राखेप र निप्पोनबीच सम्झौता

काठमाडौं, असार ९ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र जापानको टोकियोस्थित विश्वको उत्कृष्ट श्रेणीहरुमा पर्ने निप्पोन स्पोर्ट सायन्स युनिभर्सिटीबीच खेलकुदमा सहयोग आदान–प्रदान गर्ने विविध पक्षमा सम्झौता भएको छ ।

सो कार्यका लागि जापान गएका राखेपका सदस्य–सचिव केशवकुमार विष्ट र युनिभर्सिटीका अध्यक्ष रियोसो तानीगामा(Ryosho Tanigama)  बीच सम्झौता पत्रमा हस्ताक्षर भयो । १२५ वर्ष पुरानो इतिहास बोकेको युनिभर्सिटीसंग खेलाडी, प्रशिक्षक, विज्ञलगायत सहयोग आदान–प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको बिहीबार स्वदेश फर्किएका सदस्य–सचिव विष्टले जानकारी गराए ।

‘विशेष गरी हामीलाई आवश्यक परेको खण्डमा विज्ञ समेत उपलब्ध गराइ दिने सहमति भएको छ । समझदारी पत्र अनुसार सम्झौता तीन वर्षका लागि भएको हो ।’– सदस्य–सचिव विष्टले भने ।

सदस्य–सचिव विष्टका अनुसार त्यसबेला युनिभर्सिटीको १२५ वर्षगाँठ मनाउने कार्यक्रम पनि रहेकाले कार्यक्रममा विभिन्न १४ देशका खेल निकायका प्रतिनिधि सहभागी थिए ।

भ्रमणकै दौरान सदस्य–सचिव विष्ट र जाइकाको मुख्यालयका पदाधिकारीबीच पनि भेटवार्ता भएको थियो । त्यसक्रममा जाइकाले विगतमा नेपालमा पठाउने स्वयंसेवक प्रशिक्षकको संख्यामा बृद्धि गर्न सकिने जाइकाका उप–निर्देशक यागो नओको (Yago Naoho)  ले प्रतिबद्धता जनाएका थिए ।

त्यस्तै भूकम्पले क्षति पु¥याएको भौतिक संरचना बनाइ दिने सम्बन्धमा युवा तथा खेलकुद मन्त्रालय मार्फत नेपालस्थित जापान राजदूतावासमा प्रस्ताव राखेमा प्रकृया सुरु गरिदिने जाइकाका प्रतिनिधिले प्रतिबद्धता जनाएको सदस्य–सचिव विष्टले जानकारी गराए ।

चार देशमा वैदेशिक रोजगारीमा जान प्रतिवन्ध

काठमाडौं,असार ९ । सरकारले अफगानिस्तानसहित इराक, सिरिया र लिबियामा वैदेशिक रोजगारीका लागि  जान प्रतिबन्ध लगाएको छ।  बिहिबार साँझ बसेको मन्त्रिपरिषद बैठकलेले वैदेशिक रोजगारीका लागि द्वन्द्वग्रस्त मुलुक जान प्रतिबन्ध लगाएको लगाएको हो । अफगानिस्तानको राजधानी काबुल विस्फोटमा परी १३ नेपालीको मृत्यु भएपछि सरकारले ती देशहरूमा जान प्रतिबन्ध लगाएको हो।  यस्तै, बैठकले काबुल घटनाबारे छानविन गर्न श्रम मन्त्रालयलाई निर्देशन दिएको छ। साथै काबुल आक्रमणमा मारिएका १३ नेपालीको परिवारलाई  १०-१० लाख क्षतिपूर्ति दिने निर्णय गरेको छ।

सरकारले आर्थिक वर्ष ०६२/६३ मा अफगानिस्तानमा निश्चित क्षेत्रको रोजगारीमा जान खुला गरिएको थियो । अहिलेसम्म वैधानिक ढंगबाट ८ हजार ६ सय १४ जना नेपाली अफगानिस्तान गएको सरकारीको तथ्यांकले देखाएको छ । तर, अवैधानिक ढंगबाट १० हजारभन्दा बढी नेपाली रोजगारीका लागि अफगानिस्तान गएको अनुमान छ ।

बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नेपाल राष्ट्र बैंकमा पूर्व डेपुटी गभर्नर महाप्रसाद अधिकारीलाई चार वर्षको लागि नियुक्त गरेको छ । यसअघिका कार्यकारी निर्देशक राधेश पन्तको कार्यकाल सकिएपछि उनको ठाउँमा अधिकारीलाई ल्याइएको हो।

मदन आश्रित राष्ट्रिय टि-२० क्रिकेटको उपाधि पुलिसलाई

काठमाडौं,असार ९ । दोश्रो मदन आश्रित  राष्ट्रिय टि-२० क्रिकेटको उपाधि  नेपाल पुलिस क्लबले जितेको छ फाईनल खेलमा जनकपुरलाई ४९ रनको भारी अन्तरले पराजित गर्दै पुलिस क्लबले उपाधि आफ्नो पोल्टामा पारेको हो । पुलिसले बिजेता ट्रफी सहित रु १ लाख रुपैया हात पार्यो भने उपविजेता जनकपुरले रु ५० हजारमा चित्त बुझायो । युवा संघ नेपाल नगर कमिटि राजविराज, सप्तरी द्वारा आयोजित प्रतियोगितामा देशभरका ६ टोलि सहभागी थिए ।

सप्तरीमा शुक्रबार सम्पन्न फाईनल खेलमा टस हारेर सुरुमा ब्याटिङ्ग गरेको नेपाल पुलिस क्लबले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै एक सय ७८ रन बनायो, पुलिसको लागी प्रेम तामाङ्गले २४ बलमा ३ चौका र १ छक्काको मद्दतले ३० रन बनाए भने योगेन्द्र कार्की २९ तथा दिपेन्द्र ऐरिले २६ रन बनाए। जनकपुरका मेहबुब आलम ३ विकेट तथा राज मोहमद र संजोक कर्णले समान २-२ विकेट लिए ।

यता एक सय ७९ रनको बिशाल लक्ष्य सहित मैदानमा उत्रिएको जनकपुर नेपाल पुलिस क्लब सामु निर्ह बन्न पुग्यो, उसले पुरै २० ओभर खेल्दै ८ विकेट गुमाएर मात्र एक सय २९ रन बनाउन सक्यो। जनकपुरको लागी सौंरभ नागबंशी नटआउट ३५ तथा गोपाल सिंहले नटआउट २९ रन बनाए भने अरु ब्याट्मेनले दोहोरो अंक बनाउन सकेनन्। नेपाल पुलिसका रामनरेश गिरीले ३ विकेट लिए भने दिपेन्द्र ऐरी २ तथा कुशल भुर्तेल र मञ्जित श्रेठले समान १-१ विकेट लिए। प्रतियोगिताको उत्कृष्ट खेलाडी होराइजन क्रिकेट एकेडेमी (बिराटनगर ) का पुष्प थापा , उत्कृष्ट ब्याट्सम्यान नेपाल पुलिस क्लबका शंकर राना तथा उत्कृष्ट बलर जनकपुर टिमका राज मोहम्मद भए।

बिजेता टिम तथा खेलाडीलाई नेकपा एमालेका केन्द्रीय सदस्य सुमन राज प्याकुरेल, जिल्ला खेलकुद विकास समितिका अधिकृत लक्ष्मण मण्डल, नेकपा एमाले जिल्ला अध्यक्ष गोबिन्द न्यौपानेले पुरस्कृत गरेका थिए।

भारतीय क्रिकेट टिमको प्रशिक्षकमा अनिल कुम्बले नियुक्त

एजेन्सी,असार ९ । भारतीय क्रिकेट टिमको प्रशिक्षकमा पूर्व कप्तान अनिल कुम्बले नियुक्त भएका छन् । बिहीबार भारतीय क्रिकेट बोर्ड बिसिसिआईले धर्मशालामा पत्रकार सम्मेलन गर्दै प्रशिक्षक घोषणा गरेका हुन् । नयाँ प्रशिक्षकका लागि ५७ आवेदन मध्ये २१ जनालाई अन्तर्वार्ता लिइएको थियो ।कुम्बलाई एक वर्षका लागि प्रशिक्षक नियुक्त गरिएको भारतीय क्रिकेट कन्ट्रोल बोर्डले बताएको छ  ।

