CPN-Maoist Centre chair Pushpa Kamal Dahal has stated that he may not consider entering political alliance to emerge a winner in the upcoming election from constituency no 3 in Chitwan district.

At a press conference organized by Press Centre in Chitwan today, the former Prime Minister, however, said that talks were ongoing with other political parties for forging political alliance in view of the twin elections at hand.

According to him, the party had made a decision at policy level to enter into electoral alliance only with those who would subscribe to the ideology of Federal Democratic and Republican ideology.

Leader Nepal insists on leftist alliance

CPN (UML) leader Madhav Kumar Nepal has insisted on the need of an alliance among the leftists in the upcoming elections to the House of Representatives and State Assemblies.

Speaking at a press in Chitwan today, he said there seems no possibility of a single party garnering majority in the elections so as to run the government that's why an electoral alliance among the leftist parties is necessary.

The former Prime Minister said the UML is ready for the leftists' alliance if the CPN (Maoist Center) is positive for so.

काभ्रेमा दशैं किनमेलबाट फर्केका चढेको गाडी दुर्घटनामा ६ जनाको निधन, १० जना गम्भिर

बनेपा ।

दशैंको किनमेल गरेर फर्केका एउटै गाउँका व्यक्तिहरु चढेको बोलेरो गाडि दुर्घटना हुँदा हुँदा काभ्रेको निगालेमा ६ जनाको घटनास्थलमै निधन भएको छ ।

काभ्रेको रोशि गाउपालिकाको निगालेमा बा १४ च ९५५६ नम्वरको बोलेरे गाडि दुर्घटनामा परेको हो ।

दशैं मान्न बनेपाबाट सामान किनेर फर्केकाहरु चढेको बोलेरो रोशी गाउँपालिका शिखराम्बोटे ३ मा दुर्घटना भएको हो ।

प्रहरी ईन्सपेक्टर रविराज थपलियाले दिएको जानकारी अनुसार गम्भिर घाईते १० जनालाई उपचारको लागि हेलिकोप्टरबाट काठमाडौं पठाइएको छ ।

बोलेरे निगाले बनेपाबाट डाँडापारी गोकुले तर्फ जाँदै गरेको थियो । दुर्घटनामा परि निधन तथ घाईतेहरुको परिचय खुल्न बाँकी रहेको छ ।

दशैंको किनमेल गर्न गएका एउटै गाउँका व्यक्तिहरु दुर्घटनामा परि निधन भएपछि गोकुले गाउँ अहिले शोकमग्न बन्न पुगेको छ ।

आज बडा दशैंको पाँचौं दिन, भगवती स्कन्दमाताको पूजा आराधना

काठमाडौं ।

बडा दशैंको मूख्य दिन सुरुवाती मानिने फुलपातिको अघिल्लो दिन आज स्कन्दमाता भगवतीको पूजा आराधना गरिंदै छ ।

भगवान स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रीको पाँचौ दिनलाई स्कन्दमाताको नामबाट पुकार्ने गरिएको पाइन्छ ।

चार हात मध्ये दायाँतर्फको माथिल्लो हातले स्कन्दकुमार कार्तिकेयलाई काखमा च्याप्दै बायाँतर्फको तल्लो हातमा कमलको फूल र माथिल्लो हातले बरमुद्रा धारण गर्ने यिनी पद्मासन सहित सिंहमा सवार रहन्छिन ।

सूर्य मण्डलकी अधिष्ठात्री देवी हुनाले यिनको वर्ण पनि सूर्यकै जस्तै देदिप्यमान हुन्छ ।

यसै अवसरमा देशभर आदिकालदेखि उत्पत्ति भइरहेका र प्रतिष्थापित अष्टमातृकाका विभिन्न शक्तिपीठमा आज श्रद्धाभक्तिपूर्वक नवदुर्गा भगवानीको दर्शन गरी पूजाअर्चना भइरहेको छ ।

