काठमाडौं,असार १३ । सरकारले रोजगारीका लागि द्वन्द्वग्रस्त मुलुकमा जान प्रतिवन्ध लगाएको एक साता नबित्दै श्रम तथा रोजगार मन्त्रालयले छुट्टिमा आएर फर्कन चाहनेलाई अफगानिस्तान पठाउने तयारी गरेको छ । श्रम मन्त्रालयले सरकारले प्रतिबन्ध लगाएको स्थानमा सुरक्षा खतरा भएकोले नजान आग्रह गर्दै सर्वसाधरणलाई ट्राभल एडभाइजरी गर्ने र एडभाइजरीको समेत बेवास्ता गर्दै जान चाहनेलाई लिखित कबुलियत गराएर जान दिने तयारी गरेको आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।

अफगानिस्तानको राजधानी काबुलमा क्याडेली दूतावासमा गार्डको काम गर्दै नेपालीमाथि लक्षित गर्दै गत सोमबार तालिबान आतंकबादी आत्मघाती बम विस्फोट गराएर १३ नेपालीको मृत्यु भएपछि बिहीबार मन्त्रिपरिषदले अफागनस्तिान, इराक, सिरिया र लिबियामा नेपालीलाई रोजगारीका लागि जान प्रतिवन्ध लागएको थियो । श्रम तथा रोजगार मन्त्री दीपक बोहोरा स्वयं छुट्टीमा आएकालाई फर्काउन पहल गर्दै विभिन्न सरोकारवालासँग छलफलमा सक्रिय भएका छन् ।

एजेन्सी,असार १३ । हंगेरीमाथि शानदार जित हात पार्दै बेल्जियम युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा हंगेरीलाई ४–० ले हराएर बेल्जियमले अन्तिम ८ मा स्थान बनाएको हो । बेल्जियमको जितमा टोबी एल्डावेरल्ड, मिचु बाट्शुयी, इडन हर्जाड र यानिक काररास्कोले एक एक गोल गरे । खेलको १० औं मिनेटमा टोबी अल्डिवेरोल्डको गोलबाट अग्रता लिएको बेल्जियमले पहिलो हाफ भने १० ले अग्रता लिएको थियो । थप गोल भने दोस्रो हाफमा गरेको हो ।

७८ औं मिनेटमा मिची बाट्सुयीले बेल्जियमको अग्रता दोब्बर पारे । त्यसको एक मिनेटपछि नै हजार्डले शानदार गोल गरे । खेलको अन्तिम मिनेटमा यानिक करासिओले गोल गर्दै बेल्जियमलाई ४९० को जित दिलाए ।

समूह एफको विजेताको रुपमा अन्तिम १६ मा आएको हंगेरी समूह इको उपविजेता बेल्जियमसँग पराजित भएर घर फर्किन बाध्य भयो । हंगेरीलाई हराएको बेल्जियमले भने क्वाटरफाइनलमा अब वेल्ससँग खेल्ने छ । वेल्स शनिबार भएको खेलमा नर्दन आयरल्याण्डलाई हराएर क्वाटरफाइनलमा पुगिसकेको छ ।

एजेन्सी,असार १२ । जर्मनी युरोकप फुटबलको अन्तिम आठमा प्रवेश गरेको छ । आइतबार बेलुका भएको प्रिक्वाटरफाइनलमा तीन पटकको युरो विजेता जर्मनीले पहिलो पटक डेब्यू गरेको स्लोभाकिया ३-० ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । लिलेमा भएको खेलमा जर्मनीले खेलको ८ औं मिनेटमा नै अग्रता लिएको थियो । दास्रो गोल भने खेलको ४३ औ मिनेटमा गोम्जाले गरेका थिए ।

