कहाँबाट आउँछ सेयरबजारमा दैनिक २ अर्ब ?

काठमाडौं, असार ९ । साढे ६ महिनाअघि १३ मंसिरमा १ हजार २२ अंकमा रहँदा नेप्सेको बजार पुँजीकरण १० खर्ब रुपैयाँ थियो ।  त्यसयता नेप्से परिसूचक झन्डै ६ सय अंक बढेको छ भने बजार पुँजीकरणको आकार ७ खर्बभन्दा धेरैले बढिसकेको छ । पछिल्ला केही सातायता सेयरबजारको दैनिक कारोबार नै २ अर्ब रुपैयाँ नाघेको छ । सेयरबजारमा यति ठूलो रकम कहाँबाट आइरहेको छ ?काठमाडौंको पुतलीसडक वरपर झुम्मिएका ब्रोकर कम्पनीमा महिलाको उपस्थिति निकै बाक्लो देखिन्छ । ‘उपस्थिति जति बढेको छ, लगानीको पोर्टफोलियो त्योभन्दा निकै बढी छ,’ एक ब्रोकरले सुनाए ।

धेरै कम्पनीको आइपिओ भर्दा पनि सेयर नपरेपछि दोस्रो बजारमा लगानी गर्न थालेको धादिङकी कमला शर्माले बताइन् । सुमेरु सेक्युरिटिजमा भेटिएकी उनले भनिन्, ‘चितवन बस्ने दिदी र मलेसियामा भएका दाइले पनि सेयर किनिदिन पैसा पठाएपछि अहिले ब्रोकर कम्पनी धाउन थालेकी छु ।’

सानो(सानो बचतलाई पनि महिलाले सेयरमा लगानी गर्न थालेका छन् । ‘थोरैथोरै सेयर किन्दा पनि निकै नाफा भएपछि श्रीमान्ले सापट गरेर विदेशबाट पैसा पठाउनुभयो,’ नुवाकोटकी सरिता तामाङले भनिन्, ‘सबै पैसा सेयरमै हालेकी छु ।’ यसरी बचत मात्र होइन आफन्तको पैसा र रेमिट्यान्सलाई सेयरबजारमा लगानी गर्न महिलाको सक्रियता बढेको छ । महिलामार्फत गैरआवासीय नेपालीले ठूलो परिमाणमा लगानी बढाएको स्टक ब्रोकर्स एसोसिएसनका पूर्वअध्यक्ष अञ्जनराज पौड्यालले पनि बताए ।

निक्षेपमा भएको भारी वृद्धि र लगानीको क्षेत्र संकुचित भएपति बैंक तथा वित्तीय संस्थाले सेयरमा लगानी बढाएका छन् । अधिकांश वाणिज्य बैंक विकास बैंक र सबै विमा कम्पनीले सेयरमा लगानी बढाएका छन् । आजको नयाँ पत्रिकामा समाचार छ ।

युरोकप नकआउट चरणमा कसले कोसँग खेल्दै ? (समय तालिका)

एजेन्सी,असार ९ । फ्रान्समा जारी युरो कपको समूहचरणको  खेल सकिएको छ ।  बेल्जियमसँगै पोर्चुगल, आइसल्याण्ड र रिपब्लिक अफ आयरल्याण्ड युरोकप २०१६ को नकआउट चरणमा पुगेसँगै  युरो २०१६ को समूह समिकरण पुरा भएको छ । २४ टीमको सहभागिता रहेको युरोबाट १६ टिम नकआउट चरणमा प्रवेश गरेका हुन्।

६ समूहमा विभाजन गरेर खेलाइएको प्रतियोगितामा समूहको शीर्ष दुई स्थानमा रहने १२ टीम र तेस्रो स्थानमा रहने उत्कृष्ट ४ टीम अन्तिम १६ मा प्रवेश गरेका छन् ।  तेस्रो स्थानमा रहेका शीर्ष चार टिम अन्तिम १६ मा पुग्ने भएकाले टर्की र अल्बानिया भने अघिल्लो चरण पुग्न सकेनन् । रसिया, रोमानिया, युक्रेन, स्वीडेन र अष्ट्रिया पनि बाहिरिएका छन् ।

