कांग्रेसलाई प्राधिकरणको जवाफः भूकम्पपीडितलाई एकमुष्ट दुई लाख दिन सकिँदैन

काठमाडौ,असार १२ । भूकम्पपीडितलाई सरकारले एकमुष्ट दुई लाख रुपैयाँ प्रदान गर्नुपर्ने माग गर्दै पटक पटक संसद वैठक अवरुद्ध पार्दै आईरहेको प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसलाई  पुनर्निर्माण प्राधिकरण जवाफ दिएको छ । दुइपटक सम्म संसदमा प्रधानमन्त्रीलाई जवाफ दिन रोकेको नेपाली कांग्रेसलाई प्राधिकरणले भनेजस्तो भूकम्प पीडितलाई एकमुष्ठ दुई लाख अनुदान उपलब्ध गराउन नसकिने बताएको छ ।

प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञावलीले सुशील कोइराला नेतृत्व सरकारले दातृ निकायसँग गरेको सम्झौता अनुसार एकमुष्ठ अनुदान दिन नसकिने प्राधिकरणले स्पष्ट पारेको हुन् । कांग्रेसको माग अनुसार एक पटक रकम उपलब्ध गराउन नसक्ने भन्दै यसअघि ४ किस्तामा अनुदान दिने गरी भएको निर्णयलाई सच्याएर तीन किस्तामा अनुदान रकम उपलब्ध गराउने व्यवस्था मिलाइएको बताएका छन् ।  सरकारले भूकम्पबाट पूर्णरुपमा क्षति भएका वा भत्काएर पुन बनाउनु पर्ने भए दुई लाख रुपैयाँ र आंशिक क्षति भएका घर मर्मत सम्भार गर्न ५० हजार रुपैयाँ दिने घोषणा यसअघि नै गरिसकेको छ ।

कांग्रेसले भने संसद बैठक अवरुद्ध पार्दै प्रधानमन्त्री ओलीले सदनमा जवाफ दिन समेत दिएको छैन् । यसअघि संसदीय दलको कार्यालयमा बसेको बैठकले आफ्नो माग सम्बोधन नगरिए संसद अवरोधदेखि पीडितहरुलाई लिएर जिल्ला जिल्लामा आन्दोलन गर्ने निर्णय गरेको थियो। कांग्रेसले दुई लाख रुपैयाँसँगै कांग्रेस नेतृत्वको सरकारले निर्णय गरेको २ प्रतिशत सहुलियत ब्याजदरमा ऋण दिने विषय तत्काल कार्यान्वयन गर्नुपर्ने माग राख्दै आएको छ।

नेपालमा पुनः हिन्दुराष्ट्र फर्काउन मोदीलाई आग्रह,मान्लान त मोदीले ?

काठमाडौं,असार १२ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालको नयाँ संविधान खारेज गरी पुनः हिन्दुराष्ट्र घोषणाका लागि हस्तक्षेपकारी भूमिका निर्वाह गर्न आग्रह गरेका छन् । हिन्दुवादी संगठन हिन्दू जनजाग्रुति समितिले चीनको हस्तक्षेप रोक्न संविधान खारेजीको माग गर्न मोदीलाई अग्रह गरेको हो । नेपाल सरकार र भारत सरकारबीचको भातृत्वपूर्ण सम्बन्ध संकटमा परेको भन्दै जनजाग्रुति समितिको भारतको गोवामा शनिबार सम्पन्न अल इन्डिया हिन्दू कन्भेसनले यो माग मोदीसमक्ष राखेको समाचार भारतीय चर्चित पत्रिका इन्डियन एक्सप्रेसको अनलाइन संस्करणले समाचार छापेको छ ।  नेपालप्रति चीनको बढ्दो प्रभाव भारतका लागि घातक हुने भन्दै समितिका राष्ट्रिय प्रवक्ता रमेश सिन्धेले भनेका छन् ‘त्यस कारण भारतले समयमै हस्तक्षेप गरी नेपाललाई पुनः हिन्दूराज्यमा फर्काउनुपर्छ ।’

नेपाली कराते टोली अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्न जापान आइपुग्यो

१२ असार, टोकियो ।
नेपाली कराते टोली अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा भाग लिन जापान आइपुगेको छ ।

यसै साता हुने प्रतियोगितामा नेपाल सहित १७ देशका खेलाडीले भाग लिंदैछन् ।

प्रतियोगितामा ४५ केजी तौल समूहमा लाक्पा दोर्जे शेर्पा र सुष्मा तामाङ तथा ५० केजीभन्दा माथिमा सुष्मा श्रेष्ठले भाग लिँदैछन् । टोलीमा तीन खेलाडी प्रशिक्षक सहित छ जना सहभागी छन् ।