पहिलो हाफ २ गोलले अग्रता लिहुनेछ । जमर्नी समूह सीको विजेताको रुपमा अन्तिम १६ मा आएको हो । समूह बीको स्लोभाकिया भने उत्कृष्टएको जर्मनीले दोस्रो हाफको ६३ औ मिनेटमा गोल गर्दै खेल ३० को अग्रता लियो । त्यसपछि कुनै तर्फवाट पनि गोल हुन सकेन र खेल जर्मनीले जित्यो । इंगल्याण्ड, रसिया, वेल्स जस्ता टीम रहेको समूहबाट उत्कृष्ट तेस्रो हुँदै स्लोभाकिया अन्तिम १६मा आएको हो।

१३ असार, टोकियो ।
आगामी अगष्ट ६ र ७ तारिकमा जापानमा हुन लागेको नेपाल डे फेस्टिवललाई अतिथि देवो भवका रुपमा अघि बढाइने भएको छ ।

यसअघि जापानमा नेपाल चिनाउने अवसर र नेपाली बिच भेटघाटमा सिमित हुने ठानिएको नेपाल डेलाई आयोजक संस्था एनआरएन जापानले जापानी नागरिकलाई नेपाल चिनाउने र नेपालमा पर्यटकको रुपमा पठाउने लक्ष्य अघि सारेको छ ।

गैर आवासिय नेपाली संघले यसअघि नै घोषणा गरेको अतिथि देवो भवको नारालाई आत्मसाथ गर्दै एनआरएन जापनले नेपाल डे फेस्टिवललाई नेपालको पर्यटनसँग जोडेर अघि सारेको हो ।
अतिथि देवो भव कार्यक्रमको संयोजकको रुपमा एनआरएन आएसिसीका उपाध्यक्ष भवन भट्न रहनुभएको छ ।

नेपाल डे फेस्टिबल २०१६ को मुल आयोजक समितिको पाचौं बैठकले आइतबार यस्तो निर्णय गर्दै आफ्ना कार्यक्रमहरुलाई केही परिमार्जन समेत गरेको छ ।

बैठकमा एनआरएन जापानका अध्यक्ष सुदन थापाले नेपाल डे फेस्टिवल जापानमा सिङ्गो नेपालको चिनारि र नेपालको एकता कायम हुने सौभाग्य भएको बताउनुभयो । थापाले सौहार्दपुर्ण बातावरणमा पुर्ण मर्यादित ढंगले कार्यक्रम सम्पन्न गर्न र सहभागी हुन र गराउन आव्हान समेत गर्नुभएको छ ।

बैठकमा उपस्थित बिभागिय प्रमुखहरुले आ-आफ्नो बिभागको प्रगति बिबरण पेश गरेका थिए ।

गत हप्ता जापानमा रहेका नेपाली ब्यावसायीहरुसंग भएको छलफलमा नेपाली खानाको स्टलहरु बढि भएको साथै निर्णय लिने समय छोटो भएको गुणासोलाई मध्यनजर राख्दै आजको बैठकले नेपाल डे फेस्टेबलमा २० वटा भन्दा बढी खानाको स्टल नराख्ने साथै स्टलको बुकिङ गर्ने अन्तिम मितिलाई सारेर अगमी जुन २९ तारिखसम्मको लागि थप गर्ने निर्णय गरेको छ ।

बैठकले खानाको स्टल सिमित भएकोले समयमै आफ्नो लागि स्टल बुकिङ गर्नको लागि खानाको स्टल ब्यबस्थापन समिति मार्फत ब्यबसायीहरुलाई यथासिघ्र खबर गर्ने निर्णय समेत गरेका छन।

बैठकले नेपाल डे फेस्टिबल उद्घाटनका दिन मह जात्रामा र फेस्टिबलमा सहयोग गर्नुहुने प्रायोजकहरुलाई सधन्यवाद सहित प्रशंसा पत्रबाट सम्मानि गर्ने निर्णय गरेको एनआरएन जापान सचिव बुद्धिराज घिमिरेले जानकारी दिनुभयो ।

बैठकले आजका मितिसम्म स्टल र आर्थिक सहयोग संकलनलाई बढि प्राथमिकता दिएको भएपनि अबदेखी सबै बिभागहरुले आआफ्नो क्षेत्र अन्तरगत पर्ने कार्यहरुलाई युद्धस्तरमा अघि बढाउन समेत निर्देश दिएको छ ।

