एमाले प्रदेश कमिटीमा ‘एक व्यक्ति एक पद’

असार ११, २०७३ मा प्रकाशित | 773 views

काठमाडौं,असार ११ । सरकारको नेतृत्व गरेको दल नेकपा एमालेले प्रादेशि संरचनामा एक व्यक्ति एक पदको अवधारण अघि सारको छ । एमाले स्थायी कमिटी बैठकले प्रदेश कमिटीमा एक व्यक्ति एक पदको अवधारणा अघि सारेको हो । एकै व्यक्ति दोहोरो जिम्मेवारीमा रहने तर काम भने नगर्ने प्रवृत्ति मौलाउन थालेको निष्कर्षसहित एमालेले प्रदेश कमिटीमा कडाइका साथ यो व्यवस्था गर्न लागेको हो ।

विगतको अनुभवको आधारमा दोहोरो जिम्मेवारी नरहने गरी एमालेले केन्द्रीय विभाग र मातहतका कमिटी  वा प्रदेश कमिटीमध्ये एक रोजनुपर्ने गरी मापदण्ड बनाएको आजको राजधानी दैनिकमा समाचार छ । एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलले एक व्यक्ति एक पदको व्यवस्था हुने निर्णय नै भने नगरिको बताए । ‘जिल्ला कमिटी र अञ्चल कमिटीको हाइरारकी मिलाउन मात्रै कुनै एउटा जिम्मेवारी मात्र रहने मापदण्ड बनाइएको हो, तल्लो र माथिल्लो दुवै कमिटीमा बस्न त उपयुक्त भएन नि’, पोखरेलले भने । संविधान बामोजिम पार्टी संगठनलाई प्रादेशिक संरचनामा लैजाने निर्णय गर्दै ७ असारमा बसेको एमाले स्थायी कमिटी बैठकले सो मापदण्ड तोकेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web