काठमाडौं,असार ९ । प्रहरीले ‘गुण्डा नाइके’ जसवन्त गुरुङ भन्ने पूर्ण गुरुङलाई पक्राउ गर्दा बिजुली बजारमा गोली चलेको छ । काठमाडौंको बिजुली बजारस्थित धोबी खोलाको पुलनजिकै गुन्डागर्दीमा संलग्न एकजना युवालाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको हो । पक्राउ गर्न जाने क्रममा प्रहरीमाथि नै रड हानेपछि उनलाई घुँडाभन्दा मुनिको भागमा गोली हानिएको महानगरीय प्रहरीको अपराध महाशाखाले जनाएको छ । उनको खुट्टामा दुई राउण्ड गोली लागेको छ । अहिले वीर अस्पतालमा उपचार भइरहेको छ ।

गुरुङ कलंकी क्षेत्रमा रहेका होटल तथा लज सञ्चालकहरुलाई मार्ने धम्की दिँदै पैसा उठाउने गरेको भन्दै उजुरी परेको महाशाखा प्रमुख सर्वेन्द्र खनालले बताए । उनी यसअघि पनि ज्यान मुद्दा र सार्बजनिक अपराधका मुद्दामा सजायँ पाइसकेका व्यक्ति हुन् ।

19.12¡ÆC