यस्तै बैठकले जापानमा रहेका संघसंस्थाहरुका लागि ५०,००० येनमा स्टल उपलब्द गराउने निर्णय गरेको छ । तर यो सहुलित दरमा उनीहरुले आफ्नो क्षेत्र, संस्कृति, भाषा, भेषभूषाको प्रबर्धन बाहेकको कृयाकलापहरु गर्न र गराउन पाउने छैनन ।

यस दुई दिने महामेलामा जापानमा कार्यरत नेपाली तथा जापानी चिकिस्तकहरुले निशुल्क स्वस्थ्य परामार्श सेवा समेत दिने भएका छन ।

यस महामेलामा नेपाल र नेपालीको चिनारिको साथै नेपालको ब्यापारिक पक्ष संगै पर्यटन प्रवद्धन तिर बिशेष केन्द्रित रहने छ भने यसको मुल नारा 'अतिथि देव भव:' रहने बैठकले गरेको छ ।

जापान नेपाल डे फेस्टिवल स्टल बुकिङ जुन २५ तारिक सम्म

एनआरएन जापान सुविधा सम्पन्न विद्यालय वा जापान भिलेज बनाउँदै

जापान 'नेपाल डे फेस्टिवल'को सूचना

नेपाल फेस्टिवल स्टल बुकिङ खुल्ला, आयोजक सहित विभिन्न समिति गठन"

१२ असार, काठमाडौं ।
झण्डै एक सय बढी नक्कली डाक्टर पक्राउ परिरहेको बेलामा तिनै मुद्दा सहित यसअघि चार पटक अनसन बसिसकेका डा. गोविन्द केसी आफ्ना सबै माग पुरा नभएपछि फेरी अनसन बस्ने तयारीमा लागेका छन् ।

सामाजिक अभियन्ता केसीले दुई हप्ताभित्र माग पूरा नभए अनसन बस्ने चेतावनी सरकारलाई दिएका छन् ।

शिक्षण अस्पताल महाराजगञ्जका प्राध्यापक डा. केसीले चार बुँदे माग सार्वजनिक गर्दै आफ्ना माग पूरा नभए आमरण अनसनमा बस्ने घोषणा गरेका हुन् ।

आइतबार शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गरेर प्राध्यापक केसीले ४ बुँदे माग पुरा नभए असार २६ गतेदेखि आमरण अनसन बस्ने घोषणा गरेका छन् ।

अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने माग सहित चिकित्सा शिक्षा ऐनको मस्यौदामा पाँच वटा सुधार गरेर संसदको यही अधिवेशनबाट पारित गर्नुपर्ने माग केसीले अघि सारेका छन् ।
तर केसीको पहिलो माग अर्थात् अख्तियारका विवादीत प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउने कुराले अख्तियारले अपशब्द नै प्रयोग गरि विज्ञप्ति निकाल्न भ्याएको छ ।

डा. केसीले माथेमा प्रतिवेदनको सुझाव विपरित काठमाडौंमा खोल्न प्रस्तावित प्रतिष्ठान सम्बन्धि संसदमा विचाराधिन विधेयक तत्काल फिर्ता गर्नुपर्ने माग समेत गरेका छन् ।

विगतमा भएका सहमति सम्झौताको अक्षरस पालना गर्न माग गर्दै डा. केसीले जारी गर्नुभएको विज्ञप्ति यस्तो छ ।

महाअभियोग माग गर्दा जनताको करबाट तलब भत्ता खाएका लोकमानको यस्तो चर्तिकला

सामाजिक अभियन्ता डा। गोविन्द केसीले आइतवार पत्रकार सम्मेलन मार्फत अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई संसदवाट महाअभियोगक लगाउनु पर्ने माग गरेपछि अख्तियारले कडा भत्सना गरेको छ ।

आफ्ना माग पुरा नभए असार २६ गतेदेखि आवरन सनशन बस्ने घोषण गरे लगत्तै अख्तियार प्रमुख कार्कीको निर्देशनमा अपशब्द प्रयोग गर्दै कार्कीले आफ्नो बचाउ गर्न लगाएका छन् ।

