बैतडी ।

बैतडी जिल्ला केन्द्रबिन्दु भएर गएको भूकम्पको धक्का बैतडीसहित सुदूरपश्चिमका अधिकांश जिल्लामा महसुस गरिएको छ ।

भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख रत्नमणि गुप्ताका अनुसार बैतडीको गोकुलेश्वर क्षेत्र आसपास केन्द्र बनाएर गएराति ९ बजेर ४३ मिनेटमा ३ दशमलव ८ रिक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्काका कारण स्थानीयवासी एकछिन त्रसित बनेको बैतडीको गोकुलेश्वरका सुरेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “केहीबेर घर बाहिर तथा खुला ठाउँमा जम्मा भयौँ ।”

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले भूकम्पले क्षति पु¥यायो भन्ने अहिलेसम्म कुनै जानकारी नआएको बताउनुभयो ।

यसअघि गत भदौ ६ गते पनि सुदूरपश्चिमकै बझाङ केन्द्रबिन्दु भएर ४ दशमलव ९ रिक्टर स्केलको भूकम्प गएको थियो ।

मुस्ताङ ।

हिमालपारीको जिल्ला मुस्ताङको कागबेनीदेखि मुक्तिनाथसम्मको सडक कालोपत्रे गरिएको छ।

मुस्ताङ जिल्लामा सञ्चालित ग्रामीण पुर्ननिर्माण तथा पुनःस्थापना आयोजनाको सहयोगमा पहिलोपटक सडक कालोपत्रे भएको हो ।

२ वर्ष अघिदेखि सुरु भएको कालोपत्रेको काम दशै अगाडि सम्पन्न भएको हो। १२ किलोमिटर लामो सडक कालोपत्रे गरिएसँगै प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल मुक्तिनाथ जाने यात्रुका लागि सहज हुने भएको छ।

जिल्लामा झण्डै २५० किलोमिटर सडक सञ्जाल भएपनि हालसम्म कुनै पनि सडक खण्डमा कालोपत्रे भएको छैन ।

कालोपत्रेका लागि २ महिनादेखि रोकिएको यातायात सुविधा काम सकिएसँगै नियमित सञ्चालनमा आएको मुस्ताङका जिल्ला इञ्जिनियर रविन्द्र तिवारीले जानकारी दिए।

साँघुरो सडक, मौसमको प्रतिकुलता र उच्च भेगमा भएका कारण कामलाई तदारुकताका साथ अघि बढाउन नसकिए पनि दुई वर्षको अन्तरालमा २० करोडको लागतमा कालोपत्रे गरिएको तिवारीले जानकारीले दिए। जिल्ला समन्वय समिति र डोलिडारको संयुक्त लगानीमा कालोपत्रे भएको सडकलाई सदरमुकाम जोमसोमसम्म नै कालोपत्रे गर्ने तयारी सुरु भएको छ।

जिल्लाको सदरमुकाम जोडने वेनी जोमसोम सडक खण्डसमेत हालसम्म कालोपत्र भएको छैन । सडक खण्ड कालोपत्रे नहुँदा सडक मार्ग हँुदै मुक्तिनाथ जाने तीर्थयात्रुले झन्झट बेहोर्दै आएका छन् ।

काठमाडौं ।

नेपालीहरुको महान चाड बडा दशैंको आठौं दिन महाअष्टमी पर्व आज नेपालीले वडादशैँका रुपमा दुर्गा भवानीको पूजाआराधना गरी भव्यरुपमा मनाइरहेका छन् ।

आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरिन्छ । महाअष्टमीका दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ । आजको दिन शास्त्रसम्मतरुपमा दशैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजाआजा गरिन्छ । दुर्गा सप्तशती, श्रीमद्देवीभागवत् र देवी स्तोत्र पाठ गरिन्छ ।

विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्षप्राप्तिको चाहना गर्ने हुनाले देव मन्दिर र यज्ञ यज्ञादिमा विधिपूर्वक बली दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनीमा जन्म लिने कुरा शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।

