२९ असार, काठमाडौं ।
नेकपा माओवादी केन्द्रले सरकारबाट अलग हुने निर्णय गरेपछि उत्पन्न राजनीतिक परिस्थितिका वारेमा छलफल र परामर्स तिव्र भएको छ ।
माओवादी केन्द्रको निर्णय पछि हिजो वसेको सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिन नहुने ठहर गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हिजो साँझ बसेको सत्तारुढ दलको बैठकपछि उपप्रधान, महिला, बालबालिका तथा समाजकल्याणमन्त्री सिपी मैनालीले संविधान कार्यान्वयनको अहिलेको समयमा माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय अप्रत्याशीत र अव्यावहारिक रहेको निष्कर्ष निकालेको बताउनुभयो ।
उहाँले गठबन्धन दलहरुसँग कुनै छलफल नै नगरी माओवादीले सरकारबाट बाहिरिने निर्णय गर्नुले मुलुकको स्थिरतामा व्यवधान ल्याउने बताउनुभयो । बैठकमा गठबन्धनमा बाँकी रहेका १५ दल मिलेर अहिलेको चुनौतीको सामाना गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।
अर्का उपप्रधान, गरिबी निवारण तथा सहकारीमन्त्री चित्रबहादुर केसीले प्रधानमन्त्रीले राजीनामा नदिने र संसदीय पद्धतिअनुरुप अघि बढ्ने निर्णय भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यसअघि संविधान बन्न नदिने, वर्तमान सरकार निर्माण हुन रोक्न खोज्ने खेलकै निरन्तरताका रुपमा अहिले सरकार परिवर्तनको खेल भएको हो ।
२९ असार, कालीकोट ।
कर्णाली राजमार्ग अन्तरर्गत कालीकोटको नाग्म देखि मुगुको गमगढी सडक पहिरोका कारण अबरुद्ध बनेको छ ।
कालीकोटको नाग्म देखि मुगुको गमगढी सडक खण्डको ९४ किलोमिटर सडकको बिभिन्न ठाउँमा पहिरो जाँदा यातायात सेवा ठप्प भएको छ ।
एक साता देखि परेको अबिरल बर्षाका कारण उक्त सडक खण्डका गोठी जिउला घुच्ची, पिना, झ्यारी, लगायतका ठाउँहरुमा पहिरो जाँदा यातायात सेवा ठप्प भएको हो ।
यातायात सेवा ठप्प भए पछि मुगुका ब्यापारी लगायत यात्रुहरु मर्कामा परेका छन् ।
गोविन्द केसी कुनै दलका झोला हैनन्
जो तिम्रो जिउमा झुण्डेर बाचुन
गोविन्द केसी कुनै दलालका झण्डा हैनन
जो तिम्रो इशारामा नाचुन
गोविन्द केसी बिक्रीमा राखिएका खेलौना हैनन
जो तिम्रा व्यापारीले खरिद गर्न सकुन
अप्रिय लोकमान,
गोविन्द केसी तिम्रा भाईभारदार पनि हैनन
जसले मेडिकल कलेज खोलेर तिम्रो खल्ती भर्न सकुन ।
प्रिय जनता
गोविन्द केसी तिम्रा भ्रष्ट नेता हैनन
जो चुनाव चुनावमा भोट माग्न आउनेछ्न ,
गोविन्द केसी बिरामी जाजरकोटे दाईका आशा हुन
जसले बाचेर भोको परिवार पाल्नु छ
गोविन्द केसी बिरामी कालीकोटे भाइका भरोसा हुन
जसले बाचेर भविष्यको सरकार समाल्नु छ ,
केहि थान शासकहरु,
आतिएर डराएर बेहोसीमा आफ्नै अन्त्यका दिन गन्दैछन
अनि थर-थर काप्दै भन्दैछन ,
"डाक्टर गोविन्द केसी पागल हुन उपचार गर"
हो डाक्टर गोविन्द केसी बहुलाए ,
गुजरात र हाइटिमा भूकम्प जादा ,
बर्मामा तुफान आउदा अनि जाजरकोटमा महामारी छाउदा
मानवताको शोकमा परोपकारको भोकमा
हरेक पटक डाक्टर गोविन्द केसी पागल भए,
शासकहरु, घरघर बाट गोविन्द केसि निस्कदै छ
पागल भन्छौ कतिलाई ?