उत्तर कोरियाले युद्ध घोषणाको चेतावनी पछि अमेरिका हच्कियो

एजेन्सी ।

उत्तर कोरियाली नेताको आयु अब धेरै नरहेको भन्दै उत्तर कोरियाली नेता किम जोगं उनलाई धक्की दिएका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको ट्विट पछि युद्ध भड्कीने उत्तरको चेतावनी पछि अमेरिका हच्किएको छ ।

ट्रम्पको धम्कीपूर्ण लेखाइपछि उत्तर कोरियाली बिदेश मन्त्रीले आफ्नो देशको आकाश भन्दा बाहिर भएपनि अमेरिकी बमवर्षकहरुलाई गोली प्रहार गरेर खसाल्ने बताएपछि अमेरिकाले संयमता पूर्वक प्रतिक्रिया दिएको छ ।

ह्वाइटहाउसकी प्रवक्ता सारा हकाबी स्याण्डर्सले वाशिङटनले युद्ध घोषणा गरेको भन्ने उत्तर कोरियाका विदेश मन्त्रीको भनाइ हास्यास्पद भएको टिप्पणी गर्दै अमेरिकी युद्ध बिमान खसाल्ने उत्तरको घोषणाको भत्सर्ना गरेकी छिन् ।

उत्तर कोरियाली विदेश मन्त्री होले अमेरिकामै न्यू योर्क छोड्नु अघि सञ्चारकर्मीहरुसँग बोल्दै अमेरिकालाई चेतावनी दिंदै भनेका थिए सारा विश्वले स्पष्टसँग सम्झोस हाम्रो मुलुकमाथि युद्ध घोषणा पहिले अमेरिकाले गरेको हो ।

पत्रकारहरुको जिज्ञासाको प्रतिउत्तरमा उनले भने त्यसैले हामीमाथि त्यसको प्रतिकार गर्ने अधिकार छ । त्यसमा हाम्रो आकाश क्षेत्रबाहिर भएपनि अमेरिकी रणनीतिक बमवर्षकहरु गोली हानेर खसाल्न पनि पर्छ ।

उत्तर कोरियाली विदेश मन्त्रीले अमेरिकामै रहेर यस्तो चेतावनी र आवेशपूर्ण अभिव्यक्ति दिएपछि दक्षिण कोरियाली विदेश मन्त्री काङ क्यूङ ह्वाले अमेरिकालाई थप तनाव नबढाउन आग्रह गरेकी छन् ।

कोरियाली प्रायद्धिपमा बम बर्षक बिमान, युद्धपोत पठाउने तथा युद्ध भड्काउने अभिव्यक्ति अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले लगातार दिइरहँदा कोरियाली प्रायद्धिपमा बिवाद थप चुलिंदै गएको छ ।

युद्धको अवस्था आएमा उत्तर कोरियासँगै दक्षिण कोरिया र जापानमा यसको सबैभन्दा बढी असर पर्ने तथा चीन हुँदै रुस र अमेरिकी संलग्नताले तेस्रो विश्व युद्ध हुनसक्ने त्रास बढीरहँदा उत्तर कोरियाले युद्धको घोषणा अमेरिकाले गरिसकेको बताएपछि अमेरिकी मिडियाहरुले यसलाई बढी महत्वका साथ युद्ध भड्कीने गतिविधि गर्न नहुने बताउन थालेका छन् ।

वीरगंज महानगरमा फोरम नेपाललाई १२ सय बढी भोट, काँग्रेस, राजपा एमाले पछि पर्यो

बीरगञ्ज ।

वीरगंज महानगरपालिकाको प्राप्त पछिल्लो मतगणनाको परिणाम अनुसार उपेन्द्र यादव नेतृत्वको संघिय समाजवादी फोरम नेपालका मेयरले अग्रता कायम गरेका छन् ।

प्राप्त पछिल्लो जानकारी अनुसार ७१ हजार २ सय १३ मत गणना भई सक्दा फोरमले काग्रेस भन्दा मेयरमा १२३७ मतले अग्रता लिएको छ । यता उप मेयरमा नेपाली कांग्रेस फोरम भन्दा १८८२ मतले अग्र स्थानमा रहेको छ ।

