देउवा सरकार निर्वाचन आचार संहिता उल्लंघन गर्दै अटेरि गरेपछि आयोगद्धारा २४ घण्टे स्पष्टिकरण माग

काठमाडौं ।

निर्वाचन आयोगले नेपाल नागरिक उड्यन प्राधिकरणका महानिर्देशकलाई मन्त्रालय फिर्ता बोलाइएको विषयलाई निर्वाचन आचार संहिता पालनाप्रति नेपाल सरकार उदासीन रहेको घटनाको रुपमा लिएको जनाएको छ ।

निर्वाचन आचार संहिताको विषयमा उठेका प्रश्नहरुको बारेमा सञ्चारकर्मीहरुसँग आज कुराकानी गर्दै निर्वाचन आयुक्त सुधीरकुमार शाहले उच्च तहको कर्मचारीको सरुवा गर्दा, काज खटाउँदा र फिर्ता बोलाउँदा आयोगसँग सहमतिसम्म माग नगर्ने अभ्यास गम्भिर विषय रहेको बताउनुभयो ।

निर्वाचन आयोगले प्राधिकरणका महानिर्देशकलाई फिर्ता बोलाइएको विषयमा मन्त्रालयसँग २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।

एक प्रश्नमा आयुक्त शाहले सार्वजनिक स्थलमा सार्वजनिक रुपमा चाडपर्वको नाममा चियापान तथा शुभकामना आदान प्रदान गर्न निषेध गरेको तर राजनीतिक दलले आफ्नो पार्टी कार्यालयमा चियापान र शुभकामना आदान प्रदान कार्यक्रम गर्न सक्ने जानकारी दिनुभयो ।

बिरगञ्ज महानगरमा फोरम नेपालका सरावगी बिजयीसँगै स्थानिय चुनाव सकियो

काठमाडौं ।

यही असोज २ गते निर्वाचन सम्पन्न भएको प्रदेश नम्बर २ का ८ जिल्लाका १३६ वटै स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

स्थानीय तहका प्रमुख एवं अध्यक्ष पदमा नेपाली काँग्रेसका ४०, संघीय समाजवादी फोरम २६, राष्ट्रिय जनता पार्टी नेपाल २५, नेकपा माओवादी केन्द्र २१, नेकपा एमाले १८, नेपाल लोकतान्त्रिक फोरम ३, नेपाली जनता दल २ र नयाँ शक्ति पार्टीका १ जना उम्मेदवार विजयी हुनुभएको छ ।

वीरगञ्जको मेयरमा फोरम नेपालका सरावगी विजयी

प्रदेश नम्बर दुईको एक मात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरम र उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार विजयी हुनभएको छ ।

प्रमुखमा संघीय समाजवादी फोरम नेपालका विजय सरावगीले १९ हजार ३९३ मत ल्याई विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका अजय कुमार द्विवेदीले १७ हजार १९७ मत ल्याउनु भएको थियो ।

त्यस्तै उपप्रमुखमा नेपाली काँग्रेसकी शान्ति कार्कीले १९ हजार ६०७ मत प्राप्त गरि विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी संघीय समाजवादी  फोरमकी पिंकी यादवले १८ हजार ५३० मत ल्याउनुभएको थियो ।

विजयी भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरावगीले महानगरको आफूले पाउने सेवा सुविधा, तलब र गाडीको समेत प्रयोग नगर्ने बताउनुभयो ।

उहाँले वीरगञ्ज महानगरपालिकामा सबैभन्दा बढी भोजपुरी भाषा बोलिने भएकाले महानगरभित्र कामकाजीको भाषा भोजपुरी नै हुने बताउनुभयो ।

यसैगरी निःशुल्क उच्च बालिका शिक्षा र आउँदो शैक्षिक शत्रदेखि महानगरभित्रका सरकारी विद्यालयहरुमा अंग्रेजी माध्यममा पढाई हुने घोषणा गर्नुभयो । उहाँले ३ मिहनाभित्र फोहर, नाला, खानेपानी, बिजुली बत्ती,  सडकको खाल्डा खुल्डी समेत मरम्मत गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

