भारतबाट अवैध चोरी पैठारी बढेपछि नाकामा सुक्ष्म निगरानी गर्न निर्देशन

काठमाडौं ।

अर्थ मन्त्रालयले चाडवाडको समयमा भन्सार नाकाहरुबाट हुन सक्ने चोरी पैठारी नियन्त्रणका लागि सुक्ष्म निगरानी गर्न निर्देशन दिएको छ ।

दशैं लगायतका चाडपर्वमा मालवस्तुको आयात बढी हुनुका साथै चोरी पैठारी समेत हुन सक्ने र भन्सार नाकाहरु निर्वाद रुपले सञ्चालन हुने भएकाले भन्सार नाकाहरुमा सुुक्ष्म निगरानीको व्यवस्था गरिएको अर्थ मन्त्रालयका राजस्व सचिव शिशिर कुमार ढुुङ्गानाले जानकारी दिनुुभयो ।

मालवस्तुको बिल विजक जारी भए–नभएको सम्बन्धमा बजार अनुुगमनलाई अझ प्रभवकारी बनाइएको र भन्सार बिन्दुहरुमा न्यून विजकीकरण भएका माल वस्तु खरिदका लागि आवश्यक रकम सहित निर्देशन दिइएको सचिव ढुुङ्गानाले बताउनुुभयो ।

चाडवाडको समयमा बजार एवं भन्सार नाकाहरुको अनुुगमनका लागि आन्तरिक राजस्व विभाग र राजस्व अनुसन्धान विभागले ३९ वटा समूह परिचालन गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

कृषिजन्य वस्तुको आयात निर्यातमा ११ अर्ब बढीको व्यापार घाटा

विराटनगर ।

विराटनगर नाका भएर भारतसँग कृषिजन्य वस्तुको आयात निर्यातमा करिब ११ अर्बभन्दा बढीको व्यापार घाटा देखिएको छ ।

विराटनगर नाका भएर गत आर्थिक वर्षमा भारतबाट विभिन्न प्रकारका खाद्य सामग्री, फलपूmल र कृषिजन्य वस्तु १४ अर्ब ५६ करोड भन्दा बढीको सामान नेपाल भित्रिएको छ भने भारततर्फ ३ अर्ब २६ करोड भन्दा बढीको कृषिजन्य वस्तु निर्यात गरिएको प्लान्ट क्वारेन्टाइन कार्यालय, विराटनगरले जनाएको छ ।

भारतबाट आयात हुने कृषिजन्य वस्तुमा ८ अर्ब ४८ करोड ९२ लाख मूल्यको चामल, गहुँ, दाल, मकै, धान, कोदो र जौसमेत गरी ३ लाख १ हजार ७३३ मेट्रिक टन खाद्यान आयात भएको हो ।

साथै ३ अर्ब ५७ करोड ६५ लाख ४५ हजारका विभिन्न प्रकारका तरकारी, आलु, तेलहन पदार्थ लगायतका खाद्य सामग्री भित्रिएका छन् ।

विराटनगर नाका भएर भारततर्फ ३ अर्बभन्दा बढी मूल्यको कृषिजन्य तथा जडीबुटी भारततर्फ निर्यात भएको छ ।

लोकप्रिय रेडियोकर्मी मात्र थिएनन् यस्ता गितका गायक पनि थिए मुनाल

काठमाडौं ।

रेडियो नेपालको बाल कार्यक्रममार्फत बालबालिका बिच प्रस्तुत हुने पुराना रेडियो प्रस्तोता बासुदेव मुनाल अब हामीमाझ रहनु भएन ।

रेडियो नेपालबाट हरेक दिन साँझ साँढे पाँच बज्ने यो कार्यक्रम बालबाटिकामा प्यारा दाजुका रुपमा रहनुभएका बासुदेव मुनालले कार्यक्रममार्फत ‘आओ मेरा प्यारा भाइबैनी हो, रेडियो नजिक आओ ।’ भन्दा धेरै बालबालिकाहरु कार्यक्रम सुन्न निक्कै लालयित हुन्थे ।

बासुदेव मुनालका ‘भए पनि ठीकै, नभए पनि ठीकै, पानी खाने निउंले तिम्रो घरमा आउँला, लालुपाते फुलेर लाल भयो, बाँसुरीको धुनमा मादलुको तालमा, झम झम इष्टकोट जस्ता थुप्रै गीतहरु चर्चित छन् ।

