काठमाडौं,असार ९ । नेपाल वायुसेवा निगमले बुधबार काबुल विमानस्थलमा पाँच घन्टा कुरेर अफगानिस्तानमा कार्यरत २४ जना नेपाली र मृतक १२ जनालाई काठमाडौं ल्याएको छ । १२ जना नेपालीको आतंकवादी संगठन तालिबानले हत्या गरेपछि काबुलका सबै नेपाली आतंकित देखिएका थिए। नेपाल वायुसेवा निगमको जहाज लिएर बुधबार बिहान तीन बजेर ३७ मिनेटमा काबुल उडेको एक सय ५६ सिट क्षमताको एयरबस काबुलको स्थानीय समयअनुसार बिहान पाँच बजेर ३५ मिनेटमा अवतरण गरेको थियो ।

क्याप्टेन श्रवण रिजाल र उनका दाजु क्याप्टेन सुवास रिजालले उडाएर गएको यो जहाजले काबुल विमानस्थलमा नेपालीलाई पर्खेरै ल्यायो । क्याप्टेन भएकाले विमास्थलबाट बाहिर जान हामी पाएनौ। हामी दाजुभाइ नै क्याप्टेन जहाज उडाएर गएका थियौं,आजको अन्नपूर्णमा खबर छापिएको छ। १२ जना नेपालीको शव तुरुन्तै आइपुगेको थियो। तर अन्य २४ जना नेपालीलाई भने विमानस्थलमा हुने प्रक्रियाका कारण पर्खनुपरेको हो। १२ जनाको ज्यान गएको कम्पनीमा कार्यरत एक सय ५० सबै आजै आउन चाहेका भए पनि सबैलाई ल्याउन सकिएन। सबै नेपालीको प्रक्रिया मिलाउन नै नसकेका कारण २४ जनाको भने बल्लतल्ल प्रक्रिया मिलाएर ल्याउन सकिएको हो।

हामीले फर्केर आएका नेपालीसँग कुराकानी गर्न भने पाएनौं। परराष्ट्र मन्त्रालयबाट गएका दक्षिण एसिया हेर्ने उपसचिव प्रकाश सुवेदीले अफगानी मन्त्रीसँग भेट गरेको जानकारी हामीले पायौं । उहाँसँग पनि हाम्रो कुराकानी हुन पाएन ।

हाम्रो जहाजमा कतिजना नेपाली फर्केर आउँछन् भन्ने टुंगो नभएका कारण क्याबिन क्रुमा ६ जना (एक सेट) गएका थिए । एक सय ५० जना नै भए भने उनीहरूको सेवाका लागि सबै क्याबिन क्रु हुनुपर्ने भएकाले ६ जना नै गएका हुन् । क्याबिन क्रुमा शाकिला पाण्डे, सुमिली सुब्बा, मञ्जु ढकाल, पारु राईसहित थिए ।

उनीहरूसँग भने नेपालीले निकै खुसीका साथ कुराकानी गरेका थिए । काबुल वायुसेवा निगमले नेपाली लिन जाने निगमको निर्णयलाई साह्रै खुसी र राष्ट्रको छविसँग तुलना गरेर खुसी व्यक्त गरेको क्याबिन क्रुले हामीलाई बताए ।

काठमाडौंबाट जाँदा तीन घन्टा २० मिनेट लागेको भए पनि फर्कंदा दुई घन्टा ५० मिनेटमै आइपुगेका थियौं । एयर स्पेसका कारण काबुल जाँदा भन्दा फर्कंदा ३० मिनेट छिटो भएको थियो । निगमको जहाज काबुलबाट १० बजेर ४० मिनेटमा उडेको थियो भने काठमाडौं २ बजेर ४५ मिनेटमा अवतरण गरेको भएको थियो ।

16.12¡ÆC