देउवा सरकार निर्वाचन आचार संहिता उल्लंघन गर्दै अटेरि गरेपछि आयोगद्धारा २४ घण्टे स्पष्टिकरण माग

अशोज ११, २०७४ मा प्रकाशित | 885 views

काठमाडौं ।

निर्वाचन आयोगले नेपाल नागरिक उड्यन प्राधिकरणका महानिर्देशकलाई मन्त्रालय फिर्ता बोलाइएको विषयलाई निर्वाचन आचार संहिता पालनाप्रति नेपाल सरकार उदासीन रहेको घटनाको रुपमा लिएको जनाएको छ ।

निर्वाचन आचार संहिताको विषयमा उठेका प्रश्नहरुको बारेमा सञ्चारकर्मीहरुसँग आज कुराकानी गर्दै निर्वाचन आयुक्त सुधीरकुमार शाहले उच्च तहको कर्मचारीको सरुवा गर्दा, काज खटाउँदा र फिर्ता बोलाउँदा आयोगसँग सहमतिसम्म माग नगर्ने अभ्यास गम्भिर विषय रहेको बताउनुभयो ।

निर्वाचन आयोगले प्राधिकरणका महानिर्देशकलाई फिर्ता बोलाइएको विषयमा मन्त्रालयसँग २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।

एक प्रश्नमा आयुक्त शाहले सार्वजनिक स्थलमा सार्वजनिक रुपमा चाडपर्वको नाममा चियापान तथा शुभकामना आदान प्रदान गर्न निषेध गरेको तर राजनीतिक दलले आफ्नो पार्टी कार्यालयमा चियापान र शुभकामना आदान प्रदान कार्यक्रम गर्न सक्ने जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web