अन्तिम १६ मा प्रवेश गर्ने टीमहरु
समूह ए
फ्रान्स विजेता
स्विट्जरल्याण्ड उपविजेता
समूह बी
वेल्स विजेता
इंगल्याण्ड उपविजेता
समूह सी
जर्मनी विजेता
पोल्याण्ड उपविजेता
समूह डी
क्रोएसिया विजेता
स्पेन उपविजेता
समूह ई
इटली विजेता
बेल्जियम उपविजेता
समूह एफ
हंगेरी विजेता
आइसल्याण्ड उपविजेता

तेस्रो स्थानमा रहने उत्कृष्ट चार टीम
स्लोभाकिया, आयरल्याण्ड, पोर्चुगल, उत्तरी आयरल्याण्ड,

समूह चरणबाट बाहिरिने ८ टीम
अल्वानिया, रोमानिया, रसिया, युक्रेन, टर्की, चेक, स्वीडेन, अष्ट्रिया

राउण्ड अफ सिक्सटिन (दोस्रो चरण)
शनिबार
स्विटजरल्याण्ड भर्सेज पोल्याण्ड:  राति ६:४५
वेल्स भर्सेज उत्तरी आयरल्याण्ड:  राति ९:४५
क्रोएसिया भर्सेज पोर्चुगलः  राति १२:  ४५

आइतबार

फ्रान्स भर्सेज रिपब्लिक अफ आयरल्याण्ड:  राति ६:४५
जर्मनी भर्सेज स्लोभाकियाः राति ९: ४५
हंगेरी भर्सेज बेल्जियमः  राति १२: ४५

सोमबार

इटली भर्सेज स्पेन:   राति ९:४५
इंग्ल्याण्ड भर्सेज आइसल्याण्ड: राति १२: ४५

क्वाटरफाइनल
खेल १  असार १६   १ को विजेता   VS ३ को विजेता  १२:४५ बजे राती
खेल २  असार १७   २ को विजेता  VS ६ को विजेता  १२:४५ बजे राती
खेल ३  असार १८   ५ को विजेता  VS ७ को विजेता  १२:४५ बजे राती
खेल ४  असार १९  ४ को विजेता   VS ८ को विजेता  १२:४५ बजे राती

सेमिफाइनल
असार २२ गते  क्वाटरफाइनल १ को विजेता VS क्वाटरफाइनल २ को विजेता १२:४५ बजे राती
असार २३ गते  क्वाटरफाइनल ३ को विजेता VS क्वाटरफाइनल ४ को विजेता १२:४५ बजे राती

फाइनल, असार २६ गते
सेमिफाइनल १ को विजेता  VS  सेमिफाइनल २ को विजेता १२:३० बजे राती

कोलम्बियालाई पराजित गर्दै चिली कोपा अमेरिकाको फाइनलमा

एजेन्सी,असार ९ । कोलम्बियालाई पराजित गर्दै डिफेन्डिङ च्याम्पियन चिली कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । बिहीबार बिहान अमेरिकाको सिकागोमा भएको दोस्रो सेमिफाइनल खेलमा कोलम्बियालाई २–० ले हराउँदै डिफेन्डिङ च्याम्पियन चिलीले अर्जेन्टिनासँगको भिडन्त पक्का गरेको हो । कोपा अमेरिका फुटबल प्रतियोगिताको उपाधिकालागि फेरि पनि डिफेन्डिङ च्याम्पियन चिली र अर्जेन्टिना भिड्ने भएका छन् ।

स्टेडियम रहेको क्षेत्रमा चलेको ठूलो आँधीहुरीका कारण दोस्रो हाफको खेल तीन घन्टासम्म रोकिएको थियो । दोस्रो हाफमा पनि चिलीले पहिलो हाफकै नतिजालाई कायम राख्न सक्दा अर्जेन्टिनासँगको उपाधि भिडन्त पक्का गर्यो ।

दोस्रो हाफको ५७ औं मिनेटमा कार्लोस सान्चेजले दोहोरो पहेँलो कार्ड खाँदै मैदान छाडेपछि १० खेलाडीमा सीमित कोलम्बिया झन दबाबमा परेको थियो । तनावपूर्ण खेलमा रेफ्री दुबै देशका नौ खेलाडीलाई पहेँलो कार्ड देखाएका थिए । घरेलु भूमिमै भएको अघिल्लो संस्करणको उपाधि चिलीले अर्जेन्टिनालाई हराउँदै उचालेको थियो । त्यसयता भएका भिडन्तमा भने अर्जेन्टिना विजयी हुँदै आएको छ । आइतबार अमेरिकाको न्यू जर्सीस्थित मेटलाइफ स्टेडियममा प्रतिस्पर्धा हुनेछ ।