“सात्विक, राजस र तामस तीन किसिमका पूजाको वर्णन शास्त्रमा गरिएको छ, सात्विक जल, चन्दन र अक्षतालगायत षोडशोपचारले गरिने पूजा हो, सात्विक र पशुबलिसहितको पूजालाई राजस पूजा भनिन्छ, राजसका साथै मदिरा पनि चढाएर गरिने पूजालाई तामस पूजा भनी शास्त्रमा परिभाषित गरिएकाले पशुबलि पनि शास्त्रीय हो”– उहाँले भन्नुभयो ।

ब्राह्मणका लागि भने पशुबलि बर्जित गरिएको पनि अध्यक्ष गौतमले बताउनुभयो । आसुरी प्रवृत्तिको नाश गर्न देवीलाई शक्तिशाली बनाई पशुको मुक्तिका लागि पनि पशुबलिको महत्व रहेको पनि उहाँले बताउनुभयो । दुर्गा शप्तशती चण्डीको आठौँ अध्यायमा पनि यससम्बन्धी चर्चा भएकाले पशुबलिलाई अशास्त्रीय भन्न नमिल्ने डा गौतम बताउनुहुन्छ ।

“राज्य सञ्चालकले त प्रभु शक्ति, मन्त्र शक्ति र उत्साह शक्तिका लागि पशुबलि विधिपूर्वक दिनैपर्छ भन्ने शास्त्रीय वचन छ”– उहाँले भन्नुभयो । यी तीन वटा शक्ति दुर्गा भवानीबाटमात्र प्राप्त गर्न सकिन्छ । यसै कारण आजको दिन विधिपूर्वक पशुबलि दिइने गरिएको हो ।

आजैका दिन राति कालरात्रिका रुपमा पशुबलिको विधि र पूजाआजासहित मनाउने गरिन्छ । कालरात्रिको पूजा विधि र संकल्पसमेत छुट्टै हुने भएकाले यसको विशेष महत्व छ । ब्राह्मणले भने कालरात्रि पूजा पनि गर्न नपर्ने विधान छ ।

आजका दिन उपत्यका भित्रका शक्तिपीठ गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, संकटा, बज्रबाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाईलगायत मन्दिरमा पनि बलिसहित पूजाआजा गर्नेको बिहानैदेखि भीड लाग्ने गर्दछ ।

यसैगरी उपत्यका बाहिरका गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डडेल्धुराको उग्रतारा, काभ्रेपलाञ्चोकको चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालिञ्चोक भगवती लगायतका शक्तिपीठमा पनि बलिसहित पूजाआराधना गर्ने श्रद्धालु भक्तजनको घुइँचो लाग्दछ ।

आजको दिन कलपूर्जा, हातहतियार र सवारी साधनलाई विशेषरुपमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पशुबलिसहित पूजाआजा गर्ने गरिन्छ । यी साधनलाई देवीको शस्त्र अस्त्रका रुपमा मानी पूजा गर्ने गरिएको हो ।

देवीका शस्त्र अस्त्रसहित चतुरंगिणी सेनाको पनि आह्वान गरी पूजा गर्ने गरिन्छ । पशुबलि नचढाउनेले भने आज पूजा कोठामा काँक्रो, घिरौँला, कुभिण्डो, मूला र नरिवल आदि बलि चढाई पूजाआजा गर्ने गर्दछन् ।

आज राति हनुमानढोकाको दशैँघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित कालरात्रि पूजा गर्ने गरिन्छ ।

रौतहटका मंन्दिरमा दर्शनार्थीको घुईचो

रौतहट जिल्लाको दुर्गा भगवति गाउँपालिका वडा नं. ३ को मत्सरीमा रहेको ऐतिहासिक तथा धार्मिक महत्वको दुर्गा मंन्दिरमा महाअष्टमीको अवसरमा विहान देखि नै पूँजा अर्चनाका लागि भक्तजनहरुको अत्यधिक घुईचो रहेको छ ।

मंन्दिरमा आफ्नो भाकल अनुसारको भेटी चढाउने तथा महिलाहरुले विषेश पूजा गरिरहेका छन् । वाक्लो रुपमा मैथिली बाहुनहरुको वसोवास रहेको मत्सरीमा प्रत्येक वर्ष वैदिक विधि विधान अनुसार घटस्थापना देखि पूर्णिमासम्म भव्यता पुर्वक माता दुर्गा भगवतिको पूजा आयोजना हुर्दै आएको छ ।

