जनार्दन शर्माको पहलमा चिनियाँ कम्पनीलाई दिइएको बूढीगण्डकी आयोजना खारेज गर्न निर्देशन

अशोज ९, २०७४ मा प्रकाशित | 880 views

काठमाडौं ।

काठमाडौं उपत्यकामा लोडसेडिगं हटाउन महत्वपूर्ण व्यवस्थापकिय भूमिका खेलेका कुलमान घिसिंगलाई देखाएर अर्बौंको आयोजनामा घोटाला गरेको आरोप खेप्दै आएका माओवादी नेता तथा तत्कालिन जलश्रोत मन्त्री जनार्दन शर्माको पहलमा चिनियाँ कम्पनिलाई दिइएको बूढीगण्डकी आयोजनामा बदनीयत भेटिएपछि सम्झौता खारेज हुने भएको छ ।

व्यवस्थापिका–संसद्को कृषि तथा जलस्रोत समिति र अर्थ समितिले बूढीगण्डकी जलविद्युत् आयोजनामा चिनियाँ कम्पनीसँग भएको समझदारी देश हित विपरित भएको भन्दै तत्काल खारेज गर्न सरकारलाई निर्देशन दिएको छ ।

ती समितिको आज संयुक्त रुपमा बसेको बैठकले चिनियाँ कम्पनी गुजुवासँग गरिएको समझदारी तत्काल खारेज गरेर विश्वव्यापी बोलपत्रमार्फत आयोजना अगाडि बढाउन निर्देशन दिएको हो ।

आयोजनाका सम्बन्धमा मन्त्रिपरिषद् र ऊर्जा मन्त्रालयबाट भएका निर्णय नेपालको प्रचलित नियम कानून सम्मत नदेखिएको समेत समितिले ठहर गरेको छ ।

आयोजना चिनियाँ कम्पनीलाई सार्वजनिक खरिद ऐनलाई उल्लंघन गरेर हचुवाको भरमा जिम्मा दिइएको भन्दै समितिले समझदारी खारेज गर्नुको विकल्प नभएको उल्लेख गरेको छ ।

खुला प्रतिस्पर्धा नगराएको र नेपालमा जलविद्युत् क्षेत्रमा असफल सावित कम्पनीसँग हचुवाको भरमा समझदारी गरिएका कारण यो प्रक्रिया तत्काल खारेज गर्न समितिले निर्देशन दिएको कृषि तथा जलस्रोत समितिका सभापति मोहन बरालले जानकारी दिनुभयो ।

बैठकमा ऊर्जा राज्यमन्त्री शम्भुलाल श्रेष्ठले बूढीगण्डकी आयोजना नेपालले आफ्नै स्रोत र साधनबाट निर्माण गर्न सक्ने बताउनुभयो ।

यस्तै मुआब्जा वितरण कार्यलाई निरन्तरता दिन सम्बन्धित पक्षलाई समितिले निर्देशन दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web