६० लाख अग्रिम दाइजो लिएर ‘डाक्टर’ फरार !

असार ९, २०७३ मा प्रकाशित | 1154 views

काठमाडौं,असार ९ । जनकपुरमा एक ‘डाक्टर’ विवाहअघि नै केटी पक्षबाट ६० लाख रूपैयाँ दाइजो लिएर फरार भएका छन् । जनकपुर १० मा बस्दै आएका लाल ठाकुरका छोरा डा. प्रसान्त शर्माले बिहे गर्ने निधो गरी केटी पक्षबाट दोइजोका रूपमा ६० लाख रूपैयाँ अग्रिम लिएका थिए । महोत्तरी भ्रमरपुराका मोहन शर्माले आफ्नी छोरीको विवाह महोत्तरीकै धिरापुर घर भई जनकपुर बस्दै आएका शर्मासँग गर्ने तय गरेका आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।

केटा पक्षले ६० लाख रकम मागेपछि केटी पक्षले उक्त रकम बैंकमा जम्मा गरिदिएका थिए । रकम जम्मा गरिदिएको बारे केटीका भाइ सुभाष शर्माले भने,’बिहेको कुरा टुंगो लागेपछि नै हामीले ६० लाख रूपैयाँ विवाह खर्चवापत प्रशान्तको बैंक खातामा राखिदिएका हौं । बिहे हुन एक महिना पनि बाँकी छैन तर उनीहरूले सम्पर्कसमेत गरेका छैनन । हामी अफ्ठेरोमा परेका छौ ।’

उनले प्रशान्तका बुबाले ६० लाखको ठाउँमा एक करोड रुपैयाँ केही दिनभित्रै फिर्ता दिने दुईपक्षीय सहमति गरेको जानकारी पनि दिए । २०७२ माघ १७ गते केटा र केटीपक्षले यही असार १५ गते विहेको मिति समेत निर्धारण गरिसकेको थियो । तर, विवाहको समय नजिकिँदै जाँदा पनि केटा पक्षको तर्फबाट सरसामान किनमेल वा अन्य कुनै चासो नराखेपछि शर्माको परिवार चिन्तित भयो ।

प्रशान्तका आफन्सँग  कुरा भए पनि विवाहका विषयमा खुलेर कुरा नभएपति केटीका बुबा मोहन असार ३ गते ठाकुरका धिरापुर घरमा पुगेका थिए । त्यहाँ पुग्दा पैशान्तका बुबा लालले छोराको अत्तोपत्तो नरहेको बताएपति आफूँ छाँगाबाट खसेझैँ भएको शर्माले बताए । यसले गर्दा छोरीको विवाह नहुने चिन्तासँगै दाइजो दिएको ६० लाख गुम्ने खतरा बढेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web