काठमाडौ, असार ११ । नेपाली काग्रेसका नेता अर्जुन नरसिंह केसीले प्रमुख प्रतिपक्षी नेपाली काग्रेससँग सहमति नगरी प्रधानमन्त्रीले संसदमा बोल्दैमा अवरोध नहट्ने स्पष्ट पारेका छन । रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा उनले भने,‘ भुकम्प पीडितलाई अनुदान वितरण गर्ने कार्यविधी काग्रेसकै पालामा बनेपनि त्यसलाई संसोधन गरेर अघि बढ्नु पर्छ । त्यसकोलागि काग्रेससँग सरकारले छलफल गर्नै पर्छ । काग्रेससँग छलफल नगरी निकास निस्कदैन । नभए संसद अवरोध लम्बिएर जान्छ ।’
केसीले संविधानको कार्यान्वयनकोलागि राष्ट्रिय सहमतिको आवश्यकता रहेकोले आफुहरु सहमतिको सरकारको पक्षमा रहेको स्पष्ट पार्दै सहमतिय सरकारको नेतृत्वमा काग्रेसको दावी रहेको बताए ।
उनले बर्तमान सरकारमा कुनै पनि हालतमा काग्रेस सहभागि नहुने स्पष्ट पार्दै काग्रेस अहिले सहभागि भए नौ महिना अघि गरेको निर्णय गलत ठहरिने भएकोले आफूहरु त्यसमा तयार नरहेको बताए ।
उनले भने,‘ त्यही बेला काग्रेसलाई सरकारमा ल्याएको भए हुन्थ्यो । अहिले गएर विगतमा गल्ती भयो भनेर स्विकार्ने पक्षमा काग्रेस छैन ।’
केसीले संविधान कार्यान्वयनकोलागि निर्वाचन अपरिहार्य भएकोले काग्रेस निर्वाचन सँग नडराउने स्पष्ट पार्दै पुर्नसंरचना आयोगको रिपोर्ट नआएको र मधेसको सीमांकनको माग पुरा नभएको अवस्थामा चुनावले समाधान भन्दा पनि समस्या पार्ने दावी गरे ।
उनले भने,‘ सहमति गरेर चुनाव गर्नु पर्छ । एकलौटी ढंगले चुनाव हुन सक्दैन । सहमति गरौ तीन वटै निर्वाचन एकै चोटी गर्न सकिन्छ ।’
केसीले मधेसी मोर्चाले भने जस्तो संविधानको पुर्नलेखनको अधिकार कसैसँग नभएको नभएकोले त्यो पुरा हुन नसक्ने भन्दै संसोधनको बाटोबाट मात्रै अघि जान सकिने धारणा राखे ।
उनले सरकारले बनाएको कुनै पनि बार्ता टोलीमा काग्रेस सहभागि नहुने स्पष्ट पार्दै बार्ताकोलागि दलीय बार्ता टोली बनाउनु पर्ने धारणा राखे ।
नेकपा माओवादी केन्द्रका नेता देब गुरुङ्गले अहिले सरकार परिवर्तन भन्दा पनि बृहद शान्ति सम्झौतासँग जोडिएका मुद्दाहरु संबोधन हुन्छन कि हुँदैनन भन्ने प्रश्न मुल भएको भन्दै अहिले सरकार परिवर्तन मात्रै नभई शान्ति सम्झौता, संविधान कार्यान्वयन, निर्वाचन लगायतका विषयमा प्याकेजमै सहमति गर्नु पर्नेमा जोड दिए । उनले भने,‘ नौ बुँदे सहमति सरकारले कार्यान्वयन गर्छ भने सरकार परिवर्तनको आवश्यकता छैन । हाम्रो कुरा निरपेक्ष रुपमा सरकार परिवर्तनसँग छैन । विगतका मुद्दा कार्यान्वयनसँग छ ।’
गुरुङ्गले आफूहरु एमाले सरकारले नै यी मुद्दा संबोधन गरोस भन्ने पक्षमा रहेको बताउँदै गर्न नसके सरकारको विकल्प खोज्ने बताए । गुरुङ्गले मुद्दामा सहमति जसको नेतृत्वमा पनि सरकार गठन गर्न सकिने बताए ।
उनले १२ बुँदे र विस्तृत शान्ति सम्झौतालाई अदालतले स्वामित्व ग्रहण गर्न नसक्दा समस्या आएको भन्दै द्धन्दकालिन घटनाका मुद्दा संबोधन नगरे आफूहरुसँग जेल जाने वा फेरि यूद्धमा जाने बाहेकको विकल्प नहुने चेतावनी दिए ।
गुरुङ्गले मधेसको अधिकांश माग जायज भएकोले त्यसलाई संबाद र सहमतिको बाटोबाट हल गर्नु पर्ने भन्दै मुलुकको समस्या समाधान अल्पमत र बहुमतको बाटो बाट हुन नसक्ने ठोकुवा गरे ।
सद्भावना पार्टीका सह अध्यक्ष लक्ष्मणलाल कर्णले बार्ताको सफलताकोलागि प्रतिपक्षी दलको सहभागिता आवश्यक रहेकोले काग्रेस, एमाले र माओवादीसहितको सहमतिमा बार्ता टोली बनाउनु पर्ने भन्दै सरकारलाई समस्या समाधानकोलागि असार मसान्तसम्मको मात्रै समयसीमा रहेको बताए ।
उनले असार मसान्तसम्मको समयको सरकारले सदुपयोग नगरे गठबन्धनमा आबद्ध दलहरु आ आफ्नो क्षेत्रमा झर्ने स्पष्ट पार्दै साउनबाट मधेसी मोर्चाले मधेसका जिल्लाहरुमा अझै शसक्त आन्दोलन थाल्ने चेतावनी दिए ।
कर्णले बार्ताकोलागि आन्दोलनको क्रममा घाईते भएकाको उपचार, मृतकलाई शहीद घोषणा र क्षतिपुर्ति तथा झुठामुद्दा खारेज गरेर न्यायीक छानविन आयोग गठन गर्नु पर्ने भन्दै औपचारिक बार्ता अघि सरकारले अनौपचारिक बार्ता गर्नु पर्ने सुझाव दिए ।
sf7df8f},c;f/ !! . ;/sf/sf k|jQmf ;d]t ;"rgf tyf ;~rf/dGqL z]/wg
/fO{n] bnx?jLr /fli6«o ;xdlt ag] ;/sf/sf] g]t[Tjsf]nflu cfkm"x? v'Nnf
/x]sf] :ki6 kf/]sf 5g .