यहाँसम्मकी अख्तियारले विज्ञप्तिमा केसीको मानसिक समस्या भएको क्षुब्द शब्द प्रयोग गर्दै उपचारको माग गरेको छ ।

आफ्नो न्यूनतम् आचरण र जिम्मेवारीको दायराबाट बिमुख डा. केसीको मानसिक उपचारको शीघ्रातीशीघ्र उचित व्यवस्थाका लागि समेत आयोगले सरकारसँग आग्रह गर्दछु विज्ञप्तिमा भनिएको छ । साथै आयुक्त माथि लगाइएको आरोप पुष्टी गरी देखाउने समेत अख्तियारले विज्ञप्ति मार्फत डा. केसीलाई चुनौती दिएको छ ।

अख्तियारको नौटंकी
अख्तियारले फेसबुक मार्फत पहिलो बिज्ञप्तिमा लेखेको भाषा बारेमा सर्वत्र आलोचना हुन थालेपछि अर्को विज्ञप्ति निकाल्दै पहिलो विज्ञप्ति सच्यायार मानसिक शब्द हटाएको छ ।

यस्तो छ लोकमान सिंह कार्कीको बचाउनमा अख्तियारले निकालेको विज्ञप्ति

विज्ञप्ति सहित प्रेस विज्ञप्तिः २०७३।०३।१२ गते । ————————————-

डा. गोबिन्द के.सी. द्वारा आज जारी प्रेस-बिज्ञप्ति मार्फत नेपाल सरकारसँग प्रस्तावित बिभिन्न मागको फेहरिस्तमा आयोगका माननीय प्रमुख आयुक्त तथा माननीय आयुक्तहरु माथि मनोगत लाञ्छना सहित महाभियोग एवं कारबाहि प्रक्रिया आघि बढाउन राखेको मागप्रति आयोग कडा शब्दमा भर्त्सना गर्दछ । भ्रष्टाचार, अनाचार एवं सबैखाले बिसंगति बिरुद्दको महाअभियानमा क्रियाशील आयोगका माननीय प्रमुख आयुक्त र आयुक्तहरु प्रति लक्ष्यित डा. के.सी.को सो माग छुद्रता, अराजकता र अस्वस्थ मानसिकताको द्योतक हो भन्ने आयोगको ठम्याई छ । आयोग, मागको फेहरिस्तमा समुल्लेखन भएजस्तो आफ्ना कुनैपनि पदाधिकारीद्वारा आफ्नो र आफन्तको निहित स्वार्थका लागि चिकित्साक्षेत्रमा भर्ना गरेको, स्वास्थ्य तथा चिकित्सा क्षेत्रको सुधारको प्रक्रिया अबरुद्द तुल्याएको, भ्रष्टहरुलाई संरक्षण दिएको र कुनै पदाधिकारी बिशेषलाई सौदाबाजीमार्फत राजीनामा दिन वाध्य तुल्याएको भन्ने जस्ता तुच्छ अभियोगको तथ्यगत परिपुष्टीका लागि डा. के.सी.लाई चुनौति दिन चाहन्छ ।

जहाँसम्म काठमाण्डौं विश्वबिद्यालयको प्रवेश परिक्षामा हस्तक्षेप गरेको भन्ने थप आक्षेपको प्रश्न छ सो विषयमा सरोकारवालाहरुको असीमित उजुरीपछि आयोगले सम्बद्द नियामक निकाय “मेडिकल काउन्सिललाई” परिक्षाको निष्पक्षता परिक्षणका निम्ति निर्देशन दिएको तथ्य आयोग स्पष्ट पार्न चाहन्छ ।