घाँटीको क्यान्सरले बिरामी पर्नुभएका बासुदेव मुनाल विगत केही समयदेखि उपचाररत हुनुहन्थ्यो । उहाँको उपचारकै क्रममा भक्तपुर क्यान्सर अस्पतालमा बिहीबार बेलुका निधन भएको हो ।

पारिवारिक श्रोतका अनुसार ११ वर्षअघि उहाँको लडेर ब्रेन ह्याम्ब्रेज समेत भएको थियो ।

विराटनगरमा बि.सं. २००६ सालमा जन्मिनु भएका मुनालले रेडियो नेपालमा ४ दशक बिताउनुभएको थियो ।

स्व।बासुदेव मुनालको भौतिक शरिर हामीमाझ नभए पनि सञ्चार क्षेत्रमा उहाँको योगदानलाई नेपालीले सदा सम्झी रहने छ ।

चिकित्सकहरुको आन्दोलनबाट बिरामी मर्कामा

काठमाडौं ।

सुरक्षाको माग गर्दै चिकित्सकहरु एक सातादेखि आन्दोलनमा छन् ।

मुलुकभरका सरकारी अस्पतालहरुको ओपिडी सेवा बन्द गरी चिकित्सकहरुले आन्दोलन गर्दा सर्वसाधारण विरामीहरु उपचार सेवा पाउनबाट बंचित हुंदै आएका छन ।

चिकित्सकहरुको लापरवाहीको कारण बिरामीको मृत्यु भएमा त्यसको क्षतिपूर्ति चिकित्सकले नै दिनुपर्ने सरकारी निर्णयको विरोधमा चिकित्सकहरु चिकित्सक सुरक्षाको माग गर्दै आन्दोलन गर्दै आएका हुन  ।

चिकित्सकमाथि हातपात वा आत्रपमण गर्नेलाई सीधै जेल सजाँय हुनुपर्ने लगायतका माग आन्दोलनरत चिकित्सकहरुले राख्दै आएका छन ।

आफ्नो माग पुरा गर्ने नाममा चिकित्सकहरुले अस्पतालको सेवा नै ठप्प पारेपछि उपचारका लागि अस्पताल पुग्ने सर्वसाधारण बिरामीहरु मर्कामा पर्दै आएका छन ।

भारतलाई हराएर उपाधि जितेको यु १८ फुटवल टोलि स्वदेश फर्कियो (भिडियो सहित)

काठमाडौं ।

भुटानमा सम्पन्न १८ वर्ष मुनि उमेर समूहको साफ फुटबल प्रतियोगितामा विजयी नेपाली राष्ट्रिय फुटबल टोली बिहीबार काठमाडौँ फर्किएको छ ।

राजधानी थिम्पुस्थित चाङ्गग्लिमिनथाङ्ग रङ्गशालामा बुधबार राति भएको प्रतियोगिताको अन्तिम खेलमा नेपालले भारतलाई २–० गोल अन्तरले पराजित गरेको थियो ।

बंगलादेश सरह नेपालको समान ९ अङ्क भएता पनि हेड टु हेडका आधारमा पूर्व विजेता नेपाल प्रतियोगितामा प्रथम हुन सफल भएको थियो ।

हेड टु हेड कै आधारमा बंगलादेश दोश्रो भएको थियो ।

भारत बिरुद्धको अन्तिम खेलमा नेपालका लागि दुवै गोल गर्ने दिनेश हेन्जन प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए ।

यसैगरी आयोजक भुटानले फेएर प्लेको उपाधि प्राप्त गरेको थियो ।

प्रतियोगितामा नेपाल सहित आयोजक भुटान, माल्दिभ्स्, भारत र बंगलादेशको सहभागिता रहेको थियो ।

श्रीलङ्काले अन्तिम समयमा आएर प्रतियोगितामा सहभागी नहुने जनाएपछि २ समूहमा विभाजन गरी बनाईएको लिग तालिका परिवर्तन गर्दै सिङ्गल राउण्ड रोबिनका आधारमा खेल तालिका बनाईएको थियो ।

सिङ्गल राउण्ड रोबिनमा सहभागी प्रत्येक राष्ट्रले एक अर्कासँग एक पटक खेल्नु पर्ने हुन्छ ।

