अर्जेन्टिना भर्सेस चिली कसले जित्ला कोपा अमेरिकाको उपाधि ?

असार १२, २०७३ मा प्रकाशित | 1276 views

<p style="margin-bottom: 1em; text-align: justify; color: rgb(102, 102, 102); font-family: Roboto, 'Helvetica Neue', Helvetica, Arial, sans-serif; letter-spacing: 0.1px; line-height: 23.998px;">एजेन्सी,असार १२ । कोपा अमेरिका स्थापनाको सयौं वर्षगाँठका अवसरमा भइरहेको कोपा अमेरिका फुटबल उपाधिको लागि सोमवार अर्जेन्टिना र चिली &nbsp;भिड्दैछन्। फाइनल खेल अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा सोमबार बिहान नेपाली समयअनुसार ५:४५ बजे हुनेछ।&nbsp;<span style="letter-spacing: 0.1px; line-height: 23.998px;">गत वर्ष चिलीले आफ्नो घरेलु मैदानमा अर्जेन्टिनालाई पेनाल्टी सुटआउटमा पाखा लगाउँदै ऐतिहासिक जित निकालेको बदला लिदै अर्जेन्टिनालाई २३ वर्षपछि उपाधि जित्ने दाउमा मैदान उत्रदैछ । १४ पटकको उपाधि विजेता भए पनि अर्जेन्टिना १९९३ मा कोपा अमेरिकाको उपाधि जिते यता महत्वपूर्ण उपाधिविहीन रहेको छ ।&nbsp;</span></p><p style="margin-bottom: 1em; text-align: justify; color: rgb(102, 102, 102); font-family: Roboto, 'Helvetica Neue', Helvetica, Arial, sans-serif; letter-spacing: 0.1px; line-height: 23.998px;">जारी प्रतियोगितामा अर्जेन्टिनाले अमेरिकालाई तथा चिलीले कोलम्बियालाई पराजित गर्दै फाइनलमा भेट तय गरेका हुन् । अर्जेन्टिना पेनाल्टी सुटआउटमा पटक पटक अभागी रहदै आएको छ । सन् २००६ को विश्वकपमा जर्मनीसँग, २०११ को कोपामा उरुग्वेसँग पेनाल्टी सुटआउटमै पराजित भएको थियो। &nbsp;<span style="letter-spacing: 0.1px; line-height: 23.998px;">सन् २०१४ को विश्वकपको फाइनलमा पुगेको अर्जेन्टिना जर्मनीसँग अतिरिक्त समयमा पराजित भएको थियो। यो पटक अर्जेन्टिनासामु उक्त हारको बदला लिने उपयुक्त मौका मिलेको छ भने मेसीलाई अर्जेन्टिनालाई २३ वर्षपछि कोपाको उपाधि दिलाउँदै इतिहासमा नाम लेखाउने अवसर हुनेछ।</span></p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web