उनले वेष्ट इन्डिजसँग हुने टेस्ट सिरिजबाट भारतीय टिम सम्हाल्ने छन् । मुख्य प्रशिक्षक कुम्बले नियुक्त भएपनि बलिङ, ब्याटिङ र फिल्डिङ प्रशिक्षक नियुक्त गर्न भने केही दिन लाग्ने बिसिसिआईले जनाएको छ । सचिन तेन्दुलकर, सौरभ गांगुली, भिभिएस लक्ष्मण र संजय जगदा सदस्य रहेको सल्लाहकार समितिले कुम्बलेलाई प्रशिक्षकका लागि छनोट गरेको हो । सन् २००० मा कपिल देवले राजिनामा दिएपछि भारतीय नै प्रशिक्षक भएको यो पहिलो पटक हो ।

कुम्बलेसँग इन्डिएन प्रिमियर लिग आइपिएलमा रोयल च्यालेन्जर्स बैंगलोर र मुम्बई इन्डियन्सको प्रशिक्षक भएको बाहेक अन्य अनुभव छैन । १८ वर्ष भारतीय टिमबाट क्रिकेट खेलेका स्पीनर कुम्बलेले टेस्ट क्रिकेटमा ६ सय १९ विकेट लिएका छन् । सन् २००७ मा टेस्ट टिमको कप्तान भएपछि उनले सम्हालेका १४ खेलमा भारतले तीन वटामा जितको थियो भने पाँच वटामा हार वेहोरेको थियो । ६ खेल बराबरी भएका थिए ।

विश्वचर्चित फुटबलर मेसी दाह्रीका कारण चर्चामा,किन पाले दाह्री ? यस्तो छ रहस्य

एजेन्सी । कोपा अमेरिका फुटबल प्रतियोगिताको फाइनलमा पुगेको अर्जेन्टिनाका विश्वचर्चित फुटबलर लियोनेल मेसी अहिले उनको दाह्रीका कारण चर्चामा छन् । यसअघि बार्सिलोना या अर्जेन्टिनाबाट खेल्दा सफाचट भएर चिल्ला गालामा मैदानमा उत्रने मेसी यो पटक झुस्स खैरा दाह्रीमा देखिएका छन् ।

सधैं सफाचट देखिने मेसीले दाह्री पालेपछि धेरै नसुहाएको टिप्पणी पनि गरिरहेका छन् । फाइनल प्रवेशका लागि अमेरिकाविरुद्ध फ्री किकबाट सुन्दर गोल गर्दै अर्जेन्टिनाका लागि सर्वाधिक ५५ गोल गर्ने खेलाडी बन्दै मेसीले नयाँ उचाईं पनि हासिल गरेका छन् । एकातर्फ अर्जेन्टिनालाई लगातार सफल बनाइरहेका मेसीले पालेको दाह्रीका कारण प्रशंसकमा उत्सुकता बढेको छ ।

मेसी साधरणतया आफ्नो 'चकलेटी' लुकले परिचित छन् । तर अब उनले पालेको दाह्रीले उनका समर्थकमा भने दिनप्रतिदिन उत्सुकता बढाइरहेको छ । मेसीले आफ्नो स्वरुप परिवर्तन गर्नैका लागि दाह्री पालेका हुन् या अरु पनि केही कारण छ ? मेसीका करोडौं फ्यानको दिमागमा अहिले यो प्रश्न घुमिरहेको छ । तर मेसीले दाह्री पाल्नुको कारणबारे 'गोलमोटोल' जबाफ दिएर प्रशंसकको उत्सुकता झनै बढाइदिएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मेसीले कोपा अमेरिकाको फाइनल खेल अगाडि दाह्री नकाट्ने दृढता लिएका छन् ।