;/sf/sf] g]t[Tj afx]s /fli6«o ;xdlt x'g ;Sb}g eg]/ xfdLn] eg]sf 5}gf} . /fli6«o
;xdltsf] cfwf/ v8f u/] h;n] g]t[Tj u/] klg x'G5 . xfdL afws aGb}gf} .Ú<o:p></o:p>
;d[l4 nufotsf ljifox? /fli6«o ;xdltsf] cfwf/ x'g ;Sg] eGb} lt ljifodf ;xdlt eP
;/sf/sf] g]t[Tjsf]nflu v'Nnf ePsf] atfP . <o:p></o:p>
km]/abn x'Fb}g . d'n s'/f ;xdltsf] cfwf/ xf], cfwf/ ljgfsf] ;xdltsf] cy{ 5}g .
;+;bLo ;'gjfO{ ;ldlt lgdf{0fdf bnx?jLr h;/L ;xdlt eof] ToxL ;xdltsf] hudf 6]s]/
;xdlt ug{ ;lsG5 .Ú<o:p></o:p>
:yL/tf, ;+ljwfgsf] sfof{Gjogsf] nflu k|d'v bnx? Ps 7fFpdf pleg} kg]{df hf]8
lbP. <o:p></o:p>
g]t[Tjsf] ;/sf/n] rf/ ls:tfdf /sd lbg] u/L sfo{ljwL agfPsf]df at{dfg ;/sf/n]
To;nfO{ 36fP/ tLg ls:tfdf NofPsf] pNn]v ub}{ k|flws/0fn] sfd yfn]/ /sd pknAw
u/fO{/x]sf] a]nf Psd'i6 b'O{ nfv lbg] dfu /fVg] sfu|]; clxn];Dd sxf lyof] <
elg k|Zg u/] . <o:p></o:p>
hgtfnfO{ hfgsf/L lbg gkfpg] < ljkIfL eP/ h] dg nfUof] Tof] ljifo p7fpg
ldNb}g . /fli6«o ;d:of ;dfwfg u/]/ r'gfj ug'{ kg]{ a]nfdf gfhfoh dfu /fv]/ ;+;b
cj?4 ug'{ lhDd]jf/ k|ltkIfsf] e"ldsf xf]O{g .Ú pgn] yk],… sfu|];sf] ;+;bdf
/rgfTds k|ltkIfsf] e"ldsf ePg k'g{lgdf{0fdf k|wfgdGqLsf] hjfkm dfUof],
hjfkm lbg hfFbf cj?4 ug]{ <Ú<o:p></o:p>
atf{ x'g g;Sg] :ki6 kfb}{ aftf{ ;/sf/sf] sf/0fn] eGbf klg df]rf{s} cfGtl/s
tof/L gk'u]sf]n] x'g g;s]sf] bfjL u/] . <o:p></o:p>
. of] yfxfF x'Fbf x'Fb} of] a'FbfnfO{ lsg k"j{ ;t{sf] ?kdf /fVof] <
o:tf] c8fg /fv'Gh]n aftf{ x'g ;Sb}g . ;/sf/n] ;+ljwfgnfO{ b/fhdf /fv]/ aftf{
ub}{g . aftf{ u/]/ ;+ljwfg ;+;f]wgdfkm{t ;dfwfg ug]{ xf] eg] ;/sf/ nlrnf] 5 .Ú<o:p></o:p>
eGb} o;sf]nflu ;/sf/n] dw];L df]rf{;Fu cgf}krfl/s ?kdf s'/fsfgL ul//x]sf]
hfgsf/L lbP .<o:p></o:p>
aftf{ ul/ ;xdlt u/]/ ;+;f]wg k|lqmofaf6 cl3 a9f} . o;sf]nflu ;/sf/ tof/ 5 .Ú<o:p></o:p>
<o:p> </o:p>
एजेन्सी,असार ११ । फ्रान्समा जारी युरो २०१६ अन्तर्गत नकआउट चरणका खेलहरु आजबाट सुरु हुँदैछन्। कुल २४ टोलीले भाग लिएको प्रतियोगितामा समूह चरण पार गर्दै १६ टोलीले प्रिक्वाटरफाइनलमा स्थान बनाएका हुन्।
आज खेलप्रमीहरुको ध्यान मध्यराति १२स्४५ बजे हुने क्रोएसिया र पोर्चुगलबीचको खेलमा तानिनेछ । समुह चरणका कठिन यात्र झेल्दै आएको पोर्चुगलको लागि क्रोएशिया चुनौती हुनेछ । समान स्तरका दुई टोलीबीचको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।
समूह एफको उपबिजेता बनेको भए पोर्चुगलले नकआउटको पहिलो खेलमा इंग्ल्याण्डको सामना गर्ने थियो । तर, अष्ट्रिया आइसल्याण्डसँग अप्रत्यासित रुपमा पराजित भएपछि पोर्चुगल समूहमा तेस्रो हुँदै नकआउट चरणमा पुगेको हो । समूहको अन्तिम खेलमा पोर्चुगलले सुपरस्टार क्रिष्टियानो रोनाल्डोको प्रेरणामा हंगेरीसँग ३र३ गोलको बराबरी खेलेको थियो । अघिल्ला दुई खेलमा गोल गर्न नसकेको भन्दै आलोचित बनेका रोनाल्डो फर्ममा फर्कनु पोर्चुगलका लागि फाइदाजनक बनेको छ।
अहिलेसम्मको हरेक सहभागितामा क्वाटरफाइनसम्म पुगेको पोर्चुगल सन् २००४ मा घरेलु मैदानमा उपविजेता बनेको थियो। रोनाल्डो फर्ममा आउनु र साबिक विजेता स्पेन, जर्मनी, फ्रान्स, इंगल्याण्ड, इटली भन्दा फरक पटमा पर्नुले पनि पोर्चुगललाई अझै अगाडिसम्म पुग्न मद्दत मिल्नेछ। फ्रान्चका मिचेल प्लाटिनीको ९ गोलको रेकर्ड बराबरी गर्न रोनालडोलाई एक गोलको आवश्यकता छ। यस्तै क्रोएसियाविरुद्ध मैदान उत्रे नानीले पोर्चुगलका लागि १०० क्याच जित्नेछन्।