पर्सा जिल्लाको १४ स्थानीय तहमध्ये काँग्रेसले ३, माओवादी केन्द्रले ३ र फोरम नेपालले ४ स्थानमा जित हासिल गरेको छ । एमाले र नेपाली जनता दलले २–२ स्थानीय तहमा विजयी भएका छन् ।

कलैया उपमहानगरपालिकामा काँग्रेस विजयी

बाराको कलैया उपमहानगरपालिकाको प्रमुख पदमा नेपाली काँग्रेसका राजेश प्रसाद यादवले १०९०३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका विनोद कुमार शाहले १०७१७ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी उपप्रमुखमा पनि नेपाली काँग्रेसकै रहिमा खातुन १०५३८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका प्रतिमा यादवले १०३७२ मत प्राप्त गर्नुभयो ।

बडा दशैं । फूलपाती भित्र्याइयो, टुंडिखेलमा सेनाको फुलपाती बढाइँ

काठमाडौं ।

बडा दशैंको सातौं दिन देशभर धार्मिक परम्परा अनुसार फूलपाती भित्र्याइएको छ ।

उखुको बोट, केराको बोट, बेलपत्र, दारिम, जयन्ती, धानका बाला, अशोकका पात, अदुवाको बोट र फलफूल, नयाँ पालुवालाई फूलपातीका रुपमा शुभ साइतको प्रतीक मानी दूर्गा भवानीको प्रतिमा राखिएको दशैं घरमा विधिपूर्वक भित्र्याउने गरिन्छ ।

परम्परा अनुसार गोरखा दरबारको दशैं घरबाट ल्याइएको फूलपाती आजै हनुमान ढोकास्थित दशैं घरमा भित्र्याइएको छ ।

टुँडिखेलमा फूलपाती बढाइँ

नेपालीहरूको महान् चाड बडादशैँको खुशियालीमा आज सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ गरियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा फूलपाती बढाइँ गरिएको हो । बढाइँ कार्यक्रममा नेपाली सेनाले राइफल र तोपको बढाइँका साथै मार्चपास गरेका थिए ।

त्यसैगरी, सेनाको बढाइँ टोलीबाट इज्जत अर्पण कवाज, कवाजमा भाग लिएका विभिन्न गुल्मद्वारा बढाइँ, मार्चपाससहितको बढाइँ र राष्ट्रिय झण्डाको आकृतिसहितको बढाइँ प्रस्तुत गरिएको थियो ।

समारोहमा कार्यवाहक प्रधानमन्त्री विजयकुमार गच्छदार, उपप्रधानमन्त्री, मन्त्रीगण, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा विभिन्न पेसा व्यवसायका प्रतिनिधिहरूको सहभागीता रहेको थियो ।

दशैँको सातौँ दिन कालरात्रि देवीको उपासना

वडा दशैँको सातौँ दिन आज दशैँ घर अथवा पूजा कोठामा दुर्गा स्थापना गरिएको स्थलमा नव दुर्गामध्येकी सातौँ कालरात्रि देवीको पूजा आराधना गरी मनाइयो ।

दशैँको सातौँ दिन कालरात्रि देवीको पूजा गरिने र महाअष्टमीका दिन राति गरिने कालरात्रि पूजामा भने महाकाली, महालक्ष्मी र महासरस्वतीलगायत नवदुर्गाकै विशेष पूजा गर्ने विधि रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताउनुभयो ।

EC says govt indifferent on abiding election code

The Election Commission (EC) has taken the topic of recall of the Director General of the Civil Aviation Authority of Nepal (CAAN) to the Ministry of Tourism and Civil Aviation as an instance of the government's indifference towards abiding by the election code of conduct.