अखण्ड दुर्गासप्तसती पाठ, अन्य पुराणको पाठको साथै मंन्दिर भित्र उल्लेख्य संख्यामा गाउँ व्यक्त्हिरु पनि गएर स्वतः स्फूर्तरुपमा नै पाठ गर्ने गरेका छन् । दुर्गा पूजा अवधि भरि मेला पनि लाग्ने गरेको छ ।

मेला भर्नका लागि नेपाल भारतवाट पनि उल्लेख्य संख्यामा विगत वर्ष झै यस वर्ष पनि भक्तजनहरु मत्सरी आएका छन् ।

मंन्दिर व्यवस्थापकले विगत वर्ष झै यस वर्ष पनि परम्परागत तथा आधुनिक रुपमा गरिने नाचको व्यवस्था पनि गरेका छन् । सप्तमी तीथि देखि शुरु भएको नाच दशमी तीथिसम्म रहने पनि आयोजकले जनाएका छन् ।

यसका साथै महासप्तमीको फूलपाति पछि अष्टमीका विहान देखि नै बोका बलिपनि शुरु भएको छ । वोका बलिको कार्यक्रम नवमीसम्म चल्ने कार्यक्रम रहेको छ । हजारौको संख्यामा बोका बलि दिने गरेको छ ।

यस गाउँको अर्को महत्वपूर्ण विषेशता के रहेको छ भने गाउँलेहरुले नै पूजाको समूहिक व्यवस्थापन गर्दै आएको भएपनि अझै व्यवस्थि गर्नका लागि पूजा समितिको निर्माण गरिएको छ । पूजाका लागि स्वेच्छाले भक्तजनहरुले आफैले चन्दा पनि दिने गरेका छन् । पूँजा अवधिमा लाखौ रुपैया खर्च हुने गरेको पूँजा समितिका अध्यक्ष विनय कुमार झाले जनाएका छन् ।

पूजामा सहभागि हुनका लागि देश विदेशमा रहेर विभिन्न पेशा तथा व्यवसायमा संलग्न रहेका गाउँले भक्तजनहरु पनि दशैमा सहभागि हुनका लागि अनिवार्य रुपमा नै आफ्नो पैतृक थलोमा भौतिक रुपमा नै उपस्थित भएर एक अर्कासंग भलाकुसारी तथा शुभकामना साटासाट गर्ने गरेका छन् ।

दशैं लागेपछि पाथीभरामा तिर्थयात्रिको संख्यामा वृद्धि

नौरथा लागेसंगै ताप्लेजुङमा प्रशिद्ध तिर्थस्थल पाथीभरा आउने तिर्थयात्रिको संख्यामा वृद्धि भएको छ ।

चिताएको मनोकांक्षा पुरा हुने विश्वसका साथ प्रत्येक वर्ष नौरथा लागेसंगै थप तिर्थयात्रिको भिड लाग्ने गरेको छ ।

बोका पाठी डोर्याएर तथा काधमा बोकेर लोराको साथमा पाथीभरा लम्कने तिर्थयात्रिको तातिनै देख्न सकिन्छ । पाथीभरा क्षेत्रमा,फुङलिङ देखि काफ्ले पार्टी सम्म गाडीमा यात्र भएपनि त्यस भन्दा उकालो वाटो पैदाल यात्रा गर्नु पर्ने हुन्छ ।

तिर्थयात्रिको चापलाई मध्यनजर गदै अहिले पाथीभरा जानका लागि यातायात,बस्न साथै खानेपानीको राम्रो ब्यावस्था गरिएको पाथीभरा संरक्षण तथा संम्बद्धन समितिले जनाएको छ । तिर्थयात्रिका लागि नगरपालिकाको फुङलिङ देखि काफ्ले पार्टीसम्म पुग्न यातयातका सञ्चालन गरिएको छ भने सुरक्षाको ब्यवस्थालाई पनि ब्यवस्थित गरिएको पाथीभरा संरक्षण तथा सम्बद्धन समितिका उपाध्यक्ष रणबहादुर कार्कीले बताउनुहन्छ ।

