काठमाडौं ।

काठमाडौँ उपत्यकाबाट दशँै मनाउन हालसम्म १९ लाख यात्रु बाहिरिएका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता उमेश रञ्जितकारका अनुसार गत भदौ २० गतेदेखि उपत्यकाबाट बाहिरिएका यात्रुको संख्यालाई दशैँका लागि बाहिरिनेको सूचीमा राखिएको छ ।

उपत्यकाबाट बाहिरिनेको संख्याभन्दा भित्रिनेको संख्या भने निकै न्यून छ ।

बडादशैँका मुख्य दिन नजिकिँदै गर्दा उपत्यकाका ४ नाका थानकोट, साँगा, दक्षिणकाली र बालाजुबाट दिनहुँ राजधानीमा पेशा, व्यवसाय र अध्ययनका लागि बसेकाका साथै विदेशबाट फर्किएकाहरू धमाधम बाहिरिरहेका छन् ।

विशेषगरी थानकोट नाका हुँदै बाहिरिने यात्रुले लामो समय ट्राफिक जामको समस्या भोग्नु परिरहेको छ ।

टिकटको कालोबजारी गर्ने र तोकिएकोभन्दा बढी भाडा लिने ३० सवारी साधनलाई कारवाही गरिएको छ ।

चितवन ।

नेकपा 'माओवादी केन्द्र'का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक्लै लडेर निर्वाचन जित्नुपर्छ भन्ने पक्षमा आफूहरु रहेको बताउनुभएको छ ।

प्रेस सेन्टर चितवनले आज गरेको पत्रकार सम्मेलनमा दाहालले चितवन क्षेत्र नं ३ मा आफूले एक्लै निर्वाचन लडेर जित्ने कोसिसमा रहेको बताउनुभयो ।

उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधरहरुसँग तालमेल गर्ने नीतिगत निर्णय भएको भन्दै उहाँले माओवादीप्रतिको जनलहर रहेकाले एक्लै निर्वाचनमा जान पनि सकिने बताउनुभयो ।

वामपन्थी दलबीच एकता आवश्यकः नेता नेपाल

चितवन ।

नेकपा 'एमाले'का वरिष्ठ नेता माधवकुमार नेपालले संघ र प्रदेशको निर्वाचनमा वामपन्थी तालमेल आवश्यक रहेको बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल, चितवन शाखाले आज चितवनमा गरेको पत्रकार सम्मेलनमा उहाँले एउटै दलले मात्रै बहुमत ल्याएर सरकार चलाउने अवस्था नरहेकाले अबको निर्वाचनमा वाम तालमेल आवश्यक रहेको बताउनुभएको हो ।

वामपन्थी तालमेलका विषयमा नेकपा ९माओवादी केन्द्र० तयार रहे एमाले तयार रहेको उहाँले बताउनुभयो ।

केन्द्रस्तरबाट नै तालमेल हुनुपर्ने बताउँदै नेता नेपालले केन्द्रबाट सम्भव नभए स्थानीय स्तरबाट पनि तालमेल गर्नुपर्ने बताउनुभयो ।

काठमाडौं ।

असोज २ गते निर्वाचन सम्पन्न भएका प्रदेश नम्बर २ का १३६ स्थानीय तहमध्ये १३३ स्थानीय तहको मतगणनाको अन्तिम परिणाम सार्वजनिक भएको छ ।

निर्वाचन आयोगबाट प्राप्त पछिल्लो विवरण अनुसार वीरगञ्ज महानगरपालिका, कलैया उपमहानगरपालिका र राजविराज नगरपालिकाको मतगणना कार्य जारी छ ।

वीरगञ्ज महानगरनगरपालिकाको ३ वडाका मतमेटिकाहरु खोली मतगणना सुरु भइसकेको छ भने राजविराज नगरपालिकाको ५ वटा वडाको मतगणना गर्न बाँकी रहेको छ ।

३ स्थानिय तहमा मतगणना जारी

काठमाडौं ।

प्रदेश नम्बर दुइका ८ जिल्लाका १३६ स्थानीय तहमा असोज २ गते भएको निर्वाचनको अब तीन स्थानको नतिजा आउन बाँकी रहेको छ ।