समाचार अनुसार मेसीको दाह्रीसँग अमेरिकामा जारी कोपा अमेरिकामा अर्जेन्टिनाले अहिलेसम्म पाएको सफलताको रहस्य जोडिएको छ । मेसी कोपा अमेरिकाको फाइनलमा पुगेजस्तै अब चिलीलाई हराउँदै उपाधि नै चुम्नेतर्फ केन्द्रित भएका छन् । सोही कारण उनले कोपा अमेरिकाको फाइनल अगाडि मेसीले दाह्री नकाट्ने निर्णय लिएका हुन् ।

२८ वर्षीय मेसीले आफूले दाह्री काट्न खोजे पनि आफ्ना फुटबलर साथीहरुले काट्नै नदिने प्रतिक्रिया दिएका छन् । उनले यस्तो प्रतिक्रिया दिएपछि उनको दाह्रीबारेको रहस्य अझै बढाएका छन् । अर्जेन्टिना सेमिफाइनलमा आयोजक अमेरिकालाई ४-० ले पराजित गर्दै फाइनलमा पुगेको हो । उसले यो पटक गत संस्करणको बिजेता चिलीसँग उपाधिकालागि भिडन्त गर्नेछ ।

अर्जेन्टिना र चिलीबीच कोपा अमेरिकाको सयौं संस्करणको फाइनल भिडन्त यही आइतबार हुँदैछ ।

अन्नपूर्ण पोष्ट

प्रहरीले गोली हानेर गुण्डा नाइके समात्यो,वीर अस्पतालमा उपचार हुँदै

काठमाडौं,असार ९ ।  प्रहरीले ‘गुण्डा नाइके’ जसवन्त गुरुङ भन्ने पूर्ण गुरुङलाई पक्राउ गर्दा बिजुली बजारमा गोली चलेको छ । काठमाडौंको बिजुली बजारस्थित धोबी खोलाको पुलनजिकै गुन्डागर्दीमा संलग्न एकजना युवालाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको हो । पक्राउ गर्न जाने क्रममा प्रहरीमाथि नै रड हानेपछि उनलाई घुँडाभन्दा मुनिको भागमा गोली हानिएको महानगरीय प्रहरीको अपराध महाशाखाले जनाएको छ । उनको खुट्टामा दुई राउण्ड गोली लागेको छ । अहिले वीर अस्पतालमा उपचार भइरहेको छ ।

गुरुङ कलंकी क्षेत्रमा रहेका होटल तथा लज सञ्चालकहरुलाई मार्ने धम्की दिँदै पैसा उठाउने गरेको भन्दै उजुरी परेको महाशाखा प्रमुख सर्वेन्द्र खनालले बताए । उनी यसअघि पनि ज्यान मुद्दा र सार्बजनिक अपराधका मुद्दामा सजायँ पाइसकेका व्यक्ति हुन् ।

मुटुरोगी भिमाको उपचारको लागि नेपाली विद्यार्थीद्वारा संकलित रकम हस्तान्तरण

टोकियो । मुटुको भल्व फेर्नुपर्ने गम्भिर रोगले थलिएकी नेपाली विद्यार्थी भिमा कुमारी श्रेष्ठको उपचारमा जापानमा अध्यानरत नेपाली विद्यार्थीले सहयोग गरेका छन् । टोकियो इन्टरनेशनल एक्सचेन्ज कलेजमा अध्यानरत विद्यार्थीहरुले रकम संकनल गरी सहयोग गरेका हुन् । नरेन्द्र गोपाली र दिक्पाल श्रेष्ठको सक्रियता संकलित रकम १ लाख १ हजार  ५ सय  येन भिमाको आफन्तलाई हस्तान्तरण गरेका हुन् । रकम हस्तान्तरणमा नरेन्द्र गोपाली र दिक्पाल श्रेष्ठ, मोहन केसी, सुजन अधिकारीको सहभागिता रहेको थियो । नगद हस्तान्तरण गर्दै नरेन्द्रले  नेपालीले नेपालीलाई दुख पर्दा सहयोग गर्नुपर्ने मानविय भावनाले सहयोग गरेको बताए । उनिहरुले आफुले  गर्ने खर्चको बचत गर्दै  नेपालीले नेपालीको दुखमा साथ दिएको र अबका दिनमा पनि यस्तो कार्यहरुलाई निरन्तरता दिई रहेको बताए ।