पहिलो खेलमै भुटानसँग पराजित भएकाले पूर्व विजेता नेपाललाई प्रतियोगितामा फर्कन निकै गार्हो भएको थियो ।

तर, नेपालले त्यसपछि माल्दिभ्स्, बंगलादेश र अन्तिममा भारतलाई पराजित गरेपछि उपाधि जोगाउन सफल भएको थियो ।

२ वर्षअघि काठमाडौंमै भएको यस प्रतियोगितामा पनि नेपालले प्रथम स्थान प्राप्त गरेको थियो ।

भुटानबाट बिहीबार काठमाडौँ फर्किएको नेपाली टोलीलाई त्रिभुवन अन्तिराष्ट्रिय विमान स्थलमा अखिल नेपाल फुटबल संघ एन्फाका पदाधिकारी तथा उपस्थित सर्वसाधारण लगायतले स्वागत गरेका थिए ।

च्याम्पियन्स लिगः बार्सिलोनाद्वारा लिजबन पराजित

काठमाडौं ।

च्याम्पियन्स लिग फुटबल प्रतियोगिता अन्तर्गत बुधबार राति भएको खेलमा बार्सिलोनाले स्पोर्टिङ्ग लिजबनलाई १–० गोल अन्तरले पराजित गरेको छ ।

खेलमा लिजबनको तर्पmबाट भएको १ मात्र अत्मघाती गोलका कारण बार्सिलोनाले विजयी यात्रा कायम राखेको थियो ।

यसैगरी, गए रातिको खेलमा म्यान्चेस्टर युनाईटेडले सी एस के ए मस्कोलाई ४–१ गोल अन्तरले पराजित गरेको थियो ।

गए रातिकै खेलमा चेल्सीले एट्लेटिको म्याड्रिडलाई २–१ ले, युभेन्टस्ले ओलम्पियाकोसलाई २–० ले र पेरिस सेन्ट जर्मेनले ब्रायन म्युनिकलाई ३–० गोल अन्तरले पराजित गरेका थिए ।

यसैगरी, प्रिमियर लिग अन्तर्गत बुधबार रातिको अन्य खेलमा बासेलले बेन्फिकालाई ५–० ले र सेल्टिकले एन्डरलेक्टलाई ३–० गोल अन्तरले पराजित गरेका थिए ।

Dashain Special today Mahanawami festival

The Mahanawami festival is being observed today with fervour worshipping goddess Durga Bhawani and making offerings.

This festivalis observed on the ninth day of the waxing moon in the month of Asoj as per the lunar calendar. It is also marked as part of the 10-day Bada Dashain festival.

Special worship is performed to Durga Bhawani today on the occasion of the Mahanawami and the 'jamara' which have been germinated is offered to the goddesses at various shrines.

He-goats, ducks, roosters and he-buffalos are sacrificed at the various temples dedicated to the goddesses. Those who do not have the tradition of offering animal or bird sacrifices, offer the sacrifice of fruits and vegetables to the goddess.

The Durga Saptasati and Devi Strota scriptures are also recited at home and in temples on this day.

As mentioned in the Markandeya Purana scripture, the Goddess Chamunda had slain the demon Raktabij on the day of Mahanawami. So, the special worship of the goddess on this day with the offering of animal sacrifices.

On this day, the security forces also perform what is called the 'kot puja' or worship of the armouries.

The Taleju Temple located at Hanumandhoka in the capital is also opened for the devotees to pay homage on this day. It is opened only on the occasion of the Mahanawami.

The people of the Newar community also worship Bhimsen, a Hindu deity, by making animal sacrifices today on the occasion of Mahanawami.

PM Deuba returns to Kathmandu

Prime Minister Sher Bahadur Deuba and members of his delegation are returning to Kathmandu Thrusday after taking part in the 72nd Session of the United Nations General Assembly (UNGA) in New York and upon successfully completing the three-day official visit to the Sultanate of Oman.

Oman's Minister for Transport and Communications Dr Ahmed Mohammed Al- Futaisi, Secretary General of Oman's Council of Ministers, Sheikh Al Fadhl bin Mohammed bin Ahmed al-Harthy, and some other members in the Oman cabinet were at Muscat International Airport to see off the Prime Minister.

