काठमाडौं,असार १० । काबुल आक्रमणमा परि ज्यान गुमाएका च्याङ्बा तामाङको शव काठमाडौं ल्याइएको छ । सोमबार अफगानिस्तानको राजधानी काबुलमा तालिबानले गरेको आत्मघाती आक्रमणमा घाइते भएका नुवाकोटका च्याङवाको काबुलमा उपचारको क्रममा निधन भएको थियो । तामाङको शव बिहान सवा ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइसकिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । तामाङको शव शुक्रबारनै परिवारको जिम्मा लगाउने गृह मन्त्रालयले तयारी गरेको छ ।

गएको सोमबार अफगानिस्तानको राजधानी काबुलमा तालिबानले गरेको आत्मघाती आक्रमणमा परि तामाङसहित १३ नेपालीको ज्यान गएको थियो । ७ जना घाइते भएका थिए । अन्य मृतकको शव बुधबारनै काठमाडौं ल्याइएको छ । घाइते पाँच जनालाई उप उपचारका लागि भारत लगिएको छ । ज्यान गुमाएकाको परिवारलाई १०–१० लाख रुपैंयाँ सहयोग गर्ने सरकारले निर्णय गरिसकेको छ ।

17.12¡ÆC