बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनद्वारा पदबाट राजीनामा

१० असार, एजेन्सी ।
बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले पदबाट राजीनामा दिएका छन् ।

युरोपियन युनियनबाट बेलायत बाहिरिने पक्षमा मतदानको जनादेश आएपछि प्रधानमन्त्री क्यामरुनले पदबाट राजिनामा दिएका हुन् ।

नतिजा सार्वजनिक भएपछि आफु बिरुद्ध प्रदर्शन हुन थालेपछि नैतिकताको आधारमा क्यामरुनले आउँदो अक्टोबर देखि लागू हुने गरी राजीनामाको घोषणा गरेका हुन् ।

प्रधानमन्त्री कार्यालय डाउनिङ स्ट्रिटमा सम्बोधन गर्दै क्यामरुनले अक्टोबर महिनादेखि लागू हुनेगरी आफुले पदबाट राजीनामा दिएको बताए ।

बेलायतलाई ‘बलियो, स्थिर र प्रतिवद्ध नेतृत्व’ आवश्यक रहेको बिचार राखे । क्यामरुन बेलायत युरोपियन युनियनमै रहनुपर्ने पक्षमा थिए ।

जनमतसंग्रहमा बेलायतले युरोपियन युनियन छोड्ने पक्षमा नतिजा आए बेलायतमा राजनीतिक र आर्थिक संकट आउने बताउँदै आएका थिए ।

क्यामरुनले बेलायत युनियनमै रहिरहनुपर्ने पक्षमा मतदान गरेका लन्डन, स्कटल्याणन्ड र उत्तरी आयरल्याण्डका मतदातालाई धन्यवाद दिए भने नतिजा केही दुखद भएको बताए ।

बिहीबार भएको जनमत संग्रहमा ५२ प्रतिशत बेलायतीले बेलायत युरोपियन युनियनबाट छुट्टीनु पर्ने पक्षमा मतदान गरेका छन् ।

अन्तत: सरकारसामू झुक्यो मधेसी मोर्चा,वार्तामा जान गठबन्धन सकारात्मक

काठमाडौं, असार १० ।  पछिल्लो समय सरकारले लचकताका साथ वार्तामा प्रस्तुत हुने जनाउदिँदै लिखितरुपमै पत्राचार गरेपछि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको सङ्घीय गठबन्धन सकारात्मक देखिएको छ । गठबन्धनभित्रका अधिकांश दलले औपचारिक धारणा नबनाए पनि वार्ताप्रति सरकारले देखाएको सक्रियतालाई गम्भीरतापूर्वक लिँदै ती दलले विभिन्न समयमा सकारात्मक धारणा प्रस्तुत गर्दै आइरहेका छन् ।

सरकारसँगको वार्तामा कसरी प्रस्तुत हुने भन्ने विषयमा गठबन्धनभित्र अझै औपचारिक छलफल भने हुन सकेकै छैन । पछिल्ला दिनमा गठबन्धनभित्रै केही खटपटी बढेकाले पनि उनीहरुबीच फरक मत मतान्तर देखिएको छ ।

मधेसीमोर्चाले गठबन्धन अलग्गै पनि वार्तामा बस्न सकिने अभिव्यक्ति दिएको छ । गठबन्धनको एक घटक सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेसी मोर्चा सङ्घीय गठबन्धनबिना नै सरकारसँगको वार्तामा सहभागी हुने बताउनुभयो । थापाँगाउँस्थित पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष महतोले वार्ताका लागि सरकारले पत्राचार गरेर सक्रियता देखाउनु सकारात्मक हो भन्दै गठबन्धनलाई सरकारले पत्राचार नगरेको भए पनि वार्ताका लागि मोर्चा गठबन्धन बेगर सहभागी हुने बताउनुभयो ।