यसअघि शेर्पाले दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेका थिए भने तामाङ र श्रेष्ठले अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलोपटक सहभागिता जनाउँदैछन् ।

टोलीमा नेपाल वादो फेडेरेसनका अध्यक्ष सञ्जय लामा, सचिव ओमप्रसाद ढकाल र प्रशिक्षक अरुणकुमार कार्की सहभागी रहेका छन् ।

बसन्तले बाजी मारे । जापानी फुटबल प्रशिक्षक बन्दै बार्षिक ५५ लाख पारिश्रमिक

१२ असार, टोकियो ।
नेपाली फूटवलका पूर्वराष्ट्रिय खेलाडी वसन्त गौचन विदेशी फुटवल संस्थासँग आवद्ध भएर अहिलेसम्मकै ठूलो बार्षिक आम्दानी गर्ने पहिलो खेलाडी बनेका छन् ।

गौचनले जापानमा व्यवसायिक फुटबल प्रशिक्षण यात्रा प्रारम्भ गर्दै बार्षिक ५५ लाख रुपैयाँको सम्झौता गरेका छन् ।

गौचनलाई जापानको फनरुट्स फुटबल एकेडेमीले प्रशिक्षकको रुपमा अनुबन्ध गरेको हो ।

फनरुट्स टोकियोमा अवस्थित व्यवसायीक फुटबल एकेडेमी हो । फलरुट्सको जर्मन टोली बोरुसिया डर्टमुन्डसँग ‘टाइ अप’ छ ।

डर्टमुनन्डले जापानमा आफ्नो एकेडेमी र फुटबल स्कुल पनि चलाएको छ ।
डर्टमुन्डबाट हरेक वर्ष फलरुट्समा युवा खेलाडीलाई प्रशिक्षण दिन प्रशिक्षक आउने गर्छन् ।

फनरुट्समा उनी स्पोर्टसको विद्याथीका प्रशिक्षकलाई इन्स्ट्रक्टर पनि गर्छन् । पुमा सकर क्लव, चोफुओचुकाको स्कुल टिममा ६ वर्षदेखिको १२ वर्षसम्मका बाल बेलाडीलाई तथा कोमाजावा सकर क्लबमा चारदेखि १० वर्षका बाल खेलाडीलाई प्रशिक्षण दिन्छन् ।

गौचनले एकेडेमीबाट वार्षिक ५५ लाख रुपैयाँ पारिश्रमिक पाउनेछन् । यस अलावा उनले शनिवार तथा विदाका दिनमा क्लव बाहिर अन्य ठाउँमा समेत घण्टाको हिसावमा फुटवल प्रशिक्षण दिने बताइएको छ ।

जापानमा आमालाई मारेर बाबुलाई आत्महत्या गर्न सघाउने महिलालाई ४ बर्ष जेल

१२ असार, टोकियो ।
हेर्नलाई र देख्नलाई भव्य अनि शुखशयल देखिने देश हो जापान । तर यहाँ आउने विदेशीलाई मात्र हैन स्वयं कयौं जापानीलाई दुख र गरिविको कहरले छोडेको छैन ।

यहि गरिविको पिडामा आफ्नो आमालाई हत्या गरेर बाबुलाई आत्महत्या गर्न सघाउने एक महिलालाई जेल सजाय भएको छ ।

जापानको साटिमा जिल्ला अदालतले ४७ बर्षीया महिलालाई ४ बर्षको जेल सजाय तोकेको हो ।
अत्सुको नामिकता नाम गरेकी उक्त महिलाले आफ्नो आमालाई मारेको र बाबुलाई आत्महत्या गर्न मदत गरेको आरोपमा दोसी ठहर गरेपछि ४ बर्ष जेल सजाय सुनाएको हो ।

नामिकताले आफनो बाबुआमालाई गाडीमा राखि गएको नोबेम्बरमा नदिमा खसालेकी थिईन् ।

प्रहरीलाई उनले दिएको बयानमा उनले आफ्नो विरामी बाबुआमाले आत्महत्या गर्न चाहेको र त्यसमा उनले मद्दत मात्र गरेकी हुन् ।

नामिकताले प्रहरीको बयानमा उनीहरुको परिवारीक स्थिती कमजोर रहेको कारणले बाबुको सल्लाह बामोजिम सबै परिवार आत्महत्या गर्न खोजेको पनि बताएकी छिन् ।

बाबु आमाको हत्यापछि आफुपनि मर्न खोजेकी उनलाई प्रहरीले नदीको छेउमा चिसोले कठ्ङग्रिएको अर्धचेत अवस्थामा उद्दार गरेको थियो ।