प्रमुख आयुक्तले “व्यापारिक स्वार्थ” राखेको भन्ने जस्तो घृणित र निकृष्ट आक्षेपका हकमा त्यस्तो अमुक व्यापारिक स्वार्थमा उहाँको संलग्नता सावितीका लागि आयोग, डा. के.सी. लाई थप चुनौति दिन चाहन्छ र उहाँको व्यापारिक स्वार्थको सप्रमाण पुष्ट्याईं गरिदिएको खण्डमा उहाँले पदीय जिम्मेवारीबाटै सन्याश लिने उहाँको निजी घोषणा समेत सार्वजनिक गर्दछ । डा. के.सी. का तमाम गतिबिधिलाई आयोगले आफ्नो स्मृतिमा राखेको छ ।

यताका दिनमा चिकित्सा एवं स्वास्थ्य क्षेत्रको सुद्दताका लागि आयोगले आफ्नो कारवाहीधिकार भित्रै रहेर गरेको पहलबाट उत्तर्सिएका मेडिकल माफियाहरुसँगको डा. के.सी.को सानिध्यता, आयोगको अनुसन्धान प्रक्रियामा रहेका एकथरी स्वघोषित नागरिक अगुवा तथा संगठित अपराधी र भ्रष्टहरुसँगको उहाँको साँठगाँठ आयोगको दृष्टिबाट ओझेलमा छैनन् । वस्तुत: आयोग पदाधिकारीहरु बिरुद्द केन्द्रित पछिल्लो प्रस्तावलाई डा. के.सी.का यिनै सन्देहास्पद गतिबिधीका आलोकमा हेरिनुपर्दछ भन्ने आयोगको आग्रह छ ।

चिकित्सा तथा स्वास्थ्य क्षेत्रको सुधारका नाममा स्वास्थ्य क्षेत्रलाई नै बन्धक बनाउँदै डा. के.सी.ले गरेका विगतका प्रत्येक आन्दोलनले यस क्षेत्रलाई विकास र उत्थानको मार्गतर्फ नभई बिनाश र अबन्नतिको दिशातर्फ प्रवाहित गरेको आमबुझाई भन्दा पृथक आयोगको अभिमत छैन ।

अद्याबधी राष्ट्रसेवकको आवरणमा रहे पनि राष्ट्रसेवकको न्यूनतम् आचरण र पेशागत धर्म परिपालना नगर्ने र किस्ताबन्दीको उदण्डताको आडमा राज्यलाई धम्क्याउने जस्ता डा. के.सी.का कार्य प्रवृत्ति आफैंमा खेदजनक छन्। आयोग, डा. के.सी. लाई नेपाली चिकित्सा क्षेत्रको बिनाशको प्रतिनिधी बाहक नबन्न बरु आफूमा निहीत चिकित्सकीय योग्यतालाई उपचारका क्षेत्रमा भरपूर सदुपयोग गर्न सुझाब दिन चाहन्छ । सँगसँगै बारम्बार आफ्नो न्यूनतम् आचरण र जिम्मेवारीको दायराबाट बिमुख डा. के.सी.को मानसिक उपचारको शीघ्रातीशीघ्र उचित व्यवस्थाका लागि समेत आयोग सरकारसँग आग्रह गर्दछ ।

डा. के.सी. ले स्वास्थ्य क्षेत्रको सुधारका नाममा उचो स्वर गरिरहँदा वहां आफैं कार्यरत त्रि.बि.शिक्षण अस्पतालको जर्जर अबस्थितिलाई झाँकेर हेर्नु वाञ्छित हुनेछ र वहाँमा सेवारत संस्थाप्रतिको न्यूनतम् दायित्वोध भएको खण्डमा शिक्षण अस्पतालको अस्वस्थताको उपचारका लागि आफूलाई तैनाथ गर्नु बुद्दिमानी हुनेछ । भ्रष्टहरुको माखेसाङ्गलोमा जेलिएका डा. के.सी. लाई कुसंगत परित्याग गर्न र प्रायोजित अभियन्ता नबन्न समेत आयोग थप सुझाब दिन चाहन्छ । वस्तुत: नेपाली स्वास्थ्य क्षेत्रको सुधार र विकासका सन्दर्भमा डा. के.सी.का खोक्रा अभियानबाट होइन आयोगको दृढ प्रतिबद्दता र पहलबाट निश्चित उपलब्धि हासिल भएको तथ्य आम नेपाली दाजुभाई दिदीबहिनीहरुमा बिदितै छ ।