खेल हुने स्थान : स्टेड बोलार्ट, डेलेसिस
खेल हुने समय : मध्यरात १२:४५ बजे
हेर्नलायक खेलाडी : लुका मोडरिच- क्रोएसिया, क्रिस्टियानो रोनाल्डो- पोर्चुगल
हेड टु हेड : पोर्चुगल ३, क्रोएसिया ०
रेफ्री : कार्लोस भेलास्को कार्बालो, स्पेन
फिफा वरियता : क्रोएसिया २७, पोर्चुगल ८
युरो सहभागिता : क्रोएसिया ५, पोर्चुगल ७
एजेन्सी,असार ११ । युरो २०१६ का दोस्रो चरणका खेलहरु शनिवारदेखि शुरु हुँदैछन्। नेपाली समय अनुसार शनिवार साँझ २ खेल र आईतवार बिहान एक खेल हुनेछन्। पहिलो खेलमा समूह एको उपविजेता स्वीट्जरल्याण्डले समूह सीको उपविजेता पोल्याण्डसँग प्रतिस्पर्धा गर्ने छ । यो खेला बेलुका पौने सात बजे सुरु हुने छ ।
राति पौने १० बजे समूह एको विजेता वेल्सले उत्कृष्ट तेस्रोको रुपमा अन्तिम १६ मा आएको नर्दन आयरल्याण्डसँग खेल्ने छ । यस्तै शनिबारको अन्तिम खेल राति पौने एक बजे समूह डीको विजेता क्रोएसियाले उत्कृष्ट तेस्रोको रुपमा आएको पोर्चुगलसँग खेल्ने छ ।
स्विजरल्याण्ड समुह 'ए'को उपबिजेता हो भने पोल्याण्ड समुह 'सी'को उपबिजेताका रुपमा दोस्रो चरण प्रवेश गरेको हो। युरोमा दुवै टोली पहिलो पटक नक आउट चरणमा पुगेका हुन्। पोल्याण्डले त यस अघी प्रतियोगितामा कुनै पनि खेल जित्न सकेको थिएन। पोल्याण्डले समुह चरणमा उत्तरी आयरल्याण्ड र युक्रेनलाई पराजित गरेको थियो भने बलियो जर्मनीसँग बराबरी खेल्दै अंक बाँडेको थियो।
त्यसैगरि स्विजरल्याण्डले समुह चरणमा फ्रान्स र रोमानियासँग बराबरी खेल्दै अंक बाँडेको थियो भने अल्बानियालाई पराजित गरेको थियो। पोल्याण्डका स्टार खेलाडी रोबर्ट लेवन्डोस्कीले अझै युरोमा गोलको खाता खोल्न सकेका छैनन्। उनले छनौट चरणमा आफ्नो टोलीकालागि १३ गोल गरेका थिए। उनको खेलले आजको नतिजामा प्रभाव पार्ने निश्चित रहेको छ। ६ समूहमा रहेका २४ देशबाट प्रत्येक समूहको शीर्ष दुईमा रहेका गरी १२ तथा उत्कृष्ट तेस्रोमा रहेका चार टिम अन्तिम १६ मा पुगेका छन् । नकआउट चरणका ८ खेल तीन दिनमा सकिने छ ।
अन्तिम १६ को खेल तालिका
पहिलो खेल: स्वीट्जरल्याण्ड भर्सेस पोल्याण्ड (असार ११ गते शनिबार बेलुका पौने सात बजे)
दोस्रो खेल: वेल्स भर्सेस नर्दन आयरल्याण्ड (असार ११ गते शनिबार राति पौने १० बजे)
तेस्रो खेल: क्रोएसिया भर्सेस पोर्चुगल (असार ११ गते शनिबार राति पौने एक बजे)
चौथो खेल: फ्रान्स भर्सेस रिपब्लिक अफ आयरल्याण्ड (असार १२ गते आइतबार बेलुका पौने सात बजे)
पाँचौं खेल: जर्मनी भर्सेस स्लोभाकिया (असार १२ गते आइतबार राति पौने १० बजे )
छैटौं खेल: हंगेरी भर्सेस बेल्जियम (असार १२ गते आइतबार राति पौने एक बजे)
सातौं खेल: इटाली भर्सेस स्पेन (असार १३ गते सोमबार राति पौने १० बजे )
आठौं खेल: इंग्ल्याण्ड भर्सेस आइसल्याण्ड (असार १३ गते सोमबार राति पौने एक बजे)
