पूर्वराष्ट्रपतिको घर भाडा राष्ट्रपति कार्यालयले तिर्ने

असार ११, २०७३ मा प्रकाशित | 1088 views

काठमाडौं,असार ११ ।  राष्ट्रपति कार्यालयले पूर्व राष्ट्रपति रामवरण यादवको घरभाडा भुक्तानी गर्ने भएको छ। भाडा लिन आउन शुक्रबार घर धनीलाई खबर गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता युवराज आचार्यलाई उद्धृत गर्दै आजको नयाँ पत्रिकामा खबर छापिएको छ। राष्ट्रपति कार्यालयले घरधनी रविभक्त विष्टलाई कर कट्टा गरी कात्तिकदेखि असारसम्मको १२ लाख ३९ हजार ४ सय रूपैयाँ भुक्तानी दिन लागेको हो। ‘चेक तयार भइसकेको छ, घर धनीलाई भाडा लिन बोलाइसकेका छौ,’ आचार्यले भने, ‘सायद आइतबारसम्म आउनुहुन्छ होला।’

पूर्वराष्ट्रपति डा. यादव ललितपुर बागडोलका रविभक्त विष्टको घरमा भाडामा बस्दै आएका छन्। मन्त्रिपरिषद्को २६ चैतको बैठकले अर्को व्यवस्था नभएसम्मका लागि पूर्वराष्ट्रपति यादवले प्रयोग गर्दै आएको निवासको भाडा, विद्युत् तथा खानेपानी महसुल भुक्तानी राष्ट्रपति कार्यलयले मिलाउने निर्णय गरेको थियो। रकम अर्थ मन्त्रालयले राष्ट्रपति कार्यालयलाई निकासा दिने निर्णय मन्त्रिपरिषद्को थियो।

‘मन्त्रिपरिषद्को निर्णयअनुसार घरभाडा भुक्तानी अर्थ मन्त्रालय वा राष्ट्रपति कार्यालय कसले गर्ने भन्ने अन्योलले रकम दिन सकेका थिएनौ,’ आचार्यले भने, ‘राष्ट्रपति कार्यालयबाटै भुक्तानी गर्ने भएपछि तत्काल घरधनीलाई बोलाएका हौ।’ भाडा नपाएकाले डा. यादवलाई घरबाट हटाइदिन आदेशको माग गर्दै विष्टले ललितपुर जिल्ला अदालतमा मुद्दा हालेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web