तिम्रो अन्त्य निकट छ सति लान्छौ कतिलाई ?
लोकतन्त्र ठमेलको मसाज सेन्टर हैन संसदहरु
जहा तिम्रो मनलागी कालोधन्दा चलोस
लोकतन्त्र तिम्रो निजि घर पनि हैन
जहा तिम्रो मनलागी भागभण्डा चलोस
भोलि जनताको मत चाहिन सक्छ
निदाएको जनता उठे नपाइन सक्छ
त्यसैले उठ ! उभिएर हेर ! संसद जस्तो बनेर हेर
डा गोविन्द केसिको अगाडी सगरमाथा होचो लाग्ला
तिम्रो निर्लज्ज नग्न नाकको गौरवगाथा थेप्चो लाग्ला
अ'प्रिय' नेपाल सरकार ,
तिम्रो जहाज ढल्न सक्छ
बालुवाटार बन्दरगाह जल्न सक्छ
तर गोविन्द केसिहरु ढल्नेछैनन
तर गोविन्द केसिहरु गल्नेछैनन ।।
-सुरज दाहाल , २५/0३/२०७३।
२९ असार, काठमाडौं ।
संसदको तेस्रो पार्टी नेकपा माओवादी केन्द्र केपी ओली नेतृत्वको गठबन्धन सरकारमा ९ महिना बिताएर मंगलबार बाहिरिएको छ । सम्भावित सत्ता समिकरणमा कुनै ठूलो चलखेल नभए केही दिनभित्रै हालको प्रमुख सत्तारुढ घटक नेकपा एमाले प्रतिपक्षमा पुग्नेछ । माओवादी केन्द्र र नेपाली कांग्रेसबीचको समीकरणले नयाँ सरकारको नेतृत्व गर्ने भएसँगै यसको असर राजनीतिक वृतमा मात्र नभई आर्थिक वृतमा समेत पर्ने देखिएको छ ।
वैशाखको तेस्रो हप्तादेखि सत्ता परिवर्तनको खेल जति चहकिलो बनेको छ, आर्थिक विकासका मुद्दा सोही अनुपातमा ओझेल पर्दैछन् । आजको कारोबार दैनिकमा समाचार छ । संविधान जारी भएपछि व्यवस्थित भएको भनिएको राजनीतिक संक्रमण पुनः फैलिएको छ । यही संक्रमणले मुलुकको अथएतन्त्र धरासायी बनाइसक्दा पनि दलहरु आर्थिक मुद्दामा केन्द्रित देखिएका छैनन् ।
स्थायी सरकारमार्फत योजना बजेट तथा नीति कार्यक्रम कार्यान्वयनमा पार्टीहरु उदासीन बन्दैछन् । एउटा सरकारले पूर्ण कार्यकाल रहन नदिने, अघिल्ला सरकारले अघि सारेका आर्थिक विकासका एजेन्डलाई पछिल्लो सरकारले ग्रहरण नर्गे र अर्थतनत्रलाई पार्टीभित्रको गुट अनुकुल बनाउने रस्साकस्सीबीच नयाँ सरकार गठनको कसरत हुँदै आएको छ ।
२९ असार,काठमाडौं ।
निर्माणको अन्तिम चरणमा भूकम्पले क्षति पुर्याएपछि रोकिएको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत आयोजनाको भविश्य अन्योलमा परेको छ । आयोजनास्थलसम्म पुग्ने सडक मर्मत नहुँदा ६० मेगावातटको त्रिशुली ए तत्काल पूरा नहुने देखिएइको छ । पटकपटक थप गरिएको म्याद अनुसार माथिल्लो त्रिशुली थ्री एले सन् २०१६ जुन ३० (असार १६) मा विद्युत उत्पादन सुरु गर्नुपर्ने सम्झौता भए पनि यो लक्ष्य पूरा हुन नसकेको आजको कारोबार दैनिकमा समाचार छ ।
विद्युत उत्पादनगृह सिम्लेबात बाँधस्थलसम्म पुग्ने पाँच किलोमिटर सडकमार्ग सुचारु नहुँदा १० अर्ब रुपैयाँ भन्दा बी लगानी भएको आयोजनाको भविक्ष्य जोखिममा परेको छ । पहुँचमार्ग अवरोधसँगै ड्यामको दायाँतर्फको पहिरो र सुरुङमार्गको प्रवेश बन्दुमा आएको पहिरोले आयोजना निर्माण अबरोध र्सजना गरिरहेको छ ।
२९ असार, काठमाडौं ।
नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि नेपाली कांग्रेसभित्र सरकारको नेतृत्व आफूले लिनुपर्छ भन्ने बहस सुरु भएको छ । यसका लागि ठोस निर्णय गर्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको कांग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीले बताए ।‘सरकारबाट माओवादी बहिरगमनपछि वर्तमान सरकार रंसदमा अल्पमतमा परेको छ’, केसीले भने, यस अवस्थामा कांग्रेस र माओवादीकै बीचमा सहमति भएर नयाँ सरकार बन्ने हो । उनले बहुमता रहेको सरकार अल्पमतमा परेपछि स्वतः अपदस्थ हुने संसदीय परम्परा रहेको उल्लेख गरे ।
यस अवस्थामा सबैभन्दा ठूलो दल कांग्रेसले सरकारको नेतृत्व गर्नु स्वभाविक हुने उनले बताएका छन् । कांग्रेस ठूलो दल हो, नेतृत्वको दाबी स्वभाविक रुपमा गर्छ तर अहिलेको वस्तुस्थितिलाई हेरेर हामी वैकल्पिक नेतृत्व पनि स्वीकार गर्न सक्छौं, नेता केसीले भने । आजको गोरखापत्र दैनिकमा खबर छ ।
२९ असार, काठमाडौं ।
आगामी सरकारले स्थायित्व प्राप्त गरोस् भन्ने मनसायसहित जारी संविधानमै त्यससम्बन्धी व्यवस्था गरिए पनि नयाँ संविधानपछिको पहिलो सरकार नै छोटो अवधिमै ढल्ने अवस्था आयो। सुधारिएको संसदीय व्यवस्था भनिने अहिलेका शासन प्रणालीमा सरकारले स्थायित्व प्राप्त गरोस् भनेरै प्रधानमन्त्रीविरुद्ध ६ महिनासम्म अविश्वास प्रस्ताव लैजान नपाइने संवैधानिक व्यवस्था छ। सहकार्य र गठबन्धनको संस्कारै कमजोर रहेको देशमा नयाँ सुंविधानपछि पनि किन अस्थिरताले निरन्तरता पायो त? ‘प्रधानमन्त्री केपी शर्मा ओलीको अहंकार र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको अस्थिर चरित्रले,’ राजनीतिक विशेषक भन्छन्,‘गठबन्धनका प्रमुख दुई नेताकै चरित्र टकराबले दुई दलबीच सत्ता सहकार्यनिम्ति भएको गठबन्धन ९ महिनामै टुटेको हो।’
सरकारको नेतृत्व गर्दै आएको नेकपा एमालेले सहमति र समझदारी कार्यान्वयन नगरेको भन्दै एमाओवादीले मंगबार आफ्नो समर्थन फिर्ता लिँदै केपी नेतृत्वको सरकारबाट बाहिरिने निर्णय लिएको नागरिक दैनिकमा समाचार छ। गठबन्धन बनाउँदा लिइएको दुबै दलबीच दीर्घकालमा पार्टी एकतासम्म हुने रणनीतिक साझेदारी पनि अल्पकालमै भंग हुन पुगेको छ। सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रको बढी चासो रहेको शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न प्रधानमन्त्री ओलीले गम्भीर नहुँदा दुई नेताबीच अविश्वास बढेको थियो।
२९ असार, काठमाडौं ।
भूकम्प अति प्रभावित उपत्यका बाहिरका ११ जिल्लामा विस्तृत घरधुरी सर्वेक्षण सम्पन्न भइ ५ लाख ३३ हजार ४ सय ५४ घरधनीहरु अनुदान पाउने छनौट सूचीमा परेका छन् ।
अनुदान पाउने सूचीमा परेका घरधनीसँग अनुदान सम्झौता गर्ने र पहिलो किस्ताको अनुदान रकम उपलब्ध गराउने क्रम जारी रहेको छ ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अनुसार २०७३ साल असार २२ गते बेलुकासम्म २ लाख २३ हजार ८ सय ३० घरधनीसँग अनुदान सम्झौता भइसकेको छ । अनुदान सम्झौता गरेका २४ हजार ४ सय २८ घरधनीको बैंक खातामा पहिलो किस्ताको अनुदान ५० हजार रुपैया जम्मा भइसकेको छ ।