पप्पु गुरुङ्, ११ असार, दोधारा चाँदनी, कञ्चनपुर । प्रहरीको त्रासको कारण कञ्चनपुरको दोधारा चाँदनीका ४ घरधुरी बिस्तापित भएका छन् । जेठ १८ गते मंगलवार करिब ३ बजे प्रहरीले मानव तस्करीमा संलग्न अरोपितलाई पक्राउ गर्दा गाँउनै त्रसित गराउदै ६ जना बिरुद्ध सार्वजनिक मुद्धा दर्ता गरेको कारण ६ घरधुरी त्रासको कारण बिस्तापित भएका स्थानियहरुले अरोप लगाएका छन् । उनिहरु आफ्नो घरमा ताला लगाएर तथा आफ्ना बालवालिका छिमेकीको घर छाडेर भारतको बम्बई लगाएत स्थानमा पलाएन भएको स्थानियहरुले बताएका छन् । “प्रहरीको त्रास तथा धम्कीले केहि दिन आफन्तको घरमा लुकेर बसे, त्रास अझै बढेपछि भारत छिर्न बाध्य भए हुन्” एक स्थानिय महिला पार्वती चदारोले बताए । प्रहरीले गाँउमा भान्साको चुल्हालाई लात्तीले हानेर समेत भत्काईदिने गरेको बताईएको छ् ।
उनिहरु यस वर्ष प्रहरीको त्रासको कारण धान रोपाई समेत गर्न नपाउने भएका छन् । प्रहरी निरिक्षक माथी हातपात तथा अभियुक्त भगाएको भन्दै प्रहरीले अनुसन्धान पछि ६ जना बिरुद्ध सार्वजनिक मुद्धा दर्ता गरेको प्रहरीले जनाएको छ् । मंगलवार ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक बिरेन्द्र बिर विश्वकर्मा र प्रहरी जवान गगन ढुङ्गाल दोधारा चाँदनी नगरपालिका वडा नं. ८, सुन्दरनगरमा सुरक्षा अवस्था जाँच गर्ने जाने क्रममा अचानक प्रहरीले चेलीबेटी बेचबिखनको मुद्धामा २०६६ साल माघ १७ गते देखि फरार रहेका दोधारा चाँदनी नगरपालिका वडा नं. ८, सुन्दरनगरका बिर बहादुर सुनारलाई देखेपछि पक्राउ गर्न थालेको हो । अभियुक्तका आफन्तजनले प्रहरी माथी हातपात गरि अभियुक्तलाई भगाउन सहयोग गरेको तथा प्रहरी माथी हातपात गरेको उनिहरुमा आरोप छ् ।
“सादा पोसाकमा आएको प्रहरीलाई हामीले चिनेनौ । हामीले चोरहरुले बिर बहादुर सुनारलाई गोली हान्यो भनेर बचाउन लागेका थियौ” प्रहरीको अनुसन्धान पछि अभियुक्त सुनार आफन्त काला सुनार, माईला भनिने बिक्रम सुनार, दिवान सुनार, गणेश चदारो, शेर बहादुर चदारो र अभियुक्त सुनारको श्रीमती ( नाउ नखुलेको ) को नाउमा सार्वजनिक मुद्धा दर्ता गरिएको हो । २०६६ साल माघ १७ गते मानव बेचविखन बिरुद्ध दोधाराका एक महिलाले बिर बहादुर सुनार लगाएत भारतिय नागरिक राजु रावल र गोपाल तिवारी बिरुद्ध अदातमा मुद्धा दायर गरे लगत्तै सुनार फरार रहेका थिए ।
उनलाई पक्राउ गर्न प्रहरी पटक पटक गएपनि सुनार भारत गएको कारण उनाई पक्राउ गर्न सकेको थिएन् । स्थानिय पार्वती चदारो अनुसार गाँउमा बेचबिखनको मुद्धा छिनोफानो गरिसकेको भएको बताएका छन् । उक्त छिनोफानोमा कुरा मिलाउन बिर बहादुर सुनारले रु. २१ हजार भारतिय रुपियाँ दिएका थिए, भने भारतिय नागरिक राजु रावल र गोपाल तिवारीले रु.४० हजार भारतिय रुपिया दिएर तत्काीन माओबादीले लिएर मुद्धा गाँउमा साम्य बनाएको बताईएको छ् । तर उक्त मुद्धा अदालतमा रहेको बारे कसैे चाँसो नदेखाएको कारण यो समस्या आएको चदारोको भनाई रहेको छ् ।
काठमाडौं,असार ११ । सरकारले मंसिरभित्र स्थानीय तहको निर्वाचन गर्ने कार्यतालिका बनाएको छ । संविधानअनुसार भदौभित्र स्थानीय तहको सीमांकन गर्न आयोगलाई जिम्मा दिइएको छ । गाउँ, नगर तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोगले तोकिएकै समयभित्र सीमांकन गर्ने गरी काम गरिरहेको छ । सीमांकन सकेपछि विद्यमान स्थानीय निकायअन्तर्गतका जिविस, नगरपालिका र गाविसको संरचना विघटन हुनेछ । आयोगमा अहिले तीन सय, पाँच सय र हजार गाउँपालिका तथा नगरपालिकाको विकल्पमाथि छलफल चलिरहेको छ ।
भदौसम्म आयोगले स्थानीय तहको संख्या र सीमांकनको प्रतिवेदन मात्र सरकारलाई बुझाउने स्रोतले जनाएको छ । प्रशासनिक संरचनाबारे विस्तृत प्रतिवेदन पछि बुझाउने तयारी आयोगको छ । योगेश ढकालको रिपोर्ट आजको नयाँ पत्रिकामा छापिएको छ:
कति हुनेछन् गाउँपालिका र नगरपालिका ?