देविको दर्शन गर्नका लागि नेपाल साथै भारतको विभिन्न स्थान देखि गाडी लिएर आउनेको संख्यपनि त्यतिकै रहेको छ । तिर्थयात्रिको संख्यामा वृद्धि भएसंगै जिल्लामा सञ्चालित होटल ब्यावसाय पनि फस्टाएको होटल ब्यावसायी बताउन्छन् ।

पाथीभरा दर्शन गर्न असोज महिनादेखि मंसिर सम्म र पुन फागुन देखि यता दर्शन गर्नका लागि उपयुक्त समय मानिन्छ । पाथीभरा मन्दिर समुन्द्र सतहदेखि ३ हजार ७ सय ९४ मिटरको उचाइमा रहेको छ ।

पर्वत -

पर्वतमा दसैंतिहारको सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखेर प्रहरी प्रशासनले बिशेष सुरक्षा योजना ल्याएको छ । जिल्ला सुरक्षा समितिको बिशेष बैठक बसेर चाडपर्वलाई लक्ष्ँित गर्दै सदरमुकाम, कुश्मा नगरपालिका र बढी चाप हुने बजारक्षेत्रमा सतर्कता बढाइएको हो ।

प्रहरीले एक वर्षअघि मुख्य बजारक्षेत्रमा जडान गरेका सिसी क्यामेरामार्फत चौबिसै घण्टा निगरानी बढाएको छ । ति बजारक्षेत्रहरुमा प्रहरीको सिभिल गस्तीलाई चौबिसै घण्टा नियमित गरिएको प्रहरी प्रमुख डिएसपी दीलिप घिमिरेले वताउनुभयो । दसैंतिहारका बेला मानविय चाप बढी हुने, खानपानमा रमाउने, मेलापर्वहरु बढी हुने भएकोले भिडमा हुने सम्भावित झैझगडा रोक्न प्रहरी सक्रिय भएको उहाँले बताउनुभयो ।

यात्रुको सुविधाका लागि वसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । एक हप्ता अगाडी नै सहायता कक्ष स्थापना गरिएको हो । बिशेषगरि अग्लापुलहरु, सदरमुकाम क्षेत्रका सुनचा“दी पसल, बैंक, बित्तिय संस्था, बढी कारोबार हुने व्यवसायीक फर्मलगायतलाई बढी केन्द्रित गरि निगरानी बढाइएको हो । प्रहरीले सदरमुकाममा जडित २४ ओटा सिसी क्यामेराको निगरानी चौबिसै घण्टा गर्नेगरि आवश्यकता अनुसार दुई देखि चार जना कर्मचारी खटाएको छ ।

‘सिसी क्यामेराले बजारको निगरानी गर्न धेरै सजिलो भएको छ,’ घिमिरेले भन्नुभयो, ‘बजारभरि हुने हरेक गतिविधि एकै ठाउ“मा बसेर नियाल्न सकिन्छ ।’ सिसी क्यामेराकै सहयोगमा आपराधिक गतिविधिमा संलग्न भएकाहरु अहिलेसम्म छुट्न नसकेको प्रहरीले जनाएको छ ।

एक वर्षयता बजारमा भएका निकै ससाना चोरीका घटनाहरु पनि छोटो समयमै पत्ता लगाइएको प्रहरी निरिक्षक राजिव गिरीले बताउनुभयो । सुरक्षा सतर्कताका लागि प्रहरीले गतवर्ष सदरमुकाम सहित पातीचौर र वारीबेनीमा सिसी क्यामेरा जडान गरेको थियो । यो सुरक्षा योजना दसैंतिहार सकिने बेलासम्म जारी रहने प्रहरीले जनाएको छ ।

पर्वत ।

स्थानीय तहमा जनप्रतिनिधी आएपछि अहिले नगरपालिका र गाउँपालिकाका वडाहरुवाटै सामाजिक सुरक्षा भत्ता वितरण भैरहेको छ । यसअघि वैँकमा धाएर लिनुपर्ने भत्ता गाउँमै पाएपछि नागरिकहरुले राहातको महसुस गरेका छन ।