संघीय समाजबादी फोरम नेपालका मेयरका उम्मेदवार विजय सरावगीले १६३४९ मत प्राप्त गर्नु भएको छ भने नेपाली कांग्रेसका अजय द्विवेदीले १५१०४ मत प्राप्त गरी दोश्रो स्थानमा रहनु भएको छ ।

त्यसैगरी उपमेयरमा नेपाली कांग्रेसकी शान्ति कार्कीले १७४६१ मत प्राप्त गरी अग्रस्थानमा रहनु भएको छ भने दोश्रोे स्थानमा फोरम नेपालकी पिंकी यादवले १५५८० प्राप्त गर्नु भएको छ ।

तेश्रो स्थानमा राजपा नेपालका उम्मेदवार राजेशमान सिंह रहनु भएको छ । सिंहले ९९८२ मत प्राप्त गर्नु भएको छ । भने उपमेयरमा तेश्रो स्थानमा नेकपा एमालेकी सोफिया आचार्य रहनु भएको छ । आचार्यले ९०८० मत प्राप्त गर्नु भएको छ ।

मत गणनाको पछिल्लो जानकारी अनुसार वीरगंज महानगरपालिकामा मेयर पदमा एमाले चौथो, माओवादी केन्द्र पाँचौ र फोरम लोकतान्त्रिक छैठौ स्थानमा रहेका छन् ।

मन्त्री नै भन्छन्-‘कालाबजारी गर्नेलाई कारवाहीगर्न कडा कानुनै छैन’

बिराटनगर ।

आपुर्ति मन्त्री शिवकुमार मण्डलले प्रभावकारी कानुुन नभएकै कारण कालावजारी तथा अनिमियतता गर्नेहरु सहजै उन्मुक्ति पाउने गरको वताउनु भएको छ ।

प्रेश सेन्टर मोरङले विराटनगरमा आज गरेको पत्रकार सम्मेलनमा वोल्दै उहाले एउटा संस्थाले अनुगमन गर्ने र अर्को संस्थाले कार्वाहीगर्ने अहिलेको कानुनमा व्यवस्था रहेकाले कार्वाही फितलो हुने गरेको वताउनुभयो ।

मन्त्री मण्डलले कालावजारीगरेर जनता ठग्ने हरुकालाई पक्राउगर्दापनी कानुनको अभावमा काला वजारी ऐन अन्र्तगत मुद्धा चलाइपनी कडा कार्वाही हुन नसकेको भन्दै कडा कार्वाहीका लागी एकिकृत कानुन आवश्यक रहेको वताउनुभयो । मन्त्री मण्डलले सातवटै प्रदेशमा आपुर्ति मन्त्रालय अन्तर्गतका कार्यालय र मुख्य सहरमा सहायक कार्यालय राख्ने तयारीमा मन्त्रालय रहेको वताउनुभयो ।

उहाले दशै तिहारलाई लक्षितगरी मन्त्रालयले देशभरी वजार अनुगमनको कार्यलाई मन्त्रालयले तिव्रता दिएको वताउनुभयो । आपुुर्ति व्यवस्थालाई सहज बनाउन सरकारले अनुगमनको कार्यलाई तिव्रता दिएको उहाले वताउनुभयो ।

एक प्रश्नमा मन्त्री मण्डलले नेपाल आयल निगमका महाप्रवन्धक गोपाल खडकालाई विधि सम्वद रुपमा सरकारले कार्वाही गरेको वताउनुभयो । विभिन्न समितिले महाप्रवन्धक खडका संग स्पष्टिकरण लिइ सकेकाले मन्त्रालयले स्पक्ष्टिकरण लिनु आवश्यक नभएको उहाले वताउनुभयो ।