सामान्यत: स्थानीय तह गठन गर्दा साबिकका गाविस गाभिने भएका छन् । संख्या तथा सिमाना निर्धारण आयोगले सकेसम्म गाउँपालिका कम र नगरपालिका संख्या बढाउने तयारी गरेको छ । स्थानीय विकास मन्त्रालयले भने गाउँपालिका करिब हजार र नगरपालिका करिब तीन सय बनाउन सुझाब दिएको छ । अहिले तीन हजार एक सय ५७ गाविस र दुई सय १७ नगरपालिका छन् । एक हजार गाउँपालिका बनाउन अब औसतमा तीन गाविस मर्ज गर्नुपर्ने हुन्छ । तर, विज्ञहरूले विद्यमान नौ सय ५७ इलाकालाई नै गाउँपालिका बनाउन आयोगलाई सुझाब दिएका छन् । तर, नगरपालिकाको संख्या कति हुने भन्नेबारे आयोग अन्योलमा छ । आयोगका अध्यक्ष बालानन्द पौडेलले कुन मापदण्डका आधारमा नगरपालिकाको संख्या र सिमाना निर्धारण गर्ने भन्नेमा अस्पष्ट भएको बताए । उनका अनुसार विद्यमान सबै नगरपालिकालाई एउटै मापदण्डका आधारमा सीमांकन गर्न कठिन हुन्छ । यस विषयमा कसरी अगाडि बढ्ने भन्ने छलफल चलिरहेको उनको भनाइ छ ।
विघटन हुने र नयाँ बन्ने संरचना
प्रदेश र स्थानीय तह गठन भएपछि विद्यमान संरचनाअनुसारका विकास क्षेत्रस्तरका र अञ्चलस्तरीय कार्यालय स्वत: विघटन हुनेछन् । संख्या तथा सिमाना निर्धारण आयोगले नयाँ सीमांकन गरेपछि हालका स्थानीय निकायअन्तर्गतका जिल्ला विकास समिति, इलाका, नगरपालिका, गाविस तथा वडाको संरचना स्वत: भंग हुनेछ । विद्यमान संरचना विघटन भएसागै स्थानीय तहमा जिल्लासभा, जिल्ला समन्वय समिति, गाउँ–नगरसभा, गाउँ–नगरपालिका सचिवालय, वडास्तरमा सेवा प्रवाह केन्द्र रहनेछन् । यिनै संरचनाले सामाजिक सेवा, भौतिक पूर्वाधार, कानुन तथा न्याय सम्पादनका काम गर्नेछन् ।
गाउँपालिका र नगरपालिका कति सदस्यीय ?