Election commissioner Sudhir Kumar Shah drew the attention of the government and the political parties once again to the need of fully following the election code of conduct and getting it followed.

He was talking to media persons on issues related to the election code of conduct and its violation today.

The EC had sought an explanation from the Ministry on the topic of the recall of the CAAN director–general. It had asked the Ministry to furnish an explanation on the matter within 24 hours.

He said the political parties could organize tea reception or greetings exchange programmes at their respective party offices.

Dr KC postpones his 12th hunger-strike

The senior orthopedic surgeon Dr Govinda KC, who has been staging a fast-unto-death protest for the 12th times since September 25, postponed his strike today.

Dr KC, who began his 12th hunger-strike putting forth a five-point demand, announced to suspend his protest acknowledging the Dashain festival and the expectations of his well wishers.

Issuing a press statement today, Dr KC said that his move also has a bearing on the government's act of postponing the proceeding relating to the National Medical Education Bill- 2074.

The bachelor medico further said to continue his crusade, aimed at over-all reforms of country's medical education and health sector, if the government does not address his five-point demands by October 5.

Fulpati being observed nationwide today

Fulpati is being observed today throughout the country on the auspicious occasion of 10-day long Dashain festival by taking the Fulpati into the homes as per the tradition.

As a part of the religious and cultural celebration, Fulpati, an assortment of flowers, leaves and fruits of different plants considered auspicious, is anointed at the Dashainghar in Hanuman Dhoka in Basantapur of Kathmandu on the seventh day of the festivity.

The tradition is that the Fulpati is carried by six men belonging to Magar indigenous nationality from Gorkha Durbar in Gorkha district up to Jivanpur in Dhading. Six other men from the Brahman community from Kathmandu who travel to Jivanpur then carry it to Kathmandu.

Fulpati thereafter has been brought to Jamal of Kathmandu from Gorkha on a decorated palanquin.

Though Dashain festival begins from Ghatasthapana,the festival sees special fervor from the day of Fulpati.

The government as well as private offices close down from today for the Dashain holidays encouraging people to go back to their respective ancestral homes and take blessings from Durga Bhawani as well as their elders.

A Fulpati celebration was organized at the Army Pavilion, Tundikhel today.

The Fulpati was  performed in the presence of President Bidya Devi Bhandari. The Nepalese Army soldiers opened celebratory rifle and canon fire on the occasion. They also presented a march-past.

Likewise, the Army's special celebrations squad presented the 'honour offering' display and the various companies presented celebratory march-past and other displays. They also formed into the shape of the national flag.

स्थानिय चुनाव सकियो । यस्तो छ २ नम्वर प्रदेशको अन्तिम परिणाम

काठमाडौं ।

यही असोज २ गते निर्वाचन सम्पन्न भएका प्रदेश नम्बर २ का ८ जिल्लाका १३६ स्थानीय तहको सबै अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जे.इ.ओ.सी.) बाट आज साँझ प्राप्त  विवरण अनुसार, राजविराज नगरपालिकाको अन्तिम परिणाम सार्वजनिक भएसँगै स्थानिय चुनाव २०७३ सम्पन्न भएको छ ।

तेस्रो चरणको स्थानीय तहका एक हजार २७१ वडाको पनि सबै परिणाम सार्वजनिक भएको छ ।

स्थानीय तहको प्रमुख एवम् अध्यक्षमा नेपाली काँग्रेसका उम्मेद्वार ४०, नेकपा एमालेका १८, नेकपा माओवादी केन्द्रका २१, राष्ट्रिय जनता पार्टी नेपालका २४, संघीय समाजवादी फोरमका २६, नेपाल लोकतान्त्रिक फोरमका ३, नेपाली जनता दलका २ र नयाँ शक्ति पार्टीका उम्मेद्वार १ स्थानमा विजयी भएका छन् ।

