Adikavi Bhanubhakta remembered

The Bhanu Foundation has organized a programme at Nepal Academy today in commemoration of the contribution made by the first poet of Nepal- Bhanubhakta Acharya – to the development of Nepali language.

During the event held to mark Bhanubhakta's 203rd birth anniversary, various scholars, artistes and authorities, including the Chief of Army Staff Rajendra Chhetri, garlanded and offered flowers at the statue of the Adikavi Bhanubhakta on the premises of the Academy.

Also, Prof Dr Basudev Tripathi and film director Yadav Kharel were honoured in recognition of their contribution to Nepali language and literature.

The Chancellor of Nepal Academy Ganga Prasad Uprety discussed on the contributions made by Bhanubhakta, one of the luminaries of Nepal.

सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता,अविश्वास प्रस्तावमा कुन–कुन दल ?

काठमाडौं,असार २९ । व्यवस्थापिका–संसद सचिवालयमा सरकारको विरोधमा दर्ता बुधबार भएको अविश्वासको प्रस्ताव परिपक्व हुन संसद नियमावलीअनुसार एक साता लाग्नेछ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा आफूहरुको विश्वास नरहेको भन्दै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा संयुक्तले अविश्वासको प्रस्ताव दर्ता गराएपछि सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले सो जानकारी दिएका हुन् ।

उनले नियम १६० को प्रयोग गर्ने सन्दर्भमा सभामुखले आफ्नो तजबिजीमा सो प्रस्तावलाई एक साताभित्र छलफलको प्रक्रिया अघि बढाउनसक्ने बताए । सो नियम सभामुखले निलम्बन गरेमा एकसाता नपुग्दै पनि प्रस्तावमा संसदमा छलफल अघि बढ्न सक्नेछ । अविश्वास प्रस्ताव पारित भएमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ । बुधबार बिहान ११ बजेका लागि तोकिएको र ३ बजेसम्मको संसदको बुधबारको बैठक केहीबेरमा सुरु हुँदैछ । बुधबारको कार्यसूचीमा अविश्वासको प्रस्तावको कार्यसूची छैन ।

‘पल्सर स्पोर्टस अवार्ड’का लागि मनोनयन सार्वजनिक (सूचीसहित)

काठमाडौँ, असार २९  । नेपाल खेलकुद पत्रकार मञ्चले यस वर्षको पल्सर स्पोर्टस अवार्डका लागि मनोनयन सार्वजनिक गरेको छ । बुधबार पत्रकारसम्मेलन गर्दै मञ्चले चार विधाका लागि मनोनयन सार्वजनिक गरेको हो । अवार्डका लागि हरेक विधामा पाँचरपाँच खेलाडी मनोनयनमा परेका छन् । मञ्चका सचिव राजु घिसिङको संयोजकत्वमा गठित सात जनाको समितिले २०७२ सालभरी विभिन्न खेलमा उत्कृष्ट प्रदर्शन गर्ने र देशलाई सफलता दिलाउने खेलाडीलाई अवार्डका लागि योग्य ठहर गर्दै मनोनयन गरेको बताएको छ । जसअन्तर्गत वर्षका उत्कृष्ट पुरुष खेलाडीमा फुटबलका नवयुग श्रेष्ठ र विकेश कुथू, भारोत्तोलनका विकास थापा, उसुका राजेश चौधरी तथा तेक्वान्दोका वीरबहादुर महरा छन् ।

त्यस्तै उत्कृष्ट महिला खेलाडीतर्फ जुडोकी फुपू ल्होमु खत्री, उसुकी निमा घर्तीमगर, पौडीकी गौरिका सिंह, ट्रायथलनकी रोजा केसी र तेक्वान्दोकी रेजिना कार्की रहेका छन् । त्यसैगरी क्रिकेटका सन्दीप लामिछाने, फुटबलका अन्जन विष्ट, पौडीकी गौरिका सिंह, जुडोकी मनिता श्रेष्ठ प्रधान, उसुकी निमा घर्ती मगर उत्कृष्ट युवा खेलाडीका लागि मनोयनमा परेका छन् । साथै वर्षको उत्कृष्ट प्रशिक्षकमा फुटबलका बालगोपाल महर्जन र राजुकाजी शाक्य, क्रिकेटका जगत टमाटा, उसुका प्रकाश महर्जन र जुडोका दलबहादुर गुरुङ छनोट हुन सफल भए ।

