टोकियो ।

जापानको टोकियोमा भएको इण्डियन र जापानीज करी प्रतिस्पर्धामा नेपाली रेष्टुरेण्ट सपना ग्रुप रेष्टुरेण्ट दोस्रो बन्न सफल भएको छ ।

कान्दा करी ग्राण्ड प्रिक्स प्रतिस्पर्धामा सहभागी २ हजार बढी रेण्टुरेण्टहरुको प्रतिस्पर्धामा जापानी नागरिकहरुले गरेको मतको आधारमा सपना दोस्रो भएको हो ।

कान्दा च्योदाकु ऐरियामा रहेको जिम्बोच्यो, कान्दा, सुइदोउबासी, इइदाबसी एरियाभित्र रहेको जापानी र इण्डियन करी प्रतिस्पर्धामा करिव २२ सय रेष्टुरेण्टहरुले प्रतिस्पर्धामा सहभागीता जनाएका थिए ।

सहभागीताको लागि आवेदन दिएका रेष्टुरेण्टमध्येबाट प्रारम्भिक अनलाईन मत तथा खाना खाएका ग्राहकहरुले दिएको प्रतिक्रियाको आधारमा अन्तिम प्रतिस्पर्धामा २२ रेष्टुरेण्ट छनौट भएको सपना ग्रुपका मेनेजर जयराम अधिकारीले जानकारी दिनुभयो ।

अन्तिम छनौटमा परेका रेष्टुरेण्टहरुमा खाना खाएका ग्राहकहरुको लिखित प्रतिक्रिया तथा अनलाईनमा दिएको मतको आधारमा भएको छनौटबाट सपना रेष्टुरेण्ट दोस्रो बन्न सफल भएको हो ।

प्रतिस्पर्धामा दुई दर्जन बढी नेपाली रेष्टुरेण्ट तथा दर्जनौं इण्डियन करी रेष्टुरेण्टहरु सहभागी भएका थिए । प्रतिस्पर्धामा ओच्यानेमिजु दाइस्योकेन जापानीज खारे पहिलो भएको थियो ।

सातौं पटक भएको यो प्रतिस्पर्धामा पहिलो पटक नेपाली व्यवसायीले सञ्चालन गरेको रेष्टुरेण्ट उत्कृष्ठ तिनमा पर्न सफल भएको हो ।

सपना ग्रुपले जापानको सुइदोउबासी, इइदाबासी, किन्स्चो, इकिबुकुरो, खागुराजाका, थाकेबासी लगायत स्थानमा १० वटा शाखा रहेको छ ।

नेपाली युवा व्यवसायी भुवन अधिकारीले सञ्चालन गरेको सपना ग्रुपले नेपालमा आफ्नै उत्पादनमा मुस्तागं बियरको उत्पादन गरि जापानमा विक्रि वितरण समेत गर्दै आएको छ ।

सपनाको दशौं शाखा इकिबुकुरो इसोला बिल्डिङ्मा

टोकियो ।

जापानमा अध्ययन गर्न आउने विदेशी विद्यार्थीहरुको संख्याको आधार नेपाल शिर्ष नम्वरमा छ । तर नेपाली विद्यार्थी आएसरह अध्ययन र जापान बसाई राम्रो नदेखिंदा जापानले नेपाली विद्यार्थीमाथि गर्दै गएको कडाई थप कडा पार्ने भएको छ ।

अध्ययनका लागि आएपनि अध्ययन भन्दा बढी पैसा कमाउनमा समय खर्चने र पछिल्लो समय शरणार्थी तथा अन्य समस्या बढी देखिन थालेपछि नेपाल सहित अन्य पाँच देशबाट आउने विद्यार्थीको भिषा अनुमतिमा जापानले थप कडाइ गर्ने भएको हो ।

सन् २०१५ मा दुई लाख विदेशी विद्यार्थी आएको जापानमा यो संख्या बढ्दो छ । विद्यार्थी बढेपनि अध्ययन भन्दा बढी अर्थात् करिव ६० प्रतिशत विद्यार्थी कमाउनका लागि जापान आएको पाइएपछि जापानको न्याय मन्त्रालयले सम्वन्धित अध्यागमन कार्यलयलाई पत्राचार गरेर यसमा कडाई गर्न भनेको जापानी सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