यसैगरी, वडास्तरमा नेपाली काँग्रेसका उम्मेद्वार ३३८, नेकपा एमालेका २३५, नेकपा माओवादी केन्द्रका २२८, राष्ट्रिय जनता पार्टी नेपालका १९२, संघीय समाजवादी फोरमका १९०, नेपाल लोकतान्त्रिक फोरमका ३३, स्वतन्त्र ३१, राष्ट्रिय प्रजातन्त्र पार्टी १०, नयाँ शक्ति ५ र अन्यले ९ गरी स्थानमा विजय प्राप्त गरेका छन् ।

नेपालले भारतलाई हराउँदै यु-१८ साफ फुटवलको उपाधि उचाल्यो (फोटो/भिडियो हेर्नुहोस्)

काठमाडौं ।

नेपालले भुटानमा जारी १८ वर्ष मुनि उमेर समूहको साफ फुटबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ ।

राजधानी थिम्पु स्थित चाङ्गग्लिमिनथाङ्ग रङ्गशालामा आज सम्पन्न प्रतियोगिताको अन्तिम खेलमा भारतलाई ० का बिरुद्ध २ गोलले पराजित गर्दै नेपाल हेड टु हेडका आधारमा प्रतियोगितामा प्रथम हुन सफल भएको हो ।

नेपालका लागि दुवै गोल मध्यान्तर अघि दिनेश हेन्जनले गरेका थिए ।

प्रतियोगितामा पहिलो खेलमा आयोजक भुटान संग हारेको नेपालले दोस्रो खेलमा माल्दिभ्स् र तेस्रो खेलमा लिगको श्रीर्ष स्थानमा रहेको बंगलादेशलाई पराजित गरेको थियो ।

यस भन्दा अघि आज भएको अर्को खेलमा बंगलादेशले भुटानलाई २-० गोल अन्तरले पराजित गर्दै ९ अङ्कका साथ श्रीर्ष स्थानमा उक्लिएको थियो ।

नेपालले आजको खेलमा भारतलाई हराए पछि बंगलादेश संग समान ९ अङ्क भए पनि हेड टु हेडका आधारमा नेपाल विजयी भएको थियो ।

भारतले यस खेलमा जित हात पारेको भए पनि अघिल्लो खेलमा बंगलादेश संग पराजित भएकोले बंगलादेश नै प्रतियोगितामा प्रथम हुने थियो ।

तर नेपालले अघिल्लो खेलमा बंगलादेशलाई पराजित गरेकाले पूर्व विजेता नेपालले १८ वर्ष मुनि उमेर समूहको उपाधि जोगाउन सफल भएको  थियो ।

यु–१८ साफ फुटबलको निर्णायक खेलमा नेपाल भारतबिरुद्ध खेल्दै

काठमाडौं ।

१८ वर्ष मुनि उमेर समूहको साफ फुटबल प्रतियोगितामा नेपालले बुधवार भारतसँग निर्णायक खेल खेल्दैछ ।

प्रतियोगितामा पहिलो खेलमा आयोजक भुटानसँग हारेको नेपालले दोश्रो खेलमा माल्दिभ्स् र तेश्रोे खेलमा लिगको श्रीर्ष स्थानमा रहेको बंगलादेशलाई पराजित गरेको थियो ।

प्रतियोगितामा सहभागी सबै राष्ट्रको समान ६ अङ्क रहेको भने माल्दिभ्स् मात्र अङ्कविहीन रहेको छ ।

प्रतियोगितामा सबैभन्दा बढी अङ्क बटुल्ने टोली प्रथम हुनेछ ।

अन्तिम खेलमा नेपालले भारतलाई पराजित गरे प्रतियोगिताको विजेता बन्ने छ ।

नेपाल भारतसँग पराजित भयो र बंगलादेशले भुटानलाई हरायो भने बंगलादेश प्रतियोगिताको विजेता बन्ने छ ।

