काठमाडौं ।

सुरक्षाको माग गर्दै चिकित्सकहरु एक सातादेखि आन्दोलनमा छन् ।

मुलुकभरका सरकारी अस्पतालहरुको ओपिडी सेवा बन्द गरी चिकित्सकहरुले आन्दोलन गर्दा सर्वसाधारण विरामीहरु उपचार सेवा पाउनबाट बंचित हुंदै आएका छन ।

चिकित्सकहरुको लापरवाहीको कारण बिरामीको मृत्यु भएमा त्यसको क्षतिपूर्ति चिकित्सकले नै दिनुपर्ने सरकारी निर्णयको विरोधमा चिकित्सकहरु चिकित्सक सुरक्षाको माग गर्दै आन्दोलन गर्दै आएका हुन ।

चिकित्सकमाथि हातपात वा आत्रपमण गर्नेलाई सीधै जेल सजाँय हुनुपर्ने लगायतका माग आन्दोलनरत चिकित्सकहरुले राख्दै आएका छन ।

आफ्नो माग पुरा गर्ने नाममा चिकित्सकहरुले अस्पतालको सेवा नै ठप्प पारेपछि उपचारका लागि अस्पताल पुग्ने सर्वसाधारण बिरामीहरु मर्कामा पर्दै आएका छन ।

16.12¡ÆC