एनआरएनले अफगानिस्तानमा मारिएका नेपाली परिवारलाई जनही एकलाख दिने

८ असार, काठमाडौं ।
गैर आवासिय नेपाली संघ एनआरएनले अफगानिस्तानमा आत्मघाती बम हमलामा मारिएका नेपाली नागरिकका परिवारलाई जनही १ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।

तालिवानी आतंककारी आक्रमणमा गत सोमबार भएको विस्फोटमा परि अफगानिस्तानको राजधानी काबुलमा १३ नेपाली नागरिकको मृत्यु भएको छ । घटनास्थलमै १२ जनाले ज्यान गुमाएकोमा उपचारको क्रममा हिजो भारतमा थप एक नेपालीको मृत्यु भएको छ ।

सो आत्मघाती हमलामा परि १२ जना नेपाली सहित २ जना नेपाली मुलका भारतीय नगारिकको काबुलमा निधन भएको थियो ।

घटना भएको थाहा पाउने बित्तिकै गैर-आवषीय नेपाली संघका अध्यक्ष शेष घले, र एनआरएनएले समबेदना प्रकट गर्दै सक्दो सहयोग गर्ने बाचा गर्नुभएको थियो ।

मृतकका आफन्तलाई सरकारले पनि जनही १०र१० लाख रुपया दिने निर्णय गरिसकेको छ ।

२१ तारिक क्यानेडाली दुताबासमा काम गर्ने नेपालीहरु लिएर कार्यालय तर्फ जादै गरेको बसमा आत्मघाती बम बिस्फोट भएको थियो । सो बसमा भएका अन्य ५ जना नेपालीको भारतमा उपचार भइरहेको छ ।

मृतक नेपालीहरुको शव र थप २४ जना नेपाली सहित नेपाल यएरलाइन्सको बिमाले काबुलबाट हिजो शव ल्याएर आफन्तलाई बुझाइसकेको छ ।

६० लाख अग्रिम दाइजो लिएर ‘डाक्टर’ फरार !

काठमाडौं,असार ९ । जनकपुरमा एक ‘डाक्टर’ विवाहअघि नै केटी पक्षबाट ६० लाख रूपैयाँ दाइजो लिएर फरार भएका छन् । जनकपुर १० मा बस्दै आएका लाल ठाकुरका छोरा डा. प्रसान्त शर्माले बिहे गर्ने निधो गरी केटी पक्षबाट दोइजोका रूपमा ६० लाख रूपैयाँ अग्रिम लिएका थिए । महोत्तरी भ्रमरपुराका मोहन शर्माले आफ्नी छोरीको विवाह महोत्तरीकै धिरापुर घर भई जनकपुर बस्दै आएका शर्मासँग गर्ने तय गरेका आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।

केटा पक्षले ६० लाख रकम मागेपछि केटी पक्षले उक्त रकम बैंकमा जम्मा गरिदिएका थिए । रकम जम्मा गरिदिएको बारे केटीका भाइ सुभाष शर्माले भने,’बिहेको कुरा टुंगो लागेपछि नै हामीले ६० लाख रूपैयाँ विवाह खर्चवापत प्रशान्तको बैंक खातामा राखिदिएका हौं । बिहे हुन एक महिना पनि बाँकी छैन तर उनीहरूले सम्पर्कसमेत गरेका छैनन । हामी अफ्ठेरोमा परेका छौ ।’

उनले प्रशान्तका बुबाले ६० लाखको ठाउँमा एक करोड रुपैयाँ केही दिनभित्रै फिर्ता दिने दुईपक्षीय सहमति गरेको जानकारी पनि दिए । २०७२ माघ १७ गते केटा र केटीपक्षले यही असार १५ गते विहेको मिति समेत निर्धारण गरिसकेको थियो । तर, विवाहको समय नजिकिँदै जाँदा पनि केटा पक्षको तर्फबाट सरसामान किनमेल वा अन्य कुनै चासो नराखेपछि शर्माको परिवार चिन्तित भयो ।