अन्तिम समयमा आएर श्रीलङ्काले प्रतियोगितामा नखेल्ने जनाएपछि २ समूहमा विभाजन गरी बनईएको खेल तालिका परिवर्तत गर्दै राउण्ड रबिनका आधारमा प्रतियोगिता सञ्चालन गरिएको थियो ।

कछुवा तालको एन्फा-गत बर्ष सोलीडारीटि कप जितेका खेलाडीलाई बल्ल पुरस्कार वितरण

काठमाडौं ।

ए एफ सी सोलीड्डयारीटि कप फुटबल प्रतियोगिताको विजयी नेपाली टोलीका सदस्यहरुलाई अखिल नेपाल फुटबल संघ एन्फाले जनही ३ लाख रुपैँया पुरस्कार प्रदान गरेको छ ।

गत वर्ष मलेसियामा भएको सोलिड्यारिटि कपको फाईनलमा नेपालले मकाउलाई १–० गोल अन्तरले पराजित गरेको थियो ।

फाईनल खेलको एक मात्र गोल सुजल श्रेष्ठले गरेका थिए ।

नेपाल सरकारले विजयी टोलीलाई यस अघि नै जनही ३ लाख रुपैँया प्रदान गरिसकेको छ ।

एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठले पुरस्कार विजयी खेलाडीहरुलाई पुरस्कार प्रदान गर्नु भएको थियो ।

दशैंको लागि मंगलबार अपरान्हसम्म साँढे १३ अर्ब नयाँ नोट सटही

काठमाडौं ।

बडा दशैंलाई लक्षित गरेर नेपाल राष्ट्र बैकले मंगलबार अपरान्हसम्म करिब साँढे १३ अर्बका नयाँ नोट बजारमा वितरण गरेको जनाएको छ ।

नेपाल राष्ट्र बैक नोट व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले देशभरको नोटको विवरण आउन केही दिन लाग्ने भए पनि नेपाल राष्ट्र बैक तथा विभिन्न सरकारी बाणिज्य बैकहरुबाट ५, १०, २०, ५० र १०० का साँढे १३ अर्ब भन्दा बढी नोटको सटही गरेको जानकारी दनुभयो ।

यो रकम गत वर्षको भन्दा साँढे २ अर्बले बढी हो । यस वर्ष बजारमा करिब १६ अर्बको नयाँ नोटको माग हुने अनुमानका आधारमा नयाँ नोटको व्यस्थापन गरेको र सबै स्थानको सटहीको विवरण आउँदासम्म यो रकममा केही वृद्धि हुने पनि कार्यकारी निर्देशक निरौलाले जानकारी दिनुभयो ।

दशैं मान्न काठमाडौंबाट १९ लाख व्यक्ति गाउँ हिँडे

काठमाडौं ।

काठमाडौँ उपत्यकाबाट दशँै मनाउन हालसम्म १९ लाख यात्रु बाहिरिएका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता उमेश रञ्जितकारका अनुसार गत भदौ २० गतेदेखि उपत्यकाबाट बाहिरिएका यात्रुको संख्यालाई दशैँका लागि बाहिरिनेको सूचीमा राखिएको छ ।

उपत्यकाबाट बाहिरिनेको संख्याभन्दा भित्रिनेको संख्या भने निकै न्यून छ ।

बडादशैँका मुख्य दिन नजिकिँदै गर्दा उपत्यकाका ४ नाका थानकोट, साँगा, दक्षिणकाली र बालाजुबाट दिनहुँ राजधानीमा पेशा, व्यवसाय र अध्ययनका लागि बसेकाका साथै विदेशबाट फर्किएकाहरू धमाधम बाहिरिरहेका छन् ।

विशेषगरी थानकोट नाका हुँदै बाहिरिने यात्रुले लामो समय ट्राफिक जामको समस्या भोग्नु परिरहेको छ ।

टिकटको कालोबजारी गर्ने र तोकिएकोभन्दा बढी भाडा लिने ३० सवारी साधनलाई कारवाही गरिएको छ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web