मुटुको भल्भ फेर्न करिव १६ लाख जापानी येन लाग्ने र आफुसँग उक्त रकम नभएको बताएपछि जापानमा रहेका विभिन्न व्यक्ति र संस्थाहरुले भिमाले  उपचारको लागि आर्थिक संकलन र सहयोग गरेका थिए । भिमा सन् सन् २०१४ को अप्रिल सेसनमा जापान आएकी हुन् । जापान आएको केही समयपछि मुटुमा समस्या देखिएपछि स्वास्थ्य परिक्षण गर्दै आएकी भिमाको मुटुको भल्वमा समस्या देखापरेपछि उनले उपचारमा लाग्ने खर्च अभावमा सहयोगको अनुरोध गरेकी थिइन् । बिद्यार्थी भिषामा जापान पढ्न आएकी ओखलढुङ्गा पोखरे–७ की भिमाकुमारी श्रेष्ठ हाल नेरिमास्थित हिकारीगाओका अस्पतालमा उपचाररत छिन् ।

सरकारविरुद्ध कांग्रेस फेरी आक्रामक,भूकम्प पीडितलाई बेवास्ता गरेको भन्दै संसद अवरुद्ध

काठमाडौं,असार ९ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले व्यवस्थापिका संसद अवरुद्ध गरेको छ ।  भूकम्पपीडितलाई सरकारले एकमुष्ट दुई लाख रुपैयाँ प्रदान गर्नुपर्ने लगायतका माग राख्दै कांग्रेसले सरकारले भूकम्प पीडितलाई बेवास्ता गरेको भन्दै आजको संसद बैठक अवरुद्ध पारेको छ। बैठक अवरुद्ध पार्नुअघि संसदमा कांग्रेस नेता प्रकाशशरण महतले सभामुखले रुलिङ गरेको तीन दिन वितिसक्दा पनि सरकारले काम नगरेको भन्दै ‘सरकार बोल्न माहिर तर काम नगर्ने’ भएको आरोप लगाए।

भूकम्पपछिको पुनर्निर्माण प्रभावकारी नभएको भन्दै कांग्रेसले संसद चल्न नदिने निर्णय समेत गरेको छ । आफूहरुले संसदमा आवाज उठाएको नौ दिन भएको र सभामुखले रुलिङ गरेको तीन दिन हुँदा पनि सरकारबाट जवाफ नआएको भन्दै उनले संसद चल्न नदिने बताए । यसअघि संसदीय दलको कार्यालयमा बसेको बैठकले आफ्नो माग सम्बोधन नगरिए संसद अवरोधदेखि पीडितहरुलाई लिएर जिल्ला जिल्लामा आन्दोलन गर्ने निर्णय गरेको थियो।

कांग्रेसले दुई लाख रुपैयाँसँगै कांग्रेस नेतृत्वको सरकारले निर्णय गरेको २ प्रतिशत सहुलियत ब्याजदरमा ऋण दिने विषय तत्काल कार्यान्वयन गर्नुपर्ने माग राख्दै आएको छ।

अष्ट्रेलियामा आफु बिरुद्ध उजुरी परेको थाहा पाएपछि प्रचण्ड आएनन्

मुकुन्दराज भेटुवाल-९ असार, अष्ट्रेलिया ।
उड्न केही घण्टा मात्र बाँकी रहँदा अचानक अष्ट्रेलिया भ्रमण रद्द गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बारेको खास रहस्य खुल्न आएको छ ।

आन्तरिक राजनीतिका कारण तथा प्रचण्डका स्वकिय सचिवले कार्य व्यस्तता तथा व्यक्तिगत कारण उनको भ्रमण स्थगित भएको बताइरहँदा अष्ट्रेलियामा प्रचण्ड विरुद्ध उजुरी परेको थाहा पाएपछि उनि अष्ट्रेलिया नगएको सार्वजनिक भएको हो ।

यहाँ सञ्चालनमा रहेको नेपाली टेलिभिजन माइ नेपाल टिभिका अनुसार १० वर्षे हिंसात्मक विद्रोहमा १५ हजार नेपाली मारिनुमा प्रचण्ड जिम्मेवार रहेको भन्दै उजुरी परेको छ ।

