युरोकप: बेल्जियम क्वाटरफाइनलमा, हंगेरी घर फर्कियो

असार १३, २०७३ मा प्रकाशित | 878 views

एजेन्सी,असार १३ ।  हंगेरीमाथि शानदार जित हात पार्दै बेल्जियम युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा हंगेरीलाई ४–० ले हराएर बेल्जियमले अन्तिम ८ मा स्थान बनाएको हो । बेल्जियमको जितमा टोबी एल्डावेरल्ड, मिचु बाट्शुयी, इडन हर्जाड र यानिक काररास्कोले एक एक गोल गरे । खेलको १० औं मिनेटमा  टोबी अल्डिवेरोल्डको गोलबाट अग्रता लिएको बेल्जियमले पहिलो हाफ भने १० ले अग्रता लिएको थियो । थप गोल भने दोस्रो हाफमा गरेको हो ।

७८ औं मिनेटमा मिची बाट्सुयीले बेल्जियमको अग्रता दोब्बर पारे । त्यसको एक मिनेटपछि नै हजार्डले शानदार गोल गरे । खेलको अन्तिम मिनेटमा यानिक करासिओले गोल गर्दै बेल्जियमलाई ४९० को जित दिलाए ।

समूह एफको विजेताको रुपमा अन्तिम १६ मा आएको हंगेरी समूह इको उपविजेता बेल्जियमसँग पराजित भएर घर फर्किन बाध्य भयो ।   हंगेरीलाई हराएको बेल्जियमले भने क्वाटरफाइनलमा अब वेल्ससँग खेल्ने छ । वेल्स शनिबार भएको खेलमा नर्दन आयरल्याण्डलाई हराएर क्वाटरफाइनलमा पुगिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web