“गठबन्धनलाई सरकारले पत्र पठाएन भनेर हामी कुरेर बस्दैनौं, मधेसी मोर्चाले मधेसमा रगत बगाएर सहिद बनाएर आएको छ, आन्दोलन हामीले गरेको हो, गठबन्धनसँग सरोकारै भएननी त्यसैले राजनीतिक माग वार्ताबाटै समाधान हुन्छ, तर सरकारले उचित वातावरण बनाउनुपर्छ”–उहाँले भन्नुभयो ।

इयूको विघटन अवश्यंभावि, राष्ट्रवादको विश्वव्यापी लहर ‘बेलायत इयूबाट अलग’ -भरत दाहाल

इयूको विघटन अवश्यंभावि, राष्ट्रवादको विश्वव्यापी लहर
अमेरीकाकाे बचाउ रणनीति, यूराेप ३ खेमामा विभाजन

बेलायत इयूबाट अलग्गिने जनमतले बहुमत देखाएपछि पश्चिमी साम्राज्यवादी शिविरमा धाँजा फाटेकाे छ। अब यूराेप ३ वटा शिविरमा विभाजन हुने निश्चित भएकाे छ। एउटा एङ्लाे-अमेरीकन, दाेश्राे रूसी र तेश्राे जर्मन नेतृत्वमा यूराेपकाे विभाजन हुने लक्षणहरू प्रष्ट रूपमा देखिएका छन्।

जनमत संग्रहले अहिलेकाे बेलायत पनि एक ढिक्का नरहने पक्का छ। बेलायतबाट स्वतन्त्र हुनका लागि दशकाैं देखि हिंसात्मक र शान्तिपूर्ण अान्दाेलनमा संलग्न हुँदै अाएका उत्तरी अाएरल्याण्ड र स्कटलैंडले जनमत संग्रहकाे परिणामकाे विराेध गर्दै यूकेबाट अलग्गिने संकेत देखाउन सुरू गरिसकेका छन्।

बेलायतमा भरएकाे राष्ट्रवादीहरूकाे विजय र अमेरीकामा ट्रम्पकाे लाेकप्रियतासंगै उनले जनमत संग्रहकाे स्वागत गरेकाे घटनाले के संकेत गर्दछ भने विश्वमा पुनः दाेश्राे विश्वयुद्धकालिन समिकरण तयार हुन थालेकाे छ। एङ्लाे-अमेरीकन शिविरले अब Trans-Pacific Partnership (TPP)लार्इ अघि बढाउने छन्।

साम्राज्यवाद अाफैमा एउटा संकट हाे। इयूकाे विघटन साम्राज्यवादी शिविरमा अाएकाे विश्वव्यापी संकटकाे अभिव्यक्ति हाे। कम्युनिज्म खतराकाे हाैवा पिटेर बनेकाे याे समिकरण अब थेगिन नसक्ने भैसकेकाे थियाे। पहिलाे र दाेश्राे विश्वयुद्धका शत्रुहरू सँधैभरि संगै रहन सक्ने संभावना थिएन।

दुबै विश्वयुद्धका वास्तविक शत्रुहरू जर्मनी र बेलायत थिए। अमेरीका सँधै बेलायतकाे पक्षमा रहेकाे छ। दाेश्राे विश्वयुद्धमा रूसलार्इ अनिच्छापूर्वक तानिएकाे थियाे। याे कुरा बुझेर नै अमेरीका र रूसका बीचकाे विवादमा जर्मनीले मध्यमार्गि भूमिका देखाउँदै अाएकाे थियाे। याे तेश्राे विश्वकालागि सन्ताेषकाे समाचार हाे।

PM Oli stresses on National Devlopment

Prime Minister K P Sharma Oli has pointed out the need of skilled manpower that could adopt the national policy as per the need of the nation for the national development.

Addressing a programme in the capital jointly organized by the Confederation of Nepalese Industries (CNI) and Himalaya Television today, PM Oli said that we failed to expedite developmental projects though we have adequate natural resources.

He argued that we failed to manage the resources for the development adding that we are known as laborious and brave across the globe therefore such specialty should be transformed for national development.