पर्वतको फलेवास नगरपालिका ३ शंकरपोखरीमा पनि घरघरमै पुगेर भत्ता वितरण गर्न थालिएको छ । नेपाल सरकारले उपलब्ध गराउने भत्ता वुझाउन जनप्रतिनिधीहरु घरघरमा पुगेका छन् । दशैँको मुखमा सामाजिक सुरक्षा भत्ता पाएपछि नागरिकहरु खुशी छन् भने चुनावको वेला घरमै भत्ता ल्याईदिने वाचा गरेका जनप्रतिनिधीहरु प्नि खुशी भएका छन । शंकरपोखरीमा जेष्ठ, असाहाय, एकल महिला ,दलित, वालवालिका गरेर सामाजिक सुरक्षाभत्ता वुझने लाभग्राहि ६५० जना रहेका छन् ।

वडाध्यक्ष अर्जुनवहादुर कार्किले वडामा रहेका सबैलाई फरक फरक शिर्षकमा तोकिएको भत्ता वितरण गरेको जानकारी दिनुभयो । कार्किको नेतृत्वमा हिँड्न सक्नेलाई वडा कार्यालय र असक्तहरुलाई घरमै पुगेर पनि भत्ता दिइएको छ । जेष्ठ नागरिकलाई एक चौमासिकको ८ हजार, एकल महिलालाई ४ हजार, वालवालिकालाई १६ सय, अपाङग क वर्गकोलाई १ हजार र ख वर्गकोलाई ६ सय रुपैयाँको दरले वितरण गरिएको छ । वैँकमा आएर विभिन्न कागजी झण्झटमा रुमलिनुपर्दाको पीडावाट मुक्ति दिन जनप्रतिनिधीहरुले गाउँमै भत्ता दिन शुरु गरेका हुन ।

गाउँमै भत्ता पाएपछि खुशी लागेको स्थानीय जयलाल तिवारीले वताउनुभयो । दशैँ मनाउन पनि यसले सहज भएको लक्षित वर्गाका नागरिकहरुले वताएका छन् । पर्वतका अन्य गाउँपालिका र नगरपालिकाका वडाहरुमा वडावाटै भत्ता वितरण गर्न शुरु गरिसकिएको छ । झैपनि केहि वडाका वासिन्दाहरु सदरमुकाम मै धाउँदै आएका छन् ।

पाल्पा ।

चाड पर्वका बेला निकै महत्वका साथ नाचिने मगरी संस्कृतिमा प्रचलित परम्परागत मारुनी नाच पछिल्लो समय पाल्पामा हराउँदै गएको छ । दशैँ सुरु भएसँगै गाउँ गाउँमा ताम झामका साथ नाच्ने प्रचलन रहेको यो नाच संरक्षणको अभावमा विस्तारै लोप हुने अवस्थामा पुगेको हो ।

ऐतिहासिक, धार्मिक, साँस्कृतिक, पर्यटकीय महत्व बोकेको मारुनी नाच विगत केही वर्ष पहिले पाल्पाका प्राय गाउँमा नाच्ने गरिए पनि पछिल्लो समय विस्तारै हराउँदै गएको छ । जिल्लाको चाडपर्वको अवसरमा विशेषगरी पाल्पाको रामपुर, जल्पा, बहादुरपुर, बौघागुम्हा, ठिमुरे लगायतका स्थानमा यो नाच नाचिन्छ ।

नयाँ नयाँ गितसंगीतको प्रभावले परम्परागत नाचमा युवा पुस्ताको रुची कम हुनु र पुरानो पुस्ताबाट नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्दा पनि मारुनी नाच लोप हुने अवस्थामा पुगेको बताउनुहुन्छ मारुनी नाचका जानकार तथा बुद्धिजीवी निर्मल श्रेष्ठ ।

दशैको महाअष्टमीदेखि नाच्न सुरु गरिने यो नाच देवी देवताको आरधान गर्दै नाच्ने गरिन्छ । मंसिरको पूर्णिमामा गएर समापन गर्ने चलन छ ।

पुरुषहरुलाई महिलाको भेषमा सिगारपटारगरी मारुनी बनाउने गरिन्छ । मारुनी नाचको मुख्य गायकलाई रौरा भनिन्छ जसलाई मारुनी नाचका बारेमा सबै जानकारी हुन्छ ।