बैंकिङ प्रणालीमार्फत घरधनीलाई अनुदान रकम उपलब्ध गराउन २०७३ साल जेठ १४ गते राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र नेपाल बैंकर्स एशोसियसन, डेभलपमेन्ट बैंकर्स एशोसियसन तथा फाइनान्सियल इन्स्टिच्यूसन एशोसियसनबीच समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।जसअनुसार प्राधिकरण र ५९ वटा बैंकबीच छुट्टा९छुट्टै सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
जिल्लाहरुमा रहेका सबै बैंक तथा वित्तीय संस्थाहरुलाई सबै गाविस र नगरपालिका समेटने गरी साथै कार्य विभाजन गरी केन्द्रमा आएको विवरणलाई सम्बन्धीत बैंकको केन्द्रीय कार्यालय र बैंकका स्थानीय शाखामा सम्बन्धित घरधनीको भौतिक उपस्थित विना नै एकमुष्ट रुपमा खाता खोल्ने व्यवस्था मिलाइएको छ ।
प्राधिकरणको कार्यकारी समितिको २०७३ साल असार १७ गतेको बैठकले अनुदान सम्झौता पत्रमा उल्लिखित घरधनीको नाम, नामेसी, तीनपुस्ते र युनिक आइडीलाई संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईले जिल्लामा उपलब्ध गराएको नाम, नामेसी, तीनपुस्ते र युनिक आइडीसँग भिडान गर्दा सामान्य त्रुटी भएमा अनुदान सम्झौता पत्रमा उल्लिखित विवरणलाई आधिकारिक मान्ने निर्णय गरी सम्बन्धीत पक्षलाई जानकारी गराइसकिएको छ ।
अनुदान प्राप्त गर्ने घरधनीको नाम सम्बन्धमा कहि कतै अन्योल वा द्विविधा उत्पन्न भएमा सम्बन्धित गाविस वा नगरपालिका वा जिल्ला विकास समितिमा सम्पर्क गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलीयाले विज्ञप्ती मार्फत अनुरोध गर्नु भएको छ ।
भूकम्पबाट क्षति पुगेका घर पुनर्निर्माणका लागि अनुदान पाउने छनौट सूचीमा परेका मध्ये २ लाख २४ हजार ८ सय ३४ घरधनीसँग अनुदान सम्झौता सम्पन्न भएको छ ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाईका अनुसार असार २५ गतेसम्म अनुदान सम्झौता गरेका घरधनीको विवरण देहायबमोजिम छ
अनुदान सम्झौता गर्ने घरधनीको संख्यामध्ये गोरखामा ४५१७७, रामेछाप,४०४५१, सिन्धुपाल्चोकमा३९४५१,धादिङमा२१३४२,नुवाकोटमा२१२१६,दोलखामा२११४१,ओखलढुंगामा १७३४२,काभ्रेमा १३१९७,रसुवामा २०७७, सिन्धुलीमा २०००,मकवानपुरमा १४८० गरी जम्मा घरधनीहरुको संख्या २ लाख २४हजार ८सय ७४ पुगेको प्रधिकरणले जनाएको छ ।
अनुदान सम्झौता भएकामध्ये २५ हजार ८ सय ५३ घरधनीको पहिलो किस्ताको अनुदान रकम बैंक खातामा जम्मा भैसकेको छ । केन्द्रीय आयोजना कार्यान्वयन इकाईका अनुसार गोरखामा १० हजार ५ सय ९८, रामेछापमा ११ सय ४, सिन्धुपाल्चोकमा १७ सय ८०, धादिङमा १हजार ९७, दोलखामा ८ हजार ८ सय १४ जनाको अनुदान रकम बैंक खातामा जम्मा भएको छ । यस्तै ओखलढुंगामा ५ सय ५७, रसुवामा ७ सय ५ र सिन्धुलीमा ११ सय ७८ घरधनीको बैंक खातामा रकम जम्मा भएको छ ।
२९ असार, लण्डन ।
नेपाली राष्ट्रिय क्रिकेट टिम सोमबार नेपाली समय अनुसार राती करीब ९ बजे ईङ्गल्याण्डको राजधानी लन्डन आइपुगेको छ ।
