५ लाख ३३ हजार ४ सय ५४ घरमुलीलाई भूकम्प पीडित अनुदान (विस्तृत विवरण)

असार २८, २०७३ मा प्रकाशित | 1006 views

२९ असार, काठमाडौं ।
भूकम्प अति प्रभावित उपत्यका बाहिरका ११ जिल्लामा विस्तृत घरधुरी सर्वेक्षण सम्पन्न भइ ५ लाख ३३ हजार ४ सय ५४ घरधनीहरु अनुदान पाउने छनौट सूचीमा परेका छन् ।

अनुदान पाउने सूचीमा परेका घरधनीसँग अनुदान सम्झौता गर्ने र पहिलो किस्ताको अनुदान रकम उपलब्ध गराउने क्रम जारी रहेको छ  ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अनुसार २०७३ साल असार २२ गते बेलुकासम्म २ लाख २३ हजार ८ सय ३० घरधनीसँग अनुदान सम्झौता भइसकेको छ । अनुदान सम्झौता गरेका २४ हजार ४ सय २८ घरधनीको बैंक खातामा पहिलो किस्ताको अनुदान  ५० हजार रुपैया जम्मा भइसकेको छ ।

बैंकिङ प्रणालीमार्फत घरधनीलाई अनुदान रकम उपलब्ध गराउन २०७३ साल जेठ १४ गते राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र नेपाल बैंकर्स एशोसियसन, डेभलपमेन्ट बैंकर्स एशोसियसन तथा फाइनान्सियल इन्स्टिच्यूसन एशोसियसनबीच समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।जसअनुसार प्राधिकरण र ५९ वटा बैंकबीच छुट्टा९छुट्टै सम्झौता पत्रमा हस्ताक्षर भएको छ  ।

जिल्लाहरुमा रहेका सबै बैंक तथा वित्तीय संस्थाहरुलाई सबै गाविस र नगरपालिका समेटने गरी साथै कार्य विभाजन गरी केन्द्रमा आएको विवरणलाई सम्बन्धीत बैंकको केन्द्रीय कार्यालय र बैंकका स्थानीय शाखामा सम्बन्धित घरधनीको भौतिक उपस्थित विना नै एकमुष्ट रुपमा खाता खोल्ने व्यवस्था मिलाइएको छ ।

प्राधिकरणको कार्यकारी समितिको २०७३ साल असार १७ गतेको बैठकले अनुदान सम्झौता पत्रमा उल्लिखित घरधनीको नाम, नामेसी, तीनपुस्ते  र युनिक आइडीलाई संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईले जिल्लामा उपलब्ध गराएको नाम, नामेसी, तीनपुस्ते र युनिक आइडीसँग भिडान गर्दा सामान्य त्रुटी भएमा अनुदान सम्झौता पत्रमा उल्लिखित विवरणलाई आधिकारिक मान्ने निर्णय गरी सम्बन्धीत पक्षलाई जानकारी गराइसकिएको छ ।

अनुदान प्राप्त गर्ने घरधनीको नाम सम्बन्धमा कहि कतै अन्योल वा द्विविधा उत्पन्न भएमा सम्बन्धित गाविस वा नगरपालिका वा जिल्ला विकास समितिमा सम्पर्क गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलीयाले  विज्ञप्ती मार्फत अनुरोध गर्नु भएको छ ।

भूकम्पबाट क्षति पुगेका घर पुनर्निर्माणका लागि अनुदान पाउने छनौट सूचीमा परेका मध्ये २ लाख २४ हजार ८ सय ३४ घरधनीसँग अनुदान सम्झौता सम्पन्न भएको छ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाईका अनुसार असार २५ गतेसम्म अनुदान सम्झौता गरेका घरधनीको विवरण देहायबमोजिम छ
अनुदान सम्झौता गर्ने घरधनीको संख्यामध्ये गोरखामा ४५१७७, रामेछाप,४०४५१, सिन्धुपाल्चोकमा३९४५१,धादिङमा२१३४२,नुवाकोटमा२१२१६,दोलखामा२११४१,ओखलढुंगामा १७३४२,काभ्रेमा १३१९७,रसुवामा २०७७, सिन्धुलीमा २०००,मकवानपुरमा १४८० गरी जम्मा घरधनीहरुको संख्या २ लाख २४हजार ८सय ७४ पुगेको प्रधिकरणले जनाएको छ ।

अनुदान सम्झौता भएकामध्ये २५ हजार ८ सय ५३ घरधनीको पहिलो किस्ताको अनुदान रकम बैंक खातामा जम्मा भैसकेको  छ । केन्द्रीय आयोजना कार्यान्वयन इकाईका अनुसार गोरखामा १० हजार ५ सय ९८, रामेछापमा ११ सय ४, सिन्धुपाल्चोकमा १७ सय ८०, धादिङमा १हजार ९७, दोलखामा ८ हजार ८ सय १४ जनाको अनुदान रकम बैंक खातामा जम्मा भएको छ । यस्तै ओखलढुंगामा ५ सय ५७,  रसुवामा ७ सय ५ र सिन्धुलीमा ११ सय ७८ घरधनीको बैंक खातामा रकम जम्मा भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web