पूर्वखोला गाउँपालिका–१ जल्पाका मारुनी नाच रौरा ६५ वर्षीय मिनबहादुर रानाका अनुसार मगरी संस्कृतिलाई जोगाइ राख्नकालागि मारुनीनाचलाई निरन्तरर्ता दिँदै आइएको छ ।

दुई जना मारुनी, दुईदेखि तीन जना मादले, एक जना पुरसिंगे र ६ जनादेखि १० जनासम्म गायक यस नाचका मुख्य पत्र हुन ।

मारुनीहरू मादलेको अघि र पछि घुमेर नाच्दछन् । मादलेहरू कम्मरमा मादल भिरेर मारुनी र पुरसिंगेसँगै नाच्ने गर्दछन् ।

मारुनी नाचका मादले यामबहादुर सारुले लोप उन्मुख संस्कृति जर्गेनाको लागि आफूहरु जुटेको बताउनुहुन्छ ।

यस्ताखालका परम्परागत संस्कृति संरक्षणमा सम्बन्धी निकायको ध्यान पुग्नु आवश्यक छ ।

तुलसीपुर ।

तलसीपुर उप महानगरपालिका ७ का वडा सदस्य सहित १३ जना जुवाडेलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

जुवा खेलिरहेको गोप्य सूचनाका आधारमा गएको प्रहरी टोलीले तुलसीपुर उपमहानगरपालिका ४ गोझेनाबाट पक्राउ गरेको हो ।

जुवाको खालबाट प्रहरीले एक लाख १९ हजार ४ सय ७० रुपैयाँ, कम्बल, दरी र तास बरामद गरेको छ ।

को को परे पक्राउ

१) पक्राउ पर्नेमा तलसीपुर उप महानगरपालिका वडा नम्बर ७ का वडा सदस्य निराजन केसी,

२.ऐ.शिवनगर वर्ष २६ को सुनिल डागि ।

३.ऐ.वस्ने वर्ष २६ को सुवास चन्द ।

४.ऐ, वस्ने वर्ष २० को गणेश गुप्ता ।

५.ऐ.वस्ने वर्ष २० को अनिल भण्डारी ।

६.ऐ.वस्ने वर्ष ३० को शरण श्रेष्ठ ।

७.ऐ.५ आदर्श नगरटोल वस्ने वर्ष ३५ को खिम वहादुर रोका ।

८.ऐ.वस्ने वर्ष २८ को क्षेत्र प्रकाश वली ।

९.ऐ.वस्ने वर्ष १७ को रुपक दाहल ।

१०.ऐ.६ वरुवागाँउ वस्ने वर्ष २७ को वसन्त श्रेष्ठ ।

११.ऐ.३ वस्ने वर्ष २९ को शिवहरी शर्मा ।

१२.ऐ.८ दुधेना वस्ने वर्ष ३९ को टंक वहादुर वि।क।।

१३.ऐ.१० वस्ने वर्ष २८ को प्रवेश गुरुङ ।

Facebook founder Mark Zuckerberg has dismissed comments made by Donald Trump that the site has always been against him.

The US president accused the social network of "collusion" on Twitter, branding it "anti-Trump".

He made the same claim against the New York Times and the Washington Post.

Facebook will shortly hand over 3,000 political adverts to congressional investigators probing alleged Russian meddling in the US election.

The site believes the ads were probably purchased by Russian entities during and after the 2016 presidential contest.

Facebook, Twitter and Google have been asked to testify before the US Senate Intelligence Committee on 1 November about the allegations of Russian interference.

Facebook and Google have confirmed they have received invitations to attend the committee hearing, but none of the social media giants have yet said they will be present.

Japan's Prime Minister Shinzo Abe has dissolved the lower house of the parliament ahead of a snap election.

The poll, announced on Monday and which comes a year early, will take place on 22 October.

Abe is seeking a fresh mandate amid a rebound in his approval ratings and the ongoing North Korea nuclear crisis.

The right-wing hawk became prime minister in 2012, and his Liberal Democrat Party leads a ruling coalition that controls the Diet.

Abe suffered a drop in popularity earlier this year over allegations of cronyism.

Nepal and the Sultanate of Oman have signed a Memorandum of Understanding on establishing a bilateral consultation mechanism between their Ministries of Foreign Affairs.

