साहित्यका एघार स्रष्टा सम्मानीत

असार ११, २०७३ मा प्रकाशित | 1066 views

११ असार, काठमाडौं ।
साहित्यका कथा, कविता, निबन्ध, उपन्यास, नाटक विधा तथा कलाका क्षेत्रमा उल्लेखनीय योगदान दिएबापत आज विभिन्न स्रष्टालाई राजधानीमा सम्मान गरियो ।

उपराष्ट्रपति नन्दबहादुर पुन र गृहमन्त्री शक्तिबहादुर बस्नेतले साहित्य विज्ञान प्रतिष्ठान नेपालद्वारा आयोजित कार्यक्रमा प्रा डा अभि सुवेदी, प्रा डा सञ्जीव उप्रेती, डा रामप्रसाद ज्ञवाली, डा नवराज लम्साल, प्रमोद खरेल, सीताराम कट्टेल र कुञ्जना घिमिरेलाई सम्मानपत्र प्रदान गर्नुभयो ।

यसैगरी बालप्रतिभा नीतिका पौडेल, गरिमा गुरागाईँ, प्रीतिमा सापकोटा र सविन घिमिरेलाई पनि ‘बालतारा सम्मान’ प्रदान गरिएको थियो ।

प्राध्यापक डाक्टर बासुदेव त्रीपाठी लिलाध्वज थापा साहित्य सम्मान २०६३ बाट पुरस्कृत तथा सम्मानित

नेपाली भाषा साहित्यको क्षेत्रमा योगदान गर्नुभएका प्राध्यापक डाक्टर बासुदेव त्रीपाठीलाई लिलाध्वज थापा साहित्य सम्मान २०६३ बाट पुरस्कृत तथा सम्मानित गरिएको छ ।

लिलाध्वज थापा साहित्य प्रतिष्ठानले आज काठमाडौंमा गरेको कार्यक्रममा डा। त्रिपाठीलाई पच्चीस हजार रुपैयाँ सहित सम्मान गरेको हो ।

त्यस अवसरमा नेपाल प्रज्ञाप्रतिष्ठानका कूलपति गंगाप्रसाद उप्रेतीले नेपाली भाषा, साहित्य, संस्कृतिको प्रवद्र्धन गर्न र संस्थागत विकास गर्न श्रष्टाहरुको महत्वपूर्ण योगदान रहेको बताउनु भयो ।

कार्यक्रममा प्राडा बासुदेव त्रिपाठी, सुधा त्रिपाठी, ज्योती भण्डारी लगायतले स्वर्गिय लिलाध्वज थापाले नेपाली साहित्यको अधिबृद्धिमा पु¥याउनुभएको योगदानका बारेमा बोल्नु भएको थियो ।

लिलाध्वज साहित्य प्रतिष्ठानका अध्यक्ष विनयध्वज थापाद्वारा लिखित कर्णालीको कुनोदेखि मानसरोवर सम्म नामक पुस्तकको कुलपति गंगाप्रसाद उप्रेतीले विमोचन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web