काठमाडौं,असार १२ । मनमैजु डोजो प्रथम वादो किड्स कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । मनमैजुले ९ स्वर्ण, ५ रजत र ५ कांस्य जित्यो । अल नेपाल वादोकाइ कराते डोद्वारा आयोजित प्रतियोगिताको पुरुषमा मनमैजुका साहिल घले र महिलामा मनकामनाकी सुस्मिता श्रेष्ठ उत्कृष्ट खेलाडी चुनिए । बुङमती डोजोले अनुशासित टिमको उपाधि हात पा¥यो भने मार्चपास्टमा त्रिलोक एकेडेमी उत्कृष्ट ठहरियो ।

पुरुषको २० केजीमा त्रिलोकका विकास घर्ती, २५ केजीमा मनमैजुका साहिल घले, ३० केजीमा बुद्धज्योतिका अयासजंग बखती, ३५ केजीमा मनमैजुका अनिल उप्रेती, ४० केजीमा मनमैजुका अनिश लामिछाने तथा एकल कातामा लिबर्टीका उदित श्रेष्ठले स्वर्ण जिते ।

महिलाको १५ केजीमा रोजमेरीकी आकृति बोगटी, २० केजीमा मनकामनाकी सुस्मिता श्रेष्ठ, २५ केजीमा मनमैजुकी मनमैजुकी दिब्या गुरुङ, ३० केजीमा मनमैजुकी विनिता चापागाईं, ३५ केजीमा मनमैजुकी जिया खड्गी, ४० केजीमा मनमैजुकी सविना श्रेष्ठ, ४५ केजीमा मनमैजुकी सोनी राई तथा एकल कातामा मनमैजुकी वर्षा बुढा मगर पहिलो भए ।

प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद् (राखेप) उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेन्डी शेर्पाले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा राखेपअन्तर्गत प्रचार प्रसार शाखाका प्रशासकीय अधिकृत लोकेन्द्रकुमार बस्नेतलाई कदरपत्रद्वारा आयोजकले सम्मान गरेको थियो । वादोकाइका प्रमुख प्रशिक्षक मोहन महर्जनले बस्नेतलाई कदरपत्र प्रदान गरे । एकदिने प्रतियोगितामा २ सय ५५ खेलाडीले १४ स्पर्धामा प्रतिस्पर्धा गरेको प्रतियोगिताका सह–संयोजक विजय खड्काले जनाएका छन् ।

23.12¡ÆC