गैरकानुनी हिसावमा काम गर्ने तथा गैरकानुनी रुपमा बसोवास गर्ने विदेशीहरु बढिरहेकोमा समेत चिन्ता व्यक्त गर्दै मन्त्रालयले यसमा कडाई गर्न भनेको छ ।

विदेशी नागरिकलाई हप्ताको २८ घण्टा मात्र काम गर्ने अनुमति दिएपनि फुल टाईम काम गर्ने, स्कुलबाट भाग्ने, गैरकानुनी हिसावमा बसोबास गर्ने ठगी तथा विभिन्न अपराधिक क्रियाकलापमा संलग्नका घटना बढिरहँदा विद्यार्थीहरुको यसमा संलग्नता बढ्दै गएको पाइएपछि न्याय मन्त्रालयले यसमा चासो देखाउँदै पत्र काटेको हो ।

अनुसन्धानका क्रममा एक नेपाली विद्यार्थीले कक्षमा सुत्ने र अन्य समय काम गरेर विताउने गरेको बयानमा बताएको उल्लेख छ । ति व्यक्तिका अनुसार उनले आफ्ना अधिकाशं साथिहरु अध्ययनमा भन्दा काममा बढी व्यस्त हुनेगरेको बताएका थिए ।

जापानकँ भाषा स्कुल तथा भोकेशनल कलेजहरुल्े विद्यार्थी नपाउँदा विद्यार्थी तान्ने होडबाजीले पनि विकृति बढाएको बताइएको छ ।

न्याय मन्त्रालयका अनुसार सन् २०१७ को जुनको अन्तिममा जापान भरि २ लाख ९१ हजार एक सय ६४ रहेका छन् भने सन् २०१७ को जुन सम्ममा करिव ६० हजार विद्यार्थी थप भएका छन् । जसमा सबैभन्दा बढी चिनियाँ १९ हजार ७३ र भियतनामी १८ हजार ७ सय ७२ रहेका छन् । त्यसपछि नेपाल, श्रीलंका, फिलिपिन्स, वर्मा लगायतका देशका रहेका छन् ।

नक्कली विदेशी विद्यार्थी नियन्त्रणनै समस्याको पहिलो समाधान भएको निर्क्यौल सहित जापान सरकारले नेपाल सहित चीन, भियतनाम, श्रीलंका, वर्मा, फिलिपिन्स आदि देशबाट जापान आउने विद्यार्थीलाई कडा गर्ने बताइएको छ ।

Rastriya Prajatantra Party has expressed its support for a directly elected Prime Minister and restoration of constitutional monarchy in the country.

The party spokesperson Bhuwan Pathak shared that the party's election manifesto promises to mark Paush 27 (birthday of Prithi Narayan Shah) as the national unification day and restore Hindu state.

The manifesto further states to develop a democratic system that fits with country's originality.

Similarly, the manifesto has promised to run various developmental projects including Kathmandu-Tarai fast track and Mechi-Kali bullet train.

The party has picked up five candidates to the election of House of Representatives and 20 for the State Assemblies by forging an election tie-up with the democratic alliance.

Prof Dr Govinda KC has called for immediate certification of the medical education act.

Speaking at a press conference here Monday, he warned of beginning a Satyagraha if the act was not certified within a week's time.

The Act was introduced through an ordinance by the cabinet on October 18.

The act is currently before the President for certification.

On the occasion, Dr KC also accused the government of depriving ordinary citizen's children from the opportunity of pursuing medical education, so as to serve the interest of some political party leaders.

Former Italian Prime Minister Silvio Berlusconi looks set for another political comeback after a coalition he backed won Sicily's regional elections. The result adds momentum to the newly formed centre-right alliance.

The vote on the Italian island has been viewed as a crucial test ahead of next year's national election. The 81-year-old billionaire businessman's career has been beset by scandals both in and out of government.

The four-time prime minister has been away from the political centre stage since he was expelled from parliament four years ago after being convicted of tax fraud.

The arrest of dozens of Saudi royal figures, ministers and businessmen is just the start of an anti-corruption drive, the attorney general says.

Sheikh Saud Al Mojeb issued a statement describing the detentions as "merely the start of a vital process to root out corruption wherever it exists".

News of a major purge of Saudi Arabia's business and political leadership emerged on Sunday.

It is seen as bolstering the power of Crown Prince Mohammed bin Salman. An anti-corruption body led by the crown prince, 32, ordered the detentions of 11 princes, four ministers and dozens of ex-ministers.