PM Oli said that the new budget has prioritized the national developmental projects expecting to reach 6 per cent economic growth as it is less than one per cent in current situation.

The PM also appealed to the international community to assuredly invest in Nepal citing that political achievement has been gained and that the country has many areas for investment.

Election will help secure rights of Marginalized Groups

Deputy Prime Minister and Minister for Defence, Bhim Bahadur Rawal has affirmed the demand of the marginalized groups would be addressed along with the local body elections.

At a program in Chitwan today, DPM Rawal made an assurance that the rights of the marginalized groups would be secured after the local body elections.

Underscoring the government's resolve on holding the election on the stipulated timeframe, DPM Rawal urged all parties to lend support in implementing the new constitution.

14 British Vergin Islands Industries to Invest Rs 8 Billion Nepal

Fourteen industries within the British Virgin Islands have received approval from the Nepal government to invest in various sectors in Nepal.

As per the approval, the industries will invest the total around Rs 8 billion in different areas in the country with about Rs 4 billion in service sector alone, said the Department of Industry.

With this, around 2054 Nepalese are expected to engage.

Local Bodies Shape to come in three in three month

Home Minister Shakti Bahadur Basnet has urged the parties showing discontent on some provisions of the constitution to join negotiations and talks with the government to seek a way out.

speaking in the inauguration program in Palpa today he said that the structure of the local bodies would come within two to three months from now.

He also underlined the need for implementing the constitution in the right way to address the unemployment problem in the country.

PSHC to begin hearing process soon

The today's meeting of the parliamentary special hearing committee (PSHC) has decided to forward the hearing process for the recommended judges and ambassadors.

Talking to RSS, the committee chair Kul Bahadur Gurung said that the committee decided to call the complaints against the recommended judges and ambassadors issuing the public notice for the same.

Chair Gurung further informed that the meeting endorsed working procedures regarding the hearing process today.

With this step, the hearing process for the recommended chief justice, 11 judges for Supreme Court and 21 ambassadors to different countries will begin soon.

ललित स्मृति फुटबल: आर्मी र झापा ११ सेमिफाइनलमा

काठमाडौं, असार १० ।  त्रिभुवन आर्मी क्लव र झापा ११ ललित स्मृति यु-१८ फुटबल प्रतियोगिताको  सेमिफाइनलमा पुगेका छन् । शुक्रबार भएको खेलमा आर्मीले  नेपाल पुलिसलाई २–० ले हराउदै सेमिफइनलमा स्थान बनाएको हो । आर्मीको लागि  दिनेश हेमजन र अरिक विस्टले गोल गरे ।

यस्तै अर्को खेलमा झापाले सुदूर पश्चिमाञ्चललाई टाइब्रेकरमा हराएर अन्तिम चारमा स्थान बनाएको हो । निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको हो । सोमबार हुने सेमिफाइनलमा झापा र आर्मी तथा संकटा र लुम्बिनी क्लबले खेल्नेछन् ।

चर्केको घर बनाउन ५० तत्काल ५० दिने निर्णय, यस्ता छन् पूर्ननिर्माण प्राधिकरणका निर्णयहरु

१० असार, काठमाडौं ।
भूकम्पबाट आंशिक क्षति भएका घर मर्मतसम्भार एवं प्रबलीकरण गर्नका लागि ५० हजार रुपैयाँ उपलब्ध गराउन मन्त्रिपरिषदमा सिफारिस गर्ने निर्णय भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको शुक्रबार बसेको बैठकले निजी आवास अनुदान कार्यविधिमा आवश्यक संशोधन गरी ५० हजार रुपैयाँ उपलब्ध गराउन सिफारिस गर्ने निर्णय गरेको हो ।

भूकम्पबाट पूर्ण रुपमा क्षति भएका वा भत्काएर पुन बनाउनु पर्ने घरहरुका लागि भने २ लाख रुपैयाँ उपलब्ध गराउने व्यवस्था निजी आवास अनुदान कार्यविधिमा उल्लेख छ ।