Dailekh and Tanahu Bus Accident 35 injured

All 22 passengers on board the Dailekh-bound bus were injured when the bus met with an accident at Taal Pokhari of Guransh rural municipality ward no 4 in Dailekh district last evening.

The incident occurred when the driver of the bus coming from Surkhet lost its control.

Of the injured, four were reported to be critically hurt and have been rushed to the hospital in Surkhet for treatment, according to the District Police Office, Dailekh. The passengers were travelling on a religious purpose, police added.

13 injured in bus accident

As many as 13 passengers were injured when the bus they were travelling in met with an accident at Dhab, Bandipur rural municipality-4 in Tanahun district today.

The bus was heading towards Syangja from Kathmandu at the time of the accident.

Among those injured in the accident, 64-year-old Shankar Malla of Kathmandu Metropolitan City-26, who had sustained serious injuries, has been taken to Manipal Teaching Hospital for further treatment after undergoing primary treatment at Laxmi Hospital in Dumre.

The rest of the injured passengers are receiving treatment at the Laxmi Hospital in Dumre, the Area Police Office, Dumre stated.

Famous Radio presenter Basudev Munal no more

Famous Radio presenter enriched with eloquent voice, Basudev Munal is no more with us now.

He had earned his great popularity from the program named  Baal Karyakram or kids' program aired through Radio Nepal.

He breathed his last while undergoing treatment of throat cancer from which he had been suffering for a long.

He also had a brain hemorrhage some 11 years ago after falling on the ground.

Born in 2006 BS, he worked in Radio Nepal for around four decades.

Apart from this, he was also well acclaimed folk singer with numerous hit numbers in record in Radio Nepal.

The songs Paani Khane Niu le Timro Gharma Jaula, Laalu Pate Fulera Lal Vayo, Jham Jham Ista Kot are still hit numbers among the Nepali music lovers and the listeners.

Radio Nepal pays high tribute to his long and outstanding contribution in Radio Nepal and wishes his departed soul rest in peace and also expresses its heartfelt condolences to the bereaved family.

औरही नगरपालिकाका मेयर भन्छन्-‘वाचा पूरा नगरुञ्जेल फूलमाला ग्रहण गर्दिन’

महोत्तरी ।

नागरिकसँग गरिएको वाचा पूरा नगरिकन आफूले जनताको घरमा गई फूलमाला र अबीर ग्रहण नगर्ने औरही नगरपालिकाका नवनिर्वाचित प्रमुख सुनीलकुमार यादवले प्रण गर्नुभएको छ ।

बुधबार महोत्तरीको गौशाला आउनुभएका तीसबर्षीय तथा अविवाहित रहनुभएका नवनिर्वाचित प्रमुख यादवले जनताले आफूलाई काम गर्नका लागि चुनेकाले अब औरहीवासीका लागि नयाँनौलो काम नगरिकन जनताको घरमा गएर फूलमाला र अबीर ग्रहण नगर्ने बताउनुभएको छ ।

निकटतम प्रतिद्वन्द्वी नेकपा 'माओवादी केन्द्र' का प्रत्यासी नरेन्द्र यादवले औरहीको विकासका लागि आफूलाई सहयोग गर्ने भएपछि तोकिएको समयमा यस नगरपालिकालाई नेपालकै नमूना नगरका रुपमा परिचित गराइने नेपाली काँग्रेसबाट निर्वाचित नगरप्रमुख यादवले प्रतिबद्धता दोहो¥याउनुभयो ।

राजपा नेता शरतसिंह भण्डारीको गृहनगरीका रुपमा परिचित भएको औरही विकासका सन्दर्भमा खासै फड्को मार्न नसकेको बताउनुहुँदै आफूले दुई वर्षको अन्तरालमा आंशिकरुपमा वाचा पूरा गरेर जनतासँग मिलेर नै भव्य दीपावली गर्ने प्रमुख यादवले बताउनुभयो ।

दशैंमा बाँड्न पैसा झिक्न चेक बोकेर हिँडेका सचिव बेपत्ता

पाल्पा ।

पाल्पाको रम्घा गाउँपालिका–४ हुँमिनका वडा सचिवले चेक बोकेर सम्पर्कमा नआएपछि सामाजिक सुरक्षा भत्ता वितरण हुन सकेको छैन ।