गाउँपालिकामा एक अध्यक्ष, एक उपाध्यक्ष, प्रत्येक वडाबाट निर्वाचित वडाध्यक्ष, गाउँसभाले दलित वा अल्पसंख्यक समुदायबाट निर्वाचित गरेका दुई र महिला चार सदस्य रहनेछन् । नगरपालिकामा एक प्रमुख, एक उपप्रमुख र प्रत्येक वडाबाट निर्वाचित वडाध्यक्ष, नगरसभाबाट निर्वाचित पाँच महिला र दलित वा अल्पसंख्यक समुदायबाट तीन सदस्य रहनेछन् । तर, गाउँपालिका र नगरपालिकाको वडा कति हुने भन्ने निर्धारण नभएसम्म कार्यकारी समितिमा कति सदस्य हुनेछन् भन्ने पनि टुंगिनेछैन । गाउँ र नगरपालिकामा कति वडा ? संख्या तथा सिमाना निर्धारण आयोगले पाएको कार्यादेशअनुसार विद्यमान गाविस गाभिएर गाउापालिका हुनेछन् । तर, कति गाविस जोडेर गाउँपालिका बनाउने भन्ने छलफलको क्रममा छ । आयोगले जिल्ला, गाविस र वडा नटुक्रयाई सीमांकन गर्नुपर्नेछ । छलफलका लागि आयोगले गरेको प्रस्तावमा गाउापालिकामा कम्तीमा पााचदेखि बढीमा २१ वडा हुने उल्लेख छ । नगरपालिकामा कम्तीमा नौदेखि बढीमा ३५ वडासम्म हुनेछन् । नगरपालिकाको यो संरचना अहिले पनि छ । वडामा सेवा केन्द्र स्थानीय तहको भौगोलिक संरचनामा परिवर्तनका साथै सेवा प्रवाहमा पनि परिवर्तन हुँदै छ । विद्यमान संरचनामा केन्द्र, विकास क्षेत्र, अञ्चल र जिल्लास्तर, नगरपालिका र गाविसबाट सेवा प्रवाह भइरहेको छ । तर, अब केन्द्र, प्रदेश र स्थानीय तहअन्तर्गतका नगरपालिका तथा गाउँपालिकाबाट सेवा प्रवाह हुनेछ । अहिलेका गाविसबाट भइरहेका काम अब वडाका सेवा केन्द्रबाट हुनेछन् ।
स्थानीय तहमा कार्यपालिका, व्यवस्थापिका र न्यापालिका
संवैधानिक व्यवस्थाअनुसार स्थानीय तह गठन हुन लागेको हो । स्थानीय तहमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका रहनेछन् । कार्यपालिकाअन्तर्गत गाउँ कार्यपालिका, नगरपालिका, जिल्लासभा रहनेछन् । व्यवस्थापिकाअन्तर्गत गाउँसभा, नगरसभा र वडा समिति रहनेछन् । न्यायपालिकाअन्तर्गत स्थानीय अदालत, मेलमिलाप र मध्यस्थता केन्द्र हुनेछन् । संविधानको धारा २१७ मा गाउँपालिका वा नगरपालिकाले प्रत्येक गाउँपालिकामा उपाध्यक्ष र नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय न्यायिक समिति रहने व्यवस्था छ । स्थानीय तह र स्थानीय निकायमा भिन्नता स्थानीय निकाय भन्नाले सरकारले बनाएको ऐनअनुसार गठन भएका, ऐनमै काम, कर्तव्य तोकेका र कर्मचारी केन्द्रबाट खटाइने निकाय हुन् । स्थानीय निकाय केन्द्रबाट नियन्त्रित र जवाफदेही पनि केन्द्रसँग हुन्छन् । तर, स्थानीय तह भन्नाले संविधानमा नै अधिकार सूची समावेश गरिएको, गाउँपालिका, नगरपालिका आफौले बनाएका कानुनअनुसार अधिकार प्रयोग हुने र स्थानीय सेवाको व्यवस्थापन स्थानीय तहबाटै हुने संरचना हो । नयाँ संविधानमा स्थानीय तहको संरचना व्यवस्था गरिएको छ । स्थानीय निकायलाई सरकारले अनुगमन गरी निर्देशन दिन सक्ने र सरकारले स्थानीय निकाय निलम्बन तथा भंग गर्न सक्ने व्यवस्था थियो । तर, अबका स्थानीय तहको निलम्बन वा विघटनसम्बन्धी प्रावधान छैन ।
कम्तीमा ७० हजार कर्मचारी आवश्यक
संख्या तथा सिमाना निर्धारण आयोगले विद्यमान संरचनाको कर्मचारी दरबन्दी पर्याप्त नहुने विश्लेषण गरेको छ । स्थानीय विकास अधिकारीसँगको छलफलका आधारमा एक स्थानीय तहमा कम्तीमा ७० कर्मचारी दरबन्दी आवश्यक पर्ने आयोगले जनाएको छ । आयोगको विश्लेषणका आधारमा हजार गाउँपालिका बनेमा कम्तीमा ७० हजार कर्मचारी आवश्यक पर्छ । ठूला नगरपालिका तथा गाउँपालिकामा भने करिब डेढ सय कर्मचारी दरबन्दी आवश्यक पर्ने भएकाले संख्या बढ्न सक्ने आयोगका अध्यक्ष बालानन्द पौडेलले बताए । अहिले स्थानीय निकायमा करिब २३ हजार कर्मचारी कार्यरत रहेको स्थानीय विकास मन्त्रालयका सहसचिव पूर्णचन्द्र भट्टराईले जानकारी दिए ।
स्थानीय तह गठनको आधार