उद्दारपछि उपचार गरेर निको पारेपछि प्रहरीले उनिमाथि आमा बाबु हत्या अभियोगमा मुद्दा चलाएको थियो ।

हिमालयन बैंकलाई एक करोड जरिवाना

काठमाडौं,असार १२ । नेपाल राष्ट्र बैंकले तोकेको अनुपातमा विपन्न वर्ग कर्जा प्रवाह नगरेको भन्दै हिमालयन बैंकलाई १ करोड १५ लाख ६६१ रूपैयाँ जरिवाना गरेको छ। चालु आर्थिक वर्षको पहिलो र दोस्रो त्रैमासिकमा तोकिएको अनुपातमा विपन्न वर्ग कर्जा सीमा अनुसार नभउको पाइएपछि राष्ट्र बैंकले हिमालयन बैंकलाई जरिवाना गरेको खबर आजको कारोबारमा छापिएको छ।

२० हजारभन्दा धेरैलाई जागिर दिने गोल्छाका छोराछोरी अन्तै जागिरे

विराटनगर, असार १२   । नेपालमा गोल्छा परिवारले २० हजारभन्दा धेरैलाई जागिर दिएको छ। उसका ३५ भन्दा धेरै उद्योग छन्। तर औद्योगिक घराना र व्यवसायमा सफल गोल्छा परिवारका सन्तान भने अरू कसैकमा जागिर खाने गरेका छन् । अन्य जागिरेझै समयमै कार्यालय पुग्छन् र नियमअनुसार बिदामा बस्छन्। आफूभन्दा माथिल्लो हाकिमकै अरन खटनमा चल्छन्। सामान्य कर्मचारीसरहनै उनीहरू मासिक तलब बुझ्छन्।

गोल्छा अर्गनाइजेशनको जग बसाल्ने र यो औधोगिक घरानाको सुत्रपात गराउने रामलाल गोल्छाको चौथो पुस्ता अर्थात उनका पनाती अभिमन्यू गोल्छा र पनातिनी अनुज्ञा अहिले अरूकैमा जागिर खाइरहेका छन्। विदेशमा पढाइ पुरा गरेका अभिमन्यु सामसुङ कम्पनीमा र  इन्फरमेसन टेक्नोलोजि अन्तर्गत एनिमेशन विधामा ग्याजुएड अनुज्ञा भारतको नयाँ दिल्लीमा जागिरे रहेका आजको  अन्नपूर्णमा कुमार लुइँटेल र मनोज बस्नेतले लेखेका छन्। अनुज्ञा गोल्छा अर्गनाइजेशनका निर्देशक सुरेन्द्र गोल्छाकी छोरी हुन्। अभिमन्यु शेखर गोल्छाका छोरा र सुरेन्द्रका भतिजा हुन्। सुरेन्द्रका अर्का भतिजा पनि लण्डनमा पढ्दा त्यहाँको एक सिनेमा हलमा काम गर्थे।

यरोकप: क्रोएशियालाई हराँउदै पोर्चुगल क्वाटरफाइनलमा

एजेन्सी,असार १२ । क्रोएशियालाई हराउदै पोर्चुगल  युरोकप फुटबलको क्वाटरफाइनलमा प्रबेश गरेको छ ।  आईतवार विहान भएको  प्रि(क्वार्टरफाइनलमा क्रोएशियालाई अतिरिक्त समयमा हराउँदै क्रिष्टियानो रोनाल्डोको टोली युरो कपको अन्तिम ८ मा प्रवेश गरेको हो। जितसँगै पोर्चुगलले क्वाटरफाइनलमा पोल्याण्ड प्रतिद्धन्दी पाएको छ । पोल्याण्डले शनिबार साँझ सम्पन्न खेलमा स्वीट्जरल्याण्डलाई पेनाल्टी शुटआउटमा पराजित गरेको हो ।

फ्रान्सको लेन्सस्थित स्टेट बोलार्ड डेलेसिस रंगशालामा भएको खेलको ११६ औं मिनेटमा सब्सिच्युड स्ट्राइकर रिकार्डो क्वारेज्माले गोल गर्दै पोर्चुगललाई महत्वपूर्ण जित दिलाए। क्रिष्टियानो रोनाल्डोको प्रहार क्रोएशियन किपरले क्लियर गरेपछिको रिवाउण्ड बललाई क्वारेज्माले गोललाईनबाट हेड मार्फत जाली चुमाएका थिए ।

