पप्पु गुरुङ्-११ असार, दोधारा चाँदनी ।
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नं. १० कुतियाकवरमा आज पनि हतियार सहित आएका भारतीय प्रहरीले मदिरा पसलमा छापा हानेको छ ।

दुई दिन पहिले हतियार सहित प्रवेश गरेर मदिरा उत्पादन र विक्री वितरण बन्द गर्न धम्की दिएर गएको भारतीय प्रहरीको टोली आज फेरी आएको हो । आज अपरान्ह हतियार सहित आएका भारतीय प्रहरीले एक मदिरा पसलबाट ३० लिटर मदिरा बरामद गरेर लिएर गएको बताइएको छ ।

नेपालका सुरक्षा निकायले नै गस्ती गर्नु पर्ने स्थानमा भारतीय प्रहरी आउन थालेको हो । ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरीक्षक बिरेन्द्र वीर विश्वकर्माले भारतीय प्रहरी नेपाल आएको भए पनि मदिरा बरामद नगरेको बताउनुभयो ।

नेपालीले खोलेको पसलमा भारतिय बंगाली नागरिक काम गर्ने र सो पसलमा भारतीय नागरिकले मदिरा खाएर हो–हल्ला गर्ने भए पछि भारतीय प्रहरीले नेपालमा आएर सम्झाएको बुझिएको उहाले बताउनुभयो ।

नेपाली भू–भागमा भारतीय प्रहरीले छापा हानेको विषयमा भारतीय प्रहरी संग कुराकानी गरिने समेत प्रहरी निरीक्षक विश्वकर्माले बताउनुभयो । साथै उहाले कुतियाकवर र सुन्दरनगर क्षेत्रमा मदिरा उत्पादन र विक्रीवितरण नगर्न सूचना प्रवाह गरिएको र अटेरी बनेमा कारवाही गर्ने बताउनुभयो ।

उता स्थानियहरुले भारतिय प्रहरीहरुले समय समयमा नेपाली मदिरा पसलमा आएर घरेलु मदिरा अबैध भन्दै आफु संग लिएर जाने गरेको बताएका छन् । नेपाली प्रहरीले केहि नगर्ने तर भारतिय प्रहरीे सिमा क्षेत्रमा मदिरा पसल प्रति आपत्ती भएको बताउदै बेलाबखत छापा मार्ने गरेको सथानियहरुको गुनासो छ ।

“यो सरासर भातिय प्रहरीको ज्यादती भयो” नाउ उल्लेख सर्तमा कुतियाकवरका एक स्थानियले भने । दोधारा चाँदनीको कुतियाकवर र सुन्दरनगर लगायतका भारतीय सीमा क्षेत्रमा मदिराको उत्पादन र विक्री वितरण हुदै आएको छ । मदिराको कारोवार रोक्न नेपाल प्रहरी सक्रिय हुनु पर्नेमा नेपाली भूभागमा भारतीय प्रहरी आउन थालेको हो ।

११ असार, काठमाडौं ।
साहित्यका कथा, कविता, निबन्ध, उपन्यास, नाटक विधा तथा कलाका क्षेत्रमा उल्लेखनीय योगदान दिएबापत आज विभिन्न स्रष्टालाई राजधानीमा सम्मान गरियो ।

उपराष्ट्रपति नन्दबहादुर पुन र गृहमन्त्री शक्तिबहादुर बस्नेतले साहित्य विज्ञान प्रतिष्ठान नेपालद्वारा आयोजित कार्यक्रमा प्रा डा अभि सुवेदी, प्रा डा सञ्जीव उप्रेती, डा रामप्रसाद ज्ञवाली, डा नवराज लम्साल, प्रमोद खरेल, सीताराम कट्टेल र कुञ्जना घिमिरेलाई सम्मानपत्र प्रदान गर्नुभयो ।