प्रशान्तका आफन्सँग  कुरा भए पनि विवाहका विषयमा खुलेर कुरा नभएपति केटीका बुबा मोहन असार ३ गते ठाकुरका धिरापुर घरमा पुगेका थिए । त्यहाँ पुग्दा पैशान्तका बुबा लालले छोराको अत्तोपत्तो नरहेको बताएपति आफूँ छाँगाबाट खसेझैँ भएको शर्माले बताए । यसले गर्दा छोरीको विवाह नहुने चिन्तासँगै दाइजो दिएको ६० लाख गुम्ने खतरा बढेको उनले बताए ।

एनआरएन जापान सुविधा सम्पन्न विद्यालय वा जापान भिलेज बनाउँदै

९ असार, टोकियो ।
गैर आवासिय नेपाली संघ जापानले भूकम्प राहत कोषबाट जापानवासीको सुझावका आधारमा नेपालमा सुविधा सम्पन्न विद्यालय वा जापान भिलेज बनाउने भएको छ ।

गैर आवासिय नेपाली संघ एनआरएनए आइसिसीका उपाध्यक्ष भवन भट्टको संयोजकत्वमा बसेको भूकम्प राहत कोष खर्च छलफल अनुसार भूकम्पबाट अति प्रभावित क्षेत्रमा प्राप्त सुझावका आधारमा कुनै एक स्थानमा सुविधा सम्पन्न विद्यालय वा नमुना जापान भिलेज बनाउने निर्णय भएको सचिव बुद्धिराज घिमिरेले टपनेपालन्युजडटकमलाई जानकारी दिनुभयो ।

सचिव घिमिरेका अनुसार बैठकमा उपस्थित एनआरएन पदाधिकारी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सुझावका आधारमा यस्तो निर्णय गरिएको हो ।
यस बाहेक जापानबासी नेपालीहरुले दिने सुझावका आधारमा छिट्टै बस्ने अर्को बैठकबाट जिल्ला र स्थान छनौट गरि विद्यालय वा नमुना जापान भिलेज बनाउने बारेमा ठोस निर्णय गरिने छ ।

एनआरएनको कार्यालयमा बसेको बैठकमा प्लस टु सम्मको विद्यालय सोलार, कम्प्युटर सहितको निर्माणको लागि खर्च पुग्ने अनुमान गरिएको थियो । नमुना जापान भिलेज निर्माणको लागि रकम र घरको बनौट आदिलाई हेरेर खातामा रहेको रकम र अपुग भएमा केही रकम जुटाउने विषयमा समेत बैठकमा छलफल भएको छ ।

यसरी निर्माण गरिने विद्यालय भवन वा जापान भिलेजमा सामुदायीक भवन रहने र त्यसमा भूकम्प राहत कोषमा सहयोग गर्ने दाता तथा संघसंस्थाहरुको नाम राख्ने विषयमा समेत बैठकले अर्को बैठकमा हुने निर्णय अनुसार काम गर्ने भएको छ ।

छलफलमा एनआरएनए आइसिसी उपाध्यक्ष भवन भट्ट, एनआरएनए जापानका संरक्षक तथा संस्थापक अध्यक्ष राजन प्रधानान्ग,आइसिसि सदस्य ओम गुरुगं, एनआरएन जापान अध्यक्ष सुदन थापा, उपाध्यक्ष टासी लामा, कोषाध्यक्ष दिपक थापा आइसिसी यवा प्रतिनिधि लेलिन भट्टचन, कार्य समिति सदस्यहरु राम थापा, प्रल्हाद सिंह महत लगायतको सहभागीता रहेको थियो ।

यस्तै छलफलमा नेपाल आदिवासी जनजाति महासंघ, जापानका अध्यक्ष पासाङ शेर्पा, जनसम्पर्क समिति जापानका प्रतिनिधि महामन्त्री राजेन्द्र जमरकट्टेल,लमजुन्ग समाजका उपाध्यक्ष लिल गुरुन्ग,ज्यों सुज़ुकी,केशव थापा,ललित क्षेत्रि,नारायण अर्याल लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरु सहभागी हुनुभएको थियो ।

छलफल अनुसार एनआरएन जापानले दिएको भूकम्प राहत कोषमा जम्मा भएको रकम र खर्चको विवरण सहित बैठकपछि जारी िबज्ञप्तिमा जनाएको छ ।