यी बाहेक अन्य चार विधामा गरी यो वर्ष जम्मा आठ विधामा पुरस्कार दिइनेछ । पिपुल्स च्वाइस अवार्डका लागि यसअघि नै पाँच खेलाडी मनोनयनमा परिसकेका थिए । एसएमएस मतका आधारमा हुने यस विधामा फुटबलका नवयुग श्रेष्ठ, क्रिकेटका सन्दीप लामिछाने, भलिबलकी प्रतिभा माली, टेबलटेनिसकी नविता श्रेष्ठ र भारोत्तोलनकी तारादेवी पुन मनोनयनमा परिसकेका छन् । अन्य विधामा उत्कृष्ट पाराएथलेटिक, स्पेसल अवार्ड र लाइभ टाइम अचिभमेन्ट अवार्ड छन् । यी तीन विधामा अवार्ड प्रदान गरिने दिन नै निर्णय गरिने छ । विभिन्न विधाका मनोनयनमा परेका मध्ये फुटबलका नवयुग, क्रिकेटका सन्दीप र उसुकी निमा दुई विधामा समावेश छन् ।

यीमध्ये वर्षका सर्वोत्कृष्ट पुरुष, महिला र पिपुल्स च्वाइस विधाका एक-एक खेलाडीले जनही पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् भने अन्यले जनही ५० हजार रुपैयाँ पाउने छन् । अवार्ड आगामी साउन ६ गते नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा प्रदान गरिने कार्यक्रम छ ।

पल्सर स्पोर्ट्स अवार्ड २०७२

मनोनयनमा परेका ५ खेलाडी/ प्रशिक्षक

बर्ष २०७२ का उत्कृष्ट पुरुष खेलाडी

नवयुग श्रेष्ठ, फुटबल

—बंगबन्धु गोल्डकपमा च्याम्पियन । सर्बोत्कृष्ट खेलाडी । सर्बाधिक ४ गोल । माल्दिभ्सविरुद्ध ह्याट्रिक । राष्ट्रिय टिमबाट ह्याट्रिक गर्ने पाचौं खेलाडी ।

—१२ औं सागमा स्वर्णपदक । सर्बाधिक ७ गोल । दुई ह्याट्रिक । दक्षिण एसियाली खेलकुदमा ह्याट्रिक गर्ने दोस्रो नेपाली

—भारतस“गको मैत्रीपूर्ण खेलबाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू

—राष्ट्रिय लिगमा त्रिभुवन आर्मी क्लबस“गै उपविजेता । सर्बाधिक १४ गोल । दुई ह्याट्रिक । उत्कृष्ट फरवार्ड

—झापा गोल्डकप र मदन भण्डारी गोलडकपमा च्याम्पियन । दुवैमा बेस्ट फरवार्ड

—सुमन भोम्जन स्मृति कप, हेटौंडा र पोखरा कपमा उपविजेता

विकास थापा, भारोत्तोलन

—१२ औं सागमा रजत

—६ खेलाडी सहभागि ६२ केजी स्पर्धामा स्न्याचतर्फ १ सय १२ केजी र क्लिन एन्ड जर्कमा १ सय ३० गरी कुल २ सय ४२ केजीसहित कुल २ सय ४२ केजी उठाएको । करिअरकै सबभन्दा राम्रो प्रदर्शन ।

—स्न्याचतर्फ रोशन नकर्मी (१ सय १० केजी) को १४ बर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोडेको

—४५ औं एसियाली भारोत्तोलन च्याम्पियनसिप (फुकेट,थाइल्यान्ड) मा सहभागि

—प्रथम दक्षिण एसियाली भारोत्तोलन च्याम्पियनसिप २०६८ मा पनि रजत ।

—१७ औं एसियाली खेलकुद र ११ औं सागमा पनि सहभागि

राजेश चौधरी, उसु

—१२ औं सागमा ५६ केजीमुनिको स्पर्धामा रजत

—सान्सौमा फाइनल पुग्ने एक्लो नेपाली पुरुष खेलाडी

—सिनियरमा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता

—पहिलो चरणमा बंगलादेश र सेमिफाइनलमा श्रीलंकालीलाई हराएको । फाइनलमा भारतका रवि पांचलस“ग पराजित

—आठौं एसियन जुनियर उसु च्याम्पियनसिपमा पनि कांस्य

वीरबहादुर महरा, तेक्वान्दो

—१२ औं सागमा ६३ केजीमुनि रजत जितेको

—सेमिफाइनलमा भुटानका छिमी वाङचुकलाई १७–५ र पहिलो चरणमा श्रीलंकाली दिलन सन्जीवालाई २०–१० ले पराजित गरेपछि फाइनलमा अफगानिस्तानका अहमद अली बक्सीस“ग ९–१२ ले हारेको ।