यसैगरी बालप्रतिभा नीतिका पौडेल, गरिमा गुरागाईँ, प्रीतिमा सापकोटा र सविन घिमिरेलाई पनि ‘बालतारा सम्मान’ प्रदान गरिएको थियो ।

प्राध्यापक डाक्टर बासुदेव त्रीपाठी लिलाध्वज थापा साहित्य सम्मान २०६३ बाट पुरस्कृत तथा सम्मानित

नेपाली भाषा साहित्यको क्षेत्रमा योगदान गर्नुभएका प्राध्यापक डाक्टर बासुदेव त्रीपाठीलाई लिलाध्वज थापा साहित्य सम्मान २०६३ बाट पुरस्कृत तथा सम्मानित गरिएको छ ।

लिलाध्वज थापा साहित्य प्रतिष्ठानले आज काठमाडौंमा गरेको कार्यक्रममा डा। त्रिपाठीलाई पच्चीस हजार रुपैयाँ सहित सम्मान गरेको हो ।

त्यस अवसरमा नेपाल प्रज्ञाप्रतिष्ठानका कूलपति गंगाप्रसाद उप्रेतीले नेपाली भाषा, साहित्य, संस्कृतिको प्रवद्र्धन गर्न र संस्थागत विकास गर्न श्रष्टाहरुको महत्वपूर्ण योगदान रहेको बताउनु भयो ।

कार्यक्रममा प्राडा बासुदेव त्रिपाठी, सुधा त्रिपाठी, ज्योती भण्डारी लगायतले स्वर्गिय लिलाध्वज थापाले नेपाली साहित्यको अधिबृद्धिमा पु¥याउनुभएको योगदानका बारेमा बोल्नु भएको थियो ।

लिलाध्वज साहित्य प्रतिष्ठानका अध्यक्ष विनयध्वज थापाद्वारा लिखित कर्णालीको कुनोदेखि मानसरोवर सम्म नामक पुस्तकको कुलपति गंगाप्रसाद उप्रेतीले विमोचन गर्नुभएको थियो ।

११ असार, महोत्तरी ।
विषाक्त मदिरा सेवनबाट पाँच जनाको मृत्यु भएपछि महोत्तरी जिल्लामा विषाक्त मदिरा उत्पादन तथा बिक्री वितरण गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विषाक्त मदिरा उत्पादन गन जगतबहादुर बुलन र बिक्री वितरण गर्ने विनोद महरा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक जनक भट्टराईले बताउनुभयो ।

गत शुक्रबार र शनिबार विनोद महराको मदिरा पसलबाट खुल्ला मदिरा ल्याएर सेवन गरेकोमा सहसौला, गौशाला, र औरहीका गरि पाँच जनाको मृत्यु भएको थियो ।

११ असार, काठमाडौं ।
सरकारले कृषिको ब्याबसायिकरणका लागि कृषिमा यान्त्रिकरण, सहज क्रणको व्यवस्था लगायतका कार्यक्रमहरु अगाडी सारेपनि यूवाहरु रोजगारीका लागी विदेशीने क्रम वढदैगएपछी कृषि कामका लागि जनशक्तिको अभाव बढ्दै गएको छ ।

यस्तो अवस्थामा पनि वैदेशीक रोजगारवाट फर्कने कतिपय यूवाले भने विदेशमा सिकेको सिप प्रयोगगरि ब्याबसायिक कृषिमा लागेपछी राम्रो प्रतिफल प्राप्त गरेका छन् ।

पच्छिल्लो समयमा सरकारले कृषि क्षेत्रको विकासलाई महत्व दिएर वजेट विनियोजन गरेको छ भने युवालाइ कृषिमा आकर्षित गर्ने गरि कृषिमा अनुदानका कार्यक्रमहरु ल्याएको छ ।

