गोविन्द केसी कुनै दलका झोला हैनन्

जो तिम्रो जिउमा झुण्डेर बाचुन

गोविन्द केसी कुनै दलालका झण्डा हैनन

जो तिम्रो इशारामा नाचुन

गोविन्द केसी बिक्रीमा राखिएका खेलौना हैनन

जो तिम्रा व्यापारीले खरिद गर्न सकुन

अप्रिय लोकमान,

गोविन्द केसी तिम्रा भाईभारदार पनि हैनन

जसले मेडिकल कलेज खोलेर तिम्रो खल्ती भर्न सकुन ।

प्रिय जनता

गोविन्द केसी तिम्रा भ्रष्ट नेता हैनन

जो चुनाव चुनावमा भोट माग्न आउनेछ्न ,

गोविन्द केसी बिरामी जाजरकोटे दाईका आशा हुन

जसले बाचेर भोको परिवार पाल्नु छ

गोविन्द केसी बिरामी कालीकोटे भाइका भरोसा हुन

जसले बाचेर भविष्यको सरकार समाल्नु छ ,

केहि थान शासकहरु,

आतिएर डराएर बेहोसीमा आफ्नै अन्त्यका दिन गन्दैछन

अनि थर-थर काप्दै भन्दैछन ,

"डाक्टर गोविन्द केसी पागल हुन उपचार गर"

हो डाक्टर गोविन्द केसी बहुलाए ,

गुजरात र हाइटिमा भूकम्प जादा ,

बर्मामा तुफान आउदा अनि जाजरकोटमा महामारी छाउदा

मानवताको शोकमा परोपकारको भोकमा

हरेक पटक डाक्टर गोविन्द केसी पागल भए,

शासकहरु, घरघर बाट गोविन्द केसि निस्कदै छ

पागल भन्छौ कतिलाई ?

तिम्रो अन्त्य निकट छ सति लान्छौ कतिलाई ?

लोकतन्त्र ठमेलको मसाज सेन्टर हैन संसदहरु

जहा तिम्रो मनलागी कालोधन्दा चलोस

लोकतन्त्र तिम्रो निजि घर पनि हैन

जहा तिम्रो मनलागी भागभण्डा चलोस

भोलि जनताको मत चाहिन सक्छ

निदाएको जनता उठे नपाइन सक्छ

त्यसैले उठ ! उभिएर हेर ! संसद जस्तो बनेर हेर

डा गोविन्द केसिको अगाडी सगरमाथा होचो लाग्ला

तिम्रो निर्लज्ज नग्न नाकको गौरवगाथा थेप्चो लाग्ला

अ'प्रिय' नेपाल सरकार ,

तिम्रो जहाज ढल्न सक्छ

बालुवाटार बन्दरगाह जल्न सक्छ

तर गोविन्द केसिहरु ढल्नेछैनन

तर गोविन्द केसिहरु गल्नेछैनन ।।

-सुरज दाहाल , २५/0३/२०७३।

23.08¡ÆC