पर्साको वीरगञ्ज महानगरपालिका, बाराको कलैया उपमहानगरपालिका र सप्तरीको राजविराज नगरपालिकाको मतपरिणाम आउन बाँकी छ ।

वीरगञ्जको नगर प्रमुखमा संघीय समाजवादी फोरम नेपाल अग्रस्थानमा छ । प्राप्त पछिल्लो जानकारी अनुसार ७३ हजार ७२ मत गणना भई सक्दा फोरमले काँग्रेस भन्दा मेयरमा १३ सय १ मतले अग्रता लिएको छ ।

मत गणनामा दलहरुबीच विवाद भएपछि अहिले मतगणना स्थल ठाकुर राम बहुमुखी क्याम्पसको सुरक्षा व्यवस्था कडा बनाईएको छ ।

बाराको कलैयामा मतगणना बाँकी रहेको एउटा वडामा विवाद भएपछि गएराति देखि नै मतगणना अवरुद्ध छ । त्यहाँ नेकपा एमालेका उम्मेदवार ९० मतले अग्रस्थानमा रहेका छन् ।

राजविराजमा राजपा नेपालका उम्मेदवार अग्रस्थानमा रहेका छन् ।

बाराको बारागढी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका देवदत्त बछाड र उपाध्यक्षमा संघीय समाजवादी फोरम नेपालकी लक्ष्मी राय विजयी हुनुभएको छ ।

धुलिखेल ।

काभ्रेपलाञ्चोकको बनेपाबाट डाँडापारि गईरहेको बोलेरो जीप रोशी गाउँपालिकामा आज दूर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

बिहान पौने ११ बजेतिर रोशी गाउँपालिका– ३ शिखर आम्बोटेको निगालेमा बा १४ च ९५५६ नम्बरको बोलेरो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिनुभयो ।

मृत्यु हुनेमा महाभारत गाउँपालिका– २ का ३५ वर्षीया खेलीमाया बल, २० वर्षीया पुतलीमाया बल, २२ वर्षीया म्हेन्दोमाया जिम्बा, २७ वर्षीया मनिषा मोक्तान, १९ वर्षीया कुमारी जिम्बा र अर्का एक जना पुरुषको सनाखत हुन बाँकी छ ।

दुर्घटनामा बीस महिनाकी बालिका कृष्टिना मोक्तान हराइरहेको र उनको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

अमेरिका ।

लोकप्रिय यूवा गायिका निक्की कार्कीलाई कार्यक्रमको लागि बोलाएर यौन दुव्र्यवहारजन्य क्रियाकलाप गरेका सुशील नेपाललाई उनि आवद्ध संस्थाले साधारण सदस्य समेत नरहनेगरि निष्काशित गरेको छ ।

गत सेप्टेम्बर २३ तारिखमा अमेरिकाको नर्थ क्यारोलिनामा बसेको नेप्लिज एसोसिएसन अफ साउथ इस्ट अमेरिका नासाको चौथो विशेष आकस्मिक बैठकले उक्त निर्णय गरेको बताएको छ ।

बैठकमा नव निर्वाचित कार्यकारी उपाध्यक्ष रहेका आरोपित सुशील नेपाल स्वयम् उपस्थित भएका थिए । उनलाई संस्थाको बिधान अनुसार साधारण सदस्य समेत नरहने गरि निष्काशन गरेको नेपालले बताए ।

उनलाई नेप्लिज एसोसिएसन अफ साउथ इस्ट अमेरिका नासाको बिधानको धारा ५ , परिच्छेद १ को उपधारा १ अनुसार कारवाई गर्दै निस्काशित गरिएको हो ।

बिधानको साथै संस्थाको छबिलाई उच्छृंखल गतिबाट अहितकर बनाएकोले सेप्टेम्बर २३ तारिख शनिबार कै दिन देखि लागु हुने गरि निस्काशन गरेको संस्थाका ०का अध्यक्ष माधव ढकालले बताए ।

नेपालले गायिका कार्कीलाई गत सेप्टेम्बर १ देखि ३ सम्म नर्थ क्यारोलिनाको सार्लोट शहरमा आयोजित नासा अन्माको संयुक्त सम्मेलनको अन्तिम दिनको सांगीतिक कार्यक्रममा सहभागी हुन बोलाएर यौन दुर्व्यहारको प्रयास गरेका थिए ।