काठमाडौं ।

लोकमानसिंह कार्कीलाई महाअभियोग लगाएर हटाएपछि सुस्त देखिएके अख्तियार दुरुपयोग अनुसन्धान आयोग केही सक्रिय हुन थालेको छ ।

भ्रष्टाचार गरि अकुत सम्पत्ति आर्जन गरेको ठानिएका २ सय बढी उच्च सरकारी अधिकारीमाथि अख्तियारले विस्तृत छानविन थालेको छ ।

अवकासप्राप्त र वहालवालासहित ठूलो संख्याका उच्च अधिकारीविरुद्ध अख्तियारले अनुसन्धान थालेको हो ।

अख्तियारले सुरक्षा निकाय, सिंचाइँ, खानेपानी, सडक, भौतीक पूर्वाधार तथा यातायात, अर्थ, स्वास्थ्य मन्त्रालय सहित विभिन्न विभागका उच्च अधिकारीको सम्पत्ति छानविन थालेको हो ।

अख्तियारको अकुत सम्पत्ति छानविनमा ४० जना इन्जिनियर, २० जना सुरक्षा निकायका उच्च पदस्थ अधिकारी र पाँच जना सचिवसमेत तानिएका छन् ।

सार्वजनिक संस्थानका प्रमुखहरु सहित डाक्टरहरु समेत भ्रष्टाचारमा संलग्न भएको पाइएपछि छानविनमा तानिएका छन् ।

अख्तियार अन्तर्गतकै ‘इन्टेलिजेन्स एजेन्सी’ले दिएको रिर्पोटका आधारमा अख्तियारले छानविन थालेको हो ।

अख्तियारले आइतबार मात्र पूर्वप्रहरी प्रमुख उपेन्द्रकान्त अर्याल, सचिव गजेन्द्रकुमार ठाकुर लगायतका चार अधिकारीसँग बयान लिएको थियो । अख्तियारले ट्रान्सर्फमर खरिद काण्डमा पूर्वमूख्यसचिव राजेन्द्रकिशोर क्षेत्री, पूर्वसचिव विश्वप्रकाश पण्डित, र हालका सचिव अर्जुन कार्कीको बयान लिएको छ ।

अर्थ मन्त्रालय अन्तर्गतको राजश्व न्यायाधिकरण, भन्सार भन्सार कार्यालय, क्षेत्रीय डिभिजन कार्यालय, सडक डिभिजन, स्वास्थ्य, तत्कालिन स्थानीय निकायका अधिकारीहरू पनि छानविनमा परेका अख्तियार स्रोतले बताएको छ ।

यसअघि अख्तियारले अकुत सम्पत्ति आर्जनमा एक हजार पाँच सय सरकारी अधिकारीको नाम छानविनका लागि तयार गरेको सार्वजनिक भएको थियो । त्यसबाट नाम छोट्याएर हालका लागि २ सय भ्रष्टाचारमा संलग्न ठानिएकाहरुमाथि छानविन थालेको हो ।

बुटवल ।

अवतरणका क्रममा बिमानको टायर पन्चर हुँदा ठूलो दुर्घटनाको डर भएपनि भैैरहवास्थित गौतमबुद्ध विमानस्थलमा नेपाल एयरलायन्सको विमान क्षति हुनबाट जोगिएको छ ।

ठूलो दुर्घटनाबाट जोगिएको नेपाल एयरलायन्सको ९ एकेएस विमानमा दुई जना चालक मात्रै रहेका थिए ।

टायर पन्चर भएपनि चालकदलका सदस्यको सावधानिका कारण जहाज रनवेभन्दा बाहिर पुगेको छैन ।

दुर्घटना भएको विमान नहटाउन्जेल विमानस्थल बन्द गरिएको छ ।

काठमाडौंबाट टायर लगेर बिमान उडानको तयारी भइरहेको नेपाल एयरलाइन्स व्यवस्थापनले जनाएको छ ।

पोखरा । पोखरा रङ्गशालाको हाताभित्र निर्मित भलिबल ट्रेनिङ्ग सेन्टर मिडिया सेन्टर सोमबार देखि सञ्चालनमा आएको छ ।

राष्ट्रिय खेलकुद परिषद र पोखरा लेखनाथ महानगरपारलिकाको संयुक्त लगानीमा निर्मित भवनको परिषद्का सदस्य सचिव केशव कुमार विष्टले सोमबार एक कार्यक्रमकाबीच उद्घाटन गर्नुभएको थियो ।