प्रचण्ड अष्ट्रेलिया आउँदा हिंसालाई बढावा दिएको ठानिने भन्दै भ्रमण रोक्न माग गर्दै न्यू साउथ वेल्स प्रिमियरसमक्ष नेपाली मूलका एक अष्ट्रेलियन नागरिकले उजुरी दिएका छन् ।

उजुरीमा नेपाली मूलका अष्ट्रेलियन नागरिकले न्यू साउथ वेल्स प्रिमियर माइक बेयर्ड समक्ष प्रचण्डकै नेतृत्वमा नेपालमा सशस्त्र संघर्ष भएको, उनका कारण १५ हजार नेपालीको ज्यान गएको, दाहाल विरुद्ध नेपालमा अहिले पनि ३७ वटा उजुरी विचाराधिन रहेको, डेढलाख भन्दा बढी परिवार विस्थापित हुनुपरेको भन्दै उनको भ्रमण रोक्न माग गरेका थिए ।

उजुरीमा प्रचण्ड नेतृत्वको तत्कालिन नेकपा माओवादीलाई अमेरिकाले आतंककारीको सूचीमा राखेको समेत उल्लेख छ ।

उजुरी लगत्रै न्यू साउथ वेल्स प्रिमियरको कार्यालयले उजुरीलाई प्राथमिकतामा राखेर कारवाही प्रक्रिया अघि बढाउन निर्देशन दिएको थाहा पाएपछि प्रचण्ड अष्ट्रेलिया भ्रमणमा आउन हच्किएका हुन् ।

सो उजुरीको विषयमा डेपुटी प्रिमियर एवम् मन्त्री 'न्याय र प्रहरी' ट्रोय ग्रान्टलाई पनि खबर गरिएको थियो । प्रवेशाज्ञाको विषय केन्द्रीय सरकारको मातहत पर्ने भएकाले केन्द्रीय सरकारलाई पनि पत्राचार गरिसकेको बताइएको छ ।

उक्त उजुरी र प्रचण्डको भ्रमणका विषयमा नेपालबाट पनि पत्राचार भएको र नेपाललाई न्यू साउथ वेल्सको अफिसबाट जवाफ आएको एक पत्र पनि सार्वजनिक भएको छ । तर सो पत्र पाउने व्यक्तिको नाम र ठेगाना भने सार्वजनिक गरिएको छैन ।

नेपालमा गठित सत्य निरुपण तथा मेलमिलाप आयोगले मुद्दाको किनारा नलगाएकाले पार्टीका नेताहरुले नै प्रचण्डलाई जे पनि हुन सक्ने भन्दै भ्रमण स्थगित गर्न सुझाव दिएका थिए ।

सुझाव तथा अष्ट्रेलियामा रहेका माओवादी समर्थकहरुसँग समेत भएको टेलिफोन सम्वादका आधारमा प्रचण्ड उड्नु ४ घण्टा अघि मात्र भ्रमण रद्द गर्न सहमत भएका थिए ।

काबुलको ऐतिहासिक उडान भर्ने क्याप्टेन दाजुभाइ

काठमाडौं,असार ९ ।  नेपाल वायुसेवा निगमले बुधबार काबुल विमानस्थलमा पाँच घन्टा कुरेर अफगानिस्तानमा कार्यरत २४ जना नेपाली र मृतक १२ जनालाई काठमाडौं ल्याएको छ । १२ जना नेपालीको आतंकवादी संगठन तालिबानले हत्या गरेपछि काबुलका सबै नेपाली आतंकित देखिएका थिए। नेपाल वायुसेवा निगमको जहाज लिएर बुधबार बिहान तीन बजेर ३७ मिनेटमा काबुल उडेको एक सय ५६ सिट क्षमताको एयरबस काबुलको स्थानीय समयअनुसार बिहान पाँच बजेर ३५ मिनेटमा अवतरण गरेको थियो ।