मिति २०१६.६.२१ तारिख मंगलवार एनआरएनए कार्यालय मा भूकम्प राहत कोष संवन्धि समितिको चौथों बैठक समिति का संयोजक भवन भट्टको संयोजकत्वमा तपसिल बिषयमा छलफल गरि निर्णय भयो ।

छलफल/ निर्णय:-१.) भुकम्प राहत कोषमा हालसम्म ५३०१७,०३४ येन संकलन भएको ।

२.) हाल खातामा २३०१७,०३४ येन मौजात रहेको ।

३.)सरकारी मापदण्ड र निर्माण अनुमति स्वीकृत लिएपछि भुकम्प प्रभावित क्षेत्रमा भवन निर्माणको लागि निःशुल्क आवश्यक जग्गा उपलब्ध हुने स्थानमा -स्कुल(+२ सम्म,सोलार सहित) अथवा -घर(जापान भ्यालेज ) साथै -सामूयिक भवन मध्ये १ उपयुक्त निर्माणको लागि पुन एक पल्ट समितिको राय लिने निर्णय भयो ।

४.)निर्माण हुने स्कुल,घर र सामूयिक भवनमा खातामा राहत रक़म दाख़िला गर्ने संस्था वा ब्यक्ति को नामावली सहित देखिने गरि टिपोट लेख्ने संवन्धि पनि समितिको राय लिने निर्णय भयो ।

भुकम्प राहत समिति
संयोजक

नाटकीय जित निकाल्दै आइसल्याण्ड पहिलो सहभागितामै नकआउट चरणमा

एजेन्सी,असार ९ । अष्ट्रियामाथि नाटकीय जित निकाल्दै  पहिलो सहभागितामै समूह उविजेता बन्दै आइसल्याण्ड युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । बुधबार राति भएको समूहको आफ्नो अन्तिम खेलमा आइसल्याण्डले अस्ट्रियालाई २–१ ले हराएको छ । जितसँगै तीन खेलबाट ५ अंक जोडेको आइसल्याण्ड समूह एफका उपविजेता बनेको छ । र, अब अन्तिम १६ मा इंग्ल्याण्डको सामना गर्ने भएको छ ।

आइसल्याण्डलाई महत्वपूर्ण जित दिलाउन इन्जुरी समयमा आरनोर इनग्भी ट्रउस्तासनले गरेको गोल निर्णाक बन्यो । आइसल्याण्डले १८ मिनेटमा जोन डाडी बोड्भार्सनले गोल गरेपछि सुरुवाति अग्रता लिएको थियो । तर ६० औं मिनेटमा एलेसान्ड्रो सोफले अस्ट्रियाका लागि बराबरी गोल फर्काए । १–१ को बराबरीमा पुगेको अवस्थामा आइसल्याण्डका आरनोरले इन्जुरी समयमा गोल गर्दै जित दिलाए ।

अस्ट्रियाले गोल गर्ने केही सुन्दर मौका गुमाएको थियो । बलमा ७० प्रतिशत भन्दा बढी नियन्त्रण रहेर पनि खेल अस्ट्रियाको पक्षमा आउन सकेन र अस्ट्रिया समूह चरणबाटै बाहिरिन बाध्य भयो । दुई खेलमा बराबरी र एकमा जित निकालेका आइसल्याण्ड पाँच अंकसहित उपविजेता बन्यो । अघिल्ला खेलमा आइसल्याण्डले पोर्चुगल र हंगेरीलाई समान १–१ को बराबरीमा रोकेको थियो ।

पोर्चुगललाई गोलरहित बराबरीमा रोकेको अस्ट्रिया हंगेरीसँग २–० ले हारेको थियो । आइसल्याण्ड युरोकप खेल्ने अहिलेसम्मकै सानो देश हो । त्यहाँको जनसंख्या ३ लाख ३० हजार मात्र छ । तर, उसले पहिलो सहभागितामा नै युरो कपको नकआउट चरणमा पुगेको छ ।

