ईङ्गल्याण्डसँग क्रिकेट खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली लण्डनमा

असार २८, २०७३ मा प्रकाशित | 882 views

२९ असार, लण्डन ।
नेपाली राष्ट्रिय क्रिकेट टिम सोमबार नेपाली समय अनुसार राती करीब ९ बजे ईङ्गल्याण्डको राजधानी लन्डन आइपुगेको छ ।

नेपालले जुलाई महिनाको १९ तारिखमा लण्डन स्थित लर्डस क्रिकेट मैदानमा मार्लेबोर्न क्रिकेट क्लब एम सी सी संग मैत्रीपूर्ण खेल खेल्ने छ ।

बेलायत र नेपालबिच कुटनीतिक सम्बन्ध स्थापना भएको दुई सय वर्ष पुगेको अवसरमा यो खेल हुन लागेको हो ।

नेपाली टिमको कप्तान पारस खड्का सहित १५ जना खेलाडी, प्रशिक्षक जगत टमाटा र केहि पदाधिकारी लण्डन पुगेको क्रिकेट संघ नेपाल क्यानले जनाएको छ ।

लण्डन आइपुगे लगत्तै कप्तान खड्काले लर्डस् मैदानमा खेल्न पाउनु निकै ठूलो अवसर रहको र फेरी नेपाली क्रिकेटलाई विश्व सामु चिनाउन आत्मविश्वासका साथ खेल्ने बताउनुभयो ।

नेपालले एम सी सी संग खेल्नु अघि स्थानिय क्लबहरु संग एक दिवशिय र टि २० का खेलहरु खेल्ने कार्यक्रम रहेको छ ।

नेपालले मंगलबार देखि नै ओसटर्ली स्थित जिमखाना क्रिकेट क्लबको मैदानमा अभ्यास थाल्ने छ ।

जुलाई १३ तारिखमा नेपालले फ्रि फरेस्टर क्लब संग ४० ओभरको खेल खेल्ने छ भने जुलाई १४ तारीखमा जिमखाना क्रिकेट क्लब संग टि २० खेल्ने छ ।

नेपालले जुलाई १५ तारीखमा स्ट्यान मोर क्रिकेट क्लब संग ५० ओभरको खेल खेल्ने छ भने जुलाई १७ तारीखमा ईस्टबोर्न क्रिकेट क्लब संग ५० ओभरको खेल खेल्ने छ ।

यी अभ्यास खेल पछि नेपालले लर्डस् क्रिकेट मैदानमा मार्लेबोर्न क्रिकेट क्लब संग जुलाई १९ मा मैत्रीपूर्ण खेल खेल्ने छ ।

१० दिनेको लण्डन बसाई पछि नेपाली क्रिकेट टिम २१ तारीखमा नेपाल फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web