40 houses destroyed in fire in Balkhu

A massive fire that broke out last night in front of the Fruits Market at Balkhu in Kathmandu destroyed at least 40 houses.

The fire was sparked by a traditional oil-fed lamp at the house of Man Bahadur BK quickly spread onto nearby houses.

As many as 15 LPG gas cylinders blew up, razing down food items, clothes, furniture and all other belongings in all 40 houses, according to a local, Shyam Das Pandey. Similarly, three people were reported hurt in the blaze.

Tensed post-election scenario in Rautahat, four killed in 12 days

The death toll reaches 4 in Rautahat, a district in the south plain, since the third phase of local-level elections held on September 18.

It's reported that four people have been killed in the past 12 days.  The latest victim is a three-year-old girl who was killed in a clash occurred between the two neigbours last night.

A dispute between two neighbours–families of Hulas Ray Yadav and Krishna Chaudhary– over the matter of drinking water later took a nasty turn as the issue was given a political colour on the basis of political connection of both families to different political parties.

Yadav's three-year-old daughter Anjali Kumari was killed in the scuffle, Area Police Office, Garuda Police Inspector Keshab Regmi said.  Police have arrested some people in the connection of their involvement in the crime and investigations into the case are underway.  It may be noted that three persons were already murdered in the district since the September 18 elections.

International Day of Older persons marked

The 27th International Day of Older Persons has been observed today with various programs in due respect of the elderly people.

The United Nations' International Day of Older Persons is celebrated annually on October 1 to recognize the contributions of older persons and to examine the issues that affect their lives.

सिमा बचाउन लडेका ‘सच्चा राष्ट्रबादी’ देव नारायण र अजय कुमारलाई भारतीय हतकडी

सप्तरी ।

कथित भारतीय सिमा सुरक्षा बलका जवानहरुले नेपाली सिमा अतिक्रमण गर्दा त्यसको प्रतिकार गरि देशको सिमा जोगाएका देव नारायण यादव र उनका छोरा अचय कुमारलाई भारतीय प्रहरीले पक्राउ गरेको छ ।

सप्तरीको कोइलाडी तिलाठि गाउँ पालिकाका स्थानिय देव नरायण यादव र उनका छोरा अजय कुमार यादवलाई भारतीय प्रहरीले पक्राउ गरेर कारागार पठाएको छ ।

स्थानियका अनुसार दशगजा क्षेत्रमा रहेको आर्दश ग्राम पंचायतमा सांकृतिक कार्यक्रम हेर्न गएका उनका छोरा अजयलाई रक्सी खाएर होहल्ला गरेको झुठा अभियोगमा भारतीय प्रहरीले पक्राउ गरेपछि छुटाउन गएका बाबु देव नरायण लाई समेत पक्राउ गरि भारत विहार अन्तरगत रहेका सुपौलको विरपुर जेल चलान गरेको जनाईएको छ ।

रक्सी खाएर होहल्ला गरेको आरोप लगाएपनि सिमा मिच्ने भारतीय एसएसबीलाई रोकेकोमा उनलाई यसअघि समेत पक्राउको प्रयास गर्दै आएको भारतीय प्रहरीले यसपटक झुठा आरोपमा छोरा सहित उनलाई पक्राउ गरेको छ ।

यादवले गत बर्ष भारतीय सुरक्षाकर्मीहरुले दशगज्जा क्षेत्रमा एकतर्फी रुपले बाध बाधिरहेको बखत भारतिय संग भिडत गरी बाध बाधन दिएको थिएनन ।

त्यती बेला नेपाल सरकारले उनको उपचार खर्च संगै सच्चा राष्ट्रियबादीको रुपमा सम्मान पत्र समेत दिएको थियो ।

पक्राउ लगत्तै छोरा छुटाउन गएका देव नारायणलाई बिना कुनै आधार पक्राउ गरि जेल चलान गरिनुले भारतीय प्रहरीले नेपाली सिमा रक्षामा लड्दै आएका नेपालीलाई हतोत्साही पार्ने उदेश्यले गरेको यहाँका स्थानियले आरोप लगाएका छन् ।

स्थानियहरुले भारतीय प्रहरीले योजनाबद्ध रुपमा पक्राउ गरेको भन्दै तत्काल छुटाउन सरकारले पहल गर्नुपर्ने भन्दै आन्दोलन थाल्ने चेतावनी दिएका छन् ।

पूर्व राजाको दशैं शुभकामना ‘नवदुर्गा भवानीले सबैको रक्षा गरुन’

काठमाडौं ।

पूर्व राजा ज्ञानेन्द्र शाहले विजयादशमीको उपलक्ष्यमा देशभित्र र देशबाहिर रहेका सबै नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र सफलताका लागि शुभकामना व्यक्त गरेका छन् ।