११ असार, मुगु ।
मुगु जिल्ला सदरमुकाम गमगढी देखि २ दिन टाढा उत्तरी सोरु भेगका ७ ओटा गाबिसका जनताहरुलाई प्रशासनिक सेवा पुरयाउने उद्धेश्यले जिमा गाबिसको सोरुकोटमा ईलाका प्रशासन कार्यालय स्थापना गरिएको छ ।

राहदानी, नागरिकता, लगायतका अन्य महत्वपूर्ण प्रशासनिक कामकाजहरु सोरुममै पाउने भएपछी त्यस क्षेत्रका बासिन्दाको २ दिन हिँडेर जिल्ला सदरमुकाम गमगढी धाउनु पर्ने बाध्यता हटेको छ ।

१ जना अधिकृत, २ जना नायब सुब्बा सहित ६ जना कर्मचारीहरुको ब्यबस्था गरिएको ईलाका प्रशासन कार्यलयवाट सोरु भेगका ३ हजार घर धुरीका १६ हजार जनताहरु लाभाम्बित हुने छन् ।

पाल्पाको रामपुरमा पनि इलाका प्रहासन कार्यालय सञ्चालनमा आएको छ ।

सदरमुकाम तानसेनदेखि झण्डै ६५ किलोमिटलको दुरीमा रहेको रामपुरमा इलाका प्रशासन कार्यालय सञ्चालनमा आएपछि त्यस क्षेत्रका नागरिकलाई नागरिकता, राहदानी बनाउन सदरमुकाम जानुपर्ने बाध्यता हटेको छ ।

११ असार, रुपन्देही ।
नेकपा 'एमाले'का स्थायी समिति सदस्य शङ्कर पोखरेलले आगामी आवको बजेटले अबको १० वर्षमा मुलुकलाई अविकसित राष्ट्रबाट विकासशील राष्ट्रमा पुर्याउने लक्ष्य लिएको बताउनुभएको छ ।

रुपन्देहीस्थित एमाले तिलोत्तमा नगर कमिटीद्वारा आज आयोजित कार्यक्रममा नेता पोखरेलले आर्थिक समृद्धिको दिशामा केन्द्रित भएको बजेट अएको यो वर्ष विकास र समृद्धिको प्रस्थान वर्ष भएको समेत बताउनुभयो ।

The Korean Culture Day jointly organized by the Embassy of the Republic of Korea in Nepal and Ankur Nepal at the Army Officer's Club at Bhadrakali, Kathmandu today.

The event organized with an objective to promote Korean culture and facilitating cultural exchanges saw the audiences mostly comprising the youngsters who visibly seemed an aficionado of Korean fashion with their hairstyle to dressing flawlessly imitating the Korean fashion.

Present at the event were the speaker Onsari Gharti, Minister for Culture, Tourism and Civil Aviation Ananda Pokharel, Minister for Science and Technology Shivalal Thapa, Korean ambassador to Nepal Choe Yong-Jin and Inspector General of the Armed Police Force Durj Kumar Rai among others.

The international conference on lightning has suggested building physical infrastructures to be reconstructed after earthquake lightning protection.

Discussion regarding minimizing the damage caused to human life and property by lightning and ways to avoid it was held in the two-day conference concluded yesterday.

Scientists participated in the conference organised by the Lightning and Atmospheric Research Centre Nepal with support of Nepal Academy of Science and Technology suggested the people to stay inside in the house as lightning can strike during thunderstorm.

The conference also suggested the people not to climb on tree, not to enter in cave and swimming pool as well as not to use umbrella during the thunderstorm and it also stressed the need of launching public awareness programmes to be safe from the lightning.

A total of 13 working papers were presented in the conference where 40 scientists from Nepal, India, Sri Lanka and Malaysia had participated.

Nepal Stock Exchange (NEPSE) index increased by 44 points to reach 666.99 this week. More than 11 million units of shares worth Rs. 7.82 billion of 147 listed companies were traded, according to NEPSE.