साथै आयोग नेपाली स्वास्थ्य क्षेत्रमा बिद्यमान अराजकता, दण्डहिनता, माफियातन्त्र र सबै प्रकृतिका असंगतिहरुको अन्त्यका निम्ति सर्वथा क्रियाशील रहने दृढता व्यक्त गर्दछ । आयोग यस्ता कुनैपनि काल्पनिक र निराधार आक्षेपहरुको भ्रममा नपर्न आम-जनमानसमा आग्रह गर्दछ । साथ-साथै आयोग, भ्रष्टहरुद्वारा प्रायोजित मनोगत लाञ्छनाकै आधारमा भ्रष्टाचार बिरुद्दको आफ्नो कर्तव्यपथबाट किंचित बिचलित नहुने तथ्य समेत स्पष्ट पार्न चाहन्छ ।

डा.गोबिन्द केसीलार्इ निकृष्टको उपमा दिंदै हिंड्ने अख्तियारका नेताहरू लोकमानका चम्चा हुन् ?

देशलाइ भ्रष्टाचारिले खाइसकेको देख्दादेख्दै, सबै जीवन प्रणालि माफिया सञ्जालले कब्जा गरिसकेको थाहा पाउँदा पाउँदै र नेता, कर्मचारीदेखि एनजिओकर्मिहरू सम्मका आलिशान महलहरू देख्दादेख्दै माखो नमारेर एकाध मानिसहरूलाइ निशाना साधेकै भरमा सुशासनको पगरि गुथ्न तम्सेका तिमीहरू भारतीय दलाल होइनौं भने कृष्ण सिटौलाको सुडान घोटाला काण्डमा हात हाल्ने हिम्मत गरेर देखाउ त ।

शेरबहादुर, राजेन्द्र महतो, हृदयेश त्रिपाठी, हिसीला यमी, विजय गच्छेदार, प्रचण्ड, बाबुराम, बामदेव, माधव नेपाल, सेनाका जर्नेलहरू, प्रहरि हाकिमहरू, मन्त्रालयका सचिवहरू, काला बजारिया मारवाडिहरूमाथि हात हाल्न सक्छौ ? यिनीहरूको सम्पत्ति कहाँबाट जुटेको हो भन्ने कुरा देखाउन सक्छौ ?

गोबिन्द केसी जस्तो सामान्य नागरिकलाइ गालि गर्ने तिमीहरू दिल्लीका प्यादाहरू होइनौ भने सबै दलका मूख्य नेता र काला ब्यापारीहरूलाइ पक्रेर देखाउ ।

काठमाडौं,असार १२ । रिपब्लिक अफ आयरल्याण्डलाई हराँउदै आयोजक फ्रान्स युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार राति लियोनमा भएको खेलमा रिपब्लिक अफ आयरल्याण्डलाई २-१ ले हराँउदै फ्रान्स क्वाटरफाइनलमा पुगेको हो । खलको दोस्रो मिनेटमा बे्रडीले पेनाल्टी मार्फत अग्रताको आयरल्याण्ड पहिलो हाफमा अग्रता लिएपनि आयोजक फ्रान्सले गेन्जीमामले खेलको ५८ औ र ६१ औ मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए ।

त्यसपछि धेरै प्रयास भएपनि कुनै तर्फवाट गोल हुन सकेनन र फ्रान्स विजयी भयो । फ्रान्स समूह एको विजेताको रुपमा अन्तिम १६ मा आएको थियो भने उत्कृष्ट तेस्रोमा पर्दै प्रिक्वाटरफाइनलमा आएको आयरल्याण्डले अन्तिम १६ मा पर्न बलियो मानिएको इटालीलाई हराएको थियो । फ्रान्सले सन् २००० देखि युरोकपको नकआउट चरणमा जित निकाल्न सकेको छैन । आयरल्याण्ड भने पहिलो पटक नकआउट चरणमा आएको हो ।