The MoU was signed at Muscat, the capital of Oman yesterday on the occasion of the official visit of Prime Minister Sher Bahadur Deuba to the Gulf country. Deputy Prime Minister and Minister for Foreign Affairs Krishna Bahadur Mahara witnessed the signing ceremony.

Ambassador of Nepal to Oman, Ms. Sarmila Parajuli Dhakal and Head of West Asia Department at the Ministry of Foreign Affairs of Oman, Shiekh Hilah Marhoon Al-Mammari signed the MoU on behalf of the respective governments.

As Nepal and the Sultanate of Oman have been marking the 40th anniversary of the establishment of bilateral relations this year, the conclusion of the MoU reflects the determination of the two governments to enhance and activate different fields of cooperation, particularly on economic, cultural, technological, scientific and educational relations.

The MoU provides that bilateral meetings will be organized on annual basis or as deemed necessary, alternately in Muscat and in Kathmandu. The MoU comes into force from the date of its signature for a period of five years and is automatically renewable for similar periods.

Earlier had held an interactions with Nepali working in Oman. Speaking on the occasion Prime Minister Deuba said that the remittance sent home by the Nepalis working abroad has provided big support to the country's economy. Thus, overseas employment will be made reliable, respectable and safe through appropriate legislation.

Stating that the country would move forward towards the path of economic development after all the elections are held with the full implementation of the constitution, he said the Nepalis should not forget Nepal where ever they might be.

Speaking at the programme Minister for Labour and Employment Farmullah Mansur said he was working to making the foreign employment dignified and systematized by ending the anomalies seen in the sector.

During his stay in Oman PM Deuba also toured to some historic sites including Nizwa Souq Fort at Nizwa.

Meanwhile, Prime Minister Deuba and members of his delegation are returning to Kathmandu today completing the 3-day official visit to the Sultanate of Oman following the 72nd UNGA participation.

Hindus throughout the country are observing Maha Astami festival today by worshipping Goddess Durga Bhawani.

On the eighth day of the ten-day long Bada Dasain festival today, people offer special worships to the goddesses Mahakali, Mahalaxmi and Maha Saraswati.

This day of the Dasain festival is considered a special day when Goddess Durga attained power. On the occasion, people perform religious rituals at the Dasain Ghars and armouries and offer worship to goddess at various shrines by offering sacrifices of different animals. The people also read the Durga Saptashati scriptures.

Devotees throng various goddess shrines in the Kathmandu Valley and elsewhere from early morning today for offering worships and sacrificing goats and ducks. Special Durgapuja worship and prayer ceremonies are held at the Dasain Ghars.

People who do not sacrifice animals offer sacrifices of various vegetables and fruits in place of animals. Also on this day, a special Kalaratri worship is held at midnight at the Dashain Ghar of Hanumandhoka in the capital city.

काठमाडौं ।

निर्वाचन आयोगले नेपाल नागरिक उड्यन प्राधिकरणका महानिर्देशकलाई मन्त्रालय फिर्ता बोलाइएको विषयलाई निर्वाचन आचार संहिता पालनाप्रति नेपाल सरकार उदासीन रहेको घटनाको रुपमा लिएको जनाएको छ ।

निर्वाचन आचार संहिताको विषयमा उठेका प्रश्नहरुको बारेमा सञ्चारकर्मीहरुसँग आज कुराकानी गर्दै निर्वाचन आयुक्त सुधीरकुमार शाहले उच्च तहको कर्मचारीको सरुवा गर्दा, काज खटाउँदा र फिर्ता बोलाउँदा आयोगसँग सहमतिसम्म माग नगर्ने अभ्यास गम्भिर विषय रहेको बताउनुभयो ।

निर्वाचन आयोगले प्राधिकरणका महानिर्देशकलाई फिर्ता बोलाइएको विषयमा मन्त्रालयसँग २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।

एक प्रश्नमा आयुक्त शाहले सार्वजनिक स्थलमा सार्वजनिक रुपमा चाडपर्वको नाममा चियापान तथा शुभकामना आदान प्रदान गर्न निषेध गरेको तर राजनीतिक दलले आफ्नो पार्टी कार्यालयमा चियापान र शुभकामना आदान प्रदान कार्यक्रम गर्न सक्ने जानकारी दिनुभयो ।