यसअघि खेलको निर्धारित ९० मिनेटको समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि थपिएको ३० मिनेटको अतिरिक्त समयमा गोल भएको हो। खेलको अधिकांश समय क्रोएशियाले पोर्चुगललाई दवावमा राखेको थियो।

सन् २००४ को उपबिजेता पोर्चुगल पछिल्लो चार संस्करणको युरोमा कम्तिमा सेमिफाइनलसम्म पुगेको छ । गत संस्करणमा पनि उ सेमिफाइनलबाट बाहिरिएको थियो । त्यसको विपरित पछिल्ला पाँच संस्करणमा क्रोएशियाले पहिलो पटक नकआउट चरण खेलेको थियो ।

रसिकको काफिया र मौनताको ‘मौनता बोल्छ’ कृति सार्वजनिक

१२ असार, काठमाडौं ।
साहित्यकार तथा सञ्चारकर्मी जितेन्द्र रसिकको चौथो कृति ‘काफिया’ गजल सङ्ग्रह र कवियत्री ऋद्धी लक्ष्मी कायस्थको कविता सङ्ग्रह ‘मौनता बोल्छ’ राजधानीमा लोकार्पण गरिएको छ ।

भक्तपुर साहित्यसमाज द्धारा आयोजना गएिको कृति लोकार्पण कार्यक्रमका प्रमुख अतिथि ज्ञानुवाकर पौडेल, विशेष अतिथि गीत तथा गजलकार राजेन्द्र थापा, महाकवि चन्द्रप्रसाद न्यौपाने, समाजसेवी कृष्णलाल प्रधान, गीतकार गोपी कृष्ण ढुङ्गाना लगायतले सामुहिक रुपमा कृतिको लोकार्पण गरिएको हो ।

बागबजारको हार्दिक होटलमा भएको कार्यक्रममा गजलकार रसिकले गत वर्ष गएको भूकम्प र भारतले गरेको अघोषित नाकाबन्दी सम्वन्धि गजलहरु लोकार्पित कृतिबाट वाचन तथा गायन गरेका थिए । कवियत्री ऋद्धी लक्ष्मी कायस्थले मौनता बोल्छ र एनआरएन शिर्षकको कविता वाचन गर्दा सहभागीहरु स्तव्ध बन्न पुगेका थिए ।

कार्यक्रममा गजलकार ज्ञानुवाकर पौडलेल जितेन्द्र रसिकको पहिलो गजल सङ्ग्रह प्रकाशनको १० वर्षपछि चौथो कृतिको रुपमा आएको दोस्रो गजलसंङ्ग्रह भित्र देश बोलिरहेको बताउनु भयो । । रसिकको रेकर्ड भैसकेका गजलहरु पनि सङ्ग्रहमा सङ्ग्रहित रहेका छन् ।

कार्यक्रममा गीत/गजलकार तथा आख्यानकार राजेन्द्र थापाले रसिकका सबै गजलहरु गेयात्मक रहेकाले गायनको लागि अति उपयुक्त गजल भएको बताउनु भयो । । उनले गजल पछिल्लो समय वाचनको लागि पनि लेखिने गरेको र त्यस्ता गजलहरु सशक्त हुँदै आएको चर्चा गरे । कार्यक्रममा महाकवि चन्द्र प्रसाद न्यौपानेले अमेरिका बस्दै आएकी कवियत्री ऋद्धी लक्ष्मी कायस्थका कविता सङ्ग्रह ‘मौनता बोल्छ’ कृति नामैले काफि भएको बताउनु भयो ।

कार्यक्रममा  गीतकार तथा साहित्यकार गोपीकृष्ण ढुंगानाले काफिया गजल सङ्ग्रह जीवन र जगतको लागि भएको बताउनु भयो । कार्यक्रममा सभापति तथा धभक्तपुर साहित्यिक समाजका अध्यक्ष राजुराम मुनकर्मिले काफिया गजल सङ्ग्रह सिक्न चाहने र आधारभूत गजल सिद्धान्त जान्न चाहनेको लागि उपयुक्त कृति रहेको बताउनु भयो । ‘काफिया’ गजल सङ्ग्रह  १ सय ३२ पृष्ठमा सङ्ग्रहित छ ।

डिजिटल प्रिन्टलिंक भक्तपुरले प्रकाशित गरेको यो कृतिको मुल्य १ सय पचास रुपैयाँ रहेको छ । त्यस्तै ‘मौनता बोल्छ’ कविता सङ्ग्रह दिलिप राजा कायस्थले प्रकाशन गरेको हो ।  यो कृति १ सय पृष्ठमा ५२ कविता अटाएका छन् भने मुल्य १ सय पचास रुपैयाँ रहेको छ ।