आज एक शुभकामना सन्देश दिँदै उनले मौलिक नेपाली संस्कृति, परम्परा र नैतिक मुल्य मान्यता स्थापित गर्दै जाने तथा आयातित संस्कृति र धर्मलाई निरुत्साहित गर्नुपर्ने बताए ।

सन्देशमा उनले नवदुर्गा भवानीले सबैको रक्षा गरुन्, नेपालीबीचको आपसी प्रेम, सद्भाव र सम्मानको पूनर्जागरण होस् भन्ने कामना गरेका छन् ।

यसैगरी मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले विजयादशमीको शुभ अवसरमा शुभकामना सन्देश दिँदै नवदुर्गा भवानीले नेपालीबीच शान्ति, सद्भाव र एकता कायम गरी सिंगो मुलुकको समृद्धिको यात्रामा अघि बढ्न पे्ररणा प्रदान गरुन् भन्ने कामना गरेका छन् ।

बिजया दशमी पर्वमा मान्यजननबाट टीका जमरा र आशिर्वाद ग्रहण गरिंदै

काठमाडौं ।

नेपालीहरुको सबैभन्दा ठूलो चाड पर्व बडा दशैको महत्वपूर्ण दिन विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापी मनाइँदैछ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज देवी विसर्जनको साइत बिहान ८ बजेर ०१ मिनेटमा रहेको जनाएको छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने ११ बजेर ५५ मिनेटको साइत उत्तम रहेको समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो ।

विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने पनि उहाँले बताउनुभयो ।

आज मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाउने गरिन्छ । जमराले विभिन्न रोग व्याधमा औषधिको रुपमा काम गर्ने तथ्य बैज्ञानिकरुपमा समेत पुष्टि भइसकेको छ ।

घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरी आज मान्यजनबाट टीका र प्रसाद लगाउने गरिन्छ । असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडा दशैँकै सबैभन्दा महत्वपूर्ण दिन हो ।

President Bhandari and PM Deuba receives Dashain tika

President Bidya Devi Bhandari received Tika and Jamara at  Rastrapati Bhawan, Shital Niwas from main priest Devraj Aryal of the Hanuman hoka Dashain Ghar at the auspicious hour of 11:55 am today on the occasion of the Bijaya Dashami festival.

The main priest also presented the Head-of-the-State offerings of the goddess Nawadurga (nine manifestations of goddess Durga Bhawani).

On the occasion, the President also offered tika to the main priest.

President Bhandari also received tika and blessings from her mother Mithila Pandey and uncle Jayanta Pandey. The President also bestowed tika and blessings to her daughters Usha Kiran Bhandari and Nisha Kushum Bhandari, sons-in-law Umesh Thapa and Abhishek Yadav and other members of her family and relatives

The Head- of- the- State is to offer the Dashain tika to the members of the public from 14:00 pm today.

Prime Minister Deuba receives Dashain tika

Prime Minister Sher Bahadur Deuba received the Dashain tika and jamara from his family priest Binod Sapkota at the auspicious time of 11:55 am today at the Prime Minister's official residence, Baluwatar on the occasion of the Bijaya Dashami festival.

The Prime Minister will receive the Dashain tika from President Bidya Devi Bhandari today itself.

The Prime Minister and President of the Nepali Congress is to offer tika to the party leaders, cadres and the general public only after receiving tika from the Head-of-the-State at 2:00 pm today, his private secretariat said. Time after 4:00 pm has been fixed for giving tika to the members of the public by the prime minister.

सप्तरीका शक्तिपीठहरुमा घुँइचो, दशौं लाख श्रद्धालुको आगमन

राजविराट ।

धार्मिक महत्वको प्रसिद्ध शक्तिपीठहरुमा दर्शनार्थीको घुँइचो लागेको छ ।

विशेष गरी सप्तरीको छिन्नमस्ता, कंकालिनी राजविराज स्थित चण्डी भगवती मन्दिर र राजदेवी मन्दिरमा दर्शनार्थीको घुँइचो लागेको हो ।

मधेश आन्दोलनका कारण गत वर्ष भक्तजनको उपस्थिति कम देखिए पनि यसपल्ट शनिवार सम्ममा झण्डै ६० लाखको हाराहारीमा श्रद्धालु आएको छिन्नमस्ता भगवती मन्दिरका पीठाधीश महाकान्त ठाकुरले बताए । यहाँ हालसम्म करिव ७ हजार बली प्रदान समेत भइसकेको छ ।

