बिराटनगर ।

आपुर्ति मन्त्री शिवकुमार मण्डलले प्रभावकारी कानुुन नभएकै कारण कालावजारी तथा अनिमियतता गर्नेहरु सहजै उन्मुक्ति पाउने गरको वताउनु भएको छ ।

प्रेश सेन्टर मोरङले विराटनगरमा आज गरेको पत्रकार सम्मेलनमा वोल्दै उहाले एउटा संस्थाले अनुगमन गर्ने र अर्को संस्थाले कार्वाहीगर्ने अहिलेको कानुनमा व्यवस्था रहेकाले कार्वाही फितलो हुने गरेको वताउनुभयो ।

मन्त्री मण्डलले कालावजारीगरेर जनता ठग्ने हरुकालाई पक्राउगर्दापनी कानुनको अभावमा काला वजारी ऐन अन्र्तगत मुद्धा चलाइपनी कडा कार्वाही हुन नसकेको भन्दै कडा कार्वाहीका लागी एकिकृत कानुन आवश्यक रहेको वताउनुभयो । मन्त्री मण्डलले सातवटै प्रदेशमा आपुर्ति मन्त्रालय अन्तर्गतका कार्यालय र मुख्य सहरमा सहायक कार्यालय राख्ने तयारीमा मन्त्रालय रहेको वताउनुभयो ।

उहाले दशै तिहारलाई लक्षितगरी मन्त्रालयले देशभरी वजार अनुगमनको कार्यलाई मन्त्रालयले तिव्रता दिएको वताउनुभयो । आपुुर्ति व्यवस्थालाई सहज बनाउन सरकारले अनुगमनको कार्यलाई तिव्रता दिएको उहाले वताउनुभयो ।

एक प्रश्नमा मन्त्री मण्डलले नेपाल आयल निगमका महाप्रवन्धक गोपाल खडकालाई विधि सम्वद रुपमा सरकारले कार्वाही गरेको वताउनुभयो । विभिन्न समितिले महाप्रवन्धक खडका संग स्पष्टिकरण लिइ सकेकाले मन्त्रालयले स्पक्ष्टिकरण लिनु आवश्यक नभएको उहाले वताउनुभयो ।

खडका विरुद्ध जग्गा खरिदका विषयमा आफुसंगै धेरै प्रमाण भएकाले उनले जाहा गएपनी उन्मुक्ति नपाउने उहाको भनाई थियो । उहाले आफु मन्त्री पद्धमा रहुन्जेल सम्म गलत कामगर्ने जो कोइलाई पनी छुट नदिने उल्लेख गर्नुभयो । उहाले महाप्रवन्धक खडकाले गरेको आर्थिक अनिमियतको वारेमा अख्तियारले छानविन गरिरहेको बताउनुभयो ।

16.12¡ÆC