खडका विरुद्ध जग्गा खरिदका विषयमा आफुसंगै धेरै प्रमाण भएकाले उनले जाहा गएपनी उन्मुक्ति नपाउने उहाको भनाई थियो । उहाले आफु मन्त्री पद्धमा रहुन्जेल सम्म गलत कामगर्ने जो कोइलाई पनी छुट नदिने उल्लेख गर्नुभयो । उहाले महाप्रवन्धक खडकाले गरेको आर्थिक अनिमियतको वारेमा अख्तियारले छानविन गरिरहेको बताउनुभयो ।

संसदको अवधि बाँकी छँदै जापानमा नयाँ निर्वाचनको घोषणा

टोकियो ।

संसदको अवधि एक बर्ष बाँकी रहँदै जापानका प्रधानमन्त्री शिन्जो आबेले नयाँ निर्वाचनको घोषणा गरेका छन् ।

आइतबार संवोधन गर्दै प्रधानमन्त्री आवेले आगामी बिहीवार संसद भंग गर्न लागेको बताएका हुन् ।

नयाँ चुनाव घोषणापछि शिक्षा, ऋण कटौति र सामाजिक खर्चका लागि १.७८ विलियन डलर रकम प्याकेज घोषणा गरेका छन् ।

नयाँ निर्वाचन आगामी अक्टुबर २२ मा गरिनुपर्ने सुझाव र खवर आएपछि आवेले भने निर्वाचनको मिति तोकेका छैनन् ।

पत्रकार सम्मेलनमा आवेले आफ्नो आर्थिक सुधारको मार्ग लगातार कायमै रहने स्पष्ट पारे ।

पछिल्लो समय आफुले छनौट गरेका मन्त्रीहरु विवादमा आउँदा, तथा पत्नी आर्थिक कारोवारमा विवादीत बनेका आवे अन्तर्राष्ट्रिय रुपमा समेत कोरियाली प्रायद्धिप विवादमा सफल नभएको लगायतका आरोप उनिमाथि लाग्दै आएको छ ।

यद्यपी सुझबुझ पूर्ण निर्णय तथा सक्षम नेतृत्वको रुपमा समेत चित्रित गरिंदै आएको आवेको लोकप्रियता आसन्न निर्वाचनले घटको देखाउने अनुमानहरु गरिएको छ ।

१३२ स्थानीय तहको मतपरिणाम सार्वजनिक

काठमाडौँ ।

असोज २ गते निर्वाचन सम्पन्न भएका प्रदेश नम्बर २ का ८ जिल्लाका १३६ स्थानीय तहमध्ये १३२ स्थानीय तहको मतगणनाको परिणाम सार्वजनिक भएको छ ।

पछिल्लो विवरण अनुसार, स्थानीय तहको प्रमुख एवं अध्यक्ष पदमा नेपाली काँग्रेस ३८, नेकपा 'एमाले' १८, नेकपा माओवादी केन्द्र २१, राष्ट्रिय जनता पार्टी नेपाल २४, संघीय समाजवादी फोरम नेपाल २५, नेपाल लोकतान्त्रिक फोरम ३, नेपाली जनता दल २ र नयाँ शक्ति पार्टी १ स्थानमा विजयी भएका छन् ।

अब ४ स्थानीय तहको निर्वाचन परिणाम आउन बाँकी छ । ८ जिल्लामध्ये सिरहा, धनुषा, महोत्तरी, सर्लाही र रौतहटका सबै स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ ।

सप्तरीको राजबिराज नगरपालिका, बारा जिल्लाको कलैया उपमहानगरपालिका र बारागढी गाउँपालिका तथा पर्सा जिल्लाको वीरगन्ज महानगरपालिकामा मतगणना जारी छ ।

जनार्दन शर्माको पहलमा चिनियाँ कम्पनीलाई दिइएको बूढीगण्डकी आयोजना खारेज गर्न निर्देशन

काठमाडौं ।

काठमाडौं उपत्यकामा लोडसेडिगं हटाउन महत्वपूर्ण व्यवस्थापकिय भूमिका खेलेका कुलमान घिसिंगलाई देखाएर अर्बौंको आयोजनामा घोटाला गरेको आरोप खेप्दै आएका माओवादी नेता तथा तत्कालिन जलश्रोत मन्त्री जनार्दन शर्माको पहलमा चिनियाँ कम्पनिलाई दिइएको बूढीगण्डकी आयोजनामा बदनीयत भेटिएपछि सम्झौता खारेज हुने भएको छ ।