संख्या तथा सिमाना निर्धारण आयोगले भूगोल, जनसंख्या, जनघनत्व, सामाजिक–सांस्कृतिक संरचनाका आधारमा गाउँपालिका र नगरपालिकाको संख्या तय गर्ने ‘बेन्चमार्क’ तयार गरेको छ । स्थानीय तहले पाउने अधिकार प्रयोग र सेवा प्रवाह क्षमताका आधार पनि हेरिने आयोगले जनाएको छ । -
काठमाडौं,असार ११ । सरकारको नेतृत्व गरेको दल नेकपा एमालेले प्रादेशि संरचनामा एक व्यक्ति एक पदको अवधारण अघि सारको छ । एमाले स्थायी कमिटी बैठकले प्रदेश कमिटीमा एक व्यक्ति एक पदको अवधारणा अघि सारेको हो । एकै व्यक्ति दोहोरो जिम्मेवारीमा रहने तर काम भने नगर्ने प्रवृत्ति मौलाउन थालेको निष्कर्षसहित एमालेले प्रदेश कमिटीमा कडाइका साथ यो व्यवस्था गर्न लागेको हो ।
विगतको अनुभवको आधारमा दोहोरो जिम्मेवारी नरहने गरी एमालेले केन्द्रीय विभाग र मातहतका कमिटी वा प्रदेश कमिटीमध्ये एक रोजनुपर्ने गरी मापदण्ड बनाएको आजको राजधानी दैनिकमा समाचार छ । एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलले एक व्यक्ति एक पदको व्यवस्था हुने निर्णय नै भने नगरिको बताए । ‘जिल्ला कमिटी र अञ्चल कमिटीको हाइरारकी मिलाउन मात्रै कुनै एउटा जिम्मेवारी मात्र रहने मापदण्ड बनाइएको हो, तल्लो र माथिल्लो दुवै कमिटीमा बस्न त उपयुक्त भएन नि’, पोखरेलले भने । संविधान बामोजिम पार्टी संगठनलाई प्रादेशिक संरचनामा लैजाने निर्णय गर्दै ७ असारमा बसेको एमाले स्थायी कमिटी बैठकले सो मापदण्ड तोकेको हो ।
काठमाडौं,असार ११ । एकताका लागि अन्तिम तयारीमा रहेका राप्रपा नेपाल र राप्रपामा गाईसहितको झन्डा राख्ने कि नराख्ने भन्नेमा विवाद देखिएको छ । राप्रपा नेपालका नेताहरुले पार्टीको झन्डामा गाई राख्न प्रस्ताव गरेपछि यस्तो विवाद देखिएको हो ।
राप्रपाका नेताहरुले भने नेपालको नयाँ संविधानमा राष्ट्रिय जनावर गाईलाई कुनै पार्टीले झन्डा विधानमा चुनव चिन्हका रुपामा राख्न नसक्ने व्यवस्था गरेको भन्दै त्यसलाई अस्वीकार गरेको एक नेताले बताए । गाईलाई झन्डामा राख्दा विवाद हुने भनेपछि त्यसलार्इ थप छलफल गरिने भएको छ । दुई पार्टीबीच चुनाव चिन्ह भने हलो राख्ने सहमति भइसकेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
काठमाडौं,असार ११ । आतंकवादी हमलामा परी अफगानिस्तानको राजधानी काबुलस्थित क्यानाडेली दूतावासको प्रवेशद्वारानजिक ज्यान गुमाएका १२ नेपालीलाई नेपाल सरकारले तत्काल राहत घोषणा गरेको छ । उनीहरुको शव लिन जहाज पठाएपछि जनस्तर तथा सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी ओलीले बुधबार दिनभर वाहवाही पाए । उगत्तै उनी विमानस्थल पुगेर दिवंगतप्रति पुष्पअर्पण गरेर राज्यका तर्फबाट मेहनतकस नागरिकप्रति यथोचित सम्मा पनि देखाए ।
यो घटना केही टाढाको थियो । तर, नेपालसँग सीमा जोडिएको मुलुक भारतको देशरादुनमा ठीक एक महिनाअघि १० जना नेपाली श्रमिक एकै चिहान भएका थिए ओडारभित्र किचिएर । तर, यो घटना राज्यको जानकारीमा पनि आएन । परिवारको पीडा पनि ओडारमै दबियो । जाजरकोट, सल्यान, रुकुम र बर्दिघाटबाट रोजगारीका लागि नेपालीहरु देहरादुन पुगेका थिए । उनीहरुले देहरादुनको त्युनी तहसिल क्षेत्रको जोडा भन्ने ठाउँमा भारत सरकारको परियोजनामा मजदुरीको काम पनि पाए ।
भारतीय प्रधानमन्त्रीका नाममा निर्माण सुरु भएको ‘प्रधानमन्त्री ग्रामीण सडक योजना’ अन्र्तगत ‘इनोल–चातरा मोटर मार्ग’ मा मजदुरी गर्दै केही साता उनीहरुले देहरादुनको त्युनीमा बिताएका थिए । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
काठमाडौं,असार ११ । राष्ट्रपति कार्यालयले पूर्व राष्ट्रपति रामवरण यादवको घरभाडा भुक्तानी गर्ने भएको छ। भाडा लिन आउन शुक्रबार घर धनीलाई खबर गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता युवराज आचार्यलाई उद्धृत गर्दै आजको नयाँ पत्रिकामा खबर छापिएको छ। राष्ट्रपति कार्यालयले घरधनी रविभक्त विष्टलाई कर कट्टा गरी कात्तिकदेखि असारसम्मको १२ लाख ३९ हजार ४ सय रूपैयाँ भुक्तानी दिन लागेको हो। ‘चेक तयार भइसकेको छ, घर धनीलाई भाडा लिन बोलाइसकेका छौ,’ आचार्यले भने, ‘सायद आइतबारसम्म आउनुहुन्छ होला।’
