काठमाडौं, असार १० । पछिल्लो समय सरकारले लचकताका साथ वार्तामा प्रस्तुत हुने जनाउदिँदै लिखितरुपमै पत्राचार गरेपछि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको सङ्घीय गठबन्धन सकारात्मक देखिएको छ । गठबन्धनभित्रका अधिकांश दलले औपचारिक धारणा नबनाए पनि वार्ताप्रति सरकारले देखाएको सक्रियतालाई गम्भीरतापूर्वक लिँदै ती दलले विभिन्न समयमा सकारात्मक धारणा प्रस्तुत गर्दै आइरहेका छन् ।

सरकारसँगको वार्तामा कसरी प्रस्तुत हुने भन्ने विषयमा गठबन्धनभित्र अझै औपचारिक छलफल भने हुन सकेकै छैन । पछिल्ला दिनमा गठबन्धनभित्रै केही खटपटी बढेकाले पनि उनीहरुबीच फरक मत मतान्तर देखिएको छ ।

मधेसीमोर्चाले गठबन्धन अलग्गै पनि वार्तामा बस्न सकिने अभिव्यक्ति दिएको छ । गठबन्धनको एक घटक सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेसी मोर्चा सङ्घीय गठबन्धनबिना नै सरकारसँगको वार्तामा सहभागी हुने बताउनुभयो । थापाँगाउँस्थित पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष महतोले वार्ताका लागि सरकारले पत्राचार गरेर सक्रियता देखाउनु सकारात्मक हो भन्दै गठबन्धनलाई सरकारले पत्राचार नगरेको भए पनि वार्ताका लागि मोर्चा गठबन्धन बेगर सहभागी हुने बताउनुभयो ।

“गठबन्धनलाई सरकारले पत्र पठाएन भनेर हामी कुरेर बस्दैनौं, मधेसी मोर्चाले मधेसमा रगत बगाएर सहिद बनाएर आएको छ, आन्दोलन हामीले गरेको हो, गठबन्धनसँग सरोकारै भएननी त्यसैले राजनीतिक माग वार्ताबाटै समाधान हुन्छ, तर सरकारले उचित वातावरण बनाउनुपर्छ”–उहाँले भन्नुभयो ।

28.12¡ÆC