व्यवस्थापिका–संसद्को कृषि तथा जलस्रोत समिति र अर्थ समितिले बूढीगण्डकी जलविद्युत् आयोजनामा चिनियाँ कम्पनीसँग भएको समझदारी देश हित विपरित भएको भन्दै तत्काल खारेज गर्न सरकारलाई निर्देशन दिएको छ ।

ती समितिको आज संयुक्त रुपमा बसेको बैठकले चिनियाँ कम्पनी गुजुवासँग गरिएको समझदारी तत्काल खारेज गरेर विश्वव्यापी बोलपत्रमार्फत आयोजना अगाडि बढाउन निर्देशन दिएको हो ।

आयोजनाका सम्बन्धमा मन्त्रिपरिषद् र ऊर्जा मन्त्रालयबाट भएका निर्णय नेपालको प्रचलित नियम कानून सम्मत नदेखिएको समेत समितिले ठहर गरेको छ ।

आयोजना चिनियाँ कम्पनीलाई सार्वजनिक खरिद ऐनलाई उल्लंघन गरेर हचुवाको भरमा जिम्मा दिइएको भन्दै समितिले समझदारी खारेज गर्नुको विकल्प नभएको उल्लेख गरेको छ ।

खुला प्रतिस्पर्धा नगराएको र नेपालमा जलविद्युत् क्षेत्रमा असफल सावित कम्पनीसँग हचुवाको भरमा समझदारी गरिएका कारण यो प्रक्रिया तत्काल खारेज गर्न समितिले निर्देशन दिएको कृषि तथा जलस्रोत समितिका सभापति मोहन बरालले जानकारी दिनुभयो ।

बैठकमा ऊर्जा राज्यमन्त्री शम्भुलाल श्रेष्ठले बूढीगण्डकी आयोजना नेपालले आफ्नै स्रोत र साधनबाट निर्माण गर्न सक्ने बताउनुभयो ।

यस्तै मुआब्जा वितरण कार्यलाई निरन्तरता दिन सम्बन्धित पक्षलाई समितिले निर्देशन दिएको छ ।

प्रदेश प्रमुखलाई मासिक १ लाख १८ हजार तलब भत्ता

काठमाडौं ।

सरकारले प्रदेश प्रमुखको सेवा, सुविधा, पारिश्रमिक तथा शर्तसम्बन्धी विधेयक आज संसद् सचिवालयमा दर्ता गरेको छ ।

संविधानबमोजिम सरकारले ७ प्रदेशमा १–१ प्रदेश प्रमुखको नियुक्ति गर्नुपर्ने हुन्छ ।

प्रस्तुत विधेयकमा प्रदेश प्रमुखलाई मासिक रु ६० हजार पारिश्रमिक, रु १८ हजार पोशाक भत्ता र रु ४० हजार अतिथि सत्कार खर्च तोकिएको छ ।

यस्तै प्रदेश प्रमुखले सचिवालयमा १० कर्मचारी राख्न पाउने व्यवस्था गरिएको छ ।

डा. केसीद्वारा सत्याग्रह शुरु

काठमाडौं ।

त्रिविवि चिकित्सा शास्त्र अध्ययन संस्थानका प्रा. डा. गोविन्द केसीले पाँच सूत्रीय माग राखी पुनः अनशन शुरु गर्नुभएको छ ।

महाराजगञ्जस्थित संस्थाको हाताभित्र पत्रकार सम्मेलन गरी डा. केसीले आफ्नो १२ औँ अनशन आजदेखि शुरु गर्नुभएको हो ।

सरकारले आजै व्यवस्थापिका–संसद्बाट बहुचर्चित एवं बहुप्रतिक्षित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७४ लाई संशोधन नगरी पारित गर्न लागेको भन्दै उहाँले अनशन शुरु गर्नुभएको हो ।