क्याप्टेन श्रवण रिजाल र उनका दाजु क्याप्टेन सुवास रिजालले उडाएर गएको यो जहाजले काबुल विमानस्थलमा नेपालीलाई पर्खेरै ल्यायो । क्याप्टेन भएकाले विमास्थलबाट बाहिर जान हामी पाएनौ। हामी दाजुभाइ नै क्याप्टेन जहाज उडाएर गएका थियौं,आजको अन्नपूर्णमा खबर छापिएको छ। १२ जना नेपालीको शव तुरुन्तै आइपुगेको थियो। तर अन्य २४ जना नेपालीलाई भने विमानस्थलमा हुने प्रक्रियाका कारण पर्खनुपरेको हो। १२ जनाको ज्यान गएको कम्पनीमा कार्यरत एक सय ५० सबै आजै आउन चाहेका भए पनि सबैलाई ल्याउन सकिएन। सबै नेपालीको प्रक्रिया मिलाउन नै नसकेका कारण २४ जनाको भने बल्लतल्ल प्रक्रिया मिलाएर ल्याउन सकिएको हो।

हामीले फर्केर आएका नेपालीसँग कुराकानी गर्न भने पाएनौं। परराष्ट्र मन्त्रालयबाट गएका दक्षिण एसिया हेर्ने उपसचिव प्रकाश सुवेदीले अफगानी मन्त्रीसँग भेट गरेको जानकारी हामीले पायौं । उहाँसँग पनि हाम्रो कुराकानी हुन पाएन ।

हाम्रो जहाजमा कतिजना नेपाली फर्केर आउँछन् भन्ने टुंगो नभएका कारण क्याबिन क्रुमा ६ जना (एक सेट) गएका थिए । एक सय ५० जना नै भए भने उनीहरूको सेवाका लागि सबै क्याबिन क्रु हुनुपर्ने भएकाले ६ जना नै गएका हुन् । क्याबिन क्रुमा शाकिला पाण्डे, सुमिली सुब्बा, मञ्जु ढकाल, पारु राईसहित थिए ।

उनीहरूसँग भने नेपालीले निकै खुसीका साथ कुराकानी गरेका थिए । काबुल वायुसेवा निगमले नेपाली लिन जाने निगमको निर्णयलाई साह्रै खुसी र राष्ट्रको छविसँग तुलना गरेर खुसी व्यक्त गरेको क्याबिन क्रुले हामीलाई बताए ।

काठमाडौंबाट जाँदा तीन घन्टा २० मिनेट लागेको भए पनि फर्कंदा दुई घन्टा ५० मिनेटमै आइपुगेका थियौं । एयर स्पेसका कारण काबुल जाँदा भन्दा फर्कंदा ३० मिनेट छिटो भएको थियो । निगमको जहाज काबुलबाट १० बजेर ४० मिनेटमा उडेको थियो भने काठमाडौं २ बजेर ४५ मिनेटमा अवतरण गरेको भएको थियो ।

नेविसंघको दुई पक्षबीच कार्यक्रमस्थलमै हानाहान

काठमाडौं,असार ९ ।  लामो समयदेखि स्थगित महाधिवेशन गर्ने तयारी सुरु भएसँगै नेपाल विद्यार्थी संघमा दुई पक्षबीच विवाद पनि बढ्न थालेको छ । बुधबार बागबजारमा भएको एक कार्यक्रममा दुई पक्षबीच हानाहान नै भएको छ। नेविसंघले नै आयोजना गरेको शिक्षासम्बन्धी अन्तक्र्रियालाई सम्बोधन गरेर प्रमुख अतिथि रहेका रामचन्द्र पौडेल फर्किएलगत्तै दुई पक्षबीच विवाद सुरु भएको थियो । विवाद बढ्दै जाँदा हानाहान भएपछि नेविसंघ केन्द्रीय सदस्य इन्दु शर्मा सामान्य घाइते भएका खबर आजको नयाँ पत्रिकामा छापिएको छ  ।

महाधिवेशनको आठौँ प्रयास

नेविंघले ११औँ राष्ट्रिय महाधिवेशनका लागि आठौँपटक प्रयास गरेको छ । तर, प्रतिनिधिहरू फर्जी भएको भन्दै एउटा समूहले विरोध जनाइरहेको छ । पूर्व प्रचार विभाग प्रमुख रामप्रसाद अधिकारीले सात–आठ सय फर्जी प्रतिनिधि बताइएको भन्दै खारेजीको माग गरे । नेविसंघको वर्तमान नेतृत्वले ६४ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको र त्यहाँबाट प्रतिनिधि चयन भइसकेको जनाएको छ ।

