ताव गरेका थिए । संसदीय दलको कार्यसमितिमा विवाद भएपछि पौडेल पक्षका दुई जना थप गरी ५ जनालाई संयोजक दिन देउवा तयार भएका हुन् । एकपक्षीय रुपमा संसदीय समिति बनाउन खोजेको भन्दै दलको कार्यसमितिमा मनोनीत पौडेल पक्षका तीन जना भने बैठकमा अनुपस्थित भए । निर्वाचित सदस्यहरू भने बैठकमा सहभागी थिए ।

१२ समितिमध्ये पौडेल पक्षबाट विधायन समितिमा तारणदत्त चटौत, अर्थ समितिमा मोहनप्रसाद बराल, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा बलबहादुर केसी, महिला बालबालिका, ज्येष्ठ नागरिक र समाज कल्याण समितिमा जीवन परियार र राज्य व्यवस्था समितिमा नवीन्द्रराज जोशीलाई संयोजक बनाइएको छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला निकट रहेका सुधीरकुमार शिवाकोटीलाई कृषि तथा जलस्रोत समितिको संयोजक बनाइएको आजको कान्तिपुर दैनिकमा खबर छ ।

देउवाले अन्य समितिहरूमा आफू निकटकालाई संयोजक बनाएका छन् । त्यस अनुसार उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिमा अम्बिका बस्नेत, सामाजिक न्याय तथा मानवअधिकार समितिमा मोख्तार अहमद, विकास समितिमा जीवनबहादुर शाही, वातावरण संरक्षण समितिमा मानबहादुर विश्वकर्मा, सुशासन तथा अनुगमन समितिमा पद्मनारायण चौधरी र सार्वजनिक लेखा समितिमा भरतकुमार शाह संयोजक छन् । समितिका सदस्यहरू भने व्यवस्थापिका संसद् अन्तर्गत समितिमै रहेका सदस्यहरू रहनेछन् ।

पूर्वराष्ट्रपतिको घरभाडा विवाद अदालतमा, पूर्वउपराष्ट्रपति तनावमा

काठमाडौं,असार १० । सरकारले पूर्वविशिष्ट पदाधिकारीहरूको सेवा र सुविधामा उदारतापूर्वक करोडौा रुपैयाा खर्च गर्दै छ । तर, खर्च प्रक्रिया व्यवस्थित गर्न सकेको छैन । सरकारले गत २६ चैतमा पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई घरभाडास्वरूप मासिक एक लाख ३० हजार रुपैयाँ दिने निर्णय गरेको थियो । त्यहीअनुसार सरकारी कर्मचारीले ललितपुर बागडोलस्थित रविभक्त विष्टको घर भाडामा लिएर यादवलाई आवास मिलाएका थिए ।

तर, १२ कात्तिकमा यादव सो घरमा सरेपछि मात्र घरभाडा कर कसले तिर्ने भन्नेमा सरकार र घरबेटीबीच विवाद छ । सरकारले निर्णय गरेभन्दा बढी तिर्न कानुनी रूपमा अप्ठ्यारो छ, जबकि करबाहेक एक लाख ३० हजार आफ्नो हातमा आउने गरी सहमति भएको विष्टको दाबी छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

कात्तिकदेखिकै भाडा नपाएका विष्टले यादवलाई घरबाट हटाइदिन आदेशको माग गर्दै ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् । यसअघि घरबेटीले घर खाली गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समेत निवेदन दिएका थिए । बरू संसद्मा कांग्रेस सांसदले पूर्वराष्ट्रपतिको घरभाडा सरकारले नतिर्ने भए आफूहरूले लेबी उठाएर तिर्ने बताइसकेका छन् । त्यसो त बागडोलस्थित भाडाको घरको नजिकै यादवकै आफ्नो निजी घर पनि छ ।

उता, सरकारले कुनै सुविधा नदिएको भन्दै आफू मानसिक तनावमा परेको पूर्वउपराष्ट्रपति परमानन्द झाले बताउँदै आएका छन् । इन्धन र चालकको पारिश्रमिकसमेत नपाएको उनले गुनासो गरेका छन् ।