पप्पु गरुङ्, १२ असार, दोधारा चाँदनी । महाकाली झोलुङ्गे पुलबाट हामफालेर आत्महत्या गर्ने प्रयासमा गरेको एक ब्यक्तीको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको छ् । आज अपरान्ह महाकाली झोलुङ्गे पुलबाट हामफाले पछि स्थानियहरुले देखेको बताईएको छ् । तत्कालै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीे नदीबाट उनको उद्धार गरिएको हो । उनलाई सकुशल दोधारा चाँदनीको प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याईएको सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्टका प्रहरी निरिक्षक शंकर सिंह धामीे जानकारी दिनुभएको छ् । अन्ताजी २६/२७ वर्षिय उक्त ब्यक्ती मानसिक सन्तुलन गुमाएको हुन सक्ने तथा भारतिय नागरिक हुनसक्ने आंकलन गरिएको छ् । अहिले अचेत अवस्थामा रहेको हुदा थप बिबरण थाहा हुन नसकेको सशस्त्र प्रहरीले जनाएको छ् ।

काठमाडौं,असार १२ । लैनचौर डोजोले ११ औं उपत्यकाव्यापी सितोरियो कराते प्रतियोगिताको उपाधि जितेको छ । ५ स्वर्ण, ३ रजत र ४ कांस्यसाथ लैनचौर टिम च्याम्पियन बन्यो ।

नेपाल सितोरियो कराते डो संघ, घन्टाघर शाखा डोजोद्वारा आयोजित प्रतियोगितामा ५ स्वर्ण, ३ रजत र २ कांस्य जित्दै केन्द्रीय डोजो उपविजेतामा सीमित भयो । तेश्रो भएको आयोजक घन्टाघरले ४ स्वर्ण, ३ रजत र ९ कांस्य हात पा¥यो ।

पुरुषमा अर्जुनकुमार चन्द तथा महिलामा रोस्मा लामा उत्कृष्ट खेलाडी घोषित भए । दुवै आयोजक घन्टाघरका हुन् । अर्जुनले १ र रोस्माले २ स्वर्ण जिते । त्यस्तै पुरुषमा आनन्दनगर डोजोका फिन्जु शेर्पा तथा महिलामा केन्द्रीय डोजोकी रश्मिला लामा उदीयमान खेलाडी घोषित भए ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्ट, नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङ, राखेपका प्रेस सल्लाहकार रोहित दाहाललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । प्रतियोगितामा २ सय ६० खेलाडीले २२ स्वर्णका लागि प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक हरि राउतले जनाएका छन् ।

काठमाडौं,असार १२ । मनमैजु डोजो प्रथम वादो किड्स कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । मनमैजुले ९ स्वर्ण, ५ रजत र ५ कांस्य जित्यो । अल नेपाल वादोकाइ कराते डोद्वारा आयोजित प्रतियोगिताको पुरुषमा मनमैजुका साहिल घले र महिलामा मनकामनाकी सुस्मिता श्रेष्ठ उत्कृष्ट खेलाडी चुनिए । बुङमती डोजोले अनुशासित टिमको उपाधि हात पा¥यो भने मार्चपास्टमा त्रिलोक एकेडेमी उत्कृष्ट ठहरियो ।

पुरुषको २० केजीमा त्रिलोकका विकास घर्ती, २५ केजीमा मनमैजुका साहिल घले, ३० केजीमा बुद्धज्योतिका अयासजंग बखती, ३५ केजीमा मनमैजुका अनिल उप्रेती, ४० केजीमा मनमैजुका अनिश लामिछाने तथा एकल कातामा लिबर्टीका उदित श्रेष्ठले स्वर्ण जिते ।

महिलाको १५ केजीमा रोजमेरीकी आकृति बोगटी, २० केजीमा मनकामनाकी सुस्मिता श्रेष्ठ, २५ केजीमा मनमैजुकी मनमैजुकी दिब्या गुरुङ, ३० केजीमा मनमैजुकी विनिता चापागाईं, ३५ केजीमा मनमैजुकी जिया खड्गी, ४० केजीमा मनमैजुकी सविना श्रेष्ठ, ४५ केजीमा मनमैजुकी सोनी राई तथा एकल कातामा मनमैजुकी वर्षा बुढा मगर पहिलो भए ।

