काठमाडौं । नायक सौगात मल्लले खाली सिलिन्डर बोकेको फस्टलुक रिलिज गरेपछि चर्तामा आएको नेपाली चलचित्र 'लुकामारी' आजदेखि प्रदर्शनमा आएको छ । दुई दिन पहिले पोखरामा प्रिमियर सम्पन्न भएको 'लुकामारी'लाई सस्पेन्स क्राईम कमेडी थ्रिलर जनरामा राखिएको छ । श्रीराम दाहालद्वारा निर्देशित चलचित्र ‘लुकामारी’ हास्य तथा अपराध मिश्रित कथामा आधारित चलचित्र रहेको बताइएको छ ।

यसमा मुख्य पात्र मधेसी मूलका छन् । जुन पात्रमा सौगात मल्लले अभिनय गर्नुभएको छ । सुरजमानसिंह भण्डारीले निर्माण गरेको चलचित्रमा कर्म ९महेश शाक्य०, सुरविना कार्की रिस्ता बस्नेत, कृष्णभक्त महर्जनले अभिनय गरेका छन् ।

त्यस्तै ‘रिलेसन’ तेक्वान्दो खेलसँग सम्बन्धित चलचित्र हो । तेक्वान्दोका ‘फस्ट सेभेन डान’ दिवाकर महर्जनले निर्माण गरेको यो चलचित्रले नेपाल र अमेरिकाको तेक्वान्दो खेलको सम्बन्धलाई देखाउन खोजिएको छ ।

दिपेन्द्र दाहालले निर्देशन गरेको यो चलचित्रमा महर्जनका अलावा अमेरिकी खेलाडी क्रिटिना नुनाजले मुख्य भूमिका निभाएका छन् । साथै चलचित्रमा उपेन्द्र तिमिल्सिना, लक्ष्मणविक्रम बस्नेत, सुशील पोखरेल, महिमा सिलवाल आदि कलाकारको अभिनय छ । फिल्ममा तेक्वान्दोका फस्ट सेभेन डन दिवाकर महर्जन र अमेरिकी व्ल्याक बेष्ट कृटिना नुनास तथा उपेन्द्र तिमल्सिना,महिमा सिलवाल ,लक्ष्मण बिक्रम बस्नेत ,शुशिल पोख्रेल लगायत तेक्वान्दोका अन्र्तराष्ट्रिय खेलाडीहरुको पनि अभिनय समेटिएको छ ।

18.12¡ÆC