नेपाल तथा भारतका हिन्दु धर्मावलम्वी माझ ख्याती प्राप्त यस मन्दिरमा दशैंका बेला ठुलो मेला लाग्ने गरेको छ । यसपल्ट पनि लागेको मेलामा श्रद्धालुको घुँइचो लागेको छ ।

यस्तै अर्को शक्तिपीठ कंकालनी मन्दिरमा समेत दर्शनार्थीको घुइचो लागेको छ । दशैंको फुलपाती देखि टिकासम्म दैनिक लाखौंको संख्यामा श्रद्धालुहरुको आगमन हुने र हालसम्म झण्डै ४० लाखको हाराहारीमा श्रद्धालु पुजा आजा तथा दर्शनका लागि आएको कंकालनी मन्दिर पुजा समितिका सदस्य वीरेन्द्र माझीले बताए ।

यहाँ विभिन्न श्रद्धालु भक्तजनहरुको मनोकांक्षा पुरा भएप्छि गरिएको भाकल अनुसार शनिवारसम्ममा ६ हजार भन्दा बढी छागर (बोका) र राँगाको बली प्रदान भइसकेको उनको भनाई छ ।

यस्तै राजविराज स्थित चण्डी भगवती र राजदेवी मन्दिरमा पनि भक्तजनको घुँइचो लागेको छ । यी मन्दिरहरुमा पनि हालसम्म ३ हजारभन्दा बढी बली प्रदान भएको सम्बन्धित पुजा समितिले जनाएको छ ।

स्थानीय निकायको चुनावले दशैंको शुरुवातमा शक्तिपीठहरुको प्रांगणमा लाग्ने मेलामा प्रभाव परे पनि परिणाम घोषणासँगै भक्तजनको भीड बढेको स्थानियको भनाई छ ।

विगतमा चाडपर्वका बेला भएका आपराधीक घटनालाई मध्ये नजर गर्दै शक्तिपीठहरु र आसपासमा सुरक्षाका लागि सादा पोसाकका प्रहरी समेत परिचालन गरी निगरानी बढाईएको प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताए ।

धनुषामा सवारी दुर्घटना २ जनाको ज्यान गयो

धनुषा ।

धनुषामा सवारी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

शुक्रबार राती करीब साढे ९ बजे ना. अ. प. अ ९४४ नम्बरको जीप र ज ४ प ४४६२ नम्बरको मोटर साईकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको धनुषाका एसपी चक्रबहादुर सिंहले जानकारी दिनुभयो ।

ज्यान जानेमा हंसपुर नगरपालिकाका ३५ वर्षीय शीवकुमार चौधरी रहेको प्रहरीले जनाएको छ भने अर्का एकजना महिलाको सनाखत हुन नसकेको एसपी सिंहले बताउनुभयो ।

उनीहरु दुबैको उपचारका लागि जनकपुर अञ्चल अस्पताल ल्याउँदै गर्दा बाटैमा ज्यान गएको हो । शव पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ भने जीप र चालकलाई प्रहरीले हिरासतमा लिएको छ ।

मेला महोत्सवमा करेन्ट लागेर बालिकाको मृत्यु

रौतहट ।

रौतहटको गौरमा भैरहेको मेलामहोत्सबमा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ ।

मृत्युहुनेमा राजदेबी नगरपालिका–२ हजमिनिया निबासी १४ बर्षिय मुनिता कुमारी पंडित

रहेकी छिन । गौरको राईसमिलमा लाग्दै आएको मेला महोत्सबमा मनोरञ्जन लिन पुगेकी ।

बालिकाको त्यहा रहेको नाङ्गो तारको कारण करेन्ट लागेर मृत्यु हुन पुगेको स्थानीयबासिन्दाले बताएका छन । बैष्णोदेब मंन्दिर बनाएर उक्त स्थानमा मेला लाग्दै आएको छ ।

दुर्गा भवानीको पूजा अर्चना गरेर महानवमी पर्व मनाईंदै, भोली दशैं टिका

काठमाडौं ।

नेपालीहरुको ठूलो चाड बडा दशैंको टिकाको अघिल्लो दिन आज महानवमी पर्व हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आजा गरी मनाइँदैछ ।

आश्विन शुक्ल महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा बिभिन्न शक्तिपीठमा लगी चढाइन्छ ।

दसैंघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती एवम् देवी स्तोत्र पाठ गरिन्छ ।

पशुबलि नदिनेहरूले भने आज कुभिण्डो, घिरौंला, मूला, काँक्रो र जटा नरिवल समेत बलि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाअष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन छ ।

मार्कण्डेय पुराणमा उल्लेख भए अनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तवीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ । कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने गरिन्छ ।