पीडित कार्कीले संस्थागत कारवाही ढिलो भएको भन्दै सामाजिक सञ्जालमा घटनाको खुलासा गरेपछि विश्वभरबाट आरोपित सुशील नेपालको चर्को आलोचना हुन थालेको थियो ।

आरोपी र पीडक सुशील नेपाल २०१५ २०१७ का कार्यकारी समितिका सदस्य तथा २०१७ २०१९ का कार्यकारी उपाध्यक्ष समेत रहेका थिए ।

उनलाई उनि आवद्ध संस्थाले कारवाही गरेपनि अझैसम्म उनले आफ्नो क्रियाकलाप र गायिका कार्कीमाथि परेको असरमा माफी मागेका छैनन् ।

Acting Chief Election Commissioner Ila Sharma has claimed that the local level elections held recently were outstanding while evaluating from any of the international measuring tools.

At a greetings exchange programme by the Election Commission (EC) today, Sharma said that none can raise the questions on EC's roles for conducting the polls in a free, fair and fearless manner.

On the occasion, Sharma urged all the officials to work responsibility to make the upcoming elections to the House of Representatives and State Assemblies to be held in November 26 and December 7.

The central, regional and sub-regional offices of the National Human Rights Commission (NR|HRC) shall remain open during Dashain, Tihar and Chhath holidays as well.

The NHRC said that its offices would remain open from 11 am to 2 pm during festival holidays.

Issuing a press statement today, NHRC Spokesperson Mohana Ansari said that provisions have been arranged to open the NHRC offices on holidays by considering the priorities of human rights protection.

So far 190 thousand people have left for their homes for the Dashain celebrations.

According to the Metropolitan Traffic Police Division spokesperson Umesh Ranjit, this data includes the number of passengers leaving the Kathmandu Valley since September 5.

The number of people entering the Valley is said to be minimal.

As the Dashain celebrations have already begun, the traffic police have taken special measures to cope with adversities in traffic management.

Meantime, the traffic police took action against 30 people for black marketeering in the sale of tickets of public vehicles and overcharging passengers.

Of seven persons killed in a road accident involving a Bolero jeep at Nigale of Aambote of Roshi Rural Municipality-3 in Kavrepalanchowk late this morning, Six have been identified. They all are women.

Police identified the deceased as Khelimaya Bal, 35, Putalimaya Bal, 20, Mhendomaya Jimba, 22, Manisha Moktan, 27 and Kumari Jimba, 19 of Mahabharat Rural Municipality-2.

According to the District Police Office, Kavrepalanchowk's police inspector Rabiraj Thapaliya, the sixth victim is male and police are trying to establish his identity.

A little baby girl Kristina Moktan (20 month-old) has gone missing in the incident.

Injured Avishek Tamang was rescued by the police and was flown to Kathmandu via a helicopter for treatment.

Rescue efforts for others are underway. A total of 17 people were travelling in the reserved jeep.

A newly built building with 80 beds in the BP Koirala Memorial Cancer Hospital in Chitwan came into operation from today on the occasion of 18th anniversary of the Hospital.

Speaking on the occasion, CPN-MC Chairman Pushpa Kamal Dahal stated that none has rights to play with the public's health, arguing that a minor error in health sector could claim the patients' lives.

Dahal pressed for taking action against those who put health institutions into jeopardy.

Supplies Minister Shiva Kumar Mandal has said the government is alert on the smooth supply of essential commodities during the Dashain, Tihar and Chhath festivals.

Speaking at a press meet in Birathnagar today, he made it clear that the government would be tough against those found involved in black marketing, creating artificial shortage and selling goods at exorbitant price.

The minister underlined the need of a separate legislation providing powers to the ministry to take action against black marketeers and unscrupulous businessmen who cheat customers, citing the present legislation does not give that power to the ministry but to another body.

CPN-Maoist Centre chair Pushpa Kamal Dahal has stated that he may not consider entering political alliance to emerge a winner in the upcoming election from constituency no 3 in Chitwan district.

At a press conference organized by Press Centre in Chitwan today, the former Prime Minister, however, said that talks were ongoing with other political parties for forging political alliance in view of the twin elections at hand.

According to him, the party had made a decision at policy level to enter into electoral alliance only with those who would subscribe to the ideology of Federal Democratic and Republican ideology.