भारतिय प्रहरी हतियार सहित कुतियाकवरमा, मदिरा पसल बन्द नगरे तोडफोड गर्ने धम्की

असार १०, २०७३ मा प्रकाशित | 972 views

<p>पप्पु गुरुङ्, १० साउन, कञ्चनपुर । भारतिय प्रहरी हतियार सहित नेपाली भुमीमा आएर मदिरा पसल बन्द गर्न धम्की दिएका छन् । गए राती करिब ८ बजे कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नं. १०, कुतियाकवर क्षेत्रमा गाँउमा भारतिय प्रहरी गाँउ पसेर मदिरा उत्पादन तथा पसलमा बन्द गर्न धम्की दिनुको साथै तत्काल बन्द नगरे तोडफोड गर्ने चेतावनी समेत दिएको स्थानियहरुले बताएका छन् । राती आधुनिक हतियार संग आएको ७ जनाको टोलीले हतियार ताक्दै पसलमा सर्च समेत गरेको बताईएको छ् । कुतियाकबर क्षेत्रको नेपाल–भारत सिमा स्तम्भ नं. २७ नजिक नेपाली भुमिमा भारतिय नागरिकद्धारा अबैध घरेलु मदिरा उत्पादन तथा पक्की मदिरा बिक्रि बितरण भईरहेको बताईएको छ् । उक्त मदिरा पसलमा भारतिय नागरिकहरुले मदिरा खरिद गर्ने भएको कारण भारतिय प्रहरीले बन्द गर्न धम्की दिएको भारतिय प्रहरीको भनाई रहेको बताईएको छ् । एक साता अघि भारतिय प्रहरीले नेपाली मदिरा पसलमा छापा मारेर मदिरा तथा मदिरा जन्य पदार्थ नियन्त्रणमा लिएर गएको स्थानियहरुले बताएका छन् । <br><br><br></p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web