वडा सचिव प्रेम नेपालीले असोज ९ गते रम्भा गाउँपालिकाबाट सामाजिक सुरक्षा भत्ताको करिब रु १७ लाखको चेक बोकेर कार्यालयको सम्पर्कमा नआएपछि सामाजिक सुरक्षा भत्ता वितरण गर्न नसकेको वडाध्यक्ष भोजबहादुर विश्वकर्माले बताउनुभयो ।

गाउँपालिकाबाट चेक बुझेपछि पटकपटक फोन गर्दासमेत सचिवले अध्यक्षको फोन उठाएनन् । असोज १० गतेसम्म अध्यक्षको फोन नउठेपछि दशैँमा ज्येष्ठ नागरिक, एकल महिला तथा दलित बालबालिकाले भत्ता बुझ्न नपाएको गुनासो छ ।

सामाजिक सुरक्षा भत्ता कहिले वितरण गर्ने हो भनेर वडा कार्यालयमा आउने ज्येष्ठ नागरिकलाई रित्तै फर्काउन बाध्य भएका छन् । हुमिनकी ८६ वर्षीया जमुना श्रेष्ठले दशँैअघि भत्ता बुझ्न पाएको भए केही खर्च गर्न राहत हुने बताउनुभयो ।

दशैँमा हुमिनमा सामाजिक सुरक्षा भत्ता वितरण हुने सम्भावना देखिएन । असोज ९ र १० गतेसम्म तानसेन रहेका वडासचिव कार्यालयमा हाजिर नभएपछि भत्ता वितरण गर्न नसकिएको हो । जिल्ला सदरमुकाम तानसेनदेखि वडा कार्यालय हुमिन एक डेढ घण्टामा नै पुगिन्छ ।

सरकारी मोटरसाइकलसमेत लिई सम्पर्कमा नआउँदा थप समस्या देखिएको स्थानीय बासिन्दा बताउँछन् । घर गएपछि यहाँ दलित बालबालिका, ज्येष्ठ नागरिक र एकल महिलाले भत्ता पाउन नसक्दा दुखेसो पोखेका छन् । स्थानीय बालकुमारी श्रेष्ठले आँखाले राम्रोसँग देख्नु हुन्न, कानले सुन्नुहुन्न, तर दशैँमा भत्ता पाए चामल किनेर खाने बताए पनि भत्ता बुझ्न पाउनु भएन ।

रम्घा गाउपालिका–४, हुमिनमा १३० जना ज्येष्ठ नागरिक, ५७ जना एकल महिला, ५२ जना ज्येष्ठ दलित र ४५ जना दलित बालबालिका रहेको कार्यालयले जनायो । वडाध्यक्ष भोजबहादुर विश्वकर्माले असोज १० गतेसम्म सचिवले सम्पर्क नगरेको र सम्पर्कमा नआएपछि दशैँपछि भत्ता वितरण अध्यक्षको उपस्थितिमा हुने बताउनुभयो ।

चार महिनामा ज्येष्ठ नागरिकले आठ हजार, एकल महिलाले चार हजार, ज्येष्ठ दलितले चार हजार र दलित बालबालिकाले रु दुई हजार ४०० प्रतिव्यक्ति सामाजिक सुरक्षा भत्ता बुझ्छन् ।

जापानी ओके बाजेले दिए पाल्पाको आंखा अस्पताललाई नौ लाख सहयोग

पाल्पा ।

कालिगण्डकी आँखा उपचार केन्द्र, रामपुर, पाल्पालाई रु नौ लाख आर्थिक सहयोग प्राप्त भएको छ ।

लामो समयदेखि पाल्पाको शिक्षा, स्वास्थ्य लगायतका विभिन्न क्षेत्रमा काम गर्दै आउनुभएका जापानी समाजसेवी काजुमासा काकिमी 'ओकेबाजे' को पहलमा ‘फ्रेन्ड्स जापान’ नामक संस्थामार्फत प्राप्त रु नौ लाख रकम आँखा उपचार केन्द्रलाई प्रदान गरिएको हो ।

ओकेबाजेले आँखा उपचार केन्द्रका अध्यक्ष हुतराज पोखरेललाई सो रकम हस्तान्तरण गर्नुभयो ।

जापानी समाजसेवी ओकेबाजेले यस आँखा उपचार केन्द्रका लागि रु ४५ लाखभन्दा बढी आर्थिक सहयोग र विभिन्न भौतिक उपकरण सहयोग गरिसक्नुभएको छ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web