यसअघि यही असोज २० गतेदेखि अनशन शुरु गर्ने कार्यक्रम तय भएको थियो ।

उहाँका मागमा माथेमा प्रतिवेदन र आफ्ना सुझावलाई समेत समावेश गरी चिकित्सा शिक्षा ऐन पारित गर्नुपर्ने, सरकारले निर्धारण गरेअनुसार नै काठमाडौँ विश्वविद्यालयले एमबिबिएसको शुल्क लिनुपर्ने, त्रिविवि पदाधिकारीलाई पदबाट बर्खास्त गर्नुपर्ने रहेका छन् ।

यसैगरी, अन्य मागमा हालै बर्खास्त गरिएका नेपाल आयल निगमका कार्यकारी प्रमुखमाथि छानबिन गरी हिनामिना गरिएको भए रकम उसुलउपर गर्नुपर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पठनपाठन तत्काल शुरु हुनुपर्ने, देशका विभिन्न भागमा मेडिकल कलेज स्थापना गर्ने कार्य अगाडि बढाउनुपर्ने र नेपाल चिकित्सक संघले उठान गरेका माग पूरा गर्नुपर्ने रहेका छन् ।

डा.केसीका सत्याग्रहका मागहरु :

१) माथेमा प्रतिवेदन तथा हाम्रा सुझावअनुरुप परिमार्जन गरेर तत्काल चिकित्सा शिक्षा ऐन पारित गरियोस् ।

२) मेडिकल माफियासितको मिलेमतोमा एमबीबीएसका लागि सरकारले तोकेको भन्दा दशौं लाख बढी शुल्क अवैध रुपमा निर्धारण गर्ने काठमाडौं विश्वविद्यालयको निर्णय तत्काल खारेज गरी सरकारले तोकबमोजिम एमबीबीएसका लागि रु ३८,५०,००० (काठमाडौं उपत्यकाभित्र), रु ४२,४५,०००(उपत्यकाबाहिर) तथा बीडीएसका लागि रु १९,३२,६१२ कायम गरियोस् । माफियासित मिलेमतो गरेर अरबौंको चलखेल गर्ने डिन राजेन्द्र कोजुलाई तत्काल बर्खास्त गरियोस् ।

त्रिविअन्तर्गतका निजी मेडिकल कलेजमा स्नातकोत्तरको शुल्क रु २२,५०,००० कायम गरियोस् । अनियमिततापूर्वक धेरै शुल्क तोक्ने तथा खाली भवनलाई एमबीबीएसको सम्बन्धन दिने त्रिवि पदाधिकारीहरुलाई बर्खास्त गरेर कारवाही गरियोस् । आइओएमबाट त्रिविले खोसेर लगेका अधिकारहरु तत्काल फिर्ता गरियोस् ।

३) बर्खास्त गरिएका आयल निगमका प्रमुखमाथि छानविन गरेर उनले हिनामिना गरेको अर्बौं रुपैयाँ असुलउपर गर्दै कारवाही गरियोस् । सोही भ्रष्टाचार काण्डमा उनीसित मिलेर भ्रष्टाचार गर्ने सबै तहका अन्य सबै व्यक्तिहरु तथा भ्रष्टाचार गरेको पुष्टि भएर पनि कारवाहीमा नपरेका अन्य सार्वजनिक संस्थान, परिषद् र संस्थाका पदाधिकारीहरुमाथि समेत तत्काल पदच्युत गरेर छानविन तथा कारवाही गरियोस् ।

४) कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल अध्ययन–अध्यापन शुरु गर्ने गरी बजेट तथा अन्य व्यवस्था गरियोस् । कैलाली र दाङका सरकारी मेडिकल कलेजको काम शीघ्र अघि बढाइयोस् । डोटी–डडेल्धुरा, धनुषा–महोत्तरी, उदयपुर, पाँचथर–तेह्रथुम आदि ठाउँमा तत्काल सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाइयोस् ।

17.12¡ÆC