Though the NEPSE index showed an increment, the trade however decreased by 15.76 per cent in compared to the previous week.

Last week, 15.2 million units of shares worth Rs. 9.3 billion of 149 companies had been traded.

The largest trade transaction this week sector-wise was of the insurance sector, which saw a rise by 319 points followed by the hydropower sector by 186 points.

Incessant rainfall and flashflood have affected normal life in eastern part of the country.

Dozens of houses in Biratnagar have been inundated and the public roads are completely covered with water due to incessant rain since this morning.

The houses have been flooded with no proper outlet ot water as the road widening and drainage construction are underway in Biratnagar. Even the bus park has been waterlogged for incessant rain since 5.30 this morning. There is no condition for people to come outside of their houses due to all-pervasive inundation.

The Biratnagar airport is also no spare of the rain effect. No aircraft has been landed in the Biratnagar airport since this morning, according to the airport sources.

SIMILARLY,

Several VDCs in the south Saptari have been waterlogged as a result of the flood water from the Khando river in the area.

As a result more than 100 homes in the VDCs have been flooded with water level as high as two feet, according to Deputy Superintendent of Police Dan Bahadur Karki. Two kilometers of road on the Tilathi-Hanumannagar road section has also been swept away by floods.

११ असार, काठमाडौं ।
दिवंगत अभिनेता श्री कृष्ण श्रेष्ठको अभिनय रहेको अन्तिम चलचित्र कोहिनुर अब युट्युवमा हेर्न सकिने भएको छ ।

सफल निर्देशक आकाश अधिकारी अभिनित चलचित्र कोहिनूर नेपालमा अहिलेसम्मकै सर्वाधिक व्यापार गरेको ऐतिहाँसिक चलचित्र बन्न पुगेको छ ।

चलचित्र कोहिनूरलाई आज राजधानीमा विशेष प्रदर्शनी र कार्यक्रमका बिच युट्युवमा सार्वजनिक गरिएको हो ।

चलचित्र कोहिनुर युट्युवमा अंग्रेजी सबटाईटल सहित राखिएको छ ।

चलचित्र प्रदर्शनबाट उठेको रकमबाट नव किरण असाहाय बाल उत्थान समाजलाई नगद दुई लाख रुपैयाँ आर्थिक सहयोग समेत सो अवसरमा गरिएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले सो अवसरमा चेक हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा श्रीकृष्ण श्रेष्ठ पत्नी तथा नायिका स्वेता खड्का लगायतका कलाकारहरुको उपस्थिति रहेको थियो ।

चलचित्र प्रदर्शनका समयमा भारतमा उपचार गर्न गएका नायक श्रेष्ठको उपचारकै क्रममा चलचित्र पद्रर्शन भइरहँदा मृत्यु भएको थियो ।

नेपा भुमि प्रस्तुती रहेको चलचित्रलाई दि स्काई मुभिले युट्युवाट सार्वजनिक गरेको हो ।

भिल्म पुरा हेर्नुहोस् ।

एजेन्सी,असार ११। पोल्याण्ड युरो कप २०१६ को क्वार्टरफाइनलमा पुगेको छ । शनिवार भएको खेलमा स्विट्जरल्याण्डलाई टाइब्रेकरमा हराउँदै ५-४ हराउँदै पोल्याण्ड क्वार्टरफाइनलमा पुगेको हो ।

निर्धारित र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।

पेनाल्टी सुटआउटमा स्विट्जरल्याण्डका जाकाको प्रहार फ्रेममै परेन । स्वीस टिमलाई नकआउट चरणसम्म पुर्याउने क्रममा उत्कृष्ट प्रदर्शन गरेका जाका प्रि क्वार्टरफाइनलमा भने खलनायक झै देखिए ।

स्वीस टिमका अरु चार खेलाडीले गोल गरेका थिए । पोल्याण्डका पाँचै खेलाडीले गोल गर्दै जित दिलाए ।