दशैंमा पनि देखिन छाड्यो मगरी संस्कृतिको परम्परागत मारुनी नाच

अशोज १२, २०७४ मा प्रकाशित | 5802 views

पाल्पा ।

चाड पर्वका बेला निकै महत्वका साथ नाचिने मगरी संस्कृतिमा प्रचलित परम्परागत मारुनी नाच पछिल्लो समय पाल्पामा हराउँदै गएको छ । दशैँ सुरु भएसँगै गाउँ गाउँमा ताम झामका साथ नाच्ने प्रचलन रहेको यो नाच संरक्षणको अभावमा विस्तारै लोप हुने अवस्थामा पुगेको हो ।

ऐतिहासिक, धार्मिक, साँस्कृतिक, पर्यटकीय महत्व बोकेको मारुनी नाच विगत केही वर्ष पहिले पाल्पाका प्राय गाउँमा नाच्ने गरिए पनि पछिल्लो समय विस्तारै हराउँदै गएको छ । जिल्लाको चाडपर्वको अवसरमा विशेषगरी पाल्पाको रामपुर, जल्पा, बहादुरपुर, बौघागुम्हा, ठिमुरे लगायतका स्थानमा यो नाच नाचिन्छ ।

नयाँ नयाँ गितसंगीतको प्रभावले परम्परागत नाचमा युवा पुस्ताको रुची कम हुनु र पुरानो पुस्ताबाट नयाँ पुस्तामा हस्तान्तरण हुन नसक्दा पनि मारुनी नाच लोप हुने अवस्थामा पुगेको बताउनुहुन्छ मारुनी नाचका जानकार तथा बुद्धिजीवी निर्मल श्रेष्ठ ।

दशैको महाअष्टमीदेखि नाच्न सुरु गरिने यो नाच देवी देवताको आरधान गर्दै नाच्ने गरिन्छ । मंसिरको पूर्णिमामा गएर समापन गर्ने चलन छ ।

पुरुषहरुलाई महिलाको भेषमा सिगारपटारगरी मारुनी बनाउने गरिन्छ । मारुनी नाचको मुख्य गायकलाई रौरा भनिन्छ जसलाई मारुनी नाचका बारेमा सबै जानकारी हुन्छ ।

पूर्वखोला गाउँपालिका–१ जल्पाका मारुनी नाच रौरा ६५ वर्षीय मिनबहादुर रानाका अनुसार मगरी संस्कृतिलाई जोगाइ राख्नकालागि मारुनीनाचलाई निरन्तरर्ता दिँदै आइएको छ ।

दुई जना मारुनी, दुईदेखि तीन जना मादले, एक जना पुरसिंगे र ६ जनादेखि १० जनासम्म गायक यस नाचका मुख्य पत्र हुन ।

मारुनीहरू मादलेको अघि र पछि घुमेर नाच्दछन् । मादलेहरू कम्मरमा मादल भिरेर मारुनी र पुरसिंगेसँगै नाच्ने गर्दछन् ।

मारुनी नाचका मादले यामबहादुर सारुले लोप उन्मुख संस्कृति जर्गेनाको लागि आफूहरु जुटेको बताउनुहुन्छ ।

यस्ताखालका परम्परागत संस्कृति संरक्षणमा सम्बन्धी निकायको ध्यान पुग्नु आवश्यक छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web