औरही नगरपालिकाका मेयर भन्छन्-‘वाचा पूरा नगरुञ्जेल फूलमाला ग्रहण गर्दिन’

अशोज १२, २०७४ मा प्रकाशित | 884 views

महोत्तरी ।

नागरिकसँग गरिएको वाचा पूरा नगरिकन आफूले जनताको घरमा गई फूलमाला र अबीर ग्रहण नगर्ने औरही नगरपालिकाका नवनिर्वाचित प्रमुख सुनीलकुमार यादवले प्रण गर्नुभएको छ ।

बुधबार महोत्तरीको गौशाला आउनुभएका तीसबर्षीय तथा अविवाहित रहनुभएका नवनिर्वाचित प्रमुख यादवले जनताले आफूलाई काम गर्नका लागि चुनेकाले अब औरहीवासीका लागि नयाँनौलो काम नगरिकन जनताको घरमा गएर फूलमाला र अबीर ग्रहण नगर्ने बताउनुभएको छ ।

निकटतम प्रतिद्वन्द्वी नेकपा 'माओवादी केन्द्र' का प्रत्यासी नरेन्द्र यादवले औरहीको विकासका लागि आफूलाई सहयोग गर्ने भएपछि तोकिएको समयमा यस नगरपालिकालाई नेपालकै नमूना नगरका रुपमा परिचित गराइने नेपाली काँग्रेसबाट निर्वाचित नगरप्रमुख यादवले प्रतिबद्धता दोहो¥याउनुभयो ।

राजपा नेता शरतसिंह भण्डारीको गृहनगरीका रुपमा परिचित भएको औरही विकासका सन्दर्भमा खासै फड्को मार्न नसकेको बताउनुहुँदै आफूले दुई वर्षको अन्तरालमा आंशिकरुपमा वाचा पूरा गरेर जनतासँग मिलेर नै भव्य दीपावली गर्ने प्रमुख यादवले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web