दसैंमा यस्तो छ पर्वतमा बिशेष सुरक्षा योजना

अशोज १२, २०७४ मा प्रकाशित | 1086 views

पर्वत -

पर्वतमा दसैंतिहारको सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखेर प्रहरी प्रशासनले बिशेष सुरक्षा योजना ल्याएको छ । जिल्ला सुरक्षा समितिको बिशेष बैठक बसेर चाडपर्वलाई लक्ष्ँित गर्दै सदरमुकाम, कुश्मा नगरपालिका र बढी चाप हुने बजारक्षेत्रमा सतर्कता बढाइएको हो ।

प्रहरीले एक वर्षअघि मुख्य बजारक्षेत्रमा जडान गरेका सिसी क्यामेरामार्फत चौबिसै घण्टा निगरानी बढाएको छ । ति बजारक्षेत्रहरुमा प्रहरीको सिभिल गस्तीलाई चौबिसै घण्टा नियमित गरिएको प्रहरी प्रमुख डिएसपी दीलिप घिमिरेले वताउनुभयो । दसैंतिहारका बेला मानविय चाप बढी हुने, खानपानमा रमाउने, मेलापर्वहरु बढी हुने भएकोले भिडमा हुने सम्भावित झैझगडा रोक्न प्रहरी सक्रिय भएको उहाँले बताउनुभयो ।

यात्रुको सुविधाका लागि वसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । एक हप्ता अगाडी नै सहायता कक्ष स्थापना गरिएको हो । बिशेषगरि अग्लापुलहरु, सदरमुकाम क्षेत्रका सुनचा“दी पसल, बैंक, बित्तिय संस्था, बढी कारोबार हुने व्यवसायीक फर्मलगायतलाई बढी केन्द्रित गरि निगरानी बढाइएको हो । प्रहरीले सदरमुकाममा जडित २४ ओटा सिसी क्यामेराको निगरानी चौबिसै घण्टा गर्नेगरि आवश्यकता अनुसार दुई देखि चार जना कर्मचारी खटाएको छ ।

‘सिसी क्यामेराले बजारको निगरानी गर्न धेरै सजिलो भएको छ,’ घिमिरेले भन्नुभयो, ‘बजारभरि हुने हरेक गतिविधि एकै ठाउ“मा बसेर नियाल्न सकिन्छ ।’ सिसी क्यामेराकै सहयोगमा आपराधिक गतिविधिमा संलग्न भएकाहरु अहिलेसम्म छुट्न नसकेको प्रहरीले जनाएको छ ।

एक वर्षयता बजारमा भएका निकै ससाना चोरीका घटनाहरु पनि छोटो समयमै पत्ता लगाइएको प्रहरी निरिक्षक राजिव गिरीले बताउनुभयो । सुरक्षा सतर्कताका लागि प्रहरीले गतवर्ष सदरमुकाम सहित पातीचौर र वारीबेनीमा सिसी क्यामेरा जडान गरेको थियो । यो सुरक्षा योजना दसैंतिहार सकिने बेलासम्म जारी रहने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web