गजलकार रसिकको यस अघि ३ कृतिहरु क्रमस हृदयस्पर्शी छालहरु(गजल सङ्ग्रह–२०६३), तारापुञ्ज (फाँचल सङ्ग्रह २०६५) एलियनको पृथ्वी भ्रमण(बालकथा सङ्ग्रह–२०७२) प्रकाशित छन् भने १६ वर्षदेखि कर्मको रुपमा सञ्चार क्षेत्रमा कार्यरत रसिक हाल सगरमाथा टेलिभिजनको समाचार शाखामा कार्यरत छन् ।

सवारी साधन कुहाउदै दोधारा चाँदनी नगरपालिका कार्यालय

पप्पु गुरुङ्, ११ असार, दोधारा चाँदनी । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका कार्यालयले आफुले खरिद गरेको सवारी साधन राख्ने स्थान नभएर घाम पानीमा खुला अकाशमा राख्दै आएको छ् । जसले गर्दा नयाँ सवारी साधन बिग्रिने सम्भावना बढेर गएको छ् । हालै खरिद गरेको लाखौ सवारी साधन घाम, पानीेबाट बिग्रिने अवस्थामा रहेको बताईएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालयको आफ्नै भवन नहुदा ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीको हातामा सवारी साधन थन्काउनु परेको नगरपालिका कार्यायले जनाएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालयले खरिद गरेको टिप्पर, ट्याकटर लगाएतका सवारी साधन सुरक्षित राख्ने ब्यवस्था नभएको कारण दिन दिनै घाम पानीमा रहेको कारण बिग्रिने अवस्थामा रहेको नयाँ शक्ती नेपाल दोधारा चाँदनी नगरकमिटीका संयोजक पदम बहादुर सिंहले बताउनुभएको छ् । “लाखौं रुपियाको सवारी साधन नगरपालिका कार्यालयले लापरवाही गरको छ्” नयाँ शक्तीका संयोजक सिंहले भने । तत्कालै सवारी साधनको सुरक्षित राख्ने ब्यवस्था गर्नु पर्ने सिंहको भनाई छ् ।

विराटनगरक्षेत्रका सयौ घर डुवानमा

११ असार, विराटनगर ।
शनिवार विहानदेखी परेको वर्षाका कारण विराटनगरक्षेत्रका सयौ घर डुवानमा परेका छन ।

वर्षाको पानीको निकास नभएपछी विराटनगर उपमहानगरपालीकाका २२ वटै वडा डुवानमा परेका छन । सयौ सर्वसाधारणको घरघरमा पानी पसेको छ ।

सडकभरी पानी जमेका कारण वाहिर निस्कन समेत समस्या भएको छ ।

पानीको निकास नहुदा मुख्य सडक, सहायक सडक तथा चौक चौराहामा दुइ फिटसँम्म पानी जमेको
छ ।

जसले गर्दा सर्वसाधारण तथा सवारी साधनहरुलाइ समेत आवत जावतमा समस्या भएको छ ।

सोमबार घटेको शेयर बजार फेरी ४४ अंकले बढ्यो

११ असार, काठमाडौं ।
यो साताको सोमवार मात्र घटेको नेपाली शेयर बजारको परिसूचक  पहिलो दिनको तुलनामा ४४.०२ अंकले बढेर अन्तिम दिन १६६६.२९ अंकमा पुगेको छ ।

परिसूचक बढे पनि यो साताको कारोवार रकम भने १५.७६ प्रतिशतले घटेको छ ।

यो साता नेपाल स्टक एक्सचेन्जमा १४७ कम्पनीहरुको कारोबार भएको छ ।

जस अनुसार ३२ हजार १८ कारोबारहरुबाट सात अर्ब ८२ करोड २९ लाख ४३ हजार रुपैयाँ बराबरका एक करोड १० लाख ९४ हजार ५ सय ७० कित्ता सेयरहरु किनबेच भएका छन् ।

यसैगरी यो साता समूहगत परिसूचक तर्फ अन्य समूहको बाहेक सबै समूहको कारोवारमा सुधार भएको छ ।

यो साता बिमा समूहको कारोवारमा मात्र ३१९ अंकले र जलविद्युत समूहको कारोवार १८६.४९ अंकले सुधार भएको छ ।

यो साता कारोबार रकमको आधारमा लुम्बिनी जनार इन्स्योरेन्स, कारोबार भएको सेयर संख्याको आधारमा सिद्धार्थ इक्विटी ओरिएन्टेड स्किम र कारोबार संख्याको आधारमा नेसनल हाइड्रोपावर कम्पनी अग्रस्थानमा रहेका छन ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web