पूर्वराष्ट्रपति डा. यादव ललितपुर बागडोलका रविभक्त विष्टको घरमा भाडामा बस्दै आएका छन्। मन्त्रिपरिषद्को २६ चैतको बैठकले अर्को व्यवस्था नभएसम्मका लागि पूर्वराष्ट्रपति यादवले प्रयोग गर्दै आएको निवासको भाडा, विद्युत् तथा खानेपानी महसुल भुक्तानी राष्ट्रपति कार्यलयले मिलाउने निर्णय गरेको थियो। रकम अर्थ मन्त्रालयले राष्ट्रपति कार्यालयलाई निकासा दिने निर्णय मन्त्रिपरिषद्को थियो।
‘मन्त्रिपरिषद्को निर्णयअनुसार घरभाडा भुक्तानी अर्थ मन्त्रालय वा राष्ट्रपति कार्यालय कसले गर्ने भन्ने अन्योलले रकम दिन सकेका थिएनौ,’ आचार्यले भने, ‘राष्ट्रपति कार्यालयबाटै भुक्तानी गर्ने भएपछि तत्काल घरधनीलाई बोलाएका हौ।’ भाडा नपाएकाले डा. यादवलाई घरबाट हटाइदिन आदेशको माग गर्दै विष्टले ललितपुर जिल्ला अदालतमा मुद्दा हालेका छन्।
काठमाडौं,असार ११ । उपत्यकाका विभिन्न आकाशे पुलहरु यौन किनबेच गर्ने स्थानका रुपमा परिचित हुँदै गएको छ । अधिकारका लागि अभियान नामक सञ्जालले तीन महिनासम्म गरेको स्थलगत अध्ययनले कलंकी, गोंगबुलगायतका स्थानका आकाशे पुलमा बालिकादेखि युवतीसम्मलाई यौनकार्यका लागि सेटिङ मिलाउने काम हुँदै आएको तथ्य पत्ता लगाएको हो ।
भूकम्पपीडित गाउँबाट आएका , आर्थिक अवस्था कमजोर भएका र साथीहरुसँगको लहैलहैमा भागेर सहर प्रवेश गरेका बालिकाहरुलाई यौनकार्यमा संलग्न हुने गरेको सञ्जालले बताएको आजको अन्नपूर्ण पोस्टमा समाचार छ । ११ देखि १८ वर्षका किशोरी सडक बालिका र लागूपदार्थका दुव्र्यसनीहरु यौनकार्यमा लागेको पाइएको छ । अत्यन्त न्यून आर्थिक अवस्था भएका, गर्भवती र एकल महिलासमेत यौनकार्यमा संलग्न रहेका अध्ययनमा संलग्न एमएमएसडी नेपालकी अध्यक्ष रुपा शर्माले बताइन् ।
ग्राहकले यौनकर्मीसँग मोलमोलाई गरिरहेको देख्न र सुन्न र अनुभव गर्न सकिने अध्ययनमा संलग्न छोरी नामक संस्थाकी अध्यक्ष हीरा दाहालले बताइन् । आकाशे पुलमुनि आउने ग्राहकमा प्रहरी, सेना , सवारी मजदुर र विद्यार्थी बढी छन् । उनीहरुले प्रतिघण्टा पाँच सय देखि १० हजासरम्म तिर्ने गरेको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । ग्राहकहरुमा आर्थिक स्थिति नाजुक भएकादेखि उच्च ओहदाका व्यक्तिहरुसमेत रहेका स्थलगत अध्ययनमा आवद्ध सञ्जालका सदस्यले बताएका छन् ।
१० असार, काठमाडौं ।
व्यवस्थापिका–संसद् संसदीय सुनुवाइ विशेष समितिले लामो समयदेखि अड्कदै आएको सुनुवाइको प्रक्रिया अगाडि बढाउने भएको छ ।
समितिको शुक्रबारको बैठकले प्रस्तावित न्यायाधीश एवम् विभिन्न मुलुकका लागि प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु गर्ने निर्णय गरेको हो ।
समितिका सभापति कुलबहादुर गुरुङले प्रस्तावित न्यायाधीश एवम् राजदूतको सुनुवाइ प्रक्रिया सुरु गर्ने निर्णय गरेको जानकारी दिनुभयो । रासससँग कुरा गर्दै सभापति गुरुङले प्रस्तावित न्यायाधीश एवम् राजदूतका सम्बन्धमा सार्वजनिक सूचनामार्फत उजुरी दिन आह्वान गर्ने निर्णय आजको बैठकले भएको बताउनुभयो ।
व्यवस्थापिका–संसद्को नियमावली पारित हुन लामो समय लागेका कारण संसदीय सुनुवाइको प्रक्रिया स्थगित हुँदै आएको थियो । मङ्गलबार सुनुवाइ समितिको सभापतिमा गुरुङ निर्वा्चित हुनुभएपछि सबै प्रक्रिया अगाडि बढाउन प्रमुख दल सहमत भएका हुन् ।
सुनुवाई समितिको सदस्य सङ्ख्याका विषयमा दलहरुबीच लामो समयसम्म मत भिन्नता रहँदा अल्झदै आएको थियो ।
यस्तै समितिको आजको बैठकमा समितिको कार्यदलले तयार पारेको कार्य्विधिसमेत पारित भएको सभापति गुरुङले जानकारी दिनुभयो । समितिले प्रस्तावित प्रधानन्यायाधीश, सर्वोच्चका ११ न्यायाधीश एवम् २१ मुलुकका राजदूतको सुनुवाइ गर्ने जनाएको छ ।
संवैधानिक प्रावधानअनुसार नियुक्त अगाडि न्यायाधीश एवम् राजदूतको सुनुवाइ गर्नुपर्ने हुन्छ ।