महानवमीका अवसरमा कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा पनि गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजा सहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन छ । आज बिहान हनुमानढोकामा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलि दिइन्छ ।

हनुमानढोका दरबारमा रहेको वर्षमा एकपटक महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर पनि आजैको दिन खुल्ने गर्दछ । वर्षमा एक दिन मात्र खुल्ने भएकाले आज यहाँ दर्शनार्थी एवम् पूजा गर्ने भक्तजनको भीड लाग्छ ।

महानवमीका अवसरमा आज नेवारी समुदायले भने भीमसेनलाई बलि सहित पूजा गर्ने गर्छन् ।

बडा दशैं अन्र्तगत भोली दशैंको मूख्य दिन टिका लगाउने गरिन्छ । घटस्थापनामा राखिएको जमरा सहितको टिका लगाएसँगै महत्वपूर्ण चाड दशैं सकिन्छ । यद्यपी धेरै जसो ठाउँमा पूर्णीमाको दिनसम्म पनि दशैं टिका लगाउने गरिन्छ । पूर्णीमाको दिनसम्म टिका जमरा लगाएर पूर्णीमाकै दिनमा दशैं टिका, घटस्थापनामा राखिएको जमरा विसर्जन गर्ने गरिन्छ ।

प्रधानमन्त्री देउवा फर्कीए

काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिई आज स्वदेश फर्कनुभएको छ ।

संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा भएको सो महासभा सकिएपछि प्रधानमन्त्री देउवा ओमनको औपचारिक भ्रमण समेत पुरा गरी आज अबुधावी हुँदै स्वदेश फर्कनुभएको हो ।

उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्रीद्वय विजयकुमार गच्छदार र गोपालमान श्रेष्ठ, मन्त्रीगण, मुख्यसचिव, सुरक्षा निकायका प्रमुख र उच्च पदस्थकर्मचारीले स्वागत गर्नुभएको थियो । प्रधानमन्त्री देउवालाई नेपाली सेनाको एक टुकडीले सम्मान गारथ अर्पण गरेको थियो ।

स्वदेश फर्केपछि विमानस्थलको अति विशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले आफूले महासभालाई सम्बोधनका क्रममा नेपालको नयाँ संविधान, हालै सम्पन्न स्थानीय तहको निर्वाचनलगायतका विषयमा अन्तर्राष्ट्रिय समुदायलाई अवगत गराएको, नेपाल राष्ट्रसंघको उद्देश्यहरु परिपूर्तिमा प्रतिबद्ध रहेको, विश्व शान्ति र आतंकवाद नियन्त्रण गर्न ऐक्यबद्ध भएको बताउनुयभो ।

यसैगरी उहाँले राष्ट्रसंघमा साना मुलुकको भूमिकाका विषयमा पनि आफूले परिचर्चा गरेको जनाउँदै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहँदा सार्क राष्ट्र र विभिन्न मुलुकका राष्ट्रप्रमुख तथा समकक्षीसँग गरेको भेटवार्ता उपलब्धिमूलक रहेको जानकारी दिनुभयो ।

प्रधानमन्त्री देउवाले नेपाल सार्कको अध्यक्ष मुलुकसमेत रहेको नाताले १९ औँ सार्क शिखर सम्मेलन गराउने विषयमा त्यहाँ उपलब्ध सार्क मुलुकका परराष्ट्र मन्त्रीहरुको अनौपचारिक बैठक समेत भएको बताउनुभयो ।

राष्ट्र संघको शान्ति स्थापनाको लक्ष्यमा शान्ति सेनाको भूमिका थप प्रभावकारी बनाउन तथा काभ्रेको पाँचखालस्थित सैनिक तालीम केन्द्रलाई क्षमता वृद्धि गर्न कुराकानी भएको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री देउवाले आफ्नो ओमानको औपचारिक भ्रमणका क्रममा दुई देशबीचको सम्बन्ध थप प्रगाढ भएको र त्यहाँस्थित नेपाली श्रमिकहरुको श्रम शोषण अन्त्यका लागि विशेष पहल गरिने बताउनुभयो ।

चिकित्सकहरुको जारी हडतालका बारेमा पत्रकारद्वारा सोधिएको प्रश्नमा प्रधानमन्त्री देउवाले उहाँहरुको माग सम्बोधन गर्न तथा चिकित्सकको सुरक्षाका लागि सरकार सदैव तयार रहेको तर स्वास्थ्य सेवामा हडतालका कार्यक्रम फिर्ता लिनुपर्ने प्रतिक्रिया दिनुभयो ।

प्रधानमन्त्री महासभामा भागलिनका लागि यही असोज ३ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web