झा सरकारले दिएका सुरक्षाकर्मीसहित गौरीघाटस्थित आफ्नै घरमा बस्दै आएका छन् । सरकारले पूर्वउपराष्ट्रपति झालाई ६० लाखसम्मको गाडी, दुईदेखि तीन सय लिटरसम्म पेट्रोल, चालक, गाडी मर्मत खर्च र सुरक्षा दिने निर्णय गरेको छ ।

वसन्त गौचन बने जापानमा फुटबल प्रशिक्षक

काठमाडौं,असार १० । पूर्वराष्ट्रिय खेलाडी वसन्त गौचनले जापानमा व्यवसायिक फुटबल प्रशिक्षण यात्रा प्रारम्भ गरेका छन् । गौचनलाई जापानको फनरुट्स फुटबल एकेडेमीले प्रशिक्षकको रुपमा अनुबन्ध गरेको हो ।

फनरुट्स टोकियोमा अवस्थित व्यवसायीक फुटबल एकेडेमी हो । फलरुट्सको जर्मन टोली बोरुसिया डर्टमुन्डसँग ‘टाइ अप’मा रहेको आजको अन्नपूर्णमा समाचार छ ।

डर्टमुनन्डले जापानमा आफ्नो एकेडेमी र फुटबल स्कुल पनि चलाएको छ । डर्टमुन्डबाट हरेक वर्ष फलरुट्समा युवा खेलाडीलाई प्रशिक्षण दिन प्रशिक्षक आउने गर्छन् । फनरुट्समा उनी स्पोर्टसको विद्याथीका प्रशिक्षकलाई इन्स्ट्रक्टर पनि गर्छन् । पुमा सकर क्लव, चोफुओचुकाको स्कुल टिममा ६ वर्षदेखिको १२ वर्षसम्मकालाई तथा कोमाजावा सकर क्लबमा चारदेखि १० वर्षका खेलाडीलाई प्रशिक्षण दिन्छन् । गौचनले एकेडेमीबाट वार्षीक ५५ लाख रुपैयाँ पारिश्रमिक पाउनेछन् ।

काबुलबाट फर्केका सुरक्षा अधिकारीको निष्कर्ष : धम्की लुकाइँदा आक्रमण

काठमाडौं,असार १० । अफगानिस्तानमा सुरक्षा गार्ड उपलब्ध गराउँदै आएको सेक्युरिटी कम्पनीले तालीवानी समूहलाई धम्कीपछि पैसा नबुझाउँदा काबुल घटना भएको त्यहाँ पुगेर फर्किएको नेपाली टोलीले निष्कर्ष दिएको छ ।

घटनाअघि नै तालिवानी समूहले सुरक्षा कम्पनीसँग मोटो रकम मागेको र उक्त रकम नदिएपछि पूर्वजानकारी दिएरै आक्रमण गरेको टोलीमा संलग्न अधिकारीले आफ्नो माथिल्लो निकायलाई ब्रिफिङ गरेका हुन् ।

काबुलमा १३ नेपालीको ज्यान जाने गरी सोमबार भएको बम बिष्फोटमा तालिबानी समूहले मागेको ‘एक्ट्रोसन मनि’ (धम्क्याएर पैसाँ उठाउने) नदिँदा भएका आँकलन त्यहाँ पुगेर फर्किएको टोलीले गरेको हो । आजको नागरिक दैनिकमा खबर छ ।

पुरुष बेसबल प्रतियोगिता : आर्मी विजयी

काठमाडौं, असार ९ । ओलम्पिक डेका अवसरमा आयोजित पुरुष बेसबल प्रतियोगितामा आर्मी बिहीबार विजयी भएको छ । पुल्चोकमा भएको खेलमा आर्मीले एपीएफ क्लबलाई १–० ले पराजित ग¥यो । स्पोर्ट्स फर अल कमिसन र नेपाल बेसबल तथा सफ्टबल संघद्वारा आयोजित प्रतियोगिताको महिला सफ्टबलमा भने एपीएफले आर्मीलाई ९–१ ले हरायो । प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेन्डी शेर्पाले एक कार्यक्रमबीच उद्घाटन गरे । कार्यक्रम आयोजक संघका महासचिव दीपक न्यौपानेले सञ्चालन गरेका थिए भने संघका उपाध्यक्ष प्रदीपकुमार खत्रीले स्वागत मन्तब्य राखेका थिए ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web