हंगेरीसँग बराबरी खेल्दै पर्चुगल नक आउट चरणमा

एजेन्सी,असार ९ । हंगेरीसँग बराबरी खेल्दै पर्चुगल नक आउट चरणमा प्रवेश गरेको छ । बुधवार राती भएको खेलमा  हंगेरी र पोर्गुगलले ३(३ को बराबरी खेलेका हुन् ।  बराबरीसँगै हंगेरी ५ अंकका साथ समूह एफको विजेता बनेको छ । ३ अंक जोडेको पोर्चुगल तेस्रो स्थानमा रहृयो । पोर्चुगलको लागि दुईगोल क्रिष्टियानो रोनाल्डोले गरे भने एक गोल रोनाल्डोको पासमा गोल गर्दै नानीले गरे ।  अब पोर्चुगलले अन्तिम १६ मा समूह डीको विजेता क्रोएसियासँग खेल्नु पर्नेछ ।

खेलमा हंगेरीले तीन पटक अग्रता लिएर पनि जोगाउन सकेन । हंगेरीले १९ औं मिनेटमा जेराको गोलबाट अग्रता लिएको थियो । तर, पहिलो हाफको अन्त्यतिर रोनाल्डोको पासमा नानीले बराबरी गोल फर्काए ।

दोस्रो हाफ सुरु भएको तेस्रो मिनेटमा नै हंगेरीले फेरि अग्रता लियो । तर, ५० औं मिनेटमा रोनाल्डाले उत्कृष्ट वान टच गोल गरे । त्यसको पाँच मिनेटपछि नै फेरि हंगेरी गोल गर्न सफल भयो ।  तर, ६२ औं मिनेटमा रोनान्डोले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई बराबरी पुर्याए  योसँगै उनी लगातार ४ वटा युरोपियन च्याम्पियनसिपमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् । उनले २००४, २००८, २०१२ र २०१६ को युरोपियन च्याम्पियनसीपमा गोल गरेका छन् ।

महिला विश्वकप क्रिकेट छनौट हङकङमा

८ असार, काठमाडौं ।

महिला विश्व कप क्रिकेटको छनोट हङकङमा हुने तय भएको छ ।

अन्तराष्ट्रिय क्रिकेट काउन्सील आई सी सी द्वारा बुधबार जारी विज्ञप्तिमा एशियाली क्षेत्रको छनोट कार्य हङकङमा हुने जनाईएको छ ।

अक्टोबर महिनाको ९ देखि १५ तारीख सम्म हुने छनोटमा आयोजक हङकङ, नेपाल, चिन र थाईल्याण्डले प्रतिस्पर्धा गर्ने छन् ।

शीर्ष स्थान प्राप्त गर्ने राष्ट्रले मात्र त्यस पछिको ग्लोबल छनोट चरणमा प्रवेश पाउने छ ।

जुनारमा किराको संक्रमण बढेपछि सिन्धुलीका किसान चिन्तित

८ असार, सिन्धुलीगढी ।
सिन्धुलीमा जुनारमा रोगकिराको संक्रमण बढेपछी जिल्लाकृषि विकास कार्यालयले बेलैमा बगैचा व्यवस्थापन गर्न किसानहरुलाई आग्रहगरेको छ ।

बेलैमा रोकथामको उपाय गरे फलमा संक्रमण नहुने भएकाले बगैचाको रेखदेख र व्यवस्थापनका लागि किसानलाई आवश्यक सामाग्री समेत जिल्ला कृषि विकास कार्यालयले निशुल्क वितरण गरीरहेको छ ।

लमजुङबाट अर्का एक नक्कली डाक्टर पक्राउ

८ असार, लमजुङ ।
लमजुङमा एक डाक्टर अस्पतालबाटै पक्राउ परेका छन् ।

प्रहरीले पूर्वी लमजुङको राइनास नगरपालिकास्थित एक अस्पतालबाट नक्कली प्रमाणपत्र भएकाले शिवराम श्रीमललाई पक्राउ गरेको
हो ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरी निरीक्षक कमलबहादुर रजौरेका अनुसार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले तयार पारेको नक्कली डाक्टरको सूचीमा रहेका उनलाई पक्राउ गरेको हो ।

मोरङमा खोलाले बगाउंदा एक महिलासहित २ जनाको मृत्यु

८ असार, विराटनगर ।
मोरङ्गमा आज खोलाले बगाउंदा एक महिलासहित २ जनाको मृत्यु भएको छ ।

लगातारको बर्षाले बढेको तेलिया खोलाले बगाउंदा ४ बर्षिया निर्मला राई र ब्रक्राहा खोलाले बगाउंदा मधुमल्ला ४ का ४६ बर्षिय रामप्रसाद गौतमको मृत्यु भएको प्रहरीले जनाएको छ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web