यस्तै बैठकले जोखिममा रहेका बस्तीहरुलाई स्थानान्तरण गरी योजनाबद्ध एकीकृत नमूना बस्ती विकास गर्ने निर्णय गरेको छ ।

शाखा रहित बैंकिङ प्रणाली तथा घुम्ति बैंक सेवाको व्यवस्था मिलाई अनुदान वितरण द्रुत गतिमा अघि बढाउने निर्णय पनि भएको छ । भूकम्प पीडित अनुदान पाउन योग्य सबै घरधनीहरु कोही पनि नछुटुन र मापदण्डमा नपरेकाहरु नपरुन भन्ने सिद्धान्तमा आधारित रही आवास अनुदान उपल्बध गराउने निर्णय पनि भएको छ ।

यस्तै बैठकले चार महिनाभित्रमा कम्तिमा ३० हजार निर्माणकर्मीलाई गाउँ तहमा तालिम उपलब्ध गराउने, प्रत्येक गाउँ टोल तथा बस्तीहरुमा  पुनर्निर्माण सामुदायिक समिति गठन गर्ने, भूकम्प अति प्रभावित क्षेत्रका प्रत्येक निर्वाचन क्षेत्रमा एक(एक वटा स्रोत केन्द स्थापना गरी पुनर्निर्माण कार्यमा स्थानीय जनतालाई प्राविधिक सहयोग उपलब्ध गराउने कार्ययोजना समेत पारित गरेको छ ।

रानी पोखरीको पुनर्निर्माण भाइटिका अघि सक्ने, काठमाडौं उपत्यका सहित भूकम्प प्रभावित १७ जिल्लामा सर्भेक्षण तत्काल सुरु गर्ने, बुढी गण्डकी आयोजना क्षेत्रमा डुबानमा पर्ने पीडितका लागि अस्थायी आवास निर्माणका लागि दुई लाख रुपैयाँ उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ ।

जिविस, गाविस र नगरपालिका तहमा पुनर्निर्माण सम्बन्धी पञ्च वर्षिय राष्ट्रिय योजनाको खाकामा आधारित भई पुनर्निर्माण सम्बन्धी स्थानीय पञ्च वर्षिय योजनाको खाका तयार पारी कार्यान्नवयनमा ल्याउने समेत निर्णय भएको छ ।

प्रेममा धोका पाएपछी सापकोटा भन्छन्-‘मर्नै मन लाउनी…’ (भिडियो सहित)

टोकियो ।
यदुराम सापकोटा को पहिलो लोकगित संग्रह मर्नै मन लाउनी बजार मा सार्वजनिक भएको छ ।

यदुराम सापकोटा को शब्द र लय मा बनेको गित मा श्वर सुर्य खड्का र देवी घर्ती ले दिएका छन् ।

दिपा सेढाई र यदुराम सापकोटा ले अभिनय गरेको गित जापान मा छाङाकन गरिएको हो ।

बिष्णु फिल्म बाट बजार ब्यबस्थापन गरिएको म्युजीक भिडीयो को निर्माण गुरास फिल्मस बाट गरिएको छ भने निर्देशन बिनोद भण्डारीले गरेका छन् ।

प्रेममा धोका पाउनेहरु  ले सुन्ने खालको गित भएको सापकोटाको भनाई छ ।

यस्तो छ सापकोटाको गित भिडियो हेर्नुहोस्

सुनको भाउ एकै दिन तोलामा तीन हजार बढ्यो

काठमाडौं,असार १० । अघिल्लो दिनसम्म सामान्य घटबढ भइरहेको सुनको भाउ शुक्रबार एकै दिन तोलामा तीन हजार रुपैयाँले बढेको छ । बिहिबार तोलाको ५६ हजार रुपैयाँमा किनबेच भएको सुन शुक्रबार तोलाको ५९ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  चाँदीको भाउ पनि शुक्रबार ३० रुपैयाँले बढेर तोलाको आठ सय २० रुपैयाँ पुगेको छ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web