प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद् (राखेप) उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेन्डी शेर्पाले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा राखेपअन्तर्गत प्रचार प्रसार शाखाका प्रशासकीय अधिकृत लोकेन्द्रकुमार बस्नेतलाई कदरपत्रद्वारा आयोजकले सम्मान गरेको थियो । वादोकाइका प्रमुख प्रशिक्षक मोहन महर्जनले बस्नेतलाई कदरपत्र प्रदान गरे । एकदिने प्रतियोगितामा २ सय ५५ खेलाडीले १४ स्पर्धामा प्रतिस्पर्धा गरेको प्रतियोगिताका सह–संयोजक विजय खड्काले जनाएका छन् ।

एजेन्सी,असार १२ । कोपा अमेरिका स्थापनाको सयौं वर्षगाँठका अवसरमा भइरहेको कोपा अमेरिका फुटबल उपाधिको लागि सोमवार अर्जेन्टिना र चिली भिड्दैछन्। फाइनल खेल अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा सोमबार बिहान नेपाली समयअनुसार ५:४५ बजे हुनेछ। गत वर्ष चिलीले आफ्नो घरेलु मैदानमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा पाखा लगाउँदै ऐतिहासिक जित निकालेको बदला लिदै अर्जेन्टिनालाई २३ वर्षपछि उपाधि जित्ने दाउमा मैदान उत्रदैछ । १४ पटकको उपाधि विजेता भए पनि अर्जेन्टिना १९९३ मा कोपा अमेरिकाको उपाधि जिते यता महत्वपूर्ण उपाधिविहीन रहेको छ ।

जारी प्रतियोगितामा अर्जेन्टिनाले अमेरिकालाई तथा चिलीले कोलम्बियालाई पराजित गर्दै फाइनलमा भेट तय गरेका हुन् । अर्जेन्टिना पेनाल्टी सुटआउटमा पटक पटक अभागी रहदै आएको छ । सन् २००६ को विश्वकपमा जर्मनीसँग, २०११ को कोपामा उरुग्वेसँग पेनाल्टी सुटआउटमै पराजित भएको थियो। सन् २०१४ को विश्वकपको फाइनलमा पुगेको अर्जेन्टिना जर्मनीसँग अतिरिक्त समयमा पराजित भएको थियो। यो पटक अर्जेन्टिनासामु उक्त हारको बदला लिने उपयुक्त मौका मिलेको छ भने मेसीलाई अर्जेन्टिनालाई २३ वर्षपछि कोपाको उपाधि दिलाउँदै इतिहासमा नाम लेखाउने अवसर हुनेछ।

काठमाडौं,असार १२ । पटक पटक आमरण अनशन बस्दै आएका डा.गोविन्द केसीले सरकारसामू आफ्नो चार बुँदै माग राख्दै दुई साताको अल्टिमेटम दिएका छन् । चिकित्सा क्षेत्रमा सुधारको माग गर्दै आन्दोलनमा उत्रिदै आएका केसीले सरकारलाई दुई साताको अल्टिमेटम दिएका हुन् । उनले सरकार समक्ष ४ बुँदै विभिन्न माग गरेका छन् । उक्त माग पूरा नभए असार २६ गतेबाट पुनः आमरण अनशनमा बस्ने चेतावनी समेत दिएका छन् ।

आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै केसीले लोकमानसिंह कार्की माथि तत्काल संसदले महाअभियोग को प्रक्रिया अघि बढाउन समेत माग गरेका छन् । आफ्नो र आफन्तको निहित व्यापारिक स्वार्थका लागि मेरिटको भर्ना र निश्चित शूल्कमा भर्ना लगायत समग्र सुधारको प्रक्रिया अवरूद्ध पारेका, भ्रष्ट्रहरूलाई संरक्षण दिएका समेत स्पष्ट पारेका छन् ।