नेपालले जुलाई महिनाको १९ तारिखमा लण्डन स्थित लर्डस क्रिकेट मैदानमा मार्लेबोर्न क्रिकेट क्लब एम सी सी संग मैत्रीपूर्ण खेल खेल्ने छ ।
बेलायत र नेपालबिच कुटनीतिक सम्बन्ध स्थापना भएको दुई सय वर्ष पुगेको अवसरमा यो खेल हुन लागेको हो ।
नेपाली टिमको कप्तान पारस खड्का सहित १५ जना खेलाडी, प्रशिक्षक जगत टमाटा र केहि पदाधिकारी लण्डन पुगेको क्रिकेट संघ नेपाल क्यानले जनाएको छ ।
लण्डन आइपुगे लगत्तै कप्तान खड्काले लर्डस् मैदानमा खेल्न पाउनु निकै ठूलो अवसर रहको र फेरी नेपाली क्रिकेटलाई विश्व सामु चिनाउन आत्मविश्वासका साथ खेल्ने बताउनुभयो ।
नेपालले एम सी सी संग खेल्नु अघि स्थानिय क्लबहरु संग एक दिवशिय र टि २० का खेलहरु खेल्ने कार्यक्रम रहेको छ ।
नेपालले मंगलबार देखि नै ओसटर्ली स्थित जिमखाना क्रिकेट क्लबको मैदानमा अभ्यास थाल्ने छ ।
जुलाई १३ तारिखमा नेपालले फ्रि फरेस्टर क्लब संग ४० ओभरको खेल खेल्ने छ भने जुलाई १४ तारीखमा जिमखाना क्रिकेट क्लब संग टि २० खेल्ने छ ।
नेपालले जुलाई १५ तारीखमा स्ट्यान मोर क्रिकेट क्लब संग ५० ओभरको खेल खेल्ने छ भने जुलाई १७ तारीखमा ईस्टबोर्न क्रिकेट क्लब संग ५० ओभरको खेल खेल्ने छ ।
यी अभ्यास खेल पछि नेपालले लर्डस् क्रिकेट मैदानमा मार्लेबोर्न क्रिकेट क्लब संग जुलाई १९ मा मैत्रीपूर्ण खेल खेल्ने छ ।
१० दिनेको लण्डन बसाई पछि नेपाली क्रिकेट टिम २१ तारीखमा नेपाल फर्कने कार्यक्रम रहेको छ ।
२९ असार, एजेन्सी ।
युरो कप फुटबल प्रतियोगिताको उपाधि सहित देश फर्केको पर्चुगल टिमलाई त्यहाँ भव्य स्वागत गरिएको छ ।
राजधानी लिजबन स्थित अन्तराष्ट्रिय विमान स्थलमा पर्चुगलका राष्ट्रपति मार्सेले रीबेलो डि सौसा सहित सरकारी टोली नै पुगेर प्रशिक्षक सानतोस र कप्तान क्रिस्चीयानो रोनाल्डो सहितको टोलीलाई भव्य स्वागत गरिएको थियो ।
युरो कप फाईनलमा आयोजक फ्रान्सलाई १/० गोल अन्तरले पराजित गरेर देश फर्किएको टोलीलाई विमान स्थल बाहिर हजारौँको संख्यामा उपस्थित सर्वसाधारणले कर्तल ध्वनीले स्वागत गरेका थिए ।
त्यस पछि गराईएको नगर परिक्रमामा सडक ओरपर उपस्थित भिँडले हाम्रा खेलाडी हाम्रा राजा हुन भन्ने नारा लगाएका थिए ।
२९ असार, रौतहट ।
उपभोक्ता ठगि गरेको आरोपमा जिल्ला प्रशासन कार्यालय रौतहट, गुणस्तर तथा नाप तौल क्षेत्रिय कार्यालय वीरगंजबाट खटिएको टोलीले रौतहटको बंकुलमा रहेको प्रविण आयल स्टोर्स र ओम आयल टे«ड कन्सर्नमा छापामारी गरी शिल गरेको छ ।
संयुक्त टोलीले चेकजांच गर्दा प्रविण आयल स्टोर्समा प्रति १० लिटर डिजलमा ४० मिलि लिटर घटी पाईएको तथा एउटा मेसिन म्चथ भएको र ओम आयल टे«ड कन्सर्समा प्रति १० लिटर पेट्रोलमा ६० मिलि लिटर घटी पाईएकोले पेट्रोल तथा डिजल समेत दुबै पम्पमा शिलबन्दी गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
नेपालमा राजनीतीक परिवर्तन (वा नढाँटेर भन्नु पर्दा राजनीतीक अस्थिरता र संक्रमण) को अर्को शृङ्खला सुरु भएको छ। गत दस बर्षमा औसतमा ११ महिना पनि एउटा सरकार नटिके पछी देश बिकास कहाँ बाट हुने?