सन् २०१९ मा नेपालमा आयोजना हुने १३ औं दक्षिण एशियाली खेलकुदका विभिन्न ६ खेल पोखरामा पनि खेलाईने हुँदा मिडिया सेन्टरले धेरै सघाउ पुग्ने सदस्य सचिव विष्टले बताउनुभयो ।

सुनसरी । नेपालमा पहिलोपटक सर्पको टोकाई विरुद्धको औषधि‘एन्टी स्नेक भेनम’ उत्पादन हुने भएको छ ।

निजी क्षेत्रको ‘एन्टिस्नेक भेनम सेरुम रिसर्च एण्ड मेनुफ्याक्चरिङ’ प्रालिले सुनसरीको महेन्द्रनगरमा औषधि उत्पादन गर्ने सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

करिब ८८ करोड ६३ लाखको लागतमा निर्माण हुने औषधि उद्योगबाट आगामी ३ वर्षभित्र सर्पदंशको औषधि उत्पादन गरी बजारमा ल्याइने कम्पनीका अध्यक्ष लक्ष्मीप्रसाद फुयाँलले बताउनुभयो ।

वार्षिक १५ लाख भायल सर्पदंश औषधि उत्पादन गर्ने, ४०० सय व्यक्तिलाई रोजगारी उपलब्ध गराउने र औषधिबाट वार्षिक १ अर्ब बराबरको विदेशी मुद्रा भित्र्याउने लक्ष्य लिएको कम्पनीले जनाएको छ ।

हाल सरकारले वार्षिक ३० हजार भायल 'करिब ४ करोड बराबरको' सर्पदंशको औषधि गरिद गरी विभिन्न उपचार केन्द्रलाई निःशुल्क औषधि गराई सर्पदंशका बिरामीले उपचार पाउँदै आएको बताइएको छ ।

कम्पनीले उत्पादन गर्ने १५ लाख भायल औषधिको बजार मूल्य रु १३ अर्ब ५३ करोड पर्न जान्छ ।

ठूलो मात्रामा कम्पनीले उत्पादन गर्ने औषधि नेपाल सरकारलाई बेच्ने र बाँकी रहेको औषधि विदेशी बजारमा निर्यात गर्ने कम्पनीले जनाएको छ ।

चितवन । भारतको वाल्मीकि टाइगर रिजर्ब नजिकै नेपाल–भारत सीमा क्षेत्रबाट झण्डै २५ किलोमिटर पर भारतीय भूमिमा दुई वटा गैँडा भेट्टिएको छ ।

रिजर्बबाट गैँडा रहेको जानकारी दिँदै उद्धार गर्न आग्रह गरेपछि चितवन निकुञ्जको टोली गैँडाको अवस्था बुझ्न अहिले भारत पुगेको छ ।

दुर्लभ एकसिंगे गैँडालाई गएको साउनमा आएको बाढीले चितवन राष्ट्रिय निकुञ्जबाट बगाएर भारत पुर्याएको अनुमान गरिएको भारत पुग्नुभएका निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा। कमल गैरेले जानकारी दिनुभयो ।

गैँडाको उद्धारका लागि हात्ती पठाइसकिएको र आवश्य सामग्री पनि लैजानेक्रम शुरु भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिनुभयो ।

यसअघि बाढीले बगाएका आठ गैँडालाई भारतबाट उद्धार गरिसकिएको छ । गएको साउन २८ गते आएको बाढीका कारण ती गैँडा बगाएका थिए । दुई वटा गैँडा भने बाढीका कारण मरेको थियो ।

काठमाडौँ । नेपाल सरकार स्पेन अधिराज्यको विभाजनको विपक्षमा रहेको स्पष्ट गर्दै त्यहाँको आन्तरिक मामिला स्पेनको संवैधानिक दायराभित्र रहेर समाधान गर्नुपर्नेमा जोड दिएको छ ।

परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी स्पेनको सार्वभौमिकता, राष्ट्रिय एकता र भौगोलिक अखण्डताको दृढ समर्थन एवं सम्मान गर्छ भन्दै नेपाल र स्पेनबीचको सम्बन्ध पारस्परिक, मैत्री, सहयोग, आपसी समझदारी र एक अर्काका आकांक्षाप्रति सम्मानमा आधारित रहेको बताएको छ ।