बेलायतले युरोपियन लिग छाड्ने भयो

असार १०, २०७३ 2016-06-24 मा प्रकाशित
Published at 2016-06-24

1152 views

एजेन्सी,असार १० । ब्रिटेनको युरोपेली संघमा आवद्धताबारेको जनमतसंग्रहमा कडा प्रतिस्पर्धा भइरहेको छ तर इयुमा नै रहनुपर्ने पक्षले लण्डन बाहिर पर्याप्त समर्थन जुटाउन नसकिरहेको देखिएको छ। स्थानीय समय अनुसार ३:४५ बिएसटीसम्मको नतिजा अनुसार इग्लिंस सर र वेल्सको दह्रो समर्थनसहित इयुबाट बाहिरिनुपर्ने पक्ष ५ लाख मतले अघि रहेको छ ।

स्कटलण्ड र नर्दन आयरलण्ड ब्रिटेन इयुमा नै आवद्ध हुनुपर्ने पक्षमा उभिएको जस्तो देखिएको छ र लण्डनले स्पष्ट रुपमा इयुमा रहनुपर्ने अभिमत दिएको छ। मतदान सकिए लगत्तै ह्वात्तै बढेको पाउन्ड सटर्लिङको मूल्य बाहिरिने पक्षको अग्रता सँगै नाटकीय रुपमा घटेको थियो। जनमत संग्रहमा आमचुनावमा भन्दा बढी मतदाता सहभागी भएको बताइएको बिबिसीडट सिओडट युकेमा समाचार छ ।

तर यसपटक चुनावी क्षेत्रका आधारमा नभई सम्पूर्ण खसेको मत अनुसार परिणाम घोषणा हुनेछ।मतदानसम्बन्धी विज्ञ जन कुर्टिशले प्रारम्भिक चरणमा इयु छाड्नुपर्ने पक्ष जनमत संग्रहमा विजयी हुने देखिएको टिप्पणी गरेका छन्। उनले १ करोड ६८ लाख १३ हजार मत ल्याउने विजयी हुने अनुमान गरेका छन्।

सबै ३ सय ८२ मतगणना केन्द्रका नतिजा प्रमाणित भइ घोषणा भएपछि म्यानचेष्टरको सिटी हलमा प्रमुख मतगणना अधिकारीले चुनावी परिणाम घोषणा गर्ने कार्यक्रम छ। हालसम्म वेल्समा गणना भएको मध्ये ५४.७ प्रतिशतले इयुबाट अलग हुनुपर्ने पक्षमा मत हालेका छन्। उत्तरी आयरलण्ड इयुमै आवद्ध हुनुपर्ने पक्षमा उभिएको देखिएको छ ।

अप्रत्याशित बाढीका कारण मतदान प्रभावित भएका मिडलण्डस, योर्कसर, हम्बर, र दक्षिण पूर्वी ब्रिटेनका क्षेत्रहरुबाट नतिजाहरु आउन थालेका छन्। अलग हुनुपर्ने पक्षका नेता युकेआइपीका नेता नाइजल फराजले स्वतन्त्र ब्रिटेन सहितको बिहानी शुरु हुन लागेको प्रतिक्रिया दिएका छन्। इयुमा नै रहनुपर्ने अडान राखेको लेबर पार्टिका पूर्व नेता एड मिलिब्यान्डले प्रधानमन्त्रीको काँधमा ठूलो जिम्वेवारी रहेको र यदि इयुमा नै रहनुपर्ने पक्षले जिते छाड्नुपर्ने पक्षका जनताको भवनालाई समेत बुझिनुपर्नेमा जोड दिएका छन् ।

मतदानको दिन गरिएको एउटा अनलाइन सर्वेक्षणमा भाग लिएका ५ हजारमध्ये ५२ प्रतिशतले इयुमा नै रहनुपर्ने र ४८ प्रतिशतले इयु छाड्नुपर्ने धारणा राखेका थिए। अर्को एउटा सर्वेक्षणले ५४ प्रतिशतले इयुमा रहनुपर्ने र ४६ प्रतिशतले छाड्नुपर्ने विचार व्यक्त गरेको उल्लेख गरेको छ। निर्वाचन आयोगका अनुसार मतदानका लागि ४ करोड ६४ लाखभन्दा बढी मानिसहरु दर्ता भएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Maintained by Yantrashala IT Pvt. LTD.