—पहिलोपल्ट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि

—शीर्ष खेलाडलाई हराएर सागमा छनोट भएको

विकेश कुथु, फुटबल

—बंगबन्धु गोल्डकप च्याम्पियन र १२ औं सागको स्वर्णपदक विजेता यू–२३ टिमका गोलकिपर । दुवै उपाधि २३ बर्षयता नेपालको लागि पहिलो

—बंगबन्धुमा उत्कृष्ट प्रदर्शन । ५ मध्ये चार खेलमा ‘क्लिन सिट’ । प्रतियोगितामा १ गोल मात्र खाएको

—१२ औं सागमा तीन खेलमा गोलपोष्ट सम्हाल्दा ४ गोल बेहोरेको

—बंगलादेशस“गको मैत्रीपूर्ण खेलमार्फत अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू

—राष्ट्रिय लिगमा त्रिभुवन आर्मी क्लब उपविजेता हुदा सबभन्दा कम (६ गोल) बेहोरेको । लिगको १६ खेमला ११ क्लिन—सिट

—झापा गोल्डकप र मदन भण्डारी गोल्डकपमा जितेको । सुमन भोम्जन स्मृति कप (हेटौंडा) र पोखरा कपमा उपविजेता

बर्ष २०७२ का उत्कृष्ट महिला खेलाडी

फुपू ल्हामु खत्री, जुडो

—१२ औं सागको स्वर्णसहित ५ पदक ।

—दक्षिण एसियाली खेकलुदमा २१ बर्षपछि नेपाललाई जुडोमा स्वर्ण दिलाएकी । सागको जुडोमा स्वर्ण जित्ने पहिलो नेपाली महिला ।

—राउन्ड रोबिनको आधारमा भएको ६३ केजीमुनिको स्पर्धामा चारै प्रतिद्वन्द्वीलाई हराएकी

—स्वर्णको लागि निर्णायक खेलमा भारतकी सुनीबालादेवी हुइदरमलाई वोजारीको आधारमा पराजित गरेकी । त्यसअघि श्रीलंकाकी डीवाईएल विजेबद्र्धने, बंगलादेशकी डोउसुइजिङ चौधरी कान्त र पाकिस्तानकी अम्ब्रिन मसिहलाई नकआउट गरेकी

—हङकङ ओपन जुनियर जुडो च्याम्पियनसिपमा रजत । हङकङ र चीनका खेलाडीलाई पराजित गरेपछि चाइनिज ताइपेईस“ग हारेकी

–मकाउ ओपन जुनियर जुडो च्याम्पियनसिपमा कांस्य । चाइनिज ताइपेलाई पराजित गरेपछि चीनस“ग हारेकी

—हंगेरी ओपन जुडो च्याम्पियनसिपमा कांस्य । स्थानीय खेलाडीलाई हराएकी

—अल ओपन जुनियर बुडापेस्ट कपमा तीन खेलाडीलाई पराजित गर्दै स्वर्ण जितेकी

—वल्र्ड च्याम्पियनसिप र एसियन च्याम्पियनसिपमा पनि सहभागि

नीमा घर्तीमगर, उसु

—१२ औं सागमा नेपाललाई पहिलो स्वर्णपदक दिलाएकी

—थाउलोको नानछ्वान अलराउन्ड स्पर्धामा कुल १६.८९ अंक प्राप्त । नानछ्वानमा ८.४३ र नानदाओमा ८.४६ अंक

यसमा भारतकी स्वेच्छा जातव (१६.३३) ले रजत र पाकिस्तानकी मुबासरा अख्तर (१२.७०) ले कास्यपदक हात पारे ।

—पहिलोपल्ट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि । छनोट भएरपनि १७ औं एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्न नपाएकी

—११ औं राष्ट्रिय उसु प्रतियोगितामा स्वर्णपदक

गौरिका सिंह, पौडी

—१२ औं सागमा ऐहितासिक १ रजत र ३ कांस्यसहित चार पदक । व्यक्तिगत ७ सहित १० राष्ट्रिय कीर्तिमान

—कजान (रुस) मा भएको १६ औं फिना वल्र्ड च्याम्पियनसिप २ राष्ट्रिय कीर्तिमान

—दुबईमा भएको फिना एयरवेभ स्वीमिङ वल्र्डकपमा २ राष्ट्रिय कीर्तिमान

—आयरल्यान्डको डब्लिनमा भएको आइरिस ओपन स्वीमिङ च्याम्पियनसिपमा २ राष्ट्रिय कीर्तिमान ।