प्रचण्डले "सहमती सहमती" भनेर रटान दिदा उनी साँच्चिकै सहमतीका पक्षमा रहेको र बहुमतको सरकार बन्ने भए सरकार ढाल्ने खेलमा नलाग्ने जस्तो देखिएको थियो । तर क्रान्तीकारी हौं भनेर गौरब गर्ने माओबादीहरु झन सत्ता लोभी जस्तो देखिए। प्रचण्डलाई प्रधान मंत्री पदको लोभले "एउटा बहुमतको सरकार अर्को बहुमतले ढाल्ने" तिर पछ्याइ छोड्यो ।
केही महीनामा प्रचण्ड पछी शेर बहादुर देउबा प्रधान मंत्री हुने भित्री सहमती बनेको छ भनिएको छ। यसो हो भने हरेक ६-६ महीनामा प्रधान मंत्री, मंत्री, पिए, राजनीतीक नियुक्ती, सल्लाहकार आदी इत्यादी र गर्दा गर्दा परियोजनाका बिस्तृत लागत र बनाउने कम्पनी र ठेकेदार समेत फेरिने छन । नेपालले ६-६ महीनामा धेरै क्षेत्रमा बिज्ञ जन्माउने भयो । राजनीतीक पद र नियुक्तीमा सबैको पालो पुग्ने भयो भने बिचरा देशको बिकास सधै ओझेलमा पर्ने भयो। अंग्रेजीमा "Who Cares?" भने झै ।
प्रचण्ड वा शेर बहादुर देउबाले बहुमतको सरकार त बनाउलान तर तितो सत्य के हो भने देशका तीन ठूला पार्टी (कांग्रेस, एमाले र माओबादे केन्द्र) र मदेस-केन्दृत दलहरु एक ठाँउमा नआए न त संबिधानको कार्यान्वयन हुने देखिन्छ न चुनाब सफलतापूर्बक सम्पन्न हुने । संबिधानमा संसोधन गर्न दुइ-तिहाई चाहिन्छ भने चुनाब गराउन मदेसमा शान्ती र स्थिरता।
बाहिर अरु देशमा नयाँ सरकार बन्दा पहिला एजेण्डामा सहमती हुन्छ भने त्यस पछी सरकारको बनोट र भागबण्डामा । तर नेपालमा ठीक उल्टो, यानेकी "लुकेर भित्री सहमती गर्ने, सरकार ढाल्ने, अनि त्यस पछी जे हुन्छ देखा जाएगा" ।
तर राष्ट्रीय सहमतीका लागी समय अझै बाँकी छ। माओबादीले वली सरकारलाई दिएको समर्थन झिकेको र कांग्रेसले संस्थागत रुपमा प्रचण्डलाई प्रधान मंत्री बनाउने निर्णय नगरिसकेको परिप्रेक्षमा वलीले कांग्रेस ठूलो पार्टी भएका हैसियतले देउबालाई सहमतीको सरकारको नेतृत्वका लागी समर्थन गर्दा के होला? एमालेमा यस्तो निर्णय गर्ने आँट आउन सक्ला?
कांग्रेसले राष्ट्रीय स्वार्थ र स्थायित्वका लागी एमाले र माओबादीलाई आपसमा भिडाउन भन्दा दुबैलाई सहमतीमा ल्याउने प्रयास गरे के होला ? कांग्रेसको केन्द्रीय समीतीमा यस्तो मत राख्ने कोही देखा पर्लान ?