नक्कली प्रतिनिधि खारेज गर्न देउवालाई दबाब

कांग्रेस सभापति शेरबहादुर देउवाले २३ देखि २५ साउनसम्म हुने नेविसंघको एघारौँ महाधिवेशन निष्पक्ष हुने बताएका छन् । नेविसंघ नेता कुन्दन काफ्ले नेतृत्वको प्रतिनिधिमण्डलसँग बुधबार भएको भेटमा सभापति देउवाले महाधिवेशनको निष्पक्षतामा आशंका नगर्न आग्रह गरेका हुन् ।

सभापति देउवालाई भेट्न पुगेका विद्यार्थी नेताहरूले महाधिवेशनका लागि भनेर चयन गरिएका ६ सयभन्दा बढी प्रतिनिधि नक्कली रहेको भन्दै प्रतिवेदन बुझाएका थिए । नेविसंघ नेतृत्वले विवाद टुंगिएको बताए पनि ६४ जिल्लामा ६ सयभन्दा बढी नक्कली प्रतिनिधि रहेको उनीहरूको दावी छ ।

सभापति देउवालाई भेट्न कुन्दन काफ्ले, युवराज पाण्डेय, जित शेरचन, डिल्लीराम सुवेदी, कृष्णकुमारी बस्नेत, तुलसा पन्त, चक्र गुरुङलगायतका नेता पुगेका थिए । उनीहरूले नक्कली प्रतिनिधि खारेज गरेर मात्र महाधिवेशन सुनिश्चित गर्न सभापतिको ध्यानाकर्षण गराए ।

जवाफमा देउवाले पार्टी केन्द्रीय समितिबाट निर्देशन समिति गठन हुने र सो समितिले नै न्यायिक छानबिन गरी महाधिवेशन सुनिश्चित गर्ने स्पष्ट पारे । महामन्त्रीका आकांक्षी डिल्लीराम सुवेदीले भागबन्डा स्वीकार्य नहुने भन्दै विवादको निरूपण विधिवत् महाधिवेशन नै भएको बताए । नेविसंघको नौ वर्षदेखि महाधिवेशन हुन सकेको छैन ।

बिमा दलालले कमाउँछन् मासिक तीन लाख

काठमाडौं, असार ९ । नेपालमा रहेका २६ वटा बिमा कम्पनीमार्फत एक लाखभन्दा बढीले इन्स्योरेस्न एजेन्टको लाइसेन्स लिएका छन् । त्यसमध्ये पनि करिब ३० हजार एजेन्ट सक्रिय छन् । आफ्नो दक्षता र क्षमताअनुसार कमाइ गर्ने पनि छन् ।सक्रिय रुपमा काम गर्ने सामान्य एजेन्टले पनि महिनाको १० हजार रुपैयाँ सजिलै कमाइ गर्न सक्छन् । तर, कम्पनीको पोलिसी कति कतिबेला परिवर्तन हुने थाहा नहुने कारण यही पेशालाई आधार बनाएर जीविकोपार्जन गर्न भने पछिल्लो समयमा समस्या हुन थालेको छ ।

त्यस्तै, बिमा कम्पनी आफैंले तालिम दिएर एजेन्ट बनाउने काम गर्दा दक्ष जनशक्ति उत्पादन नभइरहेको अवस्था छ । त्यसैले एजेन्टको तालिम तथा लाइसेन्स दिने काम बिमा समितिल गर्नुपर्छ । कम्पनीले एजेन्टलाई प्रोडेक्ट बिक्री गरेका आधारमा विभिन्न सेवा तथा सुविधा उपलब्ध गराउँछन्। बिमा कम्पनीको एजेन्ट बन्न चाहनेल आफूसँग उपलब्ध जुनसुकै समय पनि सदुपयोग गर्न सक्छन् । नयाँ पत्रिका दैनिकबाट

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web