—२० औं राष्ट्रिय पौडीको ६ स्पर्धामा सहभागि, सबैमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण ।

—चार प्रतियोगितामा २२ राष्ट्रिय कीर्तिमान

रोजा केसी, ट्रायथलन

—१२ औं सागमा १ रजत र १ कांस्यसहित २ पदक

— पौडी ७५० मिटर, साइक्लिङ २० किमी र दौड ५ किमी १ घन्टा १६ मिनेटमा पूरा गर्दै व्यक्तिगत स्पर्धामा कांस्य

—यमकुमारी घले, हिमाल थापा र रुद्र कटुवालस“गै मिक्स रिलेमा रजत

—चौथो राष्ट्रिय ट्रायथलन प्रतियोगितामा रजत

रेजिना कार्की, तेक्वान्दो

—१२ औं सागमा ४६ केजीमुनिको स्पर्धामा रजतपदक

—पहिलो चरणमा अफगानिस्तानी रजाई खादिजालाई ३—० र सेमिफाइनलमा भुटानकी कर्मा वङ्मोलाई ११—२ ले हराएकी । फाइनलमा ८—८ को बराबरीपछि पाकिस्तानकी यासमिन खानस“ग सडनडेथमा स्वर्ण गुमाएकी

—पहिलोपल्ट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि

बर्ष २०७२ का उत्कृष्ट युवा खेलाडी

नीमा घर्तीमगर, उसु

—१२ औं सागमा नेपाललाई पहिलो स्वर्णपदक दिलाएकी

—थाउलोको नानछ्वान अलराउन्ड स्पर्धामा कुल १६.८९ अंक प्राप्त । नानछ्वानमा ८.४३ र नानदाओमा ८.४६ अंक

यसमा भारतकी स्वेच्छा जातव (१६.३३) ले रजत र पाकिस्तानकी मुबासरा अख्तर (१२.७०) ले कास्यपदक हात पारे ।

—पहिलोपल्ट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि

—छनोट भएपनि स्पर्धासमवोश नहुदा १७ औं एसियाली खेलकुदबाट बञ्चित

—११ औं राष्ट्रिय उसु प्रतियोगितामा स्वर्णपदक

गौरिका सिंह, पौडी

—१२ औं सागमा ऐहितासिक १ रजत र ३ कांस्यसहित चार पदक । व्यक्तिगत ७ सहित १० राष्ट्रिय कीर्तिमान

—कजान (रुस) मा भएको १६ औं फिना वल्र्ड च्याम्पियनसिप २ राष्ट्रिय कीर्तिमान

—दुबईमा भएको फिना एयरवेभ स्वीमिङ वल्र्डकपमा २ राष्ट्रिय कीर्तिमान

—आयरल्यान्डको डब्लिनमा भएको आइरिस ओपन स्वीमिङ च्याम्पियनसिपमा २ राष्ट्रिय कीर्तिमान ।

—२० औं राष्ट्रिय पौडीको ६ स्पर्धामा सहभागि, सबैमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण ।

—चार प्रतियोगितामा २२ राष्ट्रिय कीर्तिमान

सन्दीप लामिछाने, क्रिकेट

—बंगलादेशमा सम्पन्न आईसीसी यू १९ विश्वकपका ६ खेलमा १४ विकेट । प्रतियोगितामा सबैभन्दा बढी विकेट लिने दोस्रो खेलाडी । लिग चरणमा आयरल्याण्डस“ग ह्यााट्रिकसहित ५ विकेट । यो विश्वकपमा ह्याट्रिक गर्ने एक्लो र यू १९ विश्वकप इतिहासको पा“चौं ।

—भेरिएसनका साथ बलिङ गर्न सक्षम । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा शेर्न वार्नस“ग तुलना गरिएका ।

—सिनियर राष्ट्रिय टिमकै महत्वपूर्ण सदस्यको रुपमा स्थापित

मनीता श्रेष्ठ प्रधान, जुडो

—१२ औ सागमा ५७ केजीमुनिको स्पर्धामा रजत पदक जितेकी

—राउन्ड रोबिनको आधारमा भएका चार खेलमा तीन जित

—सिनियरमा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता

—भारतकी अनिता चनु एन्गोमस“ग ओसाइकोमीको आधारमा हारेपनि श्रीलंकाकी केएलएमपीके उलयानागेलाई इप्पोन, पाकिस्तानकी सुमइला गुल वाजारी वाजारी आवासोते इप्पोन र बंगलादेशकी सिङ्मा पिरु मर्मालाई वाजारी वाजारी आवासोते इप्पोनमा पराजित गरेकी

—छैटौं अम्बिका समृति क्याडेट एन्ड जुनियर, सीडब्लुसीएन जुडो च्याम्पियनसिपमा स्वर्ण र सर्बोत्कृष्ट खेलाडी । अरु दुईमा पनि स्वर्ण

—एसियन क्याडेट एन्ड जुनियर जुडो च्याम्पियनसिप (थाइल्यान्ड) मा सहभागि

अन्जन विष्ट, फुटबल

१८ बर्ष । हेटौंडा । नेपाल एपीएफ क्लब

—बंगबन्धु, १२ औं साग र साफ यू १९ च्याम्पियन

—बंगबन्धुको फाइनलमा बहराइन यू २३ विरुद्ध १ सहित प्रतियोगितामा २ एसिस्ट

—सागमा २ गोल । पहिलो खेलमा भुटान र सेमिफाइनलमा माल्दिभ्सविरुद्ध

—साफ यू १९ मा ३ गोल

—स्पेनको मार्बेला युनाइटेडबाट युरोपमा उमेर समूहका आमन्त्रण प्रतियोगिता खेलेको

—राष्ट्रिय लिगमा २ गोल । लिगमा एपीएफ पा“चौं

बर्ष २०७२ का उत्कृष्ट प्रशिक्ष्ँक

प्रकाश महर्जन, उसु

थाउलोका प्रशिक्ष्ँक

—१२ औं सागमा थाउलोका सात खेलाडी सहभागि सबैले पदक जिते ।

—उसुमा जितेका १ स्वर्ण १० रजत १ कांस्यमध्ये थाउलोमा १ स्वर्ण र ६ रजत

—नेपाललाई पहिलो स्वर्ण दिलाएकी नीमाकी गुरु ।

—पहिलोपल्ट अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रशिक्षक

दलबहादुर गुरुङ, जुडो

जुडोमा महिलातर्फका प्रशिक्षक

—१२ औं सागमा जुडोले जितेका नौ पदकमध्ये ६ पदक महिलाका स्पर्धामा

—जुडोमा जितेको १ स्वर्ण २ रजत र ६ कांस्यमध्ये महिला खेलाडीले १ स्वर्ण २ रजत र ३ कांस्य हात पारेको

—साग÷साफ गेम्समा नेपालले जुडोमा २१ बर्षपछि र महिलामा पहिलोपल्ट स्वर्ण

बालगोपाल महर्जन, फुटबल

—बंगबन्धु गोल्डकप च्याम्पियन, २३ बर्षपछि नेपाली राष्ट्रिय टिमलाई उपाधि

—प्रथम साफ यू १९ च्याम्पियनसिपमा नेपाललाई च्याम्पियन बनाएको

—एएफसी यू १९ च्याम्पियनसिप छनोटमा पनि नेपाली युवा टिम सम्हालेको

—हाल बंगलादेशको ‘ए’ डिभिजन क्लब ब्रदर्श युनियनको मुख्य प्रशिक्ष्ँक

राजुकाजी शाक्य, फुटबल

—१२ औं सागमा नेपाली यू २३ टिमलाई स्वर्णपदक जिताएको

—दक्षिण एसियाली खेलकुदमा २३ बर्षपछि नेपाललाई स्वर्ण

—खेलाडी र प्रशिक्ष्ँकको रुपमा साग÷साफ गेम्समा स्वर्ण जित्ने पहिलो

—राष्ट्रिय लिगमा मनाङमस्र्याङदी क्लबलाई तेस्रो बनाएको

जगत टमाटा, क्रिकेट

—आईसीसी यू १९ ग्लोबल वल्र्डकप क्वालिफाइरमा विजेता

—एसीसी यू १९ एलिटमा उपविजेता

—नेपाललाई आईसीसी यू १९ विश्वकपमा क्वाटरफाइनल पु¥याएको

—राष्ट्रिय टिमको पनि प्रशिक्ष्ँक

तेक्वान्दो टोली दक्षिण कोरिया प्रस्थान

काठमाडौं,असार २९ । दक्षिण कोरियामा हुने दशौँ विश्व तेक्वान्दो कल्चरल एक्सपोमा सहभागी हुने जाने खेलाडीलाई बुधबार बिदाई गरीएको छ । खेल जुलाई १४ देखि १९ सम्म कोरियाको मोजुमा हुनेछन् । त्रिपुरेश्वरस्थीत दशरथ रगंशालाको केन्द्रिय तेक्वान्दो हलमा आयोजित कार्यक्रममा ७ खेलाडी र एक टिम ब्यवस्थापकलाई बिदाई गरीएको छ ।

टोलीलाई तेक्वान्दो सघंका उपाध्यक्ष हरिश्वर पोख्रेल,केन्द्रिय सदस्य बद्धि घिमिरे,पारा तेक्वान्दो प्रशिक्षक कल्याण कुँवर र पशुपति तेक्वान्दो डोजाङ प्रमुख नेगीराज लामा लगायतले बिदाई गरे । टोली बिहीबार नै कोरिया प्रस्थान गरे ।  प्रतियोगितामा अनिष महर्जन,युकेन चौगुथी र बेदान्त बस्नेतले पुम्से र ग्यरोगी दुवैतर्फ प्रतिस्पर्धा गर्नेछन् ।

त्यस्तै रिक चो श्रेष्ठ,लुनिभा श्रेष्ठ,अनुस्का शिंह सुवाल र सुभम श्रृष्ठले पुम्सेमा मात्र प्रतिस्पर्धा गर्नेछन् । काठमाडौँ जिल्ला तेक्वान्दो कार्यसमितीका सचिव कुमार लामा घिसिङले टिम ब्यवस्थापकको भूमिका निर्वाह गर्नेछन् । बिदाई कार्यक्रममा तेक्वान्दो सघंका उपाध्यक्ष हरिश्वर पोख्रेलले आफ्नो लागि भन्दा देशको शान र मानका लागि खेलको स्मरण गर्दै खेलेमा सफलता हात पार्ने बताए ।

केयूलाई प्रधानमन्त्री कप राष्ट्रिय खेलकुदको उपाधि

काठमाडौं, असार २९ । काठमाडौं विश्वविद्यालय (केयू) ले प्रथम प्रधानमन्त्री कप विश्वविद्यालयस्तरीय राष्ट्रिय खेलकुदको उपाधि बुधबार जितेको छ । केयूले ४ स्वर्ण, ४ रजत र ५ कांस्य जित्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा पहिलो पटक आयोजित विश्वविद्यालय स्तरीय राष्ट्रिय खेलकुदको उपाधि जित्न सफल भयो । त्रिभूवन विश्वविद्यालय (टीयू) दोश्रो भयो । टीयूले ४ स्वर्ण, ३ रजत र १ कांस्य हात पा¥यो ।

माओवादी सरकार छाड्ने भन्दा सेयर बजार ओरालो

२९ असार, काठमाडौं ।
नेकपा माओवादी केन्द्रले वर्तमान सरकार छाड्ने निर्णय लिएको कारण मंगलबार नेपाली सेयर बजारमा उतार चढाव भइ सामान्य गिरावट भएको छ ।

माअ‍ोवादीको निर्णयलगत्तै ४८ अंकसम्म घटेको सेयर बजार सूचक 'नेप्से' बन्द हुने समयमा भने सम्हालिएर सोमवारको तुलनामा ९ अंकको मात्रै गिरावट भयो ।

दिउँसो बढेर १७ ०८ सम्म पुगेको सेयरबजार ओरालो लागेर १६५४ सम्म झरेको थियो । तर, अन्तिम समयमा कारोबारमा सुधार भइ बन्द हुने समयमा सेयर बजारमा फेरि सामान्य गिरावट आउँदा १६९३ अंकमा झरेर बजार बन्द भयो ।

मंगलवारको कारोबार सुरु हुँदा नेप्से सूचक १७०२ थियो । शेयर बजारमा सोमवार पनि २० अंकले गिरावट भएको थियो ।

मंगलबार बैंकिङ, फाइनान्स, होटल, जलविद्युत, विकास बैंक र बीमा समूहको परिसूचक सामान्य ऋणात्मक रहे भने उत्पादनमूलक र टेलिकम सूचीकृत अन्य समूह को कारेवारमा सामान्य सुधार भएको छ ।

रेल दुर्घटनामा मर्नेको संख्या २७ पुग्यो

२९ असार, एजेन्सी ।
इटालीमा दुई वटा रेल आपसमा ठोक्किँदा भएको दुर्घटनामा मेत्यु हुनेको संख्या २७ पुगेको छ ।

तटीय शहर बारलेटा र बारीको बीचमा दुई वटा रेल आपसमा ठोक्किएर भएको दुर्घटनामा धेरै घाइते भएका छन् ।

रेल जुध्दा घाइते भएकाहरुको उद्दार गरी हेलिकोप्टरबाट उपचारका लागि अस्पताल लगिएको छ ।

घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको बिबिसीले लेखेको छ । आन्द्रिया र कोराटोबाट तिव्र गतिमा आइरहेका रेल आपसमा ठोक्किएका हुन् ।

इटालीका प्रधानमन्त्री मेजियो रेन्जीले घटनाबारे छानबिन गर्न आदेश दिएका छन् ।

आज भानुजयन्ती मनाईंदै

२९ असार, काठमाडौं ।
आज २०३ औं भानुजयन्ती मनाइदै । आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती देशभर विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।

राष्ट्रिय विभूति आदिकवि आचार्यको जन्म १८७१ साल असार २९ गते तनहुँको चुँदी रम्घामा भएको थियो ।

प्रत्येक वर्षको असार २९ गतेका दिन मनाईने भानुजयन्तीमा उहाँको सम्झनामा प्रभातफेरी र ‍र्यालीको आयोजना गरिनेछ ।

नेपाली भाषा र साहित्यको क्षेत्रमा आदिकवि भानुभक्तको योगदान अतुलनीय रहेको छ ।

भानुभक्तले रामायणलाई नेपालीमा भावानुवाद गर्नुभएको थियो ।

आर्थिक वर्ष २०७३/०७४ को वार्षिक बजेट आज पारित हुने

२९ असार, काठमाडौं ।
आर्थिक वर्ष २०७३/०७४ को वार्षिक बजेट आज पारित हुने भएको छ ।

बजेटसँग सम्बन्धित तीनवटा विधेयक पारित भएपछि अर्थमन्त्री विष्णु पौडेलले पेश गरेको पूर्ण बजेट पारित हुनेछ ।

आज बिहान ११ बजे बस्ने बैठकमा बजेट पारित गर्ने कार्यतालिका रहेको संसद सचिवालयले जानकारी दिएको छ ।

त्यस्तै आजको बैठकमा थप अरु विधेयक पनि पेश हुनेछन् ।

यातना तथा अपमान विरुद्धको विधेयक पनि संसदमा पेश हुने संसद सचिवालयले जनाएको छ ।

प्रचण्ड प्रधानमन्त्री बिरुद्ध अविश्वासको मत दर्ता गराउने तयारीमा, यस्तो छ गणपुरक संख्या

२९ असार, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने बताएपछि नयाँ गठबन्धन बनाउने सहमतिमा पुगेको नेपाली कांग्रेस र माओवादी केन्द्रले अविश्वासको प्रस्ताव दर्ता गराउने तयारी गरेका छन् ।

दुई दलबीच बिहानैदेखि त्यसका विषयमा अनौपचारिक छलफल भइरहेको छ । बिहान दुई दलको आन्तरिक र सुयुक्त छलफलपछि प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने नेताहरुले बताएका छन् ।

प्रधानमन्त्री ओलीले राजीनामा नदिने एमालेले निर्णय गरिसकेको छ । संविधानको धारा २९८ को उपधारा १३ अनुसार एक चौथाई सभासदले अविश्वास्वसको प्रस्ताव पेस गरेर छलफल हुनेछ र बहुमतबाट पारित हुन्छ ।

संविधान अनुसार नै यो सरकारलाई अविश्वास प्रस्तावबाट हटाएपछि मात्रै अल्पमतमा परेको प्रमाणित गर्ने ब्यवस्था गरेको छ । अहिले व्यवस्थापिका संसदमा रहेका ३१ दलका ५ सय ९७ जना सदस्य छन् ।

माओवादीका ८२ र कांग्रेसको २ सय ७ मत गरि दुई ८९ मत पुग्छ । बहुमत पुग्न २ सय ९९ सांसद चाहिन्छ । अब जम्मा १० मत आबश्यक पर्नेछ ।

तर माओवादी एक नेताका अनुसार सरकार बाहिर रहेका दललाई मात्रै लिदा पनि ३ सय ४० भन्दा बढी मत पुगिसकेको छ ।

नयाँ सरकार बनाउने विषयमा कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

२९ असार, काठमाडौं ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ ।

माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले आज बिहान केन्द्रीय कार्यसमितिको बैठक बोलाउनु भएको हो ।

बैठक बिहान ९ बजे सिंहदरबारमा बोलाइएको छ ।

अहिलेको घटनाक्रको बारेमा छलफल गर्न र माओवादीलाई सरकार गठनको विषयमा समर्थन दिने विषयमा निर्णय लिन बैठक बोलाइएको कांग्रेस नेता डा प्रकाशशरण महतले जानकारी दिनुभयो ।

सातबुँदे सहमतिसँगै माओवादीलाई मौखिक समर्थन गरेमो कांग्रेसले आजको बैठकपछि लिखित समर्थनको पत्र दिनेछ ।

दुई दलबीचको सत्ता साझेदारीका लागि ७ बुँदे लिखित समझदारी भइसकेको छ । समझदारीमा माओवादी अध्यक्ष दाहालको नेतृत्वको सरकारलाई नौ महिनाको समय दिने र त्यस अवधीमा स्थानीय निकायको निर्वाचन गर्ने उल्लेख रहेको छ ।

त्यसपछि कांग्रेस सभापति देउवाको नेतृत्वमा सरकार बनाउने र त्यसले प्रदेश सभा तथा संघीय संसदको चुनाव गराउने भन्ने समझदारी भएको पनि बताइएको छ ।

माओवादीले समर्थन फिर्ता गर्नु देशका लागि दुर्भाग्यपूर्ण –एमाले

२९ असार, काठमाडौं ।
नेकपा 'एमाले'ले नेकपा ९माओवादी केन्द्र०द्वारा वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिई आफ्नो पार्टीका मन्त्रीलाई फिर्ता बोलाउने भनी गरेको निर्णय देशका लागि दुर्भाग्य भएको ठहर गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हिजोसाँझ बसेको पार्टीको स्थायी कमिटीको ४० औँ विशेष बैठकले संविधान कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माण र आर्थिक समृद्धिको आधारशीला निर्माण गरिरहेको अवस्थामा माओवादी केन्द्रको यस निर्णयले राजनीतिक अस्थिरता उत्पन्न गर्ने र संविधान कार्यान्वयनमा गम्भीर प्रतिकूलता उत्पन्न गर्ने जोखिम पैदा गरेको निष्कर्ष निकालेको एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताउनुभयो ।

वर्तमान सरकार बनेयता सुदृढ बनेको राष्ट्रिय स्वाधीनता, स्वाभिमान, राष्ट्रिय हितको रक्षा, आत्मनिर्भरता, सार्वभौमिक समानतामाथि आधारित नयाँ अन्तर्राष्ट्रिय सम्बन्ध र प्रधानमन्त्रीको मित्र राष्ट्र भारत र चीन भ्रमणका क्रममा भएका महत्वपूर्ण उपलब्धिलाई समेत यस्तो अस्थिरताले आँच पुग्नसक्ने सम्भावनाप्रति पार्टी गम्भीर बनेको बैठकपछि महासचिव ईश्वर पोखरेलले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।

जस्तोसुकै प्रतिकूल परिस्थितिमा पनि संविधानको रक्षा र कार्यान्वयन, राष्ट्रिय हितको संरक्षण र यसबीचमा सरकारबाट अघि बढाइएका अग्रगामी, जनपक्षीय कार्यक्रमको पक्षमा दृढतापूर्वक अघि बढ्ने एमालेले जनाएको छ ।

एमालेले स्थाायी कमिटिको बैठक आज पुःन वस्ने र आवश्यक निर्णय गर्ने एमालेले जनाएको छ ।

यसअघि हिजो नेकपा माओबादी केन्द्र बर्तमान सरकारबाट अलग हुने निर्णय गरेको छ ।

माओबादी केन्द्रले हिजो संसदीय दलको कार्यालय सिंहदरबारमा पत्रकार सम्मेलन गरि एमालेसंग गरिएको ९ बुदे लिखित सहमति र ३ बुदे भद्र सहमति कार्यान्वयन नगरको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको प्रबक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।

प्रबक्ता भुसालले हिजैदेखि मोआबादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीहरुलाई पार्टीले फिर्ता बोलाएको समेत जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री के।पी शर्मा ओलीलाई पत्र लेखि समर्थन फिर्ता लिनुभएको व्यहोरा प्रबक्ता भुसालले पढेर सुनाउनु भएको थियो ।

पत्रकार सम्मेलनमा केन्द्रका नेता एबं संसदीय मोर्चा प्रमुख कृष्ण बहादुर महराले सरकार स्वत अल्पमतमा परेकाले आफुहरु नयां राष्ट्रिय सरकार र सहमति नभए बहुमतिय सरकार निर्माण गर्न लाग्ने बताउनु भयो ।

नेकपा माओबादी केन्द्रकी प्रबक्ता पम्फा भुषालले आप्mनो पार्टीले सरकारबाट फिर्ता हुने निर्णय गरीसकेकाले अब पहिले सहमतीय सरकारका लागी पहल गरिने र त्यसो हुन नसके बहुमतियमा जाने बताउनु भएको छ ।

पार्टीले हिजो आयोजना गरेको पत्रकार सम्मेलनमा प्रबक्ता भुषालले सरकार गठन बारे कांग्रेस